Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:02pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 

प्रकृति संरक्षण मानव सभ्यताकै लागि हो
यादब देवकोटा
Tuesday, 06.09.2009, 09:55am (GMT+5.5)

'खोज्दैछ धर्तीले हामीलाई, एक हौं जलवायु परिवर्तनविरुद्ध जुट्नलाई' यस पटकको विश्व वातावरण दिवसको नारा यही हो । विश्वभर नै गत शुक्रबार आ-आफ्नै रङ्ग र ढङ्गमा यो दिवस मनाइयो । वातावरणमा बढ्दै गएको नाकारात्मक प्रभाव र यसबाट मानव सभ्यतामात्र होइन पृथ्वीको सृष्टिचक्रलाई नै गम्भीर चुनौति दिन थालेको सर्न्दर्भमा यस पटक मानिसले धर्ती नजोगाउने हो भने मानिस पनि जोगिन सक्दैन भन्ने गम्भीर सन्देशसहितको नारा अघि सार्‍यो । यो नाराको र्सार्थकता र महत्व जति वर्ण्र्ाागरे पनि पुग्दैन । विश्वका ठूला औद्योगिक मुलुकदेखि नेपाल जस्ता जलवायु परिवर्तनका लागि खासै योगदान नगर्ने मुलुकहरुसम्म यसको प्रभाव विस्तार भैरहेको छ । प्रकृतिलाई सन्तुलित राख्नर्ुपर्छ र यसको अत्यधिक दोहनले प्रकृतिको स्वरुप र स्वाभावलाई अकल्पनीय रुपमा परिवर्तन गर्दछ भन्ने प्रष्ट भैसके पनि यसप्रति अझै सचेतता आउन सकेको पाइदैन ।

आज विश्व जलवायु परिवर्तनको मारमा पर्न थालिसकेको छ । खाद्य संकट, विभिन्न किसिमका रोगव्याधी, अतिवृष्टि, अनावृष्टि, तापक्रमको वृद्धि लगायतका समस्याहरुले मानिस मात्र होइन हरेक जीवजन्तुको अस्तित्वलाई नै संकटमा पार्दै जाने अवस्था सिर्जना हुँदैन । संसारमा भएको औद्योगिक क्रान्ति र विकास निर्माणको अत्यधिक चासोले प्राकृतिक सन्तुलनमा गडबड भएकोमा कुनै शंका छैन । विकासका नाममा प्राकृतिक सम्पदाहरुलाई अनावश्यक रुपमा उपयोग गर्ने प्रवृत्तिले पनि पृथ्वीको वातारणलाई नराम्रोसंग प्रभावित पारिरहेको छ । प्रकृतिलाई सन्तुलनमा राख्नुको अर्थ मानिसले आफ्नो जीवनलाई सहज बनाउनु हो । प्रकृतिले दिएको उपहारलाई मानवले आफ्नो हितका लागि मात्र अत्यधिक प्रयोग गर्दा प्राकृतिक सन्तुलन नै व्रि्रने अवस्था आइपुगेको छ । विश्वमा कैयौं जीवजन्तुहरु लोप हुने अवस्थामा पुग्नुको कारण पनि यही हो । यो पृथ्वी मानिसको मात्र होइन । यहाँ आश्रति सम्पर्ूण्ा जीवजन्तुको पनि समान अधिकार यसमा छ । अहिले प्रजातन्त्रको युग भनिए पनि यसको शास्त्रीय परिभाषा अत्यन्तै मार्मिक छ । 'प्र' अर्थात् प्रकृतिमा र 'जा' अर्थात् जन्मने र तन्त्रको अर्थ हुन्छ सवैको अधिकार स्थापित हुनु । प्रजातन्त्र भनेको प्रकृतिमा जन्मने सवैको शासन विधि हो र समान अधिकार स्थापित गर्ने विधिले मात्रै सवैको अस्तित्व जोगाउँछ, सवैलाई समान व्यवहार गर्दछ । तर अहिले त प्रजातन्त्र भनेको मान्छेका लागि मात्र हो भन्ने गलत सोच र संस्कारका कारण अन्ततः मानवजाति नै संकटमा पर्दैछ ।

