अमेरिकाले आफ्नो स्थापनाकालदेखि नै गुप्तचरी सञ्जाललाई प्रमुखताका साथ अगाडि बढाएको पाइए पनि संस्थागत रुपमा भने दोस्रो विश्व युद्ध सुरु भएपछि मात्र बाहृय गुप्तचरीको आवश्यकता महसुस गरी १९४२ मा डोनोभनको नेतृत्वमा अफिस अफ स्ट्राटिजिक र्सर्भिस -आएसएएस) गठन गरेको थियो । सुरुमा यो संस्थालाई सूचना सङ्कलन र विश्लेषणको जिम्मा दिइयो र विश्व युद्धको समाप्तिसँगै यसलाई पनि खारिज गरियो । तर यसको सम्पर्ूण्ा काम 'स्टेट एन्ड वार डिपार्टमेन्ट'लाई हस्तान्तरण गरियो । यसको पनि आयु लामो रहेन । सन् १९४७ को राष्ट्रिय सुरक्षा ऐनसँगै अमेरिकन सरकारले २६ जुलाई १९४७ मा अन्तर्रर्ााट्रय जासुसी संयन्त्र सीआईएको गठन गर्यो । आरएच हिलेन्कोएटरलाई यसको संस्थापक प्रमुख बनाइयो । सीआइएमा पार्ट टाइम गुप्तचर, डबल एजेन्ट, पे-रोल एजेन्ट र स्थानीय एजेन्टसमेत गरी झन्डै एक लाख पचास हजारका हाराहारीमा यसको सङ्ख्या रहेको अनुमान गरिन्छ । अमेरिकी राष्ट्रपतिले सिनेटको सहमतिमा सीआईएको निर्देशकको चयन गर्छन् । सीआईए निर्देशकमा अपरेसन, कर्मचारी छनोट र बजेट निर्माणको सम्पर्ूण्ा अधिकार हुन्छ । सीआईएले सूचना सङ्कलन तथा अपरेसन पनि गर्ने गर्दछ । सीआईएको प्रमुख काम भनेकै बाहृय मुलुकहरुकाबारेमा सूचना सङ्कलन गर्ने र अमेरिकी स्वार्थको जुनसुकै काम पूरा गर्नमा महत्वपर्ूण्ा भूमिका निभाउनु हो । सीआईए आफूलाई अमेरिकाको सुरक्षाको अग्रपंतिमा रहेको दाबी गर्दछन् । सीआईए विश्वका प्रमुख ५ वटा जासुसी संस्था मध्यको एक उत्कृष्ट संस्था हो भनेर जानकारहरु भन्दछन् । सीआईएले विगतमा धेरै सफलता र असफलता प्राप्त गरेको छ । अल-खिफाह नामक भर्तीकेन्द्रको स्थापना गरी बिल लादेन मार्फ अफगानिस्तानमा रहेको सोभियत सेनालाई धपाउन सफल भयो । इराकमा त तत्कालीन राष्ट्रपति सद्दाम हुसेनलाई समाप्त नै गरिदियो र इराकको तेल भन्डार कब्जा गर्न सफल भयो । मानवअधिकारको सबैभन्दा बढी वकालत गर्ने अमेरिकाले नै इराक र अफगानिस्तानमा मानवअधिकारको ठूलो उल्लङ्घन गरिरहेको छ ।
सीआईए यति धेरै सक्रिय छ कि आजकाल चीन, रसिया तथा भारत जस्ता ठूला र शक्तिसम्पन्न राष्ट्रमा पनि यसले आफ्नो गतिविधि गर्दैआइरहेको छ । भारतमा त सीआईए तिब्बत आन्दोलनको लागि तानाबाना बुनिरहेको छ । दलाई लामा चीनबाट तिब्बत टुक्राउने योजनामा भारत र अमेरिकालाई सहयोग गर्दैआएका छन् भने अमेरिका र भारत दलाई लामालाई समंरक्षण र ठूलो आर्थिक सहयोग गर्दैआएको छ ।
