|
|
|
|
'नोबेल शान्ति
Monday, 01.04.2010, 04:05pm (GMT+5.5)
समाचारपत्रहरू खोज्ने र पढ्ने पुरानो बानीमा आजभोलि निकै मन्दी आएकोले होला - नियमित ग्राहक बनेपछि पनि सबै दैनिक, साप्ताहिक र पाक्षिक पत्रिकाहरूमा छापिएका कतिपय कुराहरू पढ्न छुटेको हुने रहेछ । यस कुराको ठेठ र ज्वलन्त उदाहरण र्सवाधिक "चलेको-बलेको" भनेर भनिएको कान्तिपुर दैनिकका मुखपृष्टमा छापिएको पौष १० गते को "नोबेलका लागि कोइरालाको नाम प्रस्ताव" शर्ीष्ाक समाचार नै बन्यो । ४/५ दिन पछि -त्यो पनि पुराना पत्रिका समाल्दै गर्दा उक्त समाचार आँखामा पर्नुलाई लिनु पर्ने ठाने ।
यद्यपि उसैदिन पढेको भए पनि त्यबारेको टिप्पणी यसभन्दा अघिको अंकमा पस्किन सक्ने स्थिति भने थिएन । किनकि पौष ७ गतेका लागि तयार गरेर पत्रिकामा पठाएको सामग्री, उक्त दिन आम हडतालको कारण पत्रिका छापिएन । त्यसैले ७ गतेका लागि तयार भएको सामग्री स्वतः १४ गते छापिन्थ्यो । थप नयाँ जाँगर गरेर त्यो तयार भइसकेको लेख फालेर नयाँ लेख्ने सोच बनाउने कुरा थिएन । जेहोस्
श्री गिरिजाप्रसाद कोइरालालाई नेपाल सरकारले "नोबल शान्ति पुरस्कार"का लागि नाम प्रस्ताव गरी पठाएकोमा उहाँ बधाईको पात्र हुनुहुन्छ । उहाँलाई उक्त पुरस्कार प्राप्त भइदियो भने "नेपाल"लाई अझैसम्म नचिनेका र 'नेपाल' भनेर भन्दा इटलीको 'नेपल्स' ठान्ने देशका बुद्धिजीवी, राजनेताहरूका मन-मथिङ्गलमा पनि "नेपाल"को नाम अमीट भएर पस्ने र बस्ने छ । यस्तो लोभ संवरण गर्न नसकेका राजनीति निरपेक्ष अथवा ठेठ रुपमा भन्नुपर्दा कोइराला-वंशवादी कांग्रेसहरू मात्रै होइन, गैर कांग्रेसी नेपालीहरूले समेत "उनले उक्त पुरस्कार पाउन सफल होऊन्" भन्ने लाख लाख शुभकामना दिइ रहेछन् र्रर् इश्वर, अल्ला, बुद्ध, यिशूसँग पर््रार्थना गरी रहेका छन् होला भन्ने बलियो विश्वास लागेको छ ।
जहाँसम्म विश्वमा ख्याति कमाएको "नोबल पुरस्कार"को प्रसङ्ग छ, जति यसले पुरस्कार पाउनेको 'यश' र 'उचाई' बढाएको छ, त्यत्तिनै संस्था "पक्षपाती भएको र खास गरी गैर साम्यवादी, कम्युनिष्ट विरोधी वा कम्युनिज्मका अंतर्ध्वशीहरूलाई दिइने पुरस्कार" भनेर अपजस पनि त्यत्ति नै कमाएको छ । भौतिकशास्त्र, रसायनशास्त्र शरीर विज्ञान वा चिकित्साशास्त्र, साहित्य र १९६९ पछि थपिएको अर्थशास्त्र विषयमा दिइने पुरस्कार भन्दा सन् १९०१ बाटै दिन प्रारम्भ गरिएको "शान्ति पुरस्कार"ले 'नोबेल पुरस्कार गुठी' -ट्रस्ट)लाई अझ विवादस्पद बनायो । सन् १९९० मा तत्कालीन सोभियत संघको अन्तर्ध्वंस गर्न सफल र "सी.