|
“अझै दुई महिना पार्टी एकता हुँदैन”
Tuesday, 04.24.2018, 01:23pm
काठमाडौं । मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रले मंसिरमा सम्पन्न प्रदेश र संघीय संसदको निर्वाचन अघि पार्टी एकताको घोषणा गर्दै संयुक्त रुपमा निर्वाचनमा भाग गरेका नेकपा एमाले र माओवादी केन्द्रबीच अझै कुरा मिलेको छैन । दुई पार्टीका नेतृत्व पंक्तिमा रहेका नेताहरु र अध्यक्षद्वयबीच पटकपटक छलफल भए पनि पार्टी एकताको कुरा अलमलमै छ ।
|
|
 |
|
|
| |
|
कुटनीतिक जटिलताभित्रको अहं मुद्दा
Tuesday, 04.24.2018, 01:19pm
 प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको चीन भ्रमणको पूर्व तयारीका लागि चीनको पाँच दिने भ्रमणमा बेइजिङ् पुग्नुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली द्विपक्षीय समझदारी वृद्धिको उत्साहवर्धक सन्देश प्रवाह गर्दै गत शनिवार स्वदेश फर्कनुभएको छ । भारतले नै निर्धारण गरेको मितिमा भारतको राजकीय भ्रमण पूरा गरेपछि चीन भ्रमणको अपरिहार्यता बोध गर्दै त्यसको पूर्व तयारीमा लाग्नुभएका प्रधानमन्त्री ओलीका सामु चीन भ्रमणमा जानु अघि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडांैमा उतैबाट तोकिएको मितिमा स्वागत गर्नुपर्ने अवस्था सिर्जित भएको अनुभूत भैरहेको छ । अतीतका कटु अनुभवलाई ओझेलमा पारेर नेपालसित नयाँ ढंगले सम्बन्ध विस्तार गर्न आतुर देखिएको भारतले चीनसितको बहुआयामिक सम्बन्ध विस्तारप्रतिको आमनेपाली चाहनालाई र उत्तरतिरबाट खुल्ने सम्भावना देखिएको उज्यालो ढोकालाई निक्कै चासो राखेर हेरिरहेको कुरामा कुनै सन्देह छैन ।
|
|
 |
|
|
|
|
सस्तो बजारका सस्ता सामान र मन्त्री
Tuesday, 04.24.2018, 01:20pm
एउटा मन्त्रीको काम के हो ? उसले सम्हालेको मन्त्रालयको जिम्मेवारी के हो ? मन्त्री मन्त्रालयमा बसेर मन्त्रणा गर्ने कि सस्तो लोकप्रियताका लागि सुरुवालको इजार कस्दै भाषण गर्न कुद्ने ? यो प्रश्न आम नेपालीको हो र हामीले लामो समयदेखि यस्तै देखिआएका छौं । मन्त्रीको काम भनेको सभा, समारोह वा कुनै कार्यक्रममा उद्घाटन गर्ने, विमोचन गर्र्नेे । अर्थात् पानसमा बत्ती बाल्ने, रिवन काट्ने, भाषण गर्ने अनि जाने । यो क्रम दिनमा थुप्रैपटक हुँदैआएका छन् । मन्त्री भनेको उद्घाटन नै गर्ने हो, कार्यक्रममा गएर भाषण मात्रै गर्ने हो भन्ने भान आमरुपमा छ ।
|
|
 |
|
|
| |
|
१० खर्बको व्यवसाय शून्य राजश्व
Tuesday, 04.24.2018, 01:22pm
काठमाडौं । नेपालको सार्वजनिक यातायातमा चलेको सिण्डिकेटले राज्यलाई ठूलो आर्थिक क्षति भैरहेको छ । यो क्षेत्रमा १० खर्ब रुपैयाँ बराबरको लगानी छ भने यसबाट प्राप्त हुने राजश्व शून्यको हाराहारीमा छ । गैरनाफामूलक संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर चलेको यातायात व्यवसायी समितिहरुको बलियो जालो तोड्न पटकपटकको प्रयास र सर्वोच्च अदालतको आदेशको समेत पालना हुन नसक्दा यो क्षेत्रमा मनोमानी चलिरहेको थियो । अहिले सरकारले सिण्डिकेट तोड्ने लक्ष्यका साथ अभियान चलाएको छ ।
|
|
 |
|
|
|
|
जनताले अग्रभागमा रहेका नेता को कस्ता भनेर चिनिसकेका छन्- विष्णु पौडेल
Tuesday, 04.24.2018, 01:17pm
को कस्ता हौं भन्ने हामी सबैले देखेकै छौं । हाम्रा राम्रा नराम्रा सबै ट्रयाक रेकर्ड मुलुकले देखेकै छ । इतिहासमा हाम्रा सबल र दुर्बल पक्ष के हुन् । उहाँजस्ता नेतालाई दुनियाँले बुझेकै छ । त्यसैले स्टेपका कुरा नगरौं । जनताले अग्रभागमा रहेका नेता को कस्ता भनेर चिनिसकेका छन् । जहाँसम्म एकताको विषय छ, दुई अध्यक्षबीच हुनुपर्ने छलफल, संयोजन समितिमा हुने छलफल त्यहाँ नगरेर मिडियामार्फत पोजिशन बनाउने कुरा नै एकदम गलत हो । ५० प्रतिशत चाहिन्छ भने दुईटा अध्यक्ष बसेर कुरा गर्दा भयो नि । मिडियामा पोजिशन बनाउनुको तुक छैन ।
|
|
 |
|
|
| |
|
मुरी गएको नदेख्ने, मानाको खोजी !