आज विश्वमा खानेपानीको संकट पर्दैछ । खाद्या संकटको अवस्था पनि उस्तै छ । विश्वमा भोकमरीमा पर्ने मानिसको संख्या बढ्दै गएका छन् । यसको प्रमुख कारण मानवीय व्यवहार नै हो । मानवले प्रकृतिलाई सन्तुलन नव्रि्रने गरी उपयोग गरेको भए र प्रकृतिलाई प्रदूषित हुनबाट जोगाउने प्रयास गरेको भए अहिलेको जस्तो चिन्ता जागृत पनि हुने थिएन । नेपाल जस्ता प्राकृतिक स्रोत साधनले भरिपर्ूण्ा मुलुक जसले जलवायु परिवर्तनमा कुनै योगदान गरेको हुँदैन त्यस्ता मुलुक पनि जलवायु परिवर्तनको मारमा पर्न थालेका छन् । पुस-माघमा काफल पाक्ने, जेठ असारमा स्याउ पाक्नेदेखि लिएर हिमाली क्षेत्रको जैविक विविधतामा अनौठा संकेतहरु देखापर्न थालेका छन् । आधा शताब्दीको बीचमा यो वर्षनेपालका हिमालहरुबाट अत्यधिक हिउँ पग्लेका छन् । यसको असर नेपाललाई मात्र होइन समुद्री तटका देशहरु र नेपालकै समथर भूभागलाई समेत पर्नेछ । हिउँ पग्लनुको अर्थ नदीको सतह बढ्नु हो र यसले तर्राई डुबानमा पार्नेछ । अहिले नेपाल जस्ता मुलुकको चिन्ता आफूले गर्दै नगरेको कार्यको सजाय किन भोग्ने भन्ने हो । विश्वका औद्योगिक राष्ट्रहरुको कुकृत्यका कारण नेपाल जस्ता देशहरुले भोग्नुपर्ने संकटको क्षतिपर्ूर्ति तिनीहरुले दिनर्ुपर्छ ।

नेपाल अथाह जलस्रोत र अन्य प्राकृतिक स्रोत साधनले भरिपर्ूण्ा मुलुक हो । वैदिककालदेखि नै प्रकृति संरक्षणका अभियानहरु यहाँ चालिएका थिए । यज्ञ-यज्ञादि गर्नुको अर्थ वातावरणीय शुद्धताको एउटा प्रतीक थियो । आजकल यसलाई धार्मिक अन्धविश्वासका रुपमा व्याख्या गर्ने गर्न थालिएको छ । सनातन धर्मलाई कुनै एक जात विशेषको धर्मको रुप दिएर आफ्नै माटोमा उत्पत्ति भएको धर्मको धज्जी उडाएर आयातित धर्म संस्कृति लादने प्रयास भैरहेका छन् । प्रकृतिको पूजा नर्ैर् इश्वर पूजा हो भनेर मान्ने वैदिक धर्म पालना गर्नुको साटो यसलाई विस्थापित गर्ने काम भैरहेको छ । वैदिक सनातन धर्म प्रकृतिबाट उत्पत्ति भएको हो । जव धर्म शब्दको उत्पत्ति भयो तवदेखि यो धर्म प्रचलनमा आयो । यो कुनै व्यक्ति विशेषले स्थापित गरेको धर्म होइन । यो त प्रकृतिले मानव समाजका लागि एउटा संहिताका रुपमा स्थापित गरेको धर्म हो । त्यसकारण यज्ञ गर्ने चलन बस्यो । श्वस्ती वाचनका सुमधुर शब्द ध्वनीसंगै शंखध्वनीले वातावरण नै पुलकित हुने गरेको यो धर्तीमा यतिबेला राजनीतिक गाली गलौजका कर्कस ध्वनीहरु गुञ्जिएका छन् । वातावरण शुद्ध पार्ने यज्ञ यज्ञादिको ठाउँमा टायर बाल्ने, मुस्लो उडाउने र पुतला जलाएर वातावरण दूषित पार्ने काम भैरहेको छ । हामीले सिकेको वातावरणीय शुद्धकाको परम्परागत ज्ञान विस्मृतिमा परेपछि वातावरणीय संकट भाग्नु सामान्य कुरा हो ।

आज अमेरिका लगायत विश्वका कैयौं मुलुकहरुमा यज्ञ गराउने पद्धतिको अध्यापन हुन थालेको छ । कतिपय अरबी देशहरुले आफ्ना नागरिकलाई यज्ञ गराउने अभियानमा सरिक गराउन थालेका समाचारहरु पनि आइरहेका छन् । अझ अमेरिकाले त वातावरण शुद्धता कायम गर्न 'अग्निहोत्री विश्वविद्यालय' खोल्ने अभियान चलाएको समाचार समेत सुन्नमा आएको छ । यी सवैको स्रोत हामी नेपाली नै हौं । हिन्दु धर्मको उद्गमस्थल मानिएको हिमाली भूखण्डले विश्वलाई नै प्रकृति संरक्षणको नारा र व्यवहार प्रदान गर्दैआएको भए पनि हामी भने आफैं विनाश निम्त्याइरहेका छौं ।

