Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 11:54am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
हिजो अनेकतामा एकता आज
Monday, 01.18.2010, 03:07pm (GMT+5.5)

तीन वर्षअघिसम्म मुलुकमा अनेकतामा एकताको सुगन्ध थियो आज त्यो सुगन्ध विभाजन फुटको दर्ुगन्धमा परिणत भएको हिजो नेपाल नेपालीको विशेषताको फर्ुका गास्नुपर्दा अनेकतामा एकताको चर्चा गरिन्थ्यो आज यो विशेषताको विपरीत अर्थ लाग्न थालेको राजनीतिक शक्ति आर्जनको भोक जागेका अघासुरहरूले मुलुकको एकतालाई छिन्नभिन्न पार्दै राष्ट्रिय एकता नै तहस नहस हुने गरी नेपाली भूमिमा विभाजनको बीउ छरिदिएका छन् यही विभाजन फुटको बीउले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको अवमूल्यन गरायो हिन्दु राष्ट्र भैकन पनि धार्मिक सहिष्णुताको बेजोड नमूना रहेको नेपालमा धार्मिक सद्भाव खल्बलियो चार वर्ण्र्ाात्तीस जातको साझा फूलबारीमा साँढेहरूले सिंगौरी खेल्न थाले नेपाल यतिबेला यस्तै दुष्चक्रको जाँतोमा पिसिएको यतिबेला नेपाल विघटनको सम्भावित दर्ुघटनाको पीडाले छटपटिएको नेपालको जातिय विशेषता, धार्मिक-सांस्कृतिक महत्वलाई बुझेर राष्ट्र एकीकरण गर्ने पृथ्वीनारायण शाहले कुनै पनि राज्यलाई गोर्खाको धर्म, संस्कृति नलादेर त्यसलाई संरक्षण गर्दै अघि बढे भन्नेहरू पृथ्वीनारायण शाहलाई तानाशाही साम्राज्यवादी भन्ने गर्दछन् तर उनले काठमाडौं उपत्यकामा विजय हाँसिल गरेपछि नेवार परम्पराअनुसार कुमारीको हातबाट टीका लगाएर आशर्ीवाद लिए दरबारहरूमा बनेका मल्ल राजाहरूको सालिकमा सुनको जलप लगाउन लगाए त्यसलाई उखेलेर फालेनन् वा त्यो ठाउँमा आफ्नो बनाउन लगाएनन् जातिय सद्भाव धार्मिक-सांस्कृतिक सहिष्णुताको बेजोड नमूना पृथ्वीनारायण शाहले देखाएका छन् उनले आफ्ना दिव्य उपदेशहरूमार्फ नेपालको वास्तविक चित्र कोरेका छन् नेपालका शासकहरूले ख्याल गर्नुपर्ने नीति निर्देश गरेका छन् नेपालको यही विविधतायुक्त विशेषतालाई चिनेर पृथ्वीनारायण शाहले चार वर्ण्र्ाात्तीस जातको साझा फूलबारीको रुपमा नेपाललाई व्याख्या गरेका हुन्

फूलबारीरुपी यो साझा बगैंचामा फुल्ने, फक्रने हरेक फूलको आफ्नै विशेषता , आफ्नै मौलिकता आफ्नै अस्तित्व यसैकारण यो फूलबारीलाई कसैले विखण्डित गर्न सकेन, कसैको दासत्व स्वीकार्नु परेन यो निरन्तर आफ्नो शिर उच्च पारेर विश्व मानचित्रमा आज पर्यन्त र्सगर्व उभिएको नेपाल नेपालीको यही विशेषताले हामीलाई आजसम्म नेपाली भन्नमा गौरवको अनुभूति हुन्छ माथिका कथनहरू नेपाली परम्पराका हुन्, नेपाली विशेषताका हुन्, जो शाश्वत , अजर अमर तर यस्तै विशेषताभित्र घोत्लिंदै जाँदा आजभोलि अनेकतामा एकता नभई एकतामा अनेकता देखापर्न थालेको समग्र मुलुकको राजनीतिक, आर्थिक, सामाजिक वातावरण अहिले द्वन्द्वको चपेटामा परिरहेको विविधतायुक्त नेपाली समाजको त्यो वास्तविकता इतिहासको एउटा कुनामा थन्कने पो हो कि भन्ने चिन्ता आमरुपमा जागृत इतिहासले वर्तमान भविष्यलाई मार्गदर्शन गर्नुपर्नेमा इतिहास नै नामेट गर्ने अभियान चलिरहेको

