Yugasambad.Com.Np
National Weekly
 
Saturday, 09.04.2010, 10:28am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल ; प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 

नीतिTuesday, 06.30.2009, 11:42am (GMT+5.5)

हामी जनताले राजनीति गर्नेहरुबाट सायद बढी अपेक्षा राख्यौं कि ! जोसंग जस्तो क्षमता उसले त्यही मात्र गर्नसक्छ उनीहरुले गर्नसक्ने गरेकै छन् नि ! भाषण बहादुरहरुले भाषण ठोकेकै छन् अपहरण, फिरौती हत्या हिंसाको धन्दा गर्नेले गरेकै छन् बन्द, हड्ताल, तोडफोड, आगजनी जस्ता विध्वंश गर्ने योग्यता भएकाले पनि गरेकै छन् यी बाहेक जनताले उनीहरुबाट नभएको कुरा खोज्नु हाम्रै गल्ती पो हो कि ! एउटा सचिव आएर प्रधानमन्त्रीलाई हल्लाउँछ सीमा अतिक्रमण गर्यो भन्नु बकबास हो, भारतीय सुरक्षाकर्मीले नेपालीमाथि दर्ुर्व्यवहार गरेकै छैनन् भनेर हप्काउँदा यहाँका तोरीगाँडाहरुको सातो जान्छ भने त्यस्ता निरीहरुबाट हामीले बढी अपेक्षा राख्नु नै र्व्यर्थ हुन्छ

आँखा भएर मात्रै हुँदैन, दृष्टिशक्ति -भिजन) पनि चाहिन्छ तर यहाँ दृष्टिशक्ति नभएकाहरु हर्ताकर्ता भएका छन् एकथरिले सरकारी सम्पत्ति तोडफोड कार्यालयहरुमा तालाबन्दी गरेर नागरिक सर्वोच्चता खोज्छन् भने दृष्टिशक्ति गुमाएकाहरु बांगा आँखा हुने अर्काथरिले विदेशी रिझाएर कर्ुर्सर्ीीोगाउन सीमा अतिक्रमण भएकै छैन भनेर देशप्रति गद्दारी गरिरहेका छन् जनताले भोगेको पीडाप्रति दुवैथरि मौन छन् यिनीहरुले आफ्नो दायित्व नै बिर्सर्ेे छन् यिनीहरुले प्रकारान्तरबाट देशभक्त नागरिककै उपहास गरिरहेका छन्

सधैं बन्द, सधैं हड्ताल ... जनतालाई सास्ती मात्रै दुनियाँमा कहीं पनि यहाँझैं सरकारी कार्यालयमा तोडफोड तालावन्दी गर्न पाइदैन प्रतिमहिना जनही झण्डै पचास हजार खाने ६०१ जना तुलेगाँगाहरुको भीड ४५ जना तोरी लाहुरेहरुको जत्थामध्येकैले सरकारी कार्यालयमा तालावन्दी गरेर चल्न नदिने हो भने किन चाहिए अड्डा अदालत - मन्त्री निवास २२ वटा छन् बाँकी २३ मन्त्रीलाई घर भाडा लिनुपर्ने होला - एकजनाले कम्तिमा दर्ुइवटा लिए पनि ९० थान मोटर नै चाहिए भागवण्डा पुर्याउन मन्त्रालय फोरेर संख्या बढाएका छन् छाप, साइनबोर्डदेखि फर्निचर, घर सजावट गर्नुपर्यो, सवै नयाँ चाहियो, आफन्त कर्मचारी भर्ना गर्न पाइयो देशमा शान्ति सुरक्षा पो छैन, आफूले खान अनेक तरिका निकालेका छन् नि !

अहिले फेरि एकथरिले पुनः सत्ता प्राप्त गर्न तेस्रो आन्दोलनको धम्की दिंदैछन् अहिले पनि आन्दोलन चलेकै संसद् चल्न दिइएन, सडक पर््रदर्शन सरकारी अड्डा तालावन्दी पनि भयो यस्तो गरेर आफू सर्वोच्च ठाउँमा पुगियो भने नागरिक सर्वोच्चता भैहाल्यो भनेर जनताले बुझिदिनुपर्ने भएको जनताको निर्ण्र्ाानेताले होइन, नेताको निर्ण्र्ााजनताले चुपचाप मान्नुपर्ने आशय रहेको 'सवै छोडी पुच्छरमा हात' भनेझैं देश जनताका अनगिन्ती समस्याप्रति आँखा चिम्लेर प्रधान सेनापति हटाउने विवाद उठाएर आन्दोलन गर्नु राजनीतिक दर्रि्रताकै नमूना भएको अब जनताले सत्तामा जो आए पनि शान्तिको आश भएन, अशान्ति कहीं नजा- भन्न थालेका छन्

सरकारकै संरक्षणमा अपराध हुन्छन् जनताका आँखामा छारो हाल्न मुद्दा दायर गरे पनि अलि दिनपछि मुद्दा फिर्ता लिइन्छन् यस्तो नाटक गर्नुभन्दा मुद्दा नै दर्ता नगरे हुन्थ्यो नि ! यहाँ पार्टर्ीीका इन्साफ गर्ने आफ्नै तरिका छन् आफ्नै जनअदालत छन् यहाँ पार्टर्ीीच्छेका लडाकु दस्ता छन् तिनीहरु नै सरकारी कर्मचारीमाथि जाइलाग्छन् अस्ति भर्खर धादिङमा स्थानीय विकास अधिकारीलाई धुल्याए तिनीहरुमाथि कुने कार्बाही हुँदैन यस्तै अराजक राज चलाएर 'नयाँ नेपाल' बनाउन खोजिएको हो भने सवै तिनीहरुकै जिम्मा लगाएर सरकारी अड्डा अदालत खारेज गरे भएन -

