हिजो अर्थात् पुस २७ गते राष्ट्र एकीकरणकर्ता पृथ्वीनारायण शाहको २८८ औं जन्मदिवस नागरिकस्तरबाट मनाइयो । यो दिवस राष्ट्रिय पर्वकै रुपमा मनाउनुपर्ने भए पनि लोकतन्त्रको आगमनसंगै राष्ट्रिय एकता दिवस खारेजीमा पर्यो । यहीबाट सुरु भयो नेपालको राष्ट्रिय एकता छिन्नभिन्न पार्ने षड्यन्त्र । अहिले मुलुकको राष्ट्रियता संकटमा परेको छ र र्सार्वभौमिक अखण्डता छिन्नभिन्न पार्ने दुष्प्रयासहरू भैरहेका छन् । चार वर्ण्र्ाात्तीस जातको साझा फुलबारीमा दुष्ट ब्वाँसाहरूले चलखेल गर्न थालेका छन् । राष्ट्रिय एकता खतरामा परेको छ तर राष्ट्रिय एकताका आधारहरूलाई भत्काउने काम भने जारी नै छ । एकातिर यस्तो अवस्था छ भने अर्कोतिर राष्ट्रिय एकताका अनेक अर्थ लाग्न थालेका छन् । भौगोलिक, धार्मिक, सांस्कृतिक, भाषिक रुपमा हिजो मुलुक जसरी एकढिक्का थियो आज त्यसमा धमिरा लाग्न सुरु भैसकेको छ । यही धमिराकै असरले मुलुकमा जातीय, क्षेत्रीय, भाषिक, सांस्कृतिक रुपमा विभाजनका रेखाहरू कोरिएका छन् । राष्ट्रिय एकताका जगहरूमा धमिराले बास गरेको छ र यो जग हल्लिन थालेको छ । यसरी राष्ट्रिय एकताका परिचयबोधक चिन्हहरू छिन्नभिन्न पार्दाको दुष्परिणाम मुलुकमा देखापर्दैछ । अर्कोतर्फपर्ूवजले भावी सन्ततिलाई दिन भनेर जनतसाथ राखेको धार्मिक, सांस्कृतिक मूल्य मान्यताहरू भताभुङ्ग पार्दाको परिणाम आज जताततैबाट राष्ट्रिय अखण्डता खतरामा परेको आवाज सुन्नु परिरहेको छ । यदि यस्तै हो भने किन राष्ट्रिय एकतालाई कमजोर पार्ने आयातित राजनीतिक सिद्धान्त अपनाइयो - किन मुलुकलाई बाहृयशक्तिको क्रिडास्थल बन्न दिइयो - वैदिक सनातन धर्मको आडमा संगठित भएको नेपाली समाज किन छिन्नभिन्न हुँदै गयो - यसको वहिंगम विश्लेषण हुनर्ुपर्छ र समय छँदै सच्याउने जमर्को भयो भने अहिले देखिएका समस्याहरू स्वतः समाधान हुँदै पनि जान्छन् । राजनीति गर्ने नाममा गरिएका अनेक कर्ुतर्क र कुसंस्कारको जड राजनीतिको मूल थलोमै केन्द्रित छ । यसको जरै उखेलेर फाल्न सके मात्र मुलुकले चाहेजस्तो गरी अगाडि बढ्न सक्छ । अहिले र्सवाधिक ठूलो चिन्ता मुलुकको भविष्यसंग गाँसिएको छ ।
कहिले जनजाति, कहिले आदिवासी, कहिले दलित त कहिले उत्पीडित भन्दै दुःखीहरूको नाममा राजनीति गर्ने गरिएको । हुँदाहुँदा जातका आधारमा मुलुकलाई अंशवण्डा समेत गरियो । यी सव मुद्दाहरू उचाल्नुको खास उद्देश्य केही टाठाबाठाहरूले आफ्नो स्वार्थ पूरा गर्ने दाउपेच मात्र हो । 'जन'को शाब्दिक अर्थ हो-मानिस, दुनिया, प्रजा, जाति, जहान, परिवार आदि । अब यो जनशब्दमा अनेक शब्दको संयोजन हुँदै जाँदा जनआन्दोलन पनि हुन्छ, जनगणना पनि हुन्छ, जनजागरण पनि हुन्छ, जनजागृति पनि हुन्छ, जनतन्त्र पनि हुन्छ, जनता जनार्दन पनि हुन्छन् तर जनजाति हुँदैन । जन नै परिपर्ूण्ा स्वयं जाति हो । जनजातिका नाममा केही संगठित हुने हो भने बाँकी असंगठितहरू पशुजाति