आफू मरेर मुलुक र मुलुकबासीलाई बचाउने र जगाउने क्रान्तिका महान योद्धाहरूको सम्झना गर्नु प्रत्येक नागरिकको दायित्व हो ।मुलुकमा जनताको शासन कायम होस्, सबैले गरिखान पाउन, शान्ति-सुव्यवस्था कायम होस् भनेर आफूलाई क्रान्तिमा होम्ने शहीदहरूको सम्झनामा मनाइने शहीद सप्ताह सम्पन्न भयो । यो सप्ताहलाई राजनीतिक नेतृत्वले पूरै वेवास्ता गर्यो । राणाशासन विरुद्ध आन्दोलनमा उत्रिएर जनतामा प्रजातान्त्रिक चेतनाको बीउ र्छर्ने महान शहीदहरू दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त र गंगालालको स्मृतिमा मनाइने शहीद दिवसको औपचारिक कार्यक्रमको अर्को एउटा औपचारिकता निर्वाह गर्ने काम भयो ।
जनतामा राजनीतिक चेतानाको दियो सल्काएर नागरिक अधिकार बहालीका लागि क्रान्तिमा होम्ने र आफूलाई पनि त्यसैमा समाहित गरी ज्यानको आहुति दिने शहीदहरूको सम्झना गर्नेहरूको संख्या घट्दैछ । अर्कोतिर मुलुकमा शहीदको संख्या पनि अब त दशौं हजारको हाराहारीमा पुग्न थालेको छ । मुलुकलाई जहानिया राणा शासनको पञ्जाबाट मुक्त गर्न ज्यानको बाजी लगाउने चार महान शहीद नै नेपालका सम्पर्ूण्ा शहीदहरूको बडाशहीद हुन् । अर्कोतिर राजनीतिक घटनाक्रमका विभिन्न कालखण्डमा शहीद हुन पुगेका व्यक्तिहरू र शहीद घोषित मृत आत्माहरूमध्ये कतिपय मुलुकको हितका लागि मृत्युवरण गर्न पुगेका थिए भने कतिपय भवितव्यलाई समेत राजनीतिक दबाबका कारण शहीद घोषणा गरिएको छ । जे होस् शहीदको सम्मान दिइसकेपछि त्यसलाई राष्ट्रले स्वीकार गर्नैपर्छ । । उनीहरूको स्मरण र उनीहरूमा रहेको राजनीतिक-क्रान्तिकारी सोचलाई व्यवहारमा उतार्ने प्रयास गर्ने हो भने मात्र शहीदहरूको सम्मान हुनेछ । तर यतिबेला शहीदको योगदान भाषणवीरहरूको अनर्थ प्रलापको एउटा पाटो मात्र बनिरहेको छ ।
आज मुलुकमा जेजस्तो राजनीतिक परिवर्तन भएको छ त्यसको श्रेय शहीदहरूलाई नै जान्छ । उनीहरूमा रहेको राजनीतिक चेतना, राष्ट्रप्रतिको र्समर्पणभावले नै उनीहरूलाई शहीदको दर्जा दिएको हो । राजनीतिक चेतना र नागरिक स्वतन्त्रताका ती चेतनापुञ्ज महान चार शहीदहरू यतिबेला ओझेलमा परेका छन् । उनीहरूको सालिकमा मल्यार्पण गर्नेहरूको संख्या समेत न्यून देखिन थालेको छ । अर्कोतिर राजनीतिक दलले शहीद घोषणा गरेकाहरूको संख्या दिनदिनै बढिरहेको छ । शहीदहरूको परिभाषा फेरिएका छन्, उनीहरूको योगदान बदलिएको छ । हिजो राष्ट्रका लागि मर्नेहरूको स्थान नेताको सुख-सुविधा र कुनै पार्टर्ीीवशेषको स्वार्थका लागि मरेकाहरूले लिन थालेका छन् । अहिलेको विडम्वना यही हो । जबसम्म राष्ट्रका लागि सच्चा हृदयले संर्घष्ा गर्ने र हाँसी हाँसी आफ्नो प्राणको आहुति दिने शहीदहरूको सम्मान हुँदैन तवसम्म मुलुकको अवस्था जस्ताको तस्तै रहनेछ । असंगठित जनतालाई संगठित गर्दै, चेतना फैलाउँदै राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकतालाई आत्मसात गर्दै र्सार्वभौम राष्ट्रका र्सार्वभौमसत्ता सम्पन्न नागरिकको रुपमा स्वाभिमानसाथ बाँच्न पाउने वातावरण निर्माणका लागि आफ्नो प्राण अर्पण गर्ने ती महान शहीदहरूलाई यो राष्ट्रको स्वतन्त्रत अस्तित्वको श्रेय दिन हच्किनुपर्ने कुनै कारण छैन । राष्ट्रिय स्वतन्त्रता र अखण्डताको पक्षमा गर्जेका आवाजहरूलाई राणाशाहीले बन्दगर्ने चेष्टा गरे पनि त्यसले जनतालाई अजेय शक्ति प्रदान गर्यो । चार शहीदले मृत्युवरण गरेर जनतालाई क्रान्तिको चेतना प्रदान गरे- संगठित राजनीतिक आन्दोलनको वीजारोपण समेत गरे । त्यसैको परिणाम हो २००७ सालको परिवर्तन ।