बलजफ्त गर्नेहरुले 'हामीले भनेकै मात्र मान्नर्ुपर्छ, अदालतले पनि हाम्रै पक्षमा निर्ण्र्ाागर्नुपर्छ' भन्ने हो भने अड्डा अदालत -प्रशासन, सेना प्रहरी समेत) किन चाहिए - आफ्नै षण्डमुषण्डबाट आफूले चाहेको गराएपछि जनता नै पो किन चाहिए - चाहिने भए जनतालाई सास्ती दिने काम नै गर्ने थिएनन् सरकारमा बस्न नपाएको रीस जनतामाथि पोख्नेहरुले अड्डा कार्यालयहरुमा तालावन्दी गरेर बहादुरी देखाए तोडफोड आगजनी गरेर आफ्नो दायित्व पूरा गरेको सम्झे यिनीहरुले नै आफूलाई जनवादी, लोकतन्न्त्रवादी सम्झन्छन् भने योभन्दा ठूलो ठट्टा अरु के हुन्छ -

यहाँ संसद् मन्त्रिपरिषद् पनि राजनीति गर्नेहरुका जागिरे अड्डा मात्र भएका छन् अयोग्यहरुले जागिर खाने अड्डा निर्वाचन हारेकालाई पनि रोजीरोजी पोषिला मन्त्रालय हातपार्न थुमा जुधाईको रहस्य- आँखा देख्दिन भन्ने तर पैसा चिन्ने अन्धाको कथा जस्तै हाम्रा नेता पनि जनतालाई चिन्दैनन्, तर धन कमाउन भने महादेवका तीनै नेत्र खुलेजस्ता छन् त्यसैले संसद् मन्त्रिपरिषद्को औचित्य अब राजनीति गर्नेहरुलाई जागीर खुवाउनु मात्र भएको जागिर बाहेक उनीहरु कमिशन भ्रष्टाचारका आहालमा पौडी समेत खेल्न पाउँछन् 'आफ्नो हात जगन्नाथ' भनेजस्तै आफैंले निर्ण्र्ाागर्यो, खायो, कति मज्जा !

उता गाउँगाउँमा जनतालाई र्सार्वजनिक वारेण्ट जारी गरेर यति दिनभित्र गाउँ नछोडे कार्बाही गर्र्छौं भनेर त्रास फैलाउँदा पनि केही गर्न नसक्ने शासन, प्रशासनका निकाय पनि जनताका निम्ति निर्रथक भैसके जागिर खान मात्र भर्ती भएका ६०१ जना ४५ जना बाहेक अरु कर्मचारीको पनि काम रहेन भाग नमिल्दा झगडा गर्ने अर्काले गरेको काम अवैध भयो भन्ने तर भाग पाउनासाथ सवै वैध हुने मिलेर खाने चङ्खे चतुरेहरुले देश डुबाइसकेका छन् जनताका नेताले पो जनताको काम गर्छन्, यहाँ पार्टर्ीी नेता मात्रै छन्

अब निषेधाज्ञाको पनि आवश्यकता रहेन बन्द, हड्ताल गर्न नपाइने अत्यावश्यक सेवा ऐन जस्ता ऐन पनि खारेज गरिदिए भयो कफर््र्यूको औचित्य पनि अब रहेको छैन कफर््र्यू-निषेधाज्ञा तोड्नेलाई कार्बाही गर्न सकिंदैन भने किन राखिछोड्ने त्यस्ता ऐन - हो, निरीह निरपराध जनतामाथि मात्रै लागू गर्ने हो भने राखे भयो अब यहाँ नीति-नियम बनाउनुको पनि अर्थ रहेको छैन लागू नै नहुने ऐन नियम निर्ण्र्ााो के आवश्यकता - नेपाल अब अव्यवस्था अराजकताको उदाहरण नै भैसकेको

त्यसैले अब यहाँ राजनीतिक सिण्डिकेटप्रथा चलाउनेहरुको मनपरी अन्त्य गर्नका लागि जनता स्वयं अग्रसर हुनुपर्ने समयको ताकेता आएको बुझ्नर्ुपर्छ त्यो समय कहिले आउला खै -


Comments (0)        Print        Tell friend        Top


Other Articles:
कस्तो (06.30.2009)
वेथितिहरुको थुप्रोबीच न (06.23.2009)
षड्यन्त्र र प्र (06.23.2009)
राष्ट्रिय सुरक्षा (06.23.2009)
कस्तो बन्नु पर्दछ (06.23.2009)
भावी पुस्तालाई हस्तान्तरण गर्ने अशल कुरा के ?याद (06.16.2009)
देशको प्रश्न साझा प्रश्न हो, खोई नेतामा चेतनामहे (06.16.2009)
दस्तावेज आफैं बोल्छ ग्रेटर नेपालको पक्षमासुजित (06.16.2009)
कस्तो बन्नु पर्दछ नेपालको संबिधान?डा. शास्त्रदत (06.16.2009)
प्रकृति संरक्षण मानव सभ्यताकै लागि हो यादब देवकोटा (06.09.2009)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 

© Neeraz.Com 2007
[Top Page]