हुन्छन् र - जन सवै मनुष्य हुन् र जाति पनि छन् । अहिले तथाकथित अग्रगामी लेखकहरू जनजातिमै जोड दिइरहेका छन् । जनता सबै जनार्दन हुन् । जनपद शब्दले देशलाई बुझाउँछ । राज्यलाई बुझाउँछ । गाउँलाई बुझाउँछ । जनपद धर्म छ, त्यसले लोकाचारलाई अर्थात् लोकसम्मतिलाई बुझाउँछ । समाजिक मर्यादा र धर्मलाई बुझाउँछ । यस्तै जनपदले कुनै देश वा समाजमा शासन गर्ने शासक वा व्यक्ति पनि बुझाउँछ ।
आत्मनिर्ण्र्ााो अधिकारको सतही नारा होइन । आत्मालाई विस्मृतिमा पारेर आत्मनिर्ण्र्ााो अधिकारका कुरा गर्न सुहाउँदैन । सानो समस्या आउनासाथ विदेशी गुहार्नेहरूले आत्मनिर्ण्र्ाागर्न सक्दैनन् भन्ने प्रमाणित नै भैसकेको छ । आफ्नो मौलिकतालाई बिर्सर्ेेआयातित संस्कृतिमा रमाउन थालियो भने त्यो जस्तो घातक अर्को कुनै कुरा हुँदैन । मुलुकमा यस्तै आयातित संस्कृतिले जरा गाड्दै जाँदा राष्ट्र एकीकरणकर्ता पृथ्वीनारायण शाह विस्मृतिमा पर्दै गए । मुलुकको यावत समस्याहरूको चूरो यहीबाट सुरु भएको छ ।
आज पृथ्वीनारायण शाहको योगदानको गोलमटोल व्याख्या हुन थालेको छ । एकाएक अग्रगामी र क्रान्तिकारी लेखक ठहरिएकाहरू पृथ्वीनारायण शाहको नेपाल एकीकरणलाई उनको चक्रवर्ती सम्राट बन्ने चाहना भन्दै त्यो योगदानको अवमूल्यन गरिरहेका छन् । उनीहरूमा भाषिक, धार्मिक, सांस्कृतिक रुपमा एक भएको नेपाल पुनः टुक्राटुक्रामा विभाजित गरेर आफूहरू कुनै एउटा राज्यको ठालु बन्ने धोको त कतै छैन भन्ने प्रश्न पनि उठ्न थालेको छ । नेपालको राष्ट्रियता, राष्ट्रिय एकता र र्सार्वभौमिकताको कुरा गर्दा पृथ्वीनारायण शाहको नाम कसै गरी पनि छुटाउन सकिंदैन । धार्मिक, सांस्कृतिक, पौराणिक र समाजिक मूल्य मान्यतालाई यथास्थान महत्व दिएर तिनको संरक्षण गर्ने पृथ्वीनारायण शाहको राज्य संचालनको नीति नै धर्म नीति बमोजिम थियो ।
पृथ्वीनारायण शाह राजनेता मात्र होइनन्, धार्मिक राजा पनि हुन् । यी राजा सामान्य राजा मात्र नभई बडामहाराजा पनि हुन् र राजनेतामात्र नभई तत्ववेत्तार् इश्वरीय सृष्टिको रक्षक र मानवीय सृष्टिका संरक्षक राजा पनि हुन् । व्यक्ति विशेषको प्रभामण्डल जस्तो उनको प्रभामण्डल होइन । त्यो प्रभामण्डलमा अद्भूत चमक छ, वैदिक संस्कृतिको आभा छ, ज्ञान विज्ञानका साथै दया, विवेक र दूरदर्शी सोच एवं मानवीय चेतनाको भाका छ । राजकीय सत्ता हाँक्ने क्षमता छ । सवल सक्षम, सशक्त राज्य निर्माणको पञ्चतत्वकोर् इश्वरीय गुणहरू पनि विद्यमान छन् । पृथ्वीनारायण शाहको जीवनचर्याको व्याख्या र विश्लेषण गर्नेहरूले उनलाई राजाका रुपमा मात्र हर्ेर्दैनन्, नेताका रुपमा पनि हेरेका छन्, विद्वानका रुपमा पनि हेरेका छन् । दुरदर्शी, साहसी, धीरवीर र तत्ववेत्ता ज्ञानीका रुपमा पनि वर्ण्र्ाागरेका छन् । पृथ्वीनारायण शाहले विश्वमा दवदबा मच्चाइरहेको साम्राज्यवादीहरूको तीब्र उत्तेजनालाई थिलथिल्याएर शिथिल पारेर स्वतन्त्रताको शंखघोस पनि गरेका थिए ।