राष्ट्रिय स्वार्थ र जनताको मुक्तिलाई मात्र आफ्नो लक्ष्य बनाएर व्यक्तिगत सुखसयल र स्वार्थलाई तुच्छ ठानेका ती महान शहीदहरूको सम्झना गर्दा मुलुकको वर्तमान अवस्थाको चिन्ता मात्र होइन राष्ट्रिय स्वाधीनताकै विषयमा अनेक प्रश्न उठिसकेको छ । नयाँ बनाउने नाममा राष्ट्रलाई विखण्डन गर्न चाहने कुतत्वको खेल प्रभावशाली हुँदै गएको छ । अखण्ड नेपालको अखण्डित नेपाली बन्नुको गौरबलाई आत्मसात गर्नुको साटो कुनै एउटा इकाईको नाइके बन्न सबैलाई हतारो छ । राष्ट्रियताको विषयलाई एकातिर पन्छाएर क्षणिक तुष्टिका लागि राष्ट्र विखण्डन गर्ने प्रयास होस् वा अन्य राजनीतिक नारा हुन् त्यस्ता गतिविधिले शहीदकै अपमान गरिरहेको छ । शहीदको सम्मान राष्ट्रिय स्वाभिमान अक्षुण्ण राख्दै शान्त, समुन्नत र एकतापर्ूण्ा नेपालको निर्माणमा अग्रसर हुनुमा मात्र छ । यतिबेला शहीदको सपना पूरा गर्ने, योद्धाहरूको बलिदानीको कदर गर्ने नारा खुब घन्किन्छ । शहीद परिवार, घाइते र तिनका परिवारहरूलाई राष्ट्रका तर्फाट सुविधा दिइने घोषणा सबैले गर्छन् तर पछिल्लो जनआन्दोलनका क्रममा शहीद भएका र अङ्गभङ्ग भएकाहरूले समेत राष्ट्रका तर्फाट पर्याप्त सेवा-सुविधा पाउन सकेका छैनन् । यस्तो अवस्थामा २०४६ सालका शहीद र घाइतेको अवस्थाको कसले चिन्ता गर्ने । त्यस्तै २००७ सालका योद्धाहरूका परिवारको समेत करुण क्रन्दन बेला बेलामा संचार माध्यममा सुन्न सकिन्छ । यी तमाम योद्धाहरूको कदर हुन सके मात्र मुलुकमा राजनीतिक परिवर्तनको अनुभूति गर्न सकिन्छ । शहीद, योद्धा र घाइतेका परिवारको संरक्षण गर्ने दायित्व सरकारले लिनुपर्ने भए पनि यतिबेला कुन पार्टर्ीीे शहीद हो भनेर हर्ेर्ने गरिन्छ । र्सवाधिक विडम्बना नै यही भएको छ । शहीदको त्याग र बलिदानी नेताहरूको सत्तारोहण मात्र होइन । शहीदको सपना कुनै अमुक नेता प्रधानमन्त्री र कुनै दलको नेतृत्वमा सरकार गठन हुनु मात्र पनि होइन । त्यसै गरी शहीद भनेको कुनै राजनीतिक दलको कार्यकर्ता मात्र होइन । राष्ट्रका लागि संर्घष्ा गर्ने र सोही क्रममा ज्यानको बाजी लगाउने योद्धा नै शहीद हो, जसले आफ्नो निजी स्वार्थ त्यागेर देश र जनताको मुक्तिका लागि आवाज उठाउँछन् र जो राष्ट्रको सच्चा सेवक हुन्छ, उसैलाई शहीद भनिन्छ ।
विभिन्न चरणमा भएका राजनीतिक आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झना यसबीचमा गरिनर्ुपर्छ । वर्षो एकपटक शहीदको सम्झना गरेर मात्र पुग्दैन । शहीदको बलिदानीको अमर कथा राष्ट्रनिर्माण गरेर लेखिनर्ुपर्छ । राष्ट्रिय जागरणको अमूल्य ग्रन्थको रुपमा शहीदका वीरगाथाहरूको शब्दचित्र उतारेर जनताको घरघरमा पुर्याउनर्ुपर्छ । राष्ट्र निर्माणको यो घडीमा हामीले वीर योद्धाहरूको सम्झना गरेनौं भने, उनीहरूको त्याग र बलिदानीको कदर गरेनौं भने हामी विजयी हुन सक्दैनौं र हामी बारम्बार पराजित मात्र भैरहनेछौं । राष्ट्रिय