आई.ए.बाट सोभियत संघ भित्र पालित, पोषित र प्रशिक्षित रुसी 'क्विललिङ्ग' " भनेर दर्ुनामी कमाएका मिखाइल गोर्भाचेवलाई र त्यसको ठीक अघिल्लो वर्षसन् १९८९ मा कट्टर परम्परावादी धार्मिक नेता एवं जनवादी चीनको स्वायत्त प्रदेश तिबेतको पृथकतावादी आन्दोलनको अलख जगाउँदैआएका व्रि्रोही राजनीतिक व्यक्ति "दलाई लामा"लाई नोबल शान्ति पुरस्कार जुन दिइयो त्यसले ती आरोप लगाउनेहरू र आलोचना गर्नेलाई निकै खुराक पुग्न गयो भन्ने लाग्छ ।
तर "नोबेल शान्ति पुरस्कार त्यत्तिले मात्रै विवादस्पद बनेको होइन, थिएन । सन् १९४७ मा भारतले स्वाधीनता प्राप्त गर्यो । भारतीय स्वतन्त्रता प्राप्तिको आन्दोलनमा सशस्त्र संर्घष्ावादी 'सुभाष'बोष पन्थी र अहिंसावादी -नरमपन्थी) बीचको आन्तरिक द्वन्द्वमा "शान्तिपर्ूण्ा अहिंसात्मक आन्दोलन"का पर््रवर्तक र शर्ीष्ास्थ अग्रणी पुरुष 'मोहन चन्द करमचन्द गान्धी विजयी भए । त्यसैले उनकै नेतृत्वमा अहिंसात्मक आन्दोलन अघि बढ्यो । पछि गएर तिनैलाई विश्वले महात्मा गान्धीको रुपमा चिने । सन् १९३१ मा नै उनलाई टाइम्सले "वर्षो उत्कृष्ट व्यक्ति पुरस्कार" दिएको थियो । तर उनलाई कहिल्यै नोबेल शान्ति पुरस्कार दिइएन । त्यसै वर्ष-सन् १९४७ को) नोबल शान्ति पुरस्कार "अमेरिकन फेन्डस र्सर्भिस कमिटी"लाई दिइयो । त्यसपछि न जवाहरलान नेहरूलाई दिइयो न त इन्दिरा गान्धी जस्तो जल्दाबल्दा नेतालाई नै । सन् १९४८ को जनवरी ३० मा अहिंसात्मक आन्दोलनकै अग्रणी र आदि-पुरुष भनेर भनिएका "महात्मा गान्धी"को हत्या भयो । तर सन् १९४८ को नोबल पुरस्कार वितरण नै गरिएन । गान्धीलाई मरणोपरान्त भए पनि उक्त पुरस्कार दिन सकिन्थ्यो, दिइएन । जबकि काला जातिका 'गान्धीवादी' नेता भनेर भनिएका मार्टिन लुथर किङ्गलाई मरणोपरान्त, सन् १९६४ मा नोबल शान्तिपुरस्कार दिइयो । अझ सन् १९९३ मा दक्षिण अप्रिmकाका उपनिवेशवादी रंगभेदका प्रतिनिधि एफ.डब्लु.डे ल्कर्ेक र त्यस विरुद्ध व्रि्रोह गरेर आजीवन काराबास परेका स्वाधीनता आन्दोलनका अग्रणी गान्धीवादी नेता नेल्सन मण्डेलालाई संयुक्त रुपमा दिइयो । सायद यिनै र यस्तै कारणले होला, 'हो ची मिन्ह' 'माओत्सेतुङ्ग' जस्ता यौटा राष्ट्रका लागि मात्रै नभई सिङ्गो युगलाई नै प्रभावित र रुपान्तरण गरेका विश्व प्रसिद्ध राजनेतालाई भन्दा यूरोप र अमेरिकी भूभागमा जन्मेर गुमनाम गाउँ सेवा गर्ने व्यक्ति खोजेर रोजेर यो पुरस्कार दिइने परम्परा छ" भन्ने गरिएको - जेहोस्