चेतनशील भएकै कारण मानिस पशुभन्दा धेरै माथि उठेको प्राणी हो । त्यसैले यसमा चेतना हुनर्ुपर्छ । पृथ्वी नारायण शाहले आफ्ना दिव्य उपदेशमा यही कुरा भनेका छन् । सबैलाई बाठो हुन छाडेर चेतनशील हुनर्ुपर्छ भनेर चेतनाको स्मरण गराएका छन् । पृथ्वीनारायण शाह तत्ववेत्ता थिए । र्सार्वभौम राष्ट्रको परिकल्पनामात्र नगरी र्सार्वभौम राष्ट्र कसरी सुरक्षित हुन्छ भन्ने ज्ञानले ओतप्रोत पृथ्वीनारायण शाहले नै र्सार्वभौम राष्ट्रको प्रथम शर्तको रुपमा अगाडि सारेर एकीकरण अभियान सुरु गरेका हुन् । उनले नेपाल राष्ट्रलाई र्सार्वभौम राष्ट्रका रुपमा प्रतिष्ठित गराउन खेलेको भूमिकामा एकताको रसायनको पुट छ । एकताकै रसायनले यो राष्ट्रको आधारस्तम्भ खडा भएको छ । गोर्खामा कुनै राज्य गाभिएका होइनन् । नेपाल राष्ट्र एउटा बलियो र्सार्वभौम राष्ट्रको परिकल्पनाको साकार रुप लिएको मात्र हो । पृथ्वीनारायण शाह र्सार्वभौम राष्ट्रको र्सार्वभौम राजा हुन् । र्सार्वभौम जनताका मात्र र्सार्वभौम राजा वा शासक हुनसक्छन् । जनता र्सार्वभौम छैनन् भने राजा अथवा शासक र्सार्वभौम हुन सक्दैनन् । अहिले शासक नै र्सार्वभौम हुन नसकेको सर्न्दर्भमा पृथ्वीनारायण शाहको योगदानको कदर गर्ने नैतिक साहस पनि उनीहरूसंग छैन । त्यसै भएर राष्ट्रिय एकता दिवस मनाउन बन्द गरियो । आयातित संस्कृति, व्यवहार र निर्देशित राजनीतिले मुलुकलाई छिन्नभिन्न पार्दै गयो ।
जनतालाई र्सार्वभौम बनायौं भन्नेहरूले दिन प्रतिदिन जनतालाई उपनिवेशवादीको चङ्गुलमा पार्न उद्यत छन् । उनीहरूको रेखाचित्र मुलुकको भविष्य र गौरवशाली इतिहासलाई भत्काउन उद्यत भएका छन् । पृथ्वीनारायण शाहबाट सिक्नुपर्ने कुरा थुप्रै छन् । २२ से, २४ सेका कालखण्डमा जनता र्सार्वभौम थिएनन्, त्यसबखतका राजा पनि र्सार्वभौम थिएनन् । यसलाई बुझेका, जानेका पृथ्वीनारायण शाहले जागरणको शंखनाद गर्दै चेतनाको मूल फुटाए । त्यही चेतनाले र्सार्वभौम जनताको र्सार्वभौम राष्ट्र नेपाल खडा भयो । यस्ता र्सार्वभौम जनताको र्सार्वभौम राष्ट्रका र्सार्वभौम राजा बडामहाराजाधिराज पृथ्वीनारायण शाह हुन् । उनी जनताको इज्जत गर्थे । जनता नै यस्ता जनार्दन हुन भन्ने कुरामा विश्वास गर्थे ।
बडामहाराजाधिराज पृथ्वीनारायण शाहको तपोबल, धर्मको बल, आत्मबल, चरित्रबल र बाहुबलमा जनबल समेत एकीकृत भएर यो राष्ट्र निर्माण भयो । यहाँका जनता र्सार्वभौम भए, राष्ट्र र्सार्वभौम भयो, र्सार्वभौम राष्ट्रका र्सार्वभौम जनताका राजा पनि र्सार्वभौम नै भए । यस्ता धर्मशास्त्रका ज्ञाता भएकाले एकएक पण्डित, कचहरीपिच्छे राखेर न्याय न्याय सम्पादन गर्दा प्रणालीको पनि पृथ्वीनारायणा शाहले सुरुवात गरे । न्याय सम्पादन गर्दा विधिको विधानअनुसार शास्त्रसम्मत हुन सकोस्, कोही पनि अन्यायमा नपरोस्, न्याय नमरोस् भन्ने कुरामा पृथ्वीनारायण शाह सचेत थिए ।
