प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण
Monday, 08.25.2008, 07:11pm
विशेष सम्बन्धको हौवा पिटाएर प्रभुत्ववादी, विस्तारवादी र उपनिवेशवादी व्यवहार पर््रदर्शनको अभ्यास गर्नुको अब कुनै औचित्य छैन । परिवर्तित सर्न्दर्भ र वर्तमान विश्व वातारणले पनि नेपाली जनतालाई राष्ट्रिय स्वाभिमानको रक्षाका लागि मार्ग निर्धारण गर्ने चेतना र साहस प्रदान गरेको छ । नेपाल र चीनबीचको सम्बन्धमा कहीं कतै पनि कुण्ठागत अनुभूति छैन- सद्भाव, सहयोग र पारस्परिक विश्वासले नै मैत्री सम्बन्धलाई उचाइमा पुर्याएको छ ।
|