हिजो आजको स्थिति हर्ेदा राजनीतिक दलको उद्देश्य जनहित नभएर पालैपालो सवैले जनतालाई नै सताउने व्यवहार देखाइरहेका छन् । बन्द र विरोध पर््रदर्शनका नाममा जनतालाई नै दुःखदिने काम भैरहेका छन् । जनतालाई दुःख दिएर सरकार ढाल्छौं भन्ने नेताहरु जनतालाई अपांग बनाएर आफूमात्रै बलिया हुन खोजेका छन् । राजनीति- कूटनीति पनि हो । षड्यन्त्रै षड्यन्त्रको खेल रहेछ यो । विपक्षको षड्यन्त्र विफल पार्न प्रतिषड्यन्त्र गर्दागर्दै देश र जनताको भलो हुने कामगर्न नेतालाई फर्ुसद नै छैन । स्वस्थ चित्तले इमानदारीसाथ कामगर्ने र अरुको बाटो पनि नछेक्ने हो भने राजनीतिलाई सोझो रेखामा हिंडाउन सकिन्छ । तर यहाँ कलुषित मानसिकताले गर्दा एकले अर्कालाई सहनै नसक्ने र आफूले मनपरी गर्दा भने अरुले विरोध नगरुन् भन्ने हैकमवादी संस्कार एवं आफ्ना गल्ती ढाकछोप गर्ने प्रवृत्तिले ग्रस्त पारेको परिणाम हो यो ।
अस्ति माओवादी सत्तामा छँदा कांग्रेसले संसद् चल्न दिएन भने आज सत्ताबाहिर भएको माओवादीले संसद् चल्न दिएको छैन । यहाँ त एकले अर्काको मेखमार्न पाए पुग्यो, जनताका पीरमर्कासित चासै देखिंदैन । सरकार पनि उस्तै उस्तै बन्छन् । 'कोदो खान्छ बाख्राले कान काटिन्छ भेंडाको' भनेझैं उपद्रो गर्ने फुत्कन्छन्, पीडित हुन्छन् सामान्य जनता । एक्लाएक्लै महन्त्याई चलाउन खोज्नेहरु मौका ढुकेर चौका हानिहाल्छन् । नेवा मुक्ति मोर्चाको बन्दमा पनि माओवादीले चौका हिर्काए । जनतालाई सुखसुविधा हुने कामगर्न पो गाह्रो हुन्छ, तोडफोड र विध्वंश मच्चाएर सत्ताधारीलाई अत्याउँछौं भन्दा उल्टै जनतालाई नै सास्ती बेहोराए ।
राजनीतिक भोकको कुरा गरौं । जंगलमा बस्दा अभाव र सरकारको त्रास बेहोरेका माओवादी सत्तामा आएर अतुल सुखभोग गर्दा र सारा शक्ति आफ्नै हातमा हुँदा पनि विपक्ष र असुरक्षाको त्रासले छोडेन । नहुँदाको भन्दा हुँदाको सन्तापले बढी दुःख दिंदोरहेछ । कुनै वस्तु पाउनुभन्दा त्यसलाई जोगाउन गाह्रो हुन्छ । दशौं हजार निर्दोष जनताको प्राण लिएर र खर्बौंको सम्पत्ति ध्वस्त पारेर हात लागेको सत्ता नवै महिनामा झर्यामझुरुम हुँदा सानो चोट त परेको छैन नि माओवादीलाई ! तर के गर्नु, नहुँदाको पीरभन्दा आज हुँदाको पीरले बढी सताएको छ । सारांशमा भन्नुपर्दा अभावको दुःखभन्दा सम्पन्नताको दुःख बढी पीडादायक हुँदोरहेछ ।
