Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 11:55am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 

नेताहरूमा आएको दुर्योधन प्रवृ
Tuesday, 01.26.2010, 07:52am (GMT+5.5)

कोही लाखौंको बलिदान दिएर पनि अझै दश वर्षलड्छौं भन्ने, कोही माओवादीलाई लिट्टे बनाइदिन्छौं भन्ने, कोही सबै राजनीतिक दल मिल्ने हो भने संविधान समयमै बन्छ भन्ने, यस्तै यस्तैमा नेताहरू कालक्षेपण गरिरहेका छन् फेरि लाखौंको बलिदान गर्ने लिट्टे बनाउने जस्ता दम्भ छोड्ने, भ्रष्टाचार एवं बेइमानी गर्न छोड्ने मिलेर काम गर्ने हो भने जनताले छेकेका छैनन् तपाईंहरूको स्वार्थले छेकेको हो ! सत्ता भ्रष्टाचारको नसा छोड्नोस्, संविधान मात्रै होइन, देशै बन्छ सक्नुहुन्छ नेताजीहरू त्यसो गर्न - अहँः सक्नुहुन्न त्यसो भए किन खोक्रा नारा लगाउनुहुन्छ - बरु सबै मिलेर -खानेकुरामा मिलिहाल्छन्) खुरुखुरु खानोस्, सात पुस्तालाई कमाउनोस् त्यति भए लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र सबै भैहाल्छ हैन नेताजीहरू !

जानामि धर्मं नच मे प्रवृत्तिःजानामि पापं नच मे निवृत्तिः
केना˜पिदेवेन हृदिस्थितेन यथा नियुक्तो˜स्मि तथा करोमि ।।

अर्थात् "धर्म र्-कर्तव्य) के हो पाप -अकर्तव्य) के हो भन्ने पनि मलाई थाहा , तापनि मेरो मनमा रहेको कुनै चेतले -भ्रष्ट प्रवृत्तिले !) जसरी प्रेरित गर्छ त्यसैले गर्दा विवश छु " तँ किन नचाहिदो काम गर्छस् - भनेर गुरुजनले सम्झाउँदा दुर्योधनले जवाफमा भनेको प्रसङ्ग हो माथिको श्लोक आज यहाँका राजनीतिक प्रवृत्ति पनि ठीक त्यस्तै यहाँ पनि गर्नुपर्ने काम नगरेर नगर्नुपर्ने काम नेताहरूले गरिरहेका छन् अर्थात् दायित्व पन्छाएर दुर्योधन प्रवृत्ति देखाइरहेका छन् देश, जनता संविधानको नाम लिएर नेताहरू निजी हितमै केन्द्रित छन् जुनसुकै उपायबाट भए पनि सत्ताकै लागि मरिमेट्ने आफ्नै आफन्तकै भुँडी भर्ने ध्याउन्न बाहेक अरु जनताका पक्षमा सिन्को नभाँच्ने नेताका कारणले गर्दा दलीय परिपाटी नै लाञ्छित हुने स्थिति आज

जनताको आत्माले स्वीकार नगरेको व्यवस्था दीगो हुँदैन भन्ने बुझेर नेताले काम गर्न सकेनन् गर्न नहुने जनविरोधी काम गर्दैछौ भन्ने बुझेर पनि नेताहरूले भ्रष्ट स्वार्थी प्रवृत्ति त्याग्न सकेनन् जनताको सेवाभन्दा सत्ता हत्याउने दाउमै उनीहरू अल्झे नाम लिन्छन् जनताको, तर काम गर्छन् उल्टो इमान्दारीसाथ काम गरिदिएका भए देश आज आतंक, असुरक्षा अपराधीकरणका भुमरीमा पर्ने नै थिएन आज देखिएका सम्पर्ूण्ा समस्या नेताकै गल्तीका परिणाम हुन् भन्ने बुझेका जनतामा नेताप्रति चर्को घृणा अपराध गर्ने, गराउने, अपराधीको संरक्षण गर्ने त्यस्तै गुण्डा-लुच्चा, लफङ्गाका भरमा सत्ता हत्याउने कामले दलहरूलाई नै बेफाइदा भएको , तैपनि कुरुवंशकै नाश गर्ने त्यो दुर्योधन प्रवृत्ति नेताले छोड्न सकेनन्