Tuesday, 04.24.2018, 01:16pm
प्रधानमन्त्री हुनासाथ ओलीजीलाई मोदीजीले ताकेतका ताकेत गरे खातिरदारी र मेजमानीका लागि । कतै पहिले उत्तरतिर लागेर क्रमभंग नहोस् भन्ने मोदीजीको चिन्ता हटाउन ओलजी पनि जम्बो टोली लिएर तीनदिने भ्रमणमा (२०७४ चैत्र २३–२५) दक्षिणतर्फ नै हानिनुभयो । भारत भ्रमणबाट फर्केपछि ओलीले– “म निर्वाचनबाट प्राप्त अभिमत बोकेर भारत गएको थिएँ । भारतले त्यो अभिमतलाई स्वीकार ग¥यो” भनेर खुशी प्रकट गर्नुभयो आउँदा आउँदै विमानस्थलमै ।
|
|
 |
|
|
|
|
नारायणगोपालको २७ औँ स्मृति दिवस
Tuesday, 12.12.2017, 02:43pm
काठमाडौं । स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ गत मंगलबार सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ । विसं १९९६ असोज १८ मा काठमाडौँको किलागलमा जन्मनुभएका नारायणगोपाल गुरुवाचार्यको विसं २०४७ मंसिर १९ मा निधन भएको थियो ।
|
|
 |
|
|
| |
|
कतार अरब सङ्कट समाधान गर्न तयार
Tuesday, 04.24.2018, 01:09pm
खाडी मलुक कतार र अरब क्षेत्रका साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स तथा इजिप्टबीच केही समयदेखि जारी कूटनीतिक सङ्कटको समाधान गर्ने विषयमा तयार रहेको कतारले दोहोराएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
|
|
 |
|
|
|
|
सन्दीप लामिछानेले कोरे नेपाली त्रिकेटमा इतिहास
Tuesday, 01.30.2018, 02:46pm
नेपाली त्रिकेट इतिहासमा एउटा नयाँ अध्याय सुरु भएको छ । विश्वभरका क्रिकेटरहरुको सपनाको खेल बनेको इण्डियन प्रिमियर लिग –आइपिएल)मा सन्दीप छानिएका छन् । उनलाई आइतबार २० लाख भारुमा भएको दिल्ली डेयरडेभिल्सले किनेको हो ।१७ वर्षीय लामिछानेको टिममा गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाह समेत छन् ।
|
|
 |
|
|
| |
|
अनाथहरुको सेवामा समर्पित उनीहरुकै आत्मा बोल्ने कथा संग्रह
Wednesday, 10.11.2017, 01:49pm
 मनले चाहेका र मस्तिष्कले केलाएका कतिपय कुराहरु पनि तत्काल बाहिर निस्कन सक्दैन, यसका विविध कारण हुन्छन् । तर उद्देश्यमा अडिग रह्यो भने एक न एकदिन सफलता मिल्छ, अर्थात् चन्द्रमा छुने उद्देश्य राखेर कर्म गर्नेहरु सफल हुन्छन्
|
|
 |
|
|
|
|
काँग्रेस बैठकमा नेतृत्वको कमजोरीमाथि नेताहरु खनिए
Tuesday, 04.24.2018, 01:12pm
काठमाडौं । सम्पन्न तीन तहको निर्वाचनमा नराम्रोसंग पराजित भएको नेपाली काँग्रेसका नेताहरुले नेतृत्वको कमजोरीका कारण पार्टी पराजित भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यले निर्वाचनमा पार्टी पराजयका सम्बन्धमा आआफ्ना धारणा राख्नुभएको पार्टी कार्यालयले जनाएको छ ।
|
|
 |
|
|
| |
|
|
प्रधानमन्त्री ओलीको भारत भ्रमण, के के भयो ?
Thursday, 04.12.2018, 11:20am
काठमाडौं । भारतको राजकीय भ्रमण गरेर स्वदेश फर्कनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुमाझ “नेपाल भारतको सम्बन्ध राम्रो बनेको र अब कसैले बिथोल्न खोजे कसको के लाग्छ र ?” भन्दै भारतको व्यवहारले नै यसको निर्धारण गर्ने संकेत गर्नुभयो ।
|
|
 |
|
|
| |
|
अझै पनि जंगली जनावरभन्दा देवताकै डर मान्छन्....
Tuesday, 04.24.2018, 01:11pm
मध्य र सुदूरपश्चिमका पहाडी जिल्लाका महिला तथा युवतीका लागि अत्यन्त पीडादायी क्षण हुनेन गरेको छ । छाउपडी प्रथा । महिनावारी भएका बेला घरदेखि टाढा गुपा वा छाप्रोमा कष्टकर दिन बिताउँदा कतिपयको ज्यान जाने गरेको छ । यो प्रथाबिरुद्ध अनेक अभियान चले पनि त्यसको निरुपण भएको छैन । महिलाहरु अझै पनि छाउलाई देउवताको दोष मान्दै व्यहोर्न बाध्य छन् ।
|
|
 |
|
|
|