Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 09.08.2010, 07:47pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो ; संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
राष्ट्रिय एकताका आधार
Tuesday, 01.12.2010, 12:01pm (GMT+5.5)

हिजो अर्थात् पुस २७ गते राष्ट्र एकीकरणकर्ता पृथ्वीनारायण शाहको २८८ औं जन्मदिवस नागरिकस्तरबाट मनाइयो यो दिवस राष्ट्रिय पर्वकै रुपमा मनाउनुपर्ने भए पनि लोकतन्त्रको आगमनसंगै राष्ट्रिय एकता दिवस खारेजीमा पर्यो यहीबाट सुरु भयो नेपालको राष्ट्रिय एकता छिन्नभिन्न पार्ने षड्यन्त्र अहिले मुलुकको राष्ट्रियता संकटमा परेको र्सार्वभौमिक अखण्डता छिन्नभिन्न पार्ने दुष्प्रयासहरू भैरहेका छन् चार वर्ण्र्ाात्तीस जातको साझा फुलबारीमा दुष्ट ब्वाँसाहरूले चलखेल गर्न थालेका छन् राष्ट्रिय एकता खतरामा परेको तर राष्ट्रिय एकताका आधारहरूलाई भत्काउने काम भने जारी नै एकातिर यस्तो अवस्था भने अर्कोतिर राष्ट्रिय एकताका अनेक अर्थ लाग्न थालेका छन् भौगोलिक, धार्मिक, सांस्कृतिक, भाषिक रुपमा हिजो मुलुक जसरी एकढिक्का थियो आज त्यसमा धमिरा लाग्न सुरु भैसकेको यही धमिराकै असरले मुलुकमा जातीय, क्षेत्रीय, भाषिक, सांस्कृतिक रुपमा विभाजनका रेखाहरू कोरिएका छन् राष्ट्रिय एकताका जगहरूमा धमिराले बास गरेको यो जग हल्लिन थालेको यसरी राष्ट्रिय एकताका परिचयबोधक चिन्हहरू छिन्नभिन्न पार्दाको दुष्परिणाम मुलुकमा देखापर्दैछ अर्कोतर्फपर्ूवजले भावी सन्ततिलाई दिन भनेर जनतसाथ राखेको धार्मिक, सांस्कृतिक मूल्य मान्यताहरू भताभुङ्ग पार्दाको परिणाम आज जताततैबाट राष्ट्रिय अखण्डता खतरामा परेको आवाज सुन्नु परिरहेको यदि यस्तै हो भने किन राष्ट्रिय एकतालाई कमजोर पार्ने आयातित राजनीतिक सिद्धान्त अपनाइयो - किन मुलुकलाई बाहृयशक्तिको क्रिडास्थल बन्न दिइयो - वैदिक सनातन धर्मको आडमा संगठित भएको नेपाली समाज किन छिन्नभिन्न हुँदै गयो - यसको वहिंगम विश्लेषण हुनर्ुपर्छ समय छँदै सच्याउने जमर्को भयो भने अहिले देखिएका समस्याहरू स्वतः समाधान हुँदै पनि जान्छन् राजनीति गर्ने नाममा गरिएका अनेक कर्ुतर्क कुसंस्कारको जड राजनीतिको मूल थलोमै केन्द्रित यसको जरै उखेलेर फाल्न सके मात्र मुलुकले चाहेजस्तो गरी अगाडि बढ्न सक्छ अहिले र्सवाधिक ठूलो चिन्ता मुलुकको भविष्यसंग गाँसिएको

कहिले जनजाति, कहिले आदिवासी, कहिले दलित कहिले उत्पीडित भन्दै दुःखीहरूको नाममा राजनीति गर्ने गरिएको हुँदाहुँदा जातका आधारमा मुलुकलाई अंशवण्डा समेत गरियो यी सव मुद्दाहरू उचाल्नुको खास उद्देश्य केही टाठाबाठाहरूले आफ्नो स्वार्थ पूरा गर्ने दाउपेच मात्र हो 'जन'को शाब्दिक अर्थ हो-मानिस, दुनिया, प्रजा, जाति, जहान, परिवार आदि अब यो जनशब्दमा अनेक शब्दको संयोजन हुँदै जाँदा जनआन्दोलन पनि हुन्छ, जनगणना पनि हुन्छ, जनजागरण पनि हुन्छ, जनजागृति पनि हुन्छ, जनतन्त्र पनि हुन्छ, जनता जनार्दन पनि हुन्छन् तर जनजाति हुँदैन जन नै परिपर्ूण्ा स्वयं जाति हो जनजातिका नाममा केही संगठित हुने हो भने बाँकी असंगठितहरू पशुजाति हुन्छन् - जन सवै मनुष्य हुन् जाति पनि छन् अहिले तथाकथित अग्रगामी लेखकहरू जनजातिमै जोड दिइरहेका छन् जनता सबै जनार्दन हुन् जनपद शब्दले देशलाई बुझाउँछ राज्यलाई बुझाउँछ गाउँलाई बुझाउँछ जनपद धर्म , त्यसले लोकाचारलाई अर्थात् लोकसम्मतिलाई बुझाउँछ समाजिक मर्यादा धर्मलाई बुझाउँछ यस्तै जनपदले कुनै देश वा समाजमा शासन गर्ने शासक वा व्यक्ति पनि बुझाउँछ