चीनमा १९५९ देखि प्रिm तिब्बतको आन्दोलन सुरु भए लगत्तै नेपालमा पनि यसै आन्दोलन सम्बन्धित खम्पा व्रि्रोह सुरु भयो । व्रि्रोहको सुरुवात तिब्बती धर्म गुरु दलाई लामाको नेतृत्वमा सुरु भएको हो । उनी चौधौँ दलाई लामा हुन् तर उनीको नाम भने तेन्जिन ग्यात्सो हो । उनको जन्म ६ जुलाई १९३५ मा भएको हो । ५१ वर्षेखि दलाई लामा भारतमा शरण लिदैं आइरहेका छन् । हुन त लामा धर्म गुरु हुन् तर उनको काम भने राजनीति नै हो । चीनबाट तिब्बतलाई अलग गर्नुमा 'रअ' र 'सीआईए'लाई सघाउनु नै उनको उद्देश्य हो । उनकै नेतत्वमा धेरै देशबाट प्रिm तिब्बतको आन्दोलन चलिरहेको छ । तर यसको बढ्ता प्रभाव भने नेपालमा छ । दलाई लामा र्समर्थकहरुले सन् १९६० देखि नेपालको भूमिबाट सशस्त्र विद्रोहको पनि सुरुवात गरको थिए । यस व्रि्रोहलाई खम्पा व्रि्रोको नाममा बुझिन्छ । यस व्रि्रोहका सदस्यहरुले अमेरिकाबाट तालिम लिएका थिए । नेपालबाट सञ्चालित खम्पा व्रि्रोहका प्रमुख थिए गे वाङ्दी, जसले १९५७ मा अमेरिकाबाट तालिम लिएर नेपाल आएका थिए । सन् १९६१ मा खम्पा व्रि्रोहीको संख्या करिब १० हजार थियो । जसलाई आवश्यक पर्ने हातहतियार, खाद्यान्न सामग्री सीआईए र रअले उपलब्ध गराइदिन्थ्यो । त्यति नै बेला ती व्रि्रोहहरुसित एम १६ नामक आधुनिक अमेरिकन हतियार थियो । तर यस व्रि्रोहलाई चीन सरकारको आग्रहमा तत्कालीन शाही नेपाली सेनाले पूरै समाप्त गरिदियो । आजकाल फेरि त्यहि खाम्पा व्रि्रोह सुरु गराउने षड्यन्त्र हुन थालेको विश्लेषकहरु बताउँछन् । यो आन्दोलन नेपालको चीन सिमानाका १९ जिल्ला केन्द्रित छ । विगतमा जस्तै हाल पनि यस व्रि्रोहलाई अमेरिका र भारतले सहयोग गर्दैआएको छ । दलाई लामालाई भारतले संमरक्षण गर्दैआएको छ भने रणनीति अमेरिकले बनाउने गरेको छ ।
चीनको अर्थिक वृद्धिदर विश्वमै सबैभन्दा धेरै छ । सैन्य संख्या विश्वमा नै धेरै छ भने आणविक क्षमता पनि अरु ठूला मुलुकको भन्दा कम छैन । जानकारहरु भन्दछन् अब केही वर्षा चीनले अमेरिकालाई पनि उछिन्नेछ र विश्वकै महाशक्ति राष्ट्र हुनेछ । धेरै पक्षमा विस्तारै चीनले विश्वका अरु मुलुकलाई पछिपर्दै गइरहेको छ । तर यो चीनको उन्नत्रि्रति अमेरिका आत्तिएको छ । अमेरिकालाई चीनले पछि पार्छ की भन्ने डर छ । चीनबाट तिब्बतलाई टुक््रयाउन खोज्नुका पछाडि चीनलाई राजनीतिक रुपमा अस्थिर र आर्थिक रुपमा कमजोर पारी उसलाई विश्वको महाशक्ति हुनबाट रोक्नु हो । यसैको लागि अमेरिका तथा भारतले प्रिm तिब्बत आन्दोलनलाई सहयोग गरका हुन् र आफ्नो सक्रिय भूमिका निभाउँदै छ अमेरिकन जासुसी संस्था सीआईए । यस कार्यको निमित्त सीआईएले भारतीय जासुसी संस्था रअको सहयोग लिंदै काम गरिरहेको छ । दुवै देशका जासुसहरु मिलेर तिब्बत आन्दोलनलाई सक्दो सहयोग गर्दैआइरहेका छन भन्दा फरक पर्दैन् ।