एकता र र्सार्वभौमिक अखण्डताको ख्याल नगरेर कुनै नेताको लहड वा कुण्ठालाई राजनीतिक विषयवस्तु बनाएर मुलुकलाई नै टुक्रा टुक्रामा विभाजित गर्ने र राष्ट्र कमजोर बनाउने सोच शहीदहरूको पक्कै थिएन होला । शहीद दिवस मनाई सकिएको सर्न्दर्भमा राष्ट्रिय एकता, र्सार्वभौमिक स्वतन्त्रता र सुन्दर, शान्त अनि समुन्नत नेपालका लागि शहीदहरूले परिकल्पना गरेका र साचेका सपनाहरू कोट्याउन सके नेताहरूले आफूलाई त्यसै दिशामा अग्रसर गराउनसके शहीदको सपनाले साकार रुप पाउने थियो । शहीदप्रति सच्चा श्रद्धाञ्जलि दिने हो भने उनीहरूले कल्पना गरेको र मार्गनिर्देश गरेअनुरुप मुलुकलाई संचालन गर्न सक्नर्ुपर्छ । आफूलाई निःस्वार्थ राष्ट्रसेवीको रुपमा प्रस्तुत गर्न सक्नर्ुपर्छ । अनि मात्र शहीदहरूको आत्माले शान्ति पाउनेछ ।
आज शहीद नारा बनिरहेका छन्, अपमानको शिकार भएका छन् । शहीद शब्दकै दुरुपयोग भएको छ । रुपैयाँ पैसामा उनीहरूलाई खरीद गर्ने गरिएको छ । कसैले कसैको हत्या गरिदियो भने ऊ संलग्न दलले उसलाई शहीदको सम्मान दिलाएर १० लाख रुपैयाँ राज्यका तर्फाट क्षतिपर्ूर्ति समेत दिलाउँछन् । जनआन्दोलन २०६२।०६३ पछि यो क्रम निकै बढेर गएको छ । राष्ट्र विखण्डनमा लागिपरेकाहरूलाई समेत शहीदको सम्मान दिइयो । उनीहरूलाई राज्यका तर्फाट क्षतिपर्ूर्ति दिलाइयो । शहीदको परिभाषा नै बदलियो । त्यसकारण ६०१ जना सभासद्ले पनि शहीदको सम्झना गर्ने मेसो पाएनन् भने आमूल राजनीतिक परिवर्तन गरी नयाँ नेपाल बनाउँछु भन्नेहरूले पनि औपचारिक रुपमा साताव्यापी मनाइने शहीद दिवसको सान्दर्भिकता नै देखेनन् । नेताहरूले गरेको शहीदप्रतिको यो अपमान नै मुलुकको दर्ुभाग्यको कारण हो ।
शहीदको अर्थ, परिभाषा र उनीहरूको योगदानको कदर हुनुको साटो उनीहरूलाई राजनीतिक दलको झण्डा ओढाउने र बिल्ला भिराउने प्रतिस्पर्धा हुन थालेपछि उनीहरूको योगदान विस्मृतिमा पर्छ । अहिले यस्तै भएको छ । उनीहरूले दिएको योगदानको चर्चा भने गरिन्छ तर त्यसको अनुशरण गर्ने कहिल्यै प्रयास भएन । नेपाल र नेपालीलाई निरंकुशताको कालो छायाँबाट मुक्त गराउन शहीदहरूले आफ्नो प्राणको आहुति दिए । त्यसै गरी विभिन्न कालखण्डमा धेरै शहीद बनिसकेका छन । कति ज्ञात छन् त कति अज्ञात नै । कति जाने बुझेर शहीद भए त कति अन्जानमै । यी सबै ज्ञात अज्ञात योद्धाहरू राजनीतिक दलका नेताहरूको बेलाबेलामा भाषणको विषय र पात्र मात्र बनिरहेका छन् ।
'
खोलो तर्यो लौरो बिस्र्यो' भन्ने नेपाली लोकोक्ति यतिबेला नेपाली राजनीतिमा निकै चरितार्थ भएको छ । जसको बलिदानीका कारण नेताहरू अहिलेको हैसियतमा आइपुगेका छन् उनीहरूको संर्घष्ा, त्याग र राष्ट्रभक्तिलाई स्मृतिमा राख्न सके पनि अहिलेका समस्याहरू समाधान गर्न धेरै सजिलो पर्नेछ । शहीदहरूले मुलुक टुक्रा टुक्रामा विभाजित गर भनेका छैनन्, मुलुकमा विदेशी हैकम बढ्न देउ पनि भनेका छैनन् । राजनीतिक नेताहरूबीच सत्ता र कर्ुर्सर्ीी मात्र खेल भैरहोस् पनि भनेका छैनन् । शहीदको सपना नेपाल र नेपाली जनताको सुख, शान्ति र समुन्नति मात्रै थियो । तर त्यसैलाई जिम्मेवारी लिएकाहरूले लत्याइरहेका छन् । नेपाल र नेपालीको कल्याणका लागि शहीदहरूले देखाएको मार्गलाई पछ्