शान्ति पुरस्कारका लागि उपयुक्त पात्र -व्यक्ति वा संस्था) खोज्ने आधिकारिक निकाय स्वीडेनको संसदद्वारा गठित पाँचसदस्यीय समितिलेमात्र हो । त्यसैले उसको अधिकृत व्यक्तिद्वारा नेपाललाई उक्त पुरस्कारका लागि नाम प्रस्तावित गरी पठाउन पत्र आएपछि गिरिजाप्रसाद कोइरालाको नाम पठाउने सरकारले निर्ण्र्ाागरेको हो भने, नेपालले गौरवको अनुभूति गर्नै पर्छ, गर्ला -, किनकि यसरी नेपाललाई पनि उक्त संस्थाले सम्झना गर्नु निकै ठूलो उपलब्धी भएको मान्नुपर्ने हुन्छ ।
तर बाईस दलको "नेपाल नेतृत्वको सरकार"ले यस्तो स्वणिर्म अवसरको पर्ूण्ा लाभ कसरी लिन सकिन्छ - नेपाल र नेपालीका विवेकमा उपयुक्त पात्र को हुन सक्ने लाग्छ - कुन व्यक्ति वा संस्थाको नाम सिफारिस गर्दा उक्त पुरस्कारका लागि विश्वका अन्य ठाउँबाट सिफारिस भइ आउनेको भन्दा नेपालको मनोनयन उपयुक्त जाँच्नसक्ने सम्भावना हुन्छ - यी सबै कुरालाई र्सार्वजनिक रुपमा पत्रकार, प्राध्यापक, राजनीतिक विश्लेषक, कानुन व्यवसायी जस्ता समाजका अग्रणी बुद्धिजीवीहरूबाट राय संकलन गर्ने जस्तो पारदर्शिताको बाटो र पाटोबाट उपयुक्त व्यक्ति वा संस्थाको नाम सिफारिस गर्ने उदारता किनदेखाएन - र गुपचुपमा श्री गिरिजा प्रसादको नाम सुटुक्क सिफारिस गरेपछि मात्र उक्त कुरालाई र्सार्वजनिक गरियो - यौटा अबुझ पहेली अवश्य पैदा भएको छ ।
"श्री गिरिजाप्रसादलाई पुरस्कृत गर्न सिफारिस गर्नु गलत थियो" भनेर भन्न खोजिएको किमार्थ होइन । "बी.पी.को साख" र काख पाएर राजनीतिको शिखर चढेका भए पनि, ने.का.ले २०६२ सम्म बोकेर आएको "वी.पी.वाद"-जसलाई सार-सूत्रमा बुझ्दा "नेपालका वामपन्थीहरू इण्डोनेशियाका 'अदित-फर्मूला' बोकेर अघि बढिरहेका छन्, उनीहरूलाई अगाडि बढ्नबाट रोक्न राजालाई निर्ःशर्त सहयोग गर्नुपर्छ, त्यसैले असफल सशस्त्र आन्दोलनको बाटो छोडी आफूले राष्ट्रिय मेल मिलापको नीति अँगालेर राजासँग गर्दन जोड्न निर्वासनबाट फर्किएको" भनेर वी.पी.ले २०३३ पौषमा भनेको भनाई नै हो"-लाई लत्याएर तत्कालिन राजालाई "सवक सिकाउन"कै लागि आप\mनो पार्टर्ीीे सरकारले टाउकाको मोल तोकेका र पूरा राज्य शक्ति प्रयोग गरेर आमसंहार गर्न खोजेका तत्कालिन सशस्त्र जनसंर्घष्ाकारी माओवादीसँग दिल्ली सम्झौता गर्न जाने साहसीकता पर्ूवक काम जी.पी.ले जुन गरे, त्यसले नेपालमा शान्ति स्थापनाको प्रयासमा पक्कै योगदान गरेको मान्नर्ुपर्छ । साथै ने.का.लाई "संविधान सभाको निर्वाचन" र "गणतन्त्रको कित्तामा उभ्याउने पर्ूव अपरिकल्पित ठूलो साहस पनि वहाँले -गिरिजाप्रसादले) नै गर्नु भएको हो भन्ने पनि बिर्सनु हुन्न ।
