Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:05pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 

भावी पुस्तालाई हस्तान्तरण गर्ने अशल कुरा के ?
याद
Tuesday, 06.16.2009, 01:04pm (GMT+5.5)

मुलुकको समग्र क्षेत्र तहसनहस हुने अवस्थामा छ । राजनीतिमा भित्रिएको विकृति र विसंगतिको जालोले सिंगो नेपाली समाज विकृत मनस्थितिमा छ । राजनीतिका खेलाडीहरुमा अलिकति पनि नैतिकताको संकेत पाइएन । आफ्ना अनुकुलका सवै ठीक र प्रतिकुलका सवै वेठीक भन्ने गलत संस्कारले यतिसारो जरो गाडेको छ कि त्यसको वर्ण्र्ाागरेरै सकिन्न । राजनीतिकदेखि लिएर प्राकृतिक वातावरण समेत यतिबेला विकृतिको शिकार भैरहेको छ । यसले धार्मिक, सामाजिक, शैक्षिक, आर्थिक हरेक क्षेत्रमा विकार पैदा गरिरहेको छ । यो विकारले मुलुकको भविष्य नै अन्योग्रस्त बन्दै गएको छ । हामीले भावी पुस्तालाई नयाँ नेपाल हस्तान्तरण गर्ने कि बाजेको पालाको नेपाल समेत दिन नसक्ने हो भन्ने चिन्ता जागृत हुन थालेको छ । पिता पर्ुखाले रगत पसिना बगाएर एकीकृत गरेको नेपाललाई टुक्रा टुक्रामा विभाजन गर्ने अनेक षड्यन्त्रमूलक कार्यहरु भैरहेका छन् । जनताको नाममा अरुकै स्वार्थको पक्षपोषण गर्ने क्रियाकलापहरु समेत देखिएका छन् । सत्ता र शक्तिका लागि जस्तोसुकै सम्झौता गर्न तयार हुने प्रवृत्तिमा बढोत्तरी आइरहेको छ । नैतिकता, निष्ठा र सैद्धान्तिक प्रतिवद्धताको कुनै मूल्य छैन । राजनीति त मूल्य-मान्यता र निष्ठा-नैतिकता अनि सैद्धान्तिक आधारमा चल्नुपर्नेमा कसैको लहडमा चलिरहेको छ । के हामीले भावी पुस्तालाई यस्तै लहडको राजनीति हस्तान्तरण गर्ने हो -

यतिबेला नेपालले राजनीतिक कर्ीर्तिमान नै कायम गरेको छ । संविधानसभाको निर्वाचनमा दर्ुइ-दर्ुइ स्थानबाट चुनाव जितेको नेताको ठाउँ दर्ुइ-दर्ुइ ठाउँबाट चुनाव हारेका नेताले लिएका छन् । अर्थात् एनेकपा माओवादीका अध्यक्ष प्रचण्डको स्थान नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले लिए । त्यस्तै मन्त्रिमण्डलमा पनि निर्वाचन हारेकाहरुको संख्या बढी छ । एक किसिमले भन्नुपर्दा यो सरकार हरुवाहरुको बाहुल्यता भएको सरकार हो । जितुवाहरु सडक तताइरहेका छन्, हरुवाहरु सिंहदरबारको कोठा रंगाइरहेका छन् । नेपालको राजनीतिमा योभन्दा ठूलो विडम्वना अर्को के होला - नैतिकहीन, मूल्यहीन, निष्ठाहीन र सिद्धान्तहीन राजनीति हामीले भावी पुस्तालाई हस्तान्तरण गर्ने हो -