आत्मनिर्ण्र्ााो अधिकारको सतही नारा होइन आत्मालाई विस्मृतिमा पारेर आत्मनिर्ण्र्ााो अधिकारका कुरा गर्न सुहाउँदैन सानो समस्या आउनासाथ विदेशी गुहार्नेहरूले आत्मनिर्ण्र्ाागर्न सक्दैनन् भन्ने प्रमाणित नै भैसकेको आफ्नो मौलिकतालाई बिर्सर्ेेआयातित संस्कृतिमा रमाउन थालियो भने त्यो जस्तो घातक अर्को कुनै कुरा हुँदैन मुलुकमा यस्तै आयातित संस्कृतिले जरा गाड्दै जाँदा राष्ट्र एकीकरणकर्ता पृथ्वीनारायण शाह विस्मृतिमा पर्दै गए मुलुकको यावत समस्याहरूको चूरो यहीबाट सुरु भएको

आज पृथ्वीनारायण शाहको योगदानको गोलमटोल व्याख्या हुन थालेको एकाएक अग्रगामी क्रान्तिकारी लेखक ठहरिएकाहरू पृथ्वीनारायण शाहको नेपाल एकीकरणलाई उनको चक्रवर्ती सम्राट बन्ने चाहना भन्दै त्यो योगदानको अवमूल्यन गरिरहेका छन् उनीहरूमा भाषिक, धार्मिक, सांस्कृतिक रुपमा एक भएको नेपाल पुनः टुक्राटुक्रामा विभाजित गरेर आफूहरू कुनै एउटा राज्यको ठालु बन्ने धोको कतै छैन भन्ने प्रश्न पनि उठ्न थालेको नेपालको राष्ट्रियता, राष्ट्रिय एकता र्सार्वभौमिकताको कुरा गर्दा पृथ्वीनारायण शाहको नाम कसै गरी पनि छुटाउन सकिंदैन धार्मिक, सांस्कृतिक, पौराणिक समाजिक मूल्य मान्यतालाई यथास्थान महत्व दिएर तिनको संरक्षण गर्ने पृथ्वीनारायण शाहको राज्य संचालनको नीति नै धर्म नीति बमोजिम थियो

पृथ्वीनारायण शाह राजनेता मात्र होइनन्, धार्मिक राजा पनि हुन् यी राजा सामान्य राजा मात्र नभई बडामहाराजा पनि हुन् राजनेतामात्र नभई तत्ववेत्तार् इश्वरीय सृष्टिको रक्षक मानवीय सृष्टिका संरक्षक राजा पनि हुन् व्यक्ति विशेषको प्रभामण्डल जस्तो उनको प्रभामण्डल होइन त्यो प्रभामण्डलमा अद्भूत चमक , वैदिक संस्कृतिको आभा , ज्ञान विज्ञानका साथै दया, विवेक दूरदर्शी सोच एवं मानवीय चेतनाको भाका राजकीय सत्ता हाँक्ने क्षमता सवल सक्षम, सशक्त राज्य निर्माणको पञ्चतत्वकोर् इश्वरीय गुणहरू पनि विद्यमान छन् पृथ्वीनारायण शाहको जीवनचर्याको व्याख्या विश्लेषण गर्नेहरूले उनलाई राजाका रुपमा मात्र हर्ेर्दैनन्, नेताका रुपमा पनि हेरेका छन्, विद्वानका रुपमा पनि हेरेका छन् दुरदर्शी, साहसी, धीरवीर तत्ववेत्ता ज्ञानीका रुपमा पनि वर्ण्र्ाागरेका छन् पृथ्वीनारायण शाहले विश्वमा दवदबा मच्चाइरहेको साम्राज्यवादीहरूको तीब्र उत्तेजनालाई थिलथिल्याएर शिथिल पारेर स्वतन्त्रताको शंखघोस पनि गरेका थिए

