Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 09.08.2010, 07:49pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो ; संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
पुस्तक समीक्षा
 

अर्न्तर्मनले सुसेल्दा फुटेको
Monday, 06.28.2010, 03:13pm (GMT+5.5)

मानव हृदयभित्र कहिले लुकेको, कहिले गुम्सिएको कहिले जागृत भएको भावनाहरूलाई व्यक्त गर्ने सजिलो माध्यम साहित्य सिर्जना हो त्यसमा गीत सवभन्दना सरल सहज माध्यम हो गीतले धेरै कुरा बोल्दछ, धेरै अर्थ लगाउँदछ स्रोता, दर्शक तथा पाठकहरूले जसरी बुझन चाहृयो गीतले त्यस्तै अर्थ दिन्छ सिर्जना गर्नेले आफ्नो मनमा गुम्सिएर रहेका भावनाहरूलाई पोखिदिएका हुन्छन् यसले पाठकहरूलाई सन्तुष्टि दिन्छ- प्रेरणा दिन्छ

यस्तै अर्न्तर्मनमा गुम्सिएर रहेका भावनाहरूलाई संग्रहको रुपमा र्सार्वजनिक गर्नुभएको गीतकार नवराज थापाले 'अर्न्तर्मनका सुसेली'मार्फ विद्यालय जीवनदेखि नै फाट्टफुट्ट कविता, गीत लेख्न थाल्नुभएका नवराज थापाका गीतहरूले माया-प्रेमलाई आफ्नो लेखनको विषय बनाउनुभएको गीतकार थापाले राष्ट्रिय जिम्मेवारी निर्वाह गर्दै देशका विभिन्न ठाउँमा पुग्दा त्यहाँ देखे-भोगेका वास्तविकताहरूलाई गीतको माध्यमले पोख्नुभएको संग्रहमा समाहित ७४ वटा गीतहरूमध्ये अधिकांश गीत राष्ट्रप्रेमले ओतप्रोत छन् भने प्रकृत्रि्रेमी गीतकारकारका रुपमा पनि उहाँले आफूलाई उभ्याउनुभएको गीतभित्र युवावस्थाका चाहना, भावना आकांक्षाहरूलाई पनि समेटिएका छन् समग्रमा संग्रहभित्र मिश्रति भावना उहाँका गीतहरूले मायाको सुन्दरता मर्यादालाई राष्ट्रिय भावना प्रकृत्रि्रेममा पोख्नुभएको

सानैदेखि सिर्जना गर्न थाल्नुभएका नवराज थापाले आफूले बाल्यकालमा लेखेको गीत, कविताहरूको संकलन कार्य नगर्नुभएको उहाँको कथन प्रस्तुत कृतिमा विशेष गरेर २०६५।०६६ सालमा रचना गरिएका गीतहरू समावेश गरिएको भने २०३७।३८ सालतिर आइपुग्दा मात्र उहाँले आफ्ना भावनाहरू डायरीमा टिप्ने गरेको स्वीकार्नु भएको ती गीतहरूलाई पनि संग्रहमा राख्नुभएको गीतकार थापाका कति भावनाहरू त्यसै हराए होलान्, उहाँको बेढङ्गी स्वाभावको स्वीकृति उहाँकै भनाइले दिएको

स्रष्टाले आफ्नो मनका कुराहरूलाई टिपोटका रुपमा राख्न सकेन भने त्यसको घाटा समाजलाई हुन्छ गीतकार नवराज थापाले बाल्यकालमा रचना गर्नुभएका रचनाहरूको संग्रह पाठकहरूको रुचीको विषय बन्नसक्छ तर त्यो सम्भावना कति थापालाई नै ज्ञात होला सानै उमेरमा मातृवियोगको पीडा भोग्न विवश हुनुभएको गीतकार नवराज थापाको साहित्य सिर्जनाको उहाँको हृदयमा कोमलताले बास गर्नुको कारण त्यो पनि हुनसक्छ

गीतले जस्तो पनि अर्थ दिन्छ गीतमार्फ आफूलाई लागेको भावना पोख्न सजिलो हुन्छ राष्ट्रप्रेमका अगाध भावनाहरूलाई अनेक कारणले समय प्रसङ्गमा व्यक्त गर्न नसकिए पनि साहित्यका मार्फ् त्यसलाई र्सवसाधारणको पहुँचमा पुर्याउने काम गीतकार नवराज थापाले गर्नुभएको नेपाली राष्ट्रियता यति कमजोर भैरहेको प्राकृतिक स्रोत साधनको दुरुपयोग भैरहेको सर्न्दर्भमा राष्ट्रियताको भावनाले ओतप्रोत भएका गीतहरू पाठकहरूले पाउनु राष्ट्रिय भावनाको जागृतिका लागि केही हदसम्म मद्दत पुग्ने विश्वास लिन सकिन्छ