हाम्रा बाबु बाजेले हाम्रा लागि पक्कै पनि केही न केही राम्रा कुरा छाडेर गएका थिए । हामीले त्यसको प्रत्यक्ष अवलोकन गर्न नपाए पनि त्यसको प्रभाव भने अनुभूत गरिरहेकै हुन्छौं । समाज विकास, शिक्षा, स्वास्थ्य, वातावरणीय शुद्धता, धार्मिक-सांस्कृतिक गतिविधि लगायत अनेक पक्षहरु पुख्र्यौली हस्तान्तरण हुँदै आएका छन् । यी कुराहरु कति राम्रा थिए र छन् भने कतिलाई परिमार्जन गर्नुपर्ने पनि हुन्छ । यो समयक्रमसंगै परिस्कृत हुँदैजाने विषय हुन् । हिजोका कुराहरु आज जस्ताको तस्तै भित्र्याउनर्ुपर्छ भन्ने पनि होइन । समयको माग भन्दैमा राम्रा कुराहरुलाई भताभुंग पार्नुपर्छ भन्ने पनि होइन । समानताको नाममा अनेक नाराहरु भट्याइएका छन् । सहिष्णु समाजलाई भताभुङ्ग पारेर आपसी द्वेषको विष घोलिएको छ । जातीय, धार्मिक, सामाजिक, भाषिक र सांस्कृतिक सद्भावमाथि धावा बोलेर अनेक विकृति घुसाइएको छ । विश्वमै अद्भूत नमूनाको रुपमा रहेको नेपाल त्यस्तै अद्भूत विकृतिको जालोले बेरिंदै गएको छ । हिमाल पहाड र तर्राई गरी विविधतामा बाँडिएको नेपालमा यी तीनै प्रदेशको आ-आफ्नै महत्व र गरिमा छ । अहिले यसैको नाममा राजनीति चलिहेको छ । केही टाठाबाठाहरु आफ्नो हैकम स्थापित गर्न जनताका हातमा हतियार थमाइरहेका छन् । आपसको सद्भाव घृणामा परिणत भएको छ । के हामीले भावी पुस्तालाई हस्तान्तरण गर्ने धार्मिक-सामाजिक मूल्य मान्यता यस्तै हो -

प्राकृतिक सौर्न्दर्य र जैविक विविधताको धनी नेपाल यतिबेला अपर्ूव प्राकृतिक संकटको भूमरीमा छ । यहाँको प्राकृतिक स्रोत साधनले विश्वलाई नै आकषिर्त गर्दछ । कतिपय कुराहरुमा आधा विश्वको प्रतिनिधित्व नेपाल एक्लैले गर्दछ भनेर विज्ञहरु बताउँछन् । विश्वमा जति प्रजातिका चरा छन्, त्यसको ३६ प्रतिशत नेपालमै रहेको बताइन्छ । हाम्रा नीति निर्माताहरुमा पर्यावरणीय शुद्धताप्रति कुनै चासो छैन । प्राकृतिक स्रोत साधनको अनावश्यक र बेढङ्गी उपयोगले निम्तिनसक्ने विपत्तिको उनीहरुले ख्यालै गरेका छैनन् । राजधानी उपत्यका मात्र होइन आज पहाडी जिल्लाका डाँडाकाडा भत्किने क्रममा छन् । व्यापारको नाममा पहाड खनेर त्यहाँबाट ढुङ्गा-माटोको विक्री भैरहेको छ । केही रकमको लोभमा मुलुकलाई नै तहसनहस पार्ने काम भैरहेका छन् । नीति निर्माताहरुले प्राकृतिक सन्तुलन कायम गर्नेतिर खासै ध्यान दिएका छैनन् । वनजंगल उजाड हुँदैछन् । पहाडहरु चर्किने र भत्किने खतरा औंलायन थालिएको छ । राजधानीकै शिवपुरी, नागार्जुन, पुल्चोकी लगायतका पहाडहरु भासिने खतरा बढेको छ । यसको एउटै कारण भनेको उपत्यकामा बढ्दै गएको अव्यवस्थित शहरीकरण हो । शहरीकरण र वस्ती विकासका नाममा सानातिना डाँडा र थुम्काहरुमा डोजर कुदाउने गरिएको छ । उर्बर भूमि मानिएको उपत्यका यतिबेला घरैघर मात्र उम्रिरहेका छन् । यहाँको हरियाली, पानीका स्रोत र सौर्न्दर्यका प्रतिमर्ूर्ति वरिपरीका पहाडहरु जोखिममा परिरहेका छन् । हिजो बाबु बाजेले हामीलाई हस्तान्तरण गरेको धारा, पोखरी र स्वच्छ नदीको ठाउँमा हामीले भोलिका पुस्तालाई के हस्तान्तरण गर्दैछौं - खोई कसैले चिन्ता र चासो देखाएको - नदी भनेको ढल निकासको बाटो र पहाड भनेको उजार पहिरो गएको तारेभीर मात्रै हामीले भावि पुस्तालाई हस्तान्तरण गर्ने हो -