सुरुमा संविधानसभा निर्वाचन भएपछि सबै समस्या समाधान हुन्छ भनेर जनतालाई ढाँटियो किनभने त्यसबाट समस्या समाधान हुने कुरै थिएन, तर सोझा जनताले पत्याए समस्या भने थपिंदै गए आतंक अपराध बढ्दै गएर जनता आत्तिन थालेपछि अब संविधान बनेपछि सबैले खोजेको पाउँछन् भनेर फेरि ढाँटियो तैपनि संविधान बनाउनु कता, कता नेताहरू सत्ताकै लुछाचुँडीमा लागिरहे पाँच महिनासम्म संसद् चल्न नदिएर आफ्नो तलब-भत्ता-सुविधा बढाएर खानमै समय साधनको अपव्यय गर्नु कति लाजमर्दो कुरा थियो- गरे संविधान बनाउने निहुँ मात्रै भयो, सारमा सत्ता हत्याउने एकसूत्रीय चिन्तनमै सबै लागे, लागेकै छन्

यिनीहरूमा संविधान बनाउने अशल सोच थियो, क्षमता नै केवल विभिन्न जातजाति, धर्म सम्प्रदायका जनताबीच फाटो ल्याएर देश छिन्नभिन्न पार्न विदेशीका इशारामा नाच्नु बाहेक कुनै रचनात्मक दृष्टिकोण नै रहेको पाइएन नेता भनेको विशाल हृदयको हुनर्ुपर्छ संकुचित सोचाई, पदलोलुप प्रवृत्ति भ्रष्ट मनोवृत्ति भएकाहरूकै कारण देश आज संकटमा देश जनताको हितमा मिलेर काम गर्ने संस्कार नै यिनीहरूमा देखिएन राष्ट्रको सम्पत्तिलाई 'उल्फाको धन फुपूको सराद' जस्तो गरेर उडाइरहेका छन् जनताको दुःखेसो देख्ने नेता नै भएन

एकातिर संविधान निर्माणका लागि भनेर सानो गरिब राष्ट्रले ६०१ जनाको भीमकाय सेतो हात्ती पाल्नुपरेको भने त्यो संविधान बनाउनु कता कता दलहरू -आफ्नै हिसाबले जातीय गणराज्य घोषणा गरेर संविधानसभाकै औचित्य आफैंले समाप्त पार्दैछन् संविधानले गर्नुपर्ने काम आफैंले गर्ने भए किन चाहिएको थियो त्यो नाम मात्रको, तर खर्चिलो संविधानसभा - अधिकांश काम काजकाहरूलाई मासिक पचास साठी हजार खुवाएर पाल्नुको अर्थ के रहृयो - भारतीय संविधानसभा तीन सयजनाको थियो भने कलकत्ता शहरको जति पनि जनसंख्या नभएको नेपालमा आफ्ना आउरे बाउरेलाई मलिलो जागीर खुवाउन मनोनित गरेर त्यत्रो सभा बनाउनु कति हास्यास्पद कुरा ! राजनीति गर्र्छौं भन्नेहरूले धर्म छाडेर जनता देशप्रति बेइमानी गरेको परिणाम हो यो -


Comments (0)        Print        Tell friend        Top


Other Articles:
उच्चस्तरीय संयन्त्र कि सत्ता (01.26.2010)
हिजो अनेकतामा एकता ः आज (01.18.2010)
माग पूरा गराउने सस्तो (01.18.2010)
ठाडो न्याय-निशाफ" को (01.18.2010)
पराधिन राजनीतिले पराजित मात्र& (01.18.2010)
राष्ट्रिय एकताका आधार ः (01.12.2010)
असहमतिको बाटो हिंडेर सहमति (01.12.2010)
पृथ्वीनारायण शाह र राष्ट्र निर्माणको सवाल (01.12.2010)
समस्या चुरेमा मात्र होइन (01.04.2010)
नेताको व्यवहार र गोरु (01.04.2010)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 

© Neeraz.Com 2007
[Top Page]