अहिले तिब्बतको आन्दोलनकारीहरुले नेपाललाई आफ्नो आधारभूमिको रुपमा प्रयोग गर्दैआइरहेका छन् । सशस्त्र र निशस्त्र दुवै आन्दोलन नेपालबाट सुरु भएको छ । उत्तरतिरको १९ वटा जिल्लाबाट यसको सुरुवात भइसकेको छ । नेपाल दिनप्रति दिन विदेशीहरुको क्रिणा स्थल बनिरहेको छ । यसले चीनलाई मात्र होइन नेपालको राष्ट्रियतालाई पनि असर पर्ने देखिन्छ । सीआईए र रअले हिमाली क्षेत्रका नेपालीलाई यस आन्दोलनका लागि तयार पारिरहेका छन् र विस्तारै यो झिल्को तिब्बत प्रवेश गराउन खोज्नेछन् । नेपालमा जुनसुकै सशस्त्र आन्दोलन हुँदा नेपाल अशान्त हुने र नेपालीले दुःख पाउनेछन् भन्ने कुरा सम्पर्ूण्ा नेपाली तथा नेपाल सरकारले बुझ्नु पर्दछ । यस्तो किसिमको गतिविधिले नेपाल भारत र चीनबीचको रणभूमि नबन्ला भन्न सकिदैन् । त्यस्तो दिन आएमा नेपालले ठूलो घाटा वेहोर्नु पर्नेछ । त्यसैले चीनको हितको लागि नभएपनि नेपालको राष्ट्रिताको हितको लागि नेपाल सरकारले चीन विरुद्ध हुने जुनसुकै गतिविधिलाई पनि नियन्त्रण गर्नु पर्दछन् । यदि चीनले पनि आफ्नो देशको राष्ट्रिय अखण्डता विरुद्ध भइरहेको गतिविधि रोक्नु नेपालमा कुनै पनि किसिमको हस्तक्षेप गरेमा त्यतिबेला पनि नेपाल र नेपालीलाई नै असर पुग्नेछ भन्ने कुरा हामी सबैले बुझ्नर्ुपर्दछ । र चीनले आफ्नो गतिविधि सुरु गरेको कुरा त सिमावर्ती क्षेत्रमा देखिदैछ । यस्तै भइरहेमा एक दिन चिनिया सेना नेपाल प्रवेश गर्नेछ । दक्षिणतिरबाट भारत र उत्तरतिरबाट चीन नेपाल प्रवेश गरेमा नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता, र्सार्वभौमसत्ता स्वाधिनता नै खतरामा पर्ने स्पष्ट छ । नेपालमा चीनविरुद्ध भारत र अमेरिकाको गतिविधि र उनीहरुविरुद्ध चीनको सक्रियताले नेपाल रणभूमि बन्ने स्थिति आउने देखिन्छ ।
नेपालमा लोकतन्त्र आएदेखि नेपालको राष्ट्रियता झन्झन् कमजोर हुँदै गइरहेको छ । अहिले राष्ट्रियताको कुनै आधार नै छैन । हामी एक हौं भनेर भन्ने कुनै पनि पक्ष छैन । संघीयताको नाराले जातीय तथा क्षेत्रीय रुपमा नेपाल टुक्रिने अवस्थामा छ । भाषिक रुपमा पनि विखण्डन आइसकेको छ । जातिगत संगठनहरु धेरै खुलेका छन् । यस्त संगठनले आफ्नो जातीयताको उत्थानभन्दा अरु जातीको निर्मूल गर्ने किसिमका गतिविधि गरेको देखिन्छ । तर्राईका व्रि्रोहीहरुले त तर्राई छुट्टै राष्ट्र भएको र नेपालसँग सीमा छुट्ाउन मात्र बाँकी रहेको अभिव्यक्ति दिदैंआइरहेका छन् । तर्राई एकपटक नेपालको राष्ट्रिय झण्डा पनि जलाइएको थियो । यस्तो क्रियाकलापले नेपालको अस्तित्व र नेपालको राष्ट्रियता ध्वस्त पार्ने अभियानमा विदेशी शक्तिहरु सक्रियतापर्ूवक लागिरहेका छन् ।