चेतनशील भएकै कारण मानिस पशुभन्दा धेरै माथि उठेको प्राणी हो त्यसैले यसमा चेतना हुनर्ुपर्छ पृथ्वी नारायण शाहले आफ्ना दिव्य उपदेशमा यही कुरा भनेका छन् सबैलाई बाठो हुन छाडेर चेतनशील हुनर्ुपर्छ भनेर चेतनाको स्मरण गराएका छन् पृथ्वीनारायण शाह तत्ववेत्ता थिए र्सार्वभौम राष्ट्रको परिकल्पनामात्र नगरी र्सार्वभौम राष्ट्र कसरी सुरक्षित हुन्छ भन्ने ज्ञानले ओतप्रोत पृथ्वीनारायण शाहले नै र्सार्वभौम राष्ट्रको प्रथम शर्तको रुपमा अगाडि सारेर एकीकरण अभियान सुरु गरेका हुन् उनले नेपाल राष्ट्रलाई र्सार्वभौम राष्ट्रका रुपमा प्रतिष्ठित गराउन खेलेको भूमिकामा एकताको रसायनको पुट एकताकै रसायनले यो राष्ट्रको आधारस्तम्भ खडा भएको गोर्खामा कुनै राज्य गाभिएका होइनन् नेपाल राष्ट्र एउटा बलियो र्सार्वभौम राष्ट्रको परिकल्पनाको साकार रुप लिएको मात्र हो पृथ्वीनारायण शाह र्सार्वभौम राष्ट्रको र्सार्वभौम राजा हुन् र्सार्वभौम जनताका मात्र र्सार्वभौम राजा वा शासक हुनसक्छन् जनता र्सार्वभौम छैनन् भने राजा अथवा शासक र्सार्वभौम हुन सक्दैनन् अहिले शासक नै र्सार्वभौम हुन नसकेको सर्न्दर्भमा पृथ्वीनारायण शाहको योगदानको कदर गर्ने नैतिक साहस पनि उनीहरूसंग छैन त्यसै भएर राष्ट्रिय एकता दिवस मनाउन बन्द गरियो आयातित संस्कृति, व्यवहार निर्देशित राजनीतिले मुलुकलाई छिन्नभिन्न पार्दै गयो

जनतालाई र्सार्वभौम बनायौं भन्नेहरूले दिन प्रतिदिन जनतालाई उपनिवेशवादीको चङ्गुलमा पार्न उद्यत छन् उनीहरूको रेखाचित्र मुलुकको भविष्य गौरवशाली इतिहासलाई भत्काउन उद्यत भएका छन् पृथ्वीनारायण शाहबाट सिक्नुपर्ने कुरा थुप्रै छन् २२ से, २४ सेका कालखण्डमा जनता र्सार्वभौम थिएनन्, त्यसबखतका राजा पनि र्सार्वभौम थिएनन् यसलाई बुझेका, जानेका पृथ्वीनारायण शाहले जागरणको शंखनाद गर्दै चेतनाको मूल फुटाए त्यही चेतनाले र्सार्वभौम जनताको र्सार्वभौम राष्ट्र नेपाल खडा भयो यस्ता र्सार्वभौम जनताको र्सार्वभौम राष्ट्रका र्सार्वभौम राजा बडामहाराजाधिराज पृथ्वीनारायण शाह हुन् उनी जनताको इज्जत गर्थे जनता नै यस्ता जनार्दन हुन भन्ने कुरामा विश्वास गर्थे

बडामहाराजाधिराज पृथ्वीनारायण शाहको तपोबल, धर्मको बल, आत्मबल, चरित्रबल बाहुबलमा जनबल समेत एकीकृत भएर यो राष्ट्र निर्माण भयो यहाँका जनता र्सार्वभौम भए, राष्ट्र र्सार्वभौम भयो, र्सार्वभौम राष्ट्रका र्सार्वभौम जनताका राजा पनि र्सार्वभौम नै भए यस्ता धर्मशास्त्रका ज्ञाता भएकाले एकएक पण्डित, कचहरीपिच्छे राखेर न्याय न्याय सम्पादन गर्दा प्रणालीको पनि पृथ्वीनारायणा शाहले सुरुवात गरे न्याय सम्पादन गर्दा विधिको विधानअनुसार शास्त्रसम्मत हुन सकोस्, कोही पनि अन्यायमा नपरोस्, न्याय नमरोस् भन्ने कुरामा पृथ्वीनारायण शाह सचेत थिए

