|
संविधानबाटै निकासको बाटो अवरु
Tuesday, 08.31.2010, 02:27pm
काठमाडौं । देश राजनीतिक दर्ुघटनाको संघारतिर धकेलिएको छ । प्रमुख राजनीतिक दलहरू शान्ति र संविधानका लागि संगै हातेमालो गरेर हिंड्नसक्ने सहमतिको बाटोबाट बिच्किएर भीरको डिलमा पुग्ने गल्छेडोतिर हान्निएका छन् । प्रमुख दलहरूका भनाइ र गतिविधिहरू राजनीतिक विवाद बढाउने, द्वन्द्व चर्काउने र देशलाई दर्ुघटित अवशानतिर पुर्याउन उद्यत छन् । भदौ ८ गते विहान काठमाडौंबाट लुक्लाका लागि उडेको अग्नि एयरको डोनियर विमान मकवानपुरको शिखरपुर गाविसमा पुगेर १४ जनाको ज्यान लिँदै दर्ुघटनाग्रस्त भयो । मूल बाटोबाट बिच्किएर गल्छेडोतिर हान्निएको अराजनीतिक राजनीतिले मुलुकलाई कति क्षति पुर्याएर दर्ुघटना गराउने हो अड्कल काट्न गाह्रै छ तापनि मुलुक दर्ुघटनाको संघारबाट सजिलै फिर्ता हुनसक्ने सम्भावना नितान्त क्षीण देखिएको छ । प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएको पनि आज ठ्याक्कै दर्ुइ महिना बित्यो तर पाँच पाँचपटकसम्मको निर्वाचनबाट पनि देशले नयाँ प्रधानमन्त्री पाउन सकेन । अब भदौ २० गते हुने भनिएको कथित निर्वाचनले पनि प्रधानमन्त्री चयन गर्न नसक्ने निश्चित प्रायः नै छ । प्रधानमन्त्रीको चयन नहुँदा वाषिर्क बजेट समेत नआएकाले देश नै ठप्प हुने अवस्थामा पुगेको छ ।
|