प्रसङ्ग एकतामा अनेकताकै हो उपरोक्त प्रसङ्गहरूले अनेक सोच संस्कार राख्ने, उद्देश्य अनेक बोक्ने, नयाँ बनाउने भन्दै राज्यको समग्र संरचना ध्वस्त पार्न लागिपर्नेहरूबीचको एकताले अनेकताको दर्ुगन्ध फैलाइरहेको संविधान निर्माण गर्ने दायित्वलाई छाडेर मुलुकभित्र कहिल्यै ननिभ्ने यसअघि कहिल्यै नसल्केको आगो सल्काउने होडवाजी सुरु भएको संविधानसभाले सबै समस्याको समाधान गर्छ भन्दै हरेक पक्षसित गरिएका सम्झौताको कार्यान्वयन हुनर्ुपर्छ भन्दै आन्दोलनहरू हुन थालेका छन् हिउँदयाम त्यसै पनि आन्दोलनको मौसम हो तर आन्दोलन मुलुकलाई समृद्ध बनाउन जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउन भन्दा पनि जनता-जनताबीच फाटो ल्याउने, धोती-टोपी, कछाड-भोटोबीच द्वन्द्वको बीउ रोप्न अग्रसर देखिएको एउटा बाहुन सात ठाउँमा पुगेर सातथरि भेषभुषामा सजिँदै नाच्दै-गाउँदै 'आजदेखि तिमीहरूको गणराज्य भयो गरिखानु' भन्दै ब्रहृमाजीले मानसपुत्रलाई आदेश दिएको शैलीमा जातिय राज्यहरूको घोषणा गर्दै हिंड्छन् काठमाडौं उपत्यकालाई नेवारहरूको राज्य बनाउने पहिलो घोषणा माओवादीले गर्यो त्यसपछि अर्को कुनै संस्थाले पनि गर्यो काठमाडौंमा दर्ुइवटा नेवाः गणराज्य बनेको त्यस्तै काठमाडौंभित्रै बस्ने ६५ प्रतिशतभन्दा बढी अरु जातिले आफ्नो गणराज्य घोषणा गरे भने त्यसबाट उत्पन्न हुने अकल्पनीय अवस्थाको जिम्मा कसले लिने - नयाँ बनाउने भनेर लागिपर्नेहरू पुरानै एकढिक्का नेपालको संरक्षण गर्न नसक्ने हैसियतका रहेछन् भनेर बुझन अब कुनै आइतबार पर्खनु पर्दैन

हिमालको भोटेदेखि तर्राईको यादवसम्म सबैले आफ्नो जन्मभूमि नेपाल हो भन्थे तर अब नेपाल होइन भोटे राज्य वा मधेश भन्ने भएका छन् काठमाडौं देशकै राजधानी थियो अब यो नेवारहरूको मात्र राज्य हुने भयो यहाँका अन्य जातजाति, उद्योगी-व्यवसायीहरूको हैसियत के हुने हो पत्तो छैन जति पनि जातिय राज्यहरूको घोषणा भएको यसलाई 'प्रचारात्मक' मात्र भने पनि यसको नतिजा भनेको विषवृक्षकै हुन्छ विष रोपेर त्यसबाट अमृतको आश गर्न सकिन्न एकीकृत नेकपा माआवादीले जनयुद्धकालदेखि उठाउँदै आएको 'जातिय स्वशासन'लाई यतिबेला जातिय गणराज्यको रुपमा विभाजित गरेको नेपालको भूखण्ड कुनै जात विशेषलाई बाँड्ने हैसियत माओवादीलाई कसले दियो पत्तो छैन संविधानसभामा प्रतिनिधित्व गरेका दलहरूले यस विषयमा माओवादीसंग प्रश्न सोध्ने हिम्मत गरेका छैनन् जे नहुनुपर्ने थियो त्यो भैसकेको प्रचारात्मक भनिए पनि मुलुकमा विखण्डनको बीउ रोपिइसकेको

संविधानसभा सक्रिय रहेकै समयमा माओवादीले घडेरी दलालले 'जग्गा प्लटिङ्ग' गरेजस्तो भूमिको भागवण्डा लगायो यसले भविष्य सुखद् बनाउँदैन राज्य पुनःसंरचना आयोग बन्नै नसकेको अवस्थामा एकातिर भने अर्कोतिर राज्यको स्वरुपको निर्धारण गर्ने काम संविधानसभाको हो संविधानसभालाई समेत ओझेलमा पारेर यसको मानमर्दन गरेर गरिएको जातिय गणराज्य घोषणाले त्यो दलबाट मान्यता पाए पनि त्यसको कानुनी वैधानिक हैसियत हुँदैन तर यसले एउटा द्वन्द्वको विजारोपण भने अवश्य गरेको आज गणराज्यहरूबीच सिमानाको विवाद उत्पन्न हुन थालेका छन् यसलाई सच्याउन माओवादीले अब वटा गणराज्यमा जानुपर्ने बहस छेडेको यो सब माओवादीले मुलुकलाई 'कठपुतली' ठानेर खेल खेलिरहेको मात्र हो मुलुक खेलौना होइन भन्ने बुझ्न सकेको देखिएन