आजभोलि चल्ने गरेका आरक्षणका विषयमा पृथ्वीनारायण शाह उतिबेलै सचेत थिए । सबैको आ-आफ्नो अधिकार दिन सकिएन भने मुलुक एकीकृत हुन सक्दैन भन्ने बुझेका पृथ्वीनारायण शाहले त्यतिबेलाको मूल्य मान्यता र आवश्यकता अनुसार आरक्षणको सिद्धान्त अनुरुप नै यो राष्ट्रलाई परिभाषित गर्ने प्रयास गरेका छन् । एउटा त साम्राज्यवादीहरूबाट रक्षा गरेर सनातन धर्म संस्कृति र जैविक विविधता लगायत नदी संस्कृति, पर्वत संस्कृति, मठमन्दिर संस्कृति तथा जातजातिका परम्परा, रीतिस्थिति, मूल्य र मान्यता सबैको आरक्षण गर्ने नीति पृथ्वीनारायण शाहको रहृयो । त्यसैले उनले भनेका पनि छन्- "राम शाहको स्थिति पनि हेरें, जयस्थिति मल्लको पनि हेरे, मैले पनि थिति बाँध्ने अठोट गरेको छु ।" थिति बाँध्नु भनेको नै संविधानतः विधिको विधानअनुसार राज्य संचालनको परिकल्पना हो । यसैले पृथ्वीनारायण शाहद्वारा नै समग्र राष्ट्र कतैबाट अतिक्रमित हुन नदिने सबै जनताको सबै संस्कृतिको, सबै भाषा र भेषको संरक्षण गर्ने हेतुले आरक्षित राष्ट्रका रुपमा परिकल्पना गरिएको यो नेपाल राज्यलाई हिन्दु अधिराज्य र सबै जातको फुलबारी हो भनियो ।
सारतत्वमा भन्नुपर्दा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह अद्वैतवादी दार्शनिक हुन् । उनले ठड्याएको औंलोले एकताको संकेत मात्र गर्दैन
, यो विश्वमा एउटै मात्रर् इश्वरीय सत्ता छ र त्यो सत्ताको बोध गरेर त्यसलाई आदर्श मानेर सबैको संरक्षण हुने, सबैको कल्याण हुने, सबै एकै हुन् भन्ने नीति तय गरेर सबैका यथास्थान आरक्षण हुने प्रबन्ध गर्न स्थिति बाँध्नर्ुपर्छ । अर्थात् सबै एउटार् इश्वरका सन्तान हुन् भन्ने बोध गरेर पर्ूर्वीय वैदिक संस्कृति अनुरुपको जीवनशैलीको स्वतन्त्र परिवेशमा रमाउनर्ुपर्छ भन्ने ध्येयले यो राज्य निर्माण गरेको हो । नेपालका परिचयबोधक आधारस्तम्भका यस्ता निर्माता पृथ्वीनारायण शाहले हालेको राष्ट्रको जग खलबलियो भने यो राष्ट्र यस्तो मानचित्रबाट अर्कै मानचित्रमा परिणत हुनसक्छ । २२ से र २४ सेको पुनरावृत्ति पनि हुनसक्छ या प्राकृतिक मानचित्र समेत क्षतविक्षत र छिन्नभिन्न भएर लोपै हुनसक्छ । पृथ्वीनारायण शाहका बाहुबल, आत्मबल, चरित्रबल, धर्मको बलले एकीकृत यो राष्ट्रलाई अब नयाँ रुप दिंदा कसरी दिने - गम्भीर प्रश्न छ । सबैमा महत्वकांक्षा जागेको छ । भाषा, संस्कृति, धर्म, मूल्य, मान्यतालाई लत्याएर राजनीतिक स्वार्थ त्यो पनि व्यक्ति र समूह विशेषको अलग अलग स्वार्थलाई मलजल गर्दा एकीकृत नेपालको हविगत कस्तो होला - संघीयताको नाममा मुलुक कतै २२ से र २४ सेमा परिणत हुने त होइन - हिमाल, पहाड र तर्राईको भौगोलिक बनावट भएको नेपाल कतै छिन्नभिन्न त हुने होइन - यी प्रश्नहरूलाई मनन् गर्दै राष्ट्रिय एकताका आधारस्तम्भहरूको उचित मूल्यांकन र उनीहरूको योगदान र त्यागको स्मरण मात्र गर्न सके मुलुक खण्डित हुनबाट जोगिने थियो ।