तथापि त्यो सबैको बाबजुद पनि सरकारले डायमन्ड समशेरको "सेतो वाघ"मा-"नेपालीहरूको संस्कार र परम्परा सधैं सत्ता र शक्ति प्रति भक्तिभाव प्रकट गर्ने, र शक्तिबाट हटेको व्यक्ति जतिसुकै महान् र असल भएपनि त्यसलाई चटक्कै बिर्सने वा वेवास्ता गर्ने रहिआएको" भनेर जस्तो घटिया चरित्र प्रस्तुत गरेका थिए, उक्त सिफारिसले फेरी त्यसै भनाईलाई स्पष्ट हुने गरी पुनः सम्झाइदियो । आज ने.का. र स्वयं गिरिजाप्रसाद समेत सरकारमा सहभागी नभएको भए, वा सरकारमा सुजाताको वर्चस्व नभएको भए गिरिजा प्रसाद नै निर्विवाद छनौटमा पर्थे कि पर्दैनथे - के वर्तमान काल खण्डमा नेपाललाई उभ्याउनुमा श्री माधव नेपालको लखनउ देखि सिलिगुडी सम्मको दौड-जसलाई त्यसबेला ने.का.ले सीमान्त्त घटिया शैलीमा तिरस्कार गर्दै र उनको प्रयासलाई बहिष्कार गर्दै आएका थिए- को योगदान कुन अर्थमा गिरिजाले बाह्रबूँदे सहमतिमा दस्तखत गर्नुभन्दा कम मान्ने -
त्यत्ति मत्र होइन, "नेपालमा २४० वर्षदेखिको शाहवंशीय मात्र नभई झण्डै दर्ुइ हजार ६ सय वर्षन्दा पहिलेदेखिको राजतन्त्रात्मक पद्धतिको अन्त्य गरी गणतन्त्रको स्थापना गर्ने" जस्तो "युगान्तकारी परिवर्तन गर्ने महानतम कार्य सम्पन्न गर्ने"मा गिरिजा प्रसादको बढी भूमिका थियो, भयो रह्यो होला कि, श्री पुष्पकमल दाहाल 'प्रचण्ड'को - नेपाली जनताले आज कसलाई बढी अंक दिने थिए होलान् - उमेर र शरीरको उचाई भलै अरुको भन्दा गिरिजाप्रसादको बढी थियो होला ।
यदि हिंसालाई साँच्चिकै निषेध गरेर अतुलनीय राजनीतिक व्यक्तित्व निर्माण गरेको नेपाली राजनेताकै खोजी गरिएको हुन्थ्यो र त्यो पनि पश्चिमा प्रजातन्त्रकै अनुयायी हुनुपर्ने शर्त थियो भने पनि नेपाली कांग्रेसका संस्थापक वी.पी.का समकक्षी "सन्तनेता"का रुपमा चिनिएका श्री कृष्णप्रसाद भट्टर्राई सायद सबैभन्दा भारी र निर्विवाद विकल्प ठहरिन सक्नुहुन्थ्यो होला - किनकि श्री गिरिजाप्रसाद कोइराला- कोइराला वंशज र वी.पी.