प्रस्तुत कृतिमा गीतकार नवराज थापाले आफ्नो राष्ट्रप्रेमलाई माया-पिरतीसंग लगेर सुन्दर बान्की बुन्नुभएको "हिमालभन्दा अग्लो भए" शर्ीष्ाकको गीतले त्यही बुझाउँछ हेरौं त्यसको एक बान्की-

"हिमालभन्दा अग्लो भए के ले छेक्न सक्छ

सगरमाथा चढ्न सके कल्ले भेट्न सक्छ

उद्देश्य लक्ष्यचाहिं ठूलै लिनर्ुपर्छ

भाग्यको भर हुन्न कर्मै गर्नुपर्छ

कल्ले साथ कल्लाई दिन्छ पूरै जीवनभरि

भमरा नै घुम्दा रै'छन् फूलको वरिपरि

मानेभञ्ज्याङ दुख्यो मलाई सुस्ता पनि दुख्यो

बैगुनीलाई सम्भिmदा पो दुख्नु छाती दुख्यो "

राष्ट्रियता प्रकृत्रि्रेमलाई माया-पिरतीसंग लगेर जोड्नु गीतकार थापाको खुबी हो पुस्तकका भूमिका लेख्ने कवि डा. बमबहादुर थापा 'जिताली'ले पनि यो कुरा स्वीकार गर्नुभएको थापा- कृतिका बारेमा भन्नुहुन्छ- "... प्रस्तुत गीतसंग्रहमा उनको कवि गीतकारभित्र भरिएका राष्ट्रियता, राष्ट्रिय अखण्डता माया-पिरतीका भरिला भावना गीतीकला, कौशल सरल शैलीमा अभिव्यक्त भएका छन् "

त्यसै गरी हरि मञ्जुश्री आफ्नो भूमिकामा गीतकार नवराज थापाको प्रस्तुत कृतिका बारेमा यसो भन्नुहुन्छ- "गीतकारमा भउको अत्यन्त भावुक सम्वेदनशील स्वभाव यस संग्रहभित्रका सबै गीतहरूमा र्सलक्क उत्रिएका छन् उहाँका गीतहरू मानव हृदयका मौन आवाजहरू बनेका छन् नेपालमा मनमा उब्जने नेपालीपनका यी गीतहरू गीतकारको भावनासंग पाठकको भावनालाई एकाकार पार्न सक्षम छन् "

२०१६ साल मंसिर १० गते काभ्रेपलाञ्चोक जिल्लाको महाङ्काल गाविस- भुग्देउमा जन्मनुभएका गीतकार नवराज थापा पेशाले सुरक्षाकर्मी हुनुहुन्छ उहाँ राष्ट्रिय अनुसन्धान विभागमा राष्ट्रिय अनुसन्धान निर्देशक -डीआईजी) पदमा कार्यरत हुनुहन्छ यसअघि थुप्रै पुरस्कार तथा पदक प्राप्त गरिसक्नुभएका गीतकार थापाबाट आगामी दिनमा पनि यस्तै कृतिहरूको अपेक्षा गर्न सकिन्छ एउटा सुरक्षाकर्मीका नाताले कार्यक्षेत्रमा उत्रिदाका ती दिनहरूको लामो यात्राका क्रममा देखेका, भोगेका अनुभूत गरेको कुराहरूलाई साहित्यिक कृतिमार्फ् आम पाठकको भावनासंग मितेरी गास्ने मौका पुनः प्राप्त हुने आशा गर्न सकिन्छ श्रीमती कल्पना थापा प्रकाशिका रहनुभएको 'अर्न्तर्मनका सुसेली'हरू संग्रहका रुपमा गीतकार नवराज थापाको पहिलो कृति हो पहिलो भए पनि सानैदेखि साहित्य सिर्जनामा लाग्नुभएको हुँदा उहाँका रचनाहरू गहकिला मर्मस्पर्शी छन् फरक शैलीका गीतहरूको खोजी गर्ने पाठकहरूका लागि 'अर्न्तर्मनका सुसेली' एउटा गतिलो खुराक बन्नसक्छ यसका लागि नवराज थापालाई मुरी मुरी धन्यवाद उहाँबाट आगामी दिनमा यस्तै कृतिको अपेक्षा गर्नु अन्यथा हुँदैन

देवकोटा


Comments (0)        Print        Tell friend        Top




 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 

© Neeraz.Com 2007
[Top Page]