हाम्रा धार्मिक शास्त्रहरुले हिमाल, पहाड, समुद्रलाई भगवानको रुप दिएर पूजा गर्नुको अर्थ यिनीहरुको संरक्षण गर्नुपर्छ भन्ने नै हो । यो क्रम जनमानसमा अहिले पनि कायमै छ । जानेर होस् वा नजानेर मानिसले यिनीहरुको पूजा गर्दैआएका छन् । यिनीहरुलाई खल्बल्याउने काम गरेका छैनन् । तर अरुको कर्ुकर्मको भोग भने भोग्नु परिरहेको छ । पानीमा दिशा पिसाव गर्नु हुन्न भन्ने धार्मिक मान्यता स्थापित हुनुको अर्थ पानी फोहर गर्नु हुन्न भन्ने नै हो । पहाडमा जथाभावी गर्नु हुन्न र हिमाल र सागरलाई पन चिलाउनु हुन्न त्यहाँ विकृतिजन्य वस्तु वा पदार्थ हुल्नुहुन्न भन्ने हिसाबले नै त्यहाँ धार्मिक मान्यता दिइएको छ । त्यसकारण यिनीहरुलाई भगवानको रुप दिइएको हो । जसलाई भगवानको रुप दिइन्छ त्यसको संरक्षणमा विशेष ध्यान दिइन्छ । एउटा मन्दिरलाई हामी जसरी संरक्षण गर्र्छौ त्यसैगरी हिमाल, पहाड र सागरको संरक्षण गर्नु आवश्यक छ । हिमालय शिव पार्वतीको वासस्थान हो भने पहाडमा गोवर्द्धन त्यस्तै सागरमा जल देवताको बास हुन्छ भन्ने विश्वासले नै हामीहरु पूजा आराधना गर्दछौं । अब यसको वैज्ञानिक कारण र अर्थ पहिल्याएर अघि बढ्नुको विकल्प छैन । धर्म मानव र सम्पर्ूण्ा जीवजन्तुको कल्याणका लागि स्थापित एउटा मान्यता हो भन्ने बुझ्नु पर्दछ । हिजोसम्म बाग्मती, विष्णुमति लगायतका नदीहरुको पानी अँजुलीमा उभाएर पिउन लायक थियो । आधुनिक विकासको ३-४ दशकभित्रै उपत्यकाका नदीहरुको अवस्था कस्तो भयो - हामी सवैले देखे जानेकै विषय हो । यी नदीहरुले नै उपत्यकाको खानेपानी, सिंचाई जस्ता आवश्यकता पर्ूर्ति गर्दैआएका थिए । तर अहिले यी नदीहरु ढल निकासको माध्यम बनिरहेका छन् । वातावरणीय शुद्धताप्रति हाम्रो विवेकहीन कार्यको योभन्दा अर्को उदाहरण हुन सक्दैन ।

अहिले हामीले गर्दै नगरेको कार्यको दण्ड भोगिरहेको अवस्था छ । हिमाल पग्लिदैछ । पानीका स्रोतहरु सुक्दैछन् । खानेपानी र उर्जा संकट बढ्दो छ । परम्परागत ढुङ्गे धारा र कुवा तथा इनारहरुमा पानीको साटो हानिकारक ग्यास निस्किरहेका छन् । जैविक विविधता संकटमा छ । यो समस्या नेपालको मात्र होइन, विश्वले नै यस्तै समस्या भोगिरहेको छ । अब पानीका लागि ठूलो द्वन्द्व हुनसक्ने भविष्यवाणी समेत हुन थालेका छन् । विश्वका धनी र औद्योगिक मुलुकहरुको कर्ुकर्मका कारण यो विनाशको संकेत देखिएको हो । वातावरण संरक्षणमा संयुक्त राष्ट्रसंघले चालेका कदमहरु निस्प्रभावी देखिएका छन् । विश्व वातावरण दिवस मनाउन थालेको ३३ वर्षवितिसकेको छ । सन् १९७४ को जुन ५ देखि हरेक वर्षविश्व वातारवण दिवस मनाइदै आइएको छ । तर उपलब्धि सकारात्मक हुनुको साटो झन्झन् व्रि्रदो छ । वातावरणीय सन्तुलनप्रति मानव जातिले देखाएको असभ्य व्यवहार नै अहिलेको संकटको स्रोत हो ।