जंगल मास्नु हुँदैन, नदीमा फोहर मिल्काउनु हुँदैन, धारा, कुवा, कुलो तथा पोखरीहरुको संरक्षण गर्नुपर्छ भनेर हिजोका पुरातनवादी भनिने पर्ुखाले बाटो देखाए । आजका शिक्षित भनिनेहरु त्यसलाई ध्वस्त पार्दैछन् । हिजो धार्मिक मूल्य मान्यतामा समाज अडेको र चलेको थियो । त्यसैले ती कुराहरु जोगिए । धारो-कुलोमा छेकथुन गर्नु हुन्न, नदी किनारमा बस्ती बसाउनु हुन्न, डाँडा, थुम्का र पहाडको संरक्षण गर्नुपर्छ भन्ने मान्यता थियो । उपत्यकामा मात्र ४ सयभन्दा बढी ढुङ्गे धारा र ३ सयभन्दा बढी पोखरी थिए भनिन्छ । तर अहिले तिनीहरुको अस्तित्व लोप हुँदैछ । यही भएको पानीको स्रोतलाई नासेर हामी यतिबेला मेलम्चीको सपना देखिरहेका छौं । आफ्नो स्रोतको उपयोग र संरक्षण गर्न नसक्ने अनि अरुतिर आँखा दौडाउने काम विकासे नीति होइन । यो त केही मुठ्ठीभरका व्यक्तिको स्वार्थका लागि रचिएको षड्यन्त्र हो भन्नेहरु पनि थुप्रै छन् । उपत्यकाको भूमिगत जलको सतह ४ मिटरभन्दा तल झरेको दावी विज्ञहरुले गरेका छन् । यसै गरी पानीको सतह घट्दै जाने हो भने उपत्यका भासिने खतरा समेत औंल्याइएको छ । यसको एउटै कारण भनेको अव्यवस्थित शहरी विकास हो । नदी अतिक्रमण, र्सार्वजनिक जग्गा अतिक्रमण, वन जंगल तथा साना डाडाहरु मासिनु यसका कारण हुन् । भूमिगत पानीको सतह घट्नुको कारण जमिनले पानी सोस्न नसक्नु हो र यसको कारण अव्यवस्थित विकास नै हो । यसै गरी अघि बढिरहने हो भने हामीले भावि पुस्तालाई परम्परागत मूल्य-मान्यता मात्र होइन उपत्यकाको भविष्य नै धरापमा पारेर छाड्ने छौं ।

आफूले गर्न नसके पनि पर्ुखाले छाडेर गएका कुराहरुको संरक्षण गर्न सक्नर्ुपर्छ हरेक पुस्ताले । अहिलेको वास्तविकता त के भने यो पुस्ताले भावी पुस्ताले २१ औं शदीको उपहारका रुपमा पाउने भनेका विकृति, विसंगती, प्रदूषण, रोग-भोक र अभाव मात्रै भयो । यदि यो पुस्ताले अशल कुरा दिन सक्दैन भने अघिल्लो पुस्ताले जोगाएर गएका सम्पदाहरुको त सकुशल हस्तान्तरण गर्नैपर्छ । यो पुस्ताले नेतृत्व तहमा रहेकाहरुसंग यस्तै अपेक्षा गरेका छन् । भावी पुस्तालाई हस्तान्तरण गर्ने त्यस्तो अशल काम-व्यवहार केही गर, जसले मुलुकको भलो होस् ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
देशको प्रश्न साझा प्रश्न हो, खोई नेतामा चेतनामहे (06.16.2009)
दस्तावेज आफैं बोल्छ ग्रेटर नेपालको पक्षमासुजित (06.16.2009)
कस्तो बन्नु पर्दछ नेपालको संबिधान?डा. शास्त्रदत (06.16.2009)
प्रकृति संरक्षण मानव सभ्यताकै लागि हो यादब देवकोटा (06.09.2009)
कस्तो बन्नु पर्दछ नेपालको संबिधान-सुझावडा. शास् (06.09.2009)
देशको संयुक्त स्वरुपलाई संघीयताले समाप्त पार्छमहेश्वर शर् (06.09.2009)
संघीयताबारे जान्न चाहनेहरुलाई गहकिलो खुराक (06.09.2009)
कस्तो बन्नु पर्दछ नेपालको संबिधान-सुझावडा. शास् (06.09.2009)
भाषणबाट चित्त बुझाउने स्थिति अब छैनमहेश्वर शर् (06.02.2009)
हामी नेपाली हाम्रो नेपालशान्त, सुन्दर र समुन्नत (06.02.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 

© Neeraz.Com 2007
[Top Page]