राष्ट्रमा जातिय विद्वेषको बीउ रोपियो भने त्यसले समृद्धिको ढोका उघार्दैन जातिय राज्यहरूले मुलुकलाई स्थिर राख्दैनन् आज एउटा जातिको राज्य, भोलि अर्को जातिले आफ्नो हक अधिकार खोज्न थाल्छन् संघीयता अपनाएको भारतमा ६० वर्षभैसक्दा पनि नयाँ नयाँ राज्य जन्मिने क्रम जारी भारतमा अब छिट्टै तीनवटा नयाँ राज्यहरूको जन्म हुने संकेत देखिएको अझ भारतको संरचना संघीयताका लागि उपयुक्त थियो भनिन्छ किनभने अंग्रेजले सयौं राज्य जितेर विशाल भारत बनाएको थियो संघहरूको निर्माण पनि हिजोको राज्यलाई हेरेरै बनाइएको यदि संघीयताले मुलुकलाई सम्पन्न पार्ने, लोकतन्त्रको संस्थागत विकास गर्ने निश्चित हुँदो हो विश्वका १७० भन्दा बढी मुलुक एकात्मक शासन प्रद्धतिमा जाने थिएनन् संघीयतामा गएका मुलुकहरूमध्ये थोरै मुलुकमा मात्र स्थिरता कायम कतिपय मुलुकहरू टुक्राटुक्रा भएर शक्तिहीन भएका छन्, कतिपय मुलुकहरूको अस्तित्व नै मेटिएको

यो विश्व राजनीतिक इतिहास मात्र होइन २० औं शताब्दीको अन्त्य २१ औं शताब्दीको सुरुवातका दिनहरूमा मुलुक विघटन हुने नयाँ नयाँ मुलुकको जन्म हुने क्रम रोकिएको छैन ती मुलुकहरू धर्म, सम्प्रदायका आधारमा विभाजित भएका छन् नेपालमा अहिले जसरी राष्ट्रिय एकतामाथि नै खलल पुग्ने गरी जातिय नारालाई प्राथमिकता दिइएको यो मुलुकका लागि दर्ुभाग्यको सूचक मात्र हो मुलुकलाई खण्डित गर्ने षड्यन्त्र हो संघीयताको साटो मुलुकमा स्थानीय स्वशासन दिनर्ुपर्छ शक्ति विकेन्द्रीकरण गर्नुपर्ने आवाज उठिरहे पनि त्यसको सुनुवाई छैन संघीयतामा जानु हुन्न, मुलुक विभाजित हुनुहुन्न भन्नेहरूको मानमर्दन गर्ने गरिएको त्यस्ता राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाउनर्ुपर्छ भन्ने आवाज उठिरहेका छन् मुलुकको राष्ट्रिय एकता, जातिय सद्भाव, धार्मिक-सांस्कृतिक सहिष्णुता खलबलिएको परिवर्तनको नाममा राष्ट्र नै खण्डित हुने भय पैदा भएको

अहिले मुलुकले खोजेको एकता हो त्यो एकता राजनीतिक दलहरूबीच राष्ट्रियताका विषयमा एकमत भएर सामूहिक आवाज उठाउने हैसियत बनाए मात्र कायम हुन्छ तर अहिलेसम्मको वास्तविकता के भने दलका नेताहरूमा राष्ट्रिय चिन्तनशीलताको अभावमा त्यस्तो काम हुन सकिरहेको छैन बाहृय षड्यन्त्र निर्देशनको प्रभावमा परेर प्रमुख राजनीतिक शक्तिहरूबीच दूरी मात्र पैदा भैरहेको अर्थात् बाहृय शक्तिहरूले जे चाहेका थिए नेपालमा त्यही भैरहेको यसलाई नेपालमा विखण्डनको बीउ रोप्न चाहनेहरूको सफल रणनीतिको रुपमा बुद्धिजीवीहरूले लिन थालेका छन् नेपाललाई कमजोर बनाएर, द्वन्द्वमा फसाएर यहाँका प्राकृतिक स्रोत साधन हत्याउन चाहने बाहृय शक्तिको चालवाजी नेताहरूले बुझेर पनि त्यसको प्रतिकार गर्न सकिरहेका छैनन् हाम्रो विडम्वना नै यही हो यतिबेला नेपालको एकीकृत र्सार्वभौमिक अखण्डता कमजोर हुँदै गैरहेको मुलुक पुनः टुक्रा टुक्रामा विभाजित हुने भय मडारिएको राष्ट्रिय एकतामा चारैतिरबाट प्रहार भैरहेका छन् यसले नेपालको परम्परागत मौलिक पहिचान नै मेटाउन सक्ने खतरा उत्पन भएको मुलुक कहिल्यै ननिभ्ने द्वन्द्वको आगोको लप्कामा पर्ने सन्त्रास बढिरहेको


Comments (0)        Print        Tell friend        Top


Other Articles:
माग पूरा गराउने सस्तो (01.18.2010)
ठाडो न्याय-निशाफ" को (01.18.2010)
पराधिन राजनीतिले पराजित मात्र& (01.18.2010)
राष्ट्रिय एकताका आधार ः (01.12.2010)
असहमतिको बाटो हिंडेर सहमति (01.12.2010)
पृथ्वीनारायण शाह र राष्ट्र निर्माणको सवाल (01.12.2010)
समस्या चुरेमा मात्र होइन (01.04.2010)
नेताको व्यवहार र गोरु (01.04.2010)
'नोबेल शान्ति (01.04.2010)
गरिब मुलुकहरुको भागमा आश्वासन (12.28.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 

© Neeraz.Com 2007
[Top Page]