जलवायु परिवर्तनले हिमाल पग्लने र समुद्रको सतह बढ्ने गर्दा कैयौं समुद्री किनारमा रहेका र टापु मुलुकहरुको अस्तित्व विलीन हुने भविष्यवाणी गरिएको छ । नेपालकै कुरा गर्ने हो भने विश्वलाई नै आकर्षा प्रदान गरिरहेका हिमालहरु पत्थरे पहरा जस्ता देखिने अवस्था आइरहेको छ । सगरमाथादेखि अन्नपर्ूण्ासम्मका हिमालका हिउँहरु अस्वाभाविक गतिमा पग्लिरहेका विवरण र्सार्वजनिक भैरहेका छन् । यसको एक मात्र कारण भनेको मानव सिर्जित समस्या नै हो । मानवले आफ्नो अस्तित्वसंगै प्रकृतिका अन्य जीजवन्तु लगायत कीट-पतङ्गको समेत अस्तित्व विलीन बनाउने दिशामा अग्रसर भैरहेको छ । प्रकृतिलाई कृतिम तरिकाले यसको विनाश रोक्न सकिंदैन । अनावश्यक वषर्ा र बेमौसममा बाढी तथा पहिरोको संकेत जलवायुमा आएको परिवर्तन नै हो । मनसुनमा खडेरी पर्ने र हिउँदमा भारी वषर्ा हुने गर्दा खाद्यान्न उत्पादनमा आएको संकटले भोकमरीको समस्या उब्जनेमात्र होइन यसैका कारण विश्वमा नयाँ नयाँ द्वन्द्वका शृङ्खला सुरु हुने भय मडारिएको छ ।

नेपालकै कुरा गर्दा हिमतालहरु फुट्ने सम्भावना बढ्दो छ । जलवायु परिवर्तनमा हाम्रो खासै योगदान छैन भनेर विज्ञहरुले जति भने पनि यहाँ भैरहेको प्रदूषणले हाम्रो आफ्नै भूमिमा प्रशस्त नकारात्मक प्रभाव पारिरहेको छ । हिउँ पग्लने मात्र होइन मानव स्वास्थ्यका लागि हानिकारक क्रियाकलापहरु हामीबाटै भैरहेका छन् । विकासका नाममा वातावरणीय प्रभावलाई ख्यालै नगरी आयोजना सुरु गर्ने, पर्यटक भित्र्याउने नाममा हिमालको प्रदूषण कम गर्नेतिर ध्यानै नदिने गर्दा हिमालहरुमा फोहरको थुप्रो लागेको छ । हालै मात्र कैयौं वर्षअघि हराएको एउटा हेलिकोप्टरको अवशेष सगरमाथा क्षेत्रमा देखियो । यसको एउटै कारण भनेको हिउ पग्लदै जानु हो । यसले हिमानदीको सतह बढ्ने र फुट्ने सम्भावना प्रबल भएको छ । नेपालका हिमनदीहरु फुट्न थाले भने सिंगो तर्राई जलमग्न हुने निश्चित छ । अर्कोतिर यसको असर समुद्रमा समेत पर्दछ । हिमाल र सागरको अन्योन्याश्रति सम्बन्ध छ । हिमालमा गडबडी हुँदा त्यसको असर सागरमा पर्छ भने सागरमा उत्पन्न भएको गडबडीले हिमाललाई असर गर्दछ । यी दर्ुइमा आएको गडबडीले पृथ्वीलाई नै खल्बल्याउछ । यसकारण वातावरणीय शुद्धता र सन्तुलनका लागि मानवले आजैदेखि अभियान नचाल्ने हो भने भोलिका दिन अकल्पनीय दुःखद् पनि हुनसक्छन् ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
देशको संयुक्त स्वरुपलाई संघीयताले समाप्त पार्छमहेश्वर शर् (06.09.2009)
संघीयताबारे जान्न चाहनेहरुलाई गहकिलो खुराक (06.09.2009)
कस्तो बन्नु पर्दछ नेपालको संबिधान-सुझावडा. शास् (06.09.2009)
कस्तो बन्नु पर्दछ नेपालको संबिधान-सुझावडा. शास् (06.09.2009)
हामी नेपाली हाम्रो नेपालशान्त, सुन्दर र समुन्नत (06.02.2009)
भाषणबाट चित्त बुझाउने स्थिति अब छैनमहेश्वर शर् (06.02.2009)
कस्तो बन्नु पर्दछ नेपालको संबिधान-सुझावडा. शास् (06.02.2009)
गलत बाटो हिंडेपछि गन्तव्यमा कहिल्यै पुगिंदैनमो (05.26.2009)
'सीआईए", 'प्रिm तिब्बत' र नेपाली राष्ट्रियता (05.26.2009)
जति रफ्फू भरे पनि भिडियोका भ्वाङ टालिएनन्महेश् (05.26.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 

© Neeraz.Com 2007
[Top Page]