मुलुकको समग्र क्षेत्र तहसनहस हुने अवस्थामा छ । राजनीतिमा भित्रिएको विकृति र विसंगतिको जालोले सिंगो नेपाली समाज विकृत मनस्थितिमा छ । राजनीतिका खेलाडीहरुमा अलिकति पनि नैतिकताको संकेत पाइएन । आफ्ना अनुकुलका सवै ठीक र प्रतिकुलका सवै वेठीक भन्ने गलत संस्कारले यतिसारो जरो गाडेको छ कि त्यसको वर्ण्र्ाागरेरै सकिन्न । राजनीतिकदेखि लिएर प्राकृतिक वातावरण समेत यतिबेला विकृतिको शिकार भैरहेको छ । यसले धार्मिक, सामाजिक, शैक्षिक, आर्थिक हरेक क्षेत्रमा विकार पैदा गरिरहेको छ । यो विकारले मुलुकको भविष्य नै अन्योग्रस्त बन्दै गएको छ । हामीले भावी पुस्तालाई नयाँ नेपाल हस्तान्तरण गर्ने कि बाजेको पालाको नेपाल समेत दिन नसक्ने हो भन्ने चिन्ता जागृत हुन थालेको छ । पिता पर्ुखाले रगत पसिना बगाएर एकीकृत गरेको नेपाललाई टुक्रा टुक्रामा विभाजन गर्ने अनेक षड्यन्त्रमूलक कार्यहरु भैरहेका छन् । जनताको नाममा अरुकै स्वार्थको पक्षपोषण गर्ने क्रियाकलापहरु समेत देखिएका छन् । सत्ता र शक्तिका लागि जस्तोसुकै सम्झौता गर्न तयार हुने प्रवृत्तिमा बढोत्तरी आइरहेको छ । नैतिकता, निष्ठा र सैद्धान्तिक प्रतिवद्धताको कुनै मूल्य छैन । राजनीति त मूल्य-मान्यता र निष्ठा-नैतिकता अनि सैद्धान्तिक आधारमा चल्नुपर्नेमा कसैको लहडमा चलिरहेको छ । के हामीले भावी पुस्तालाई यस्तै लहडको राजनीति हस्तान्तरण गर्ने हो -
यतिबेला नेपालले राजनीतिक कर्ीर्तिमान नै कायम गरेको छ । संविधानसभाको निर्वाचनमा दर्ुइ-दर्ुइ स्थानबाट चुनाव जितेको नेताको ठाउँ दर्ुइ-दर्ुइ ठाउँबाट चुनाव हारेका नेताले लिएका छन् । अर्थात् एनेकपा माओवादीका अध्यक्ष प्रचण्डको स्थान नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले लिए । त्यस्तै मन्त्रिमण्डलमा पनि निर्वाचन हारेकाहरुको संख्या बढी छ । एक किसिमले भन्नुपर्दा यो सरकार हरुवाहरुको बाहुल्यता भएको सरकार हो । जितुवाहरु सडक तताइरहेका छन्, हरुवाहरु सिंहदरबारको कोठा रंगाइरहेका छन् । नेपालको राजनीतिमा योभन्दा ठूलो विडम्वना अर्को के होला - नैतिकहीन, मूल्यहीन, निष्ठाहीन र सिद्धान्तहीन राजनीति हामीले भावी पुस्तालाई हस्तान्तरण गर्ने हो -