का अनुज भन्ने कुरालाई पन्छाएर, वर्तमान उप-प्रधानमन्त्री सुजाता कोइराला -जोष्ट) का पिता र सत्ता समीकरणका केन्द्रीय प्रधान पुरुष भन्ने कुरालाई अलग राखेर, निरपेक्ष रुपमा श्री गिरिजाप्रसाद कोइरालाको राजनीतिक मूल्याङ्कन गर्ने हरेकले भन्नैपर्ने हुन्छ "वहाँ यौटा कुनै आप\mनै दर्शन, विचार, सिद्धान्त भएको नभइ, षड्यन्त्र, विश्वासघातमा आधारित राजनीतिक पृष्ठभूमि र चरित्रको, बुद्धिवादमा कम र युद्धवादमा बढी आस्था र विश्वास गर्ने, असल चिन्तक कम र कुशल संगठनकर्ताको गुण अधिक भएको, 'राजनेता' भन्दा सफल राजनीतिक पेशा व्यवसायी भन्नु बढी सटीक हुने" व्यक्तिको रुपमा परिचित एवं स्थापित र उमेरमा सबैभन्दा जेठो व्यक्ति हुनुहुन्छ, भन्नर्ैपर्छ ।
उक्त पर्रि्रेक्ष्यमा 'श्री कृष्णप्रसाद भट्टर्राई सबै कुरामा श्री गिरिजाभन्दा दशौं गुणा बढी अग्लो र भारी हुनुहुन्थ्यो होला । भलै सिवाय कायको उचाई र 'वय'को मापदण्डबाट नाप्दा तौलिँदा केही तल रहे पनि । सायद यस्तो भनाइ वा ठम्याइमा "कोइराला अधिवंशवादका अवशेषका उपासक" बाहेक कसैको असहमति रहन्नन्थ्यो होला ।
त्यस बाहेक 'कोइराला' र 'भट्टर्राई' बीच अर्को वैसम्य भनेको आज नोबेल शान्ति पुरस्कारका लागि नेपाल सरकारले चयन मनोनयन गरेका कोइरालाका सफेद लवेदा सुरुवालमा जति मानव रगतका छिटा र टाटा होलान् - अहिंसावादी भट्टर्राईले पहिरिएका बिगतदेखि वर्तमान सम्मका राष्ट्रिय पोशाकमा त्यस्ता दाग सायदै देखिए, पाइएलान् -, तीस वर्षम्म -जेलबाहेक) विदेशी भूमिमा गएर नेपाल माथी पटक पटक सशस्त्र हमला गर्ने देखि ने.क.पा.माओवादीको सामूहिक संहार गर्न रचिएको भैरवनाथ गण भित्रको आत्महत्या काण्डदेखि खाराकाण्ड सम्मको कोइरालाको विगत र निर्दलीय पञ्चायती तीस वर्षो कालावधि भर "नेपाली माटो र अहिंसाको बाटो" नछोडि गीता समाएर नेपाली कै दयामायाको सीता खाएर नेपालभित्रै शान्तिपर्ूण्ा -अहिंसात्मक) लडाइ लड्दै आएका कृष्णप्रसाद भट्टर्राईको उचाई र तौल गिरिजाप्रसाद मात्रै नभइ विश्वेश्वरप्रसाद भन्दा पनि गह्रौ त थिएन - किन यसको वेवास्ता गरेर सस्तो र हलुका खालको तुष्टीकरण नीति -एपिएजमेण्ट पोलिसी) अख्तियार गरियो - के सत्ता समीकरण बचाई राख्न कि देशको सम्मान च्याखे राख्न - "यस कालप्रश्नको उत्तर भने भावी सन्नतिले अवश्यमाग्ने र खोज्ने छ" भन्ने लाग्छ ।
|
|
|
|
|
| Su |
Mo |
Tu |
We |
Th |
Fr |
Sa |
| |
|
|
1 |
2 |
3 |
4 |
| 5 |
6 |
7 |
8 |
9 |
10 |
11 |
| 12 |
13 |
14 |
15 |
16 |
17 |
18 |
| 19 |
20 |
21 |
22 |
23 |
24 |
25 |
| 26 |
27 |
28 |
29 |
30 |
|
|
|
| |
|
 |
|
 |
|