आजभोलि चल्ने गरेका आरक्षणका विषयमा पृथ्वीनारायण शाह उतिबेलै सचेत थिए सबैको -आफ्नो अधिकार दिन सकिएन भने मुलुक एकीकृत हुन सक्दैन भन्ने बुझेका पृथ्वीनारायण शाहले त्यतिबेलाको मूल्य मान्यता आवश्यकता अनुसार आरक्षणको सिद्धान्त अनुरुप नै यो राष्ट्रलाई परिभाषित गर्ने प्रयास गरेका छन् एउटा साम्राज्यवादीहरूबाट रक्षा गरेर सनातन धर्म संस्कृति जैविक विविधता लगायत नदी संस्कृति, पर्वत संस्कृति, मठमन्दिर संस्कृति तथा जातजातिका परम्परा, रीतिस्थिति, मूल्य मान्यता सबैको आरक्षण गर्ने नीति पृथ्वीनारायण शाहको रहृयो त्यसैले उनले भनेका पनि छन्- "राम शाहको स्थिति पनि हेरें, जयस्थिति मल्लको पनि हेरे, मैले पनि थिति बाँध्ने अठोट गरेको छु " थिति बाँध्नु भनेको नै संविधानतः विधिको विधानअनुसार राज्य संचालनको परिकल्पना हो यसैले पृथ्वीनारायण शाहद्वारा नै समग्र राष्ट्र कतैबाट अतिक्रमित हुन नदिने सबै जनताको सबै संस्कृतिको, सबै भाषा भेषको संरक्षण गर्ने हेतुले आरक्षित राष्ट्रका रुपमा परिकल्पना गरिएको यो नेपाल राज्यलाई हिन्दु अधिराज्य सबै जातको फुलबारी हो भनियो

सारतत्वमा भन्नुपर्दा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह अद्वैतवादी दार्शनिक हुन् । उनले ठड्याएको औंलोले एकताको संकेत मात्र गर्दैन, यो विश्वमा एउटै मात्रर् इश्वरीय सत्ता छ र त्यो सत्ताको बोध गरेर त्यसलाई आदर्श मानेर सबैको संरक्षण हुने, सबैको कल्याण हुने, सबै एकै हुन् भन्ने नीति तय गरेर सबैका यथास्थान आरक्षण हुने प्रबन्ध गर्न स्थिति बाँध्नर्ुपर्छ । अर्थात् सबै एउटार् इश्वरका सन्तान हुन् भन्ने बोध गरेर पर्ूर्वीय वैदिक संस्कृति अनुरुपको जीवनशैलीको स्वतन्त्र परिवेशमा रमाउनर्ुपर्छ भन्ने ध्येयले यो राज्य निर्माण गरेको हो । नेपालका परिचयबोधक आधारस्तम्भका यस्ता निर्माता पृथ्वीनारायण शाहले हालेको राष्ट्रको जग खलबलियो भने यो राष्ट्र यस्तो मानचित्रबाट अर्कै मानचित्रमा परिणत हुनसक्छ । २२ से र २४ सेको पुनरावृत्ति पनि हुनसक्छ या प्राकृतिक मानचित्र समेत क्षतविक्षत र छिन्नभिन्न भएर लोपै हुनसक्छ । पृथ्वीनारायण शाहका बाहुबल, आत्मबल, चरित्रबल, धर्मको बलले एकीकृत यो राष्ट्रलाई अब नयाँ रुप दिंदा कसरी दिने - गम्भीर प्रश्न छ । सबैमा महत्वकांक्षा जागेको छ । भाषा, संस्कृति, धर्म, मूल्य, मान्यतालाई लत्याएर राजनीतिक स्वार्थ त्यो पनि व्यक्ति र समूह विशेषको अलग अलग स्वार्थलाई मलजल गर्दा एकीकृत नेपालको हविगत कस्तो होला - संघीयताको नाममा मुलुक कतै २२ से र २४ सेमा परिणत हुने त होइन - हिमाल, पहाड र तर्राईको भौगोलिक बनावट भएको नेपाल कतै छिन्नभिन्न त हुने होइन - यी प्रश्नहरूलाई मनन् गर्दै राष्ट्रिय एकताका आधारस्तम्भहरूको उचित मूल्यांकन र उनीहरूको योगदान र त्यागको स्मरण मात्र गर्न सके मुलुक खण्डित हुनबाट जोगिने थियो ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
असहमतिको बाटो हिंडेर सहमति (01.12.2010)
पृथ्वीनारायण शाह र राष्ट्र निर्माणको सवाल (01.12.2010)
समस्या चुरेमा मात्र होइन (01.04.2010)
नेताको व्यवहार र गोरु (01.04.2010)
'नोबेल शान्ति (01.04.2010)
गरिब मुलुकहरुको भागमा आश्वासन (12.28.2009)
प्रचण्डको जोकर्‍याई र (12.28.2009)
"स्वायत्त गणराज्य" क (12.28.2009)
सरकारको निरीहता र माओवादीको उग्रतामहेश्वर शर्म (12.15.2009)
अर्थ-राजनीतिको मारमा जलवायु सम्मेलन : कोपनहेगनमा उठ (12.15.2009)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 

© Neeraz.Com 2007
[Top Page]