हाम्रा बाबु बाजेले हाम्रा लागि पक्कै पनि केही न केही राम्रा कुरा छाडेर गएका थिए । हामीले त्यसको प्रत्यक्ष अवलोकन गर्न नपाए पनि त्यसको प्रभाव भने अनुभूत गरिरहेकै हुन्छौं । समाज विकास, शिक्षा, स्वास्थ्य, वातावरणीय शुद्धता, धार्मिक-सांस्कृतिक गतिविधि लगायत अनेक पक्षहरु पुख्र्यौली हस्तान्तरण हुँदै आएका छन् । यी कुराहरु कति राम्रा थिए र छन् भने कतिलाई परिमार्जन गर्नुपर्ने पनि हुन्छ । यो समयक्रमसंगै परिस्कृत हुँदैजाने विषय हुन् । हिजोका कुराहरु आज जस्ताको तस्तै भित्र्याउनर्ुपर्छ भन्ने पनि होइन । समयको माग भन्दैमा राम्रा कुराहरुलाई भताभुंग पार्नुपर्छ भन्ने पनि होइन । समानताको नाममा अनेक नाराहरु भट्याइएका छन् । सहिष्णु समाजलाई भताभुङ्ग पारेर आपसी द्वेषको विष घोलिएको छ । जातीय, धार्मिक, सामाजिक, भाषिक र सांस्कृतिक सद्भावमाथि धावा बोलेर अनेक विकृति घुसाइएको छ । विश्वमै अद्भूत नमूनाको रुपमा रहेको नेपाल त्यस्तै अद्भूत विकृतिको जालोले बेरिंदै गएको छ । हिमाल पहाड र तर्राई गरी विविधतामा बाँडिएको नेपालमा यी तीनै प्रदेशको आ-आफ्नै महत्व र गरिमा छ । अहिले यसैको नाममा राजनीति चलिहेको छ । केही टाठाबाठाहरु आफ्नो हैकम स्थापित गर्न जनताका हातमा हतियार थमाइरहेका छन् । आपसको सद्भाव घृणामा परिणत भएको छ । के हामीले भावी पुस्तालाई हस्तान्तरण गर्ने धार्मिक-सामाजिक मूल्य मान्यता यस्तै हो -
प्राकृतिक सौर्न्दर्य र जैविक विविधताको धनी नेपाल यतिबेला अपर्ूव प्राकृतिक संकटको भूमरीमा छ । यहाँको प्राकृतिक स्रोत साधनले विश्वलाई नै आकषिर्त गर्दछ । कतिपय कुराहरुमा आधा विश्वको प्रतिनिधित्व नेपाल एक्लैले गर्दछ भनेर विज्ञहरु बताउँछन् । विश्वमा जति प्रजातिका चरा छन्, त्यसको ३६ प्रतिशत नेपालमै रहेको बताइन्छ । हाम्रा नीति निर्माताहरुमा पर्यावरणीय शुद्धताप्रति कुनै चासो छैन । प्राकृतिक स्रोत साधनको अनावश्यक र बेढङ्गी उपयोगले निम्तिनसक्ने विपत्तिको उनीहरुले ख्यालै गरेका छैनन् । राजधानी उपत्यका मात्र होइन आज पहाडी जिल्लाका डाँडाकाडा भत्किने क्रममा छन् । व्यापारको नाममा पहाड खनेर त्यहाँबाट ढुङ्गा-माटोको विक्री भैरहेको छ । केही रकमको लोभमा मुलुकलाई नै तहसनहस पार्ने काम भैरहेका छन् । नीति निर्माताहरुले प्राकृतिक सन्तुलन कायम गर्नेतिर खासै ध्यान दिएका छैनन् । वनजंगल उजाड हुँदैछन् । पहाडहरु चर्किने र भत्किने खतरा औंलायन थालिएको छ । राजधानीकै शिवपुरी, नागार्जुन, पुल्चोकी लगायतका पहाडहरु भासिने खतरा बढेको छ । यसको एउटै कारण भनेको उपत्यकामा बढ्दै गएको अव्यवस्थित शहरीकरण हो । शहरीकरण र वस्ती विकासका नाममा सानातिना डाँडा र थुम्काहरुमा डोजर कुदाउने गरिएको छ । उर्बर भूमि मानिएको उपत्यका यतिबेला घरैघर मात्र उम्रिरहेका छन् । यहाँको हरियाली, पानीका स्रोत र सौर्न्दर्यका प्रतिमर्ूर्ति वरिपरीका पहाडहरु जोखिममा परिरहेका छन् । हिजो बाबु बाजेले हामीलाई हस्तान्तरण गरेको धारा, पोखरी र स्वच्छ नदीको ठाउँमा हामीले भोलिका पुस्तालाई के हस्तान्तरण गर्दैछौं - खोई कसैले चिन्ता र चासो देखाएको - नदी भनेको ढल निकासको बाटो र पहाड भनेको उजार पहिरो गएको तारेभीर मात्रै हामीले भावि पुस्तालाई हस्तान्तरण गर्ने हो -