आज यहाँ नेताहरु आ-आफ्नै दुराचरणका छायाबाट त्रस्त छन् । नेता समान अविश्वसनीय पनि यहाँ कोही छैन जस्तो छ । तर असल संकल्पका साथ काम गर्ने हो भने षड्यन्त्र गर्नुपर्ने अवस्था नै रहँदैन । तैपनि नेताहरु यसका लागि तयार पाइदैनन् । बढी आशक्ति कहीं पनि ठीक हुँदैन भन्छन् । नेताहरु भने सत्ताकै आशक्तिको अधिकताले गर्दा आफूलाई मात्रै होइन, देश र जनतालाई समेत धरापमा पारिरहेका छन् । आफू कर्ुर्सर्ीी बसुन्जेल मनपरीको विरोध कसैले नगरुन् भन्ने र आफू तल झर्नेवित्तिकै विरोध मात्र होइन, तोडफोड र विध्वंश नै मच्चाउने परम्परा बसालेका छन् । आफू सत्तामा छँदा भारतले सीमा मिच्यो भनेर पटकपटक कराउँदा नसुन्ने माओवादी आज सीमा मिच्नेलाई सरकारले कार्बाही गर्नुपर्छ भन्दैछ । हो, सरकारले आफ्नो सिमाना जोगाउनर्ुपर्छ, तर आफू सरकारमा छँदा चुइक्क नबोलनुको अर्थ के हो - नियम-कानुनको व्याख्या पनि नेताहरु आफ्नै स्वार्थ अनुकुल गर्छन् । यस्ता काम विकृत मनोदशाका परिणाम हुन् ।
जनताको सुख सुविधाका लागि राजनीति गर्र्छौं भन्नेहरुले जनतालाई नै सास्ती हुने गरी बन्द-हड्ताल, तोडफोड गरिन्छ भने भलाई हुन्छ कि कष्ट भोगाउने काम - नेताले पो यस्ता कुरा सोच्छन्, तर यहाँ त नेताका नाममा कलंक लगाउने दुसाध निस्केर पो दर्ुदशा भयो । सरकारसित असन्तुष्टि हो भने जे गर्नुपर्ने सरकारसित पो गर्नुपर्छ, जनताको सम्पत्ति लुट्ने-कुट्ने यो कहाँको के नीति हो - मन्त्री हुन नपाएको रीस जनतामाथि पोख्न पाइन्छ -
सरकारी र र्सार्वजनिक क्षेत्रका भ्रष्टाचार, अनाचार फैलाउने काम गिरिजाप्रसादले सुरु गरेका हुन् भने जवर्जस्ती चन्दा, अपहरण, फिरौती र हत्या आतंकद्वारा जनतालाई सास्ती दिने काम पुष्पकमल दाहालबाट सुरु भएको हो भन्नेमा जनता अनभिज्ञ छैनन् । यी दुवैका कारण समाजका हरेक पक्षमा फैलिएको अव्यवस्था सच्याउन सानोतिनो प्रयासबाट सम्भव देखिंदैन । बानी व्रि्रेको कुसंस्कार र अव्यवस्था हटाउन त गाह्रो पो पर्छ त । त्यसका लागि या त नेताहरुले आफ्नो चरित्रमा सुधार ल्याउनर्ुपर्छ, या अर्कैखालको कडा र दह्रो शासन व्यवस्था लागू गरेर निष्पक्षरुपबाट अठोटका साथ अनुशासन कायम गराउन सक्नर्ुपर्दछ र खुट्टा तान्ने काम कतैबाट हुनुहुँदैन । तर यहाँ त्यस्तो हिम्मती र इमान भएको मान्छे जन्मन शायद बाँकी नै छ ।
अन्त्यमा, अघिल्लो सरकारले ऋण मिनाहा गर्ने निहुँमा कृषि विकास बैंकबाट लाखौंलाख रुपैयाँ झिकेर आफ्ना कार्यकर्ता पोस्यो भने अब यो सरकारले राहतका नाममा आफ्ना कार्यकर्ता, र्समर्थकलाई पैसा बाँड्ने होला । दुनियाले खाई नखाई दुःख-जिलो गरेर जम्मा गरेको पैसा यिनीहरुले यसै गरेर सिध्याउने र त्यसैको माध्यमबाट राजनीति गर्ने निकृष्ट चालको र्सवत्र निन्दा हुन थालेको छ ।