जंगल मास्नु हुँदैन, नदीमा फोहर मिल्काउनु हुँदैन, धारा, कुवा, कुलो तथा पोखरीहरुको संरक्षण गर्नुपर्छ भनेर हिजोका पुरातनवादी भनिने पर्ुखाले बाटो देखाए । आजका शिक्षित भनिनेहरु त्यसलाई ध्वस्त पार्दैछन् । हिजो धार्मिक मूल्य मान्यतामा समाज अडेको र चलेको थियो । त्यसैले ती कुराहरु जोगिए । धारो-कुलोमा छेकथुन गर्नु हुन्न, नदी किनारमा बस्ती बसाउनु हुन्न, डाँडा, थुम्का र पहाडको संरक्षण गर्नुपर्छ भन्ने मान्यता थियो । उपत्यकामा मात्र ४ सयभन्दा बढी ढुङ्गे धारा र ३ सयभन्दा बढी पोखरी थिए भनिन्छ । तर अहिले तिनीहरुको अस्तित्व लोप हुँदैछ । यही भएको पानीको स्रोतलाई नासेर हामी यतिबेला मेलम्चीको सपना देखिरहेका छौं । आफ्नो स्रोतको उपयोग र संरक्षण गर्न नसक्ने अनि अरुतिर आँखा दौडाउने काम विकासे नीति होइन । यो त केही मुठ्ठीभरका व्यक्तिको स्वार्थका लागि रचिएको षड्यन्त्र हो भन्नेहरु पनि थुप्रै छन् । उपत्यकाको भूमिगत जलको सतह ४ मिटरभन्दा तल झरेको दावी विज्ञहरुले गरेका छन् । यसै गरी पानीको सतह घट्दै जाने हो भने उपत्यका भासिने खतरा समेत औंल्याइएको छ । यसको एउटै कारण भनेको अव्यवस्थित शहरी विकास हो । नदी अतिक्रमण, र्सार्वजनिक जग्गा अतिक्रमण, वन जंगल तथा साना डाडाहरु मासिनु यसका कारण हुन् । भूमिगत पानीको सतह घट्नुको कारण जमिनले पानी सोस्न नसक्नु हो र यसको कारण अव्यवस्थित विकास नै हो । यसै गरी अघि बढिरहने हो भने हामीले भावि पुस्तालाई परम्परागत मूल्य-मान्यता मात्र होइन उपत्यकाको भविष्य नै धरापमा पारेर छाड्ने छौं ।
आफूले गर्न नसके पनि पर्ुखाले छाडेर गएका कुराहरुको संरक्षण गर्न सक्नर्ुपर्छ हरेक पुस्ताले । अहिलेको वास्तविकता त के भने यो पुस्ताले भावी पुस्ताले २१ औं शदीको उपहारका रुपमा पाउने भनेका विकृति, विसंगती, प्रदूषण, रोग-भोक र अभाव मात्रै भयो । यदि यो पुस्ताले अशल कुरा दिन सक्दैन भने अघिल्लो पुस्ताले जोगाएर गएका सम्पदाहरुको त सकुशल हस्तान्तरण गर्नैपर्छ । यो पुस्ताले नेतृत्व तहमा रहेकाहरुसंग यस्तै अपेक्षा गरेका छन् । भावी पुस्तालाई हस्तान्तरण गर्ने त्यस्तो अशल काम-व्यवहार केही गर, जसले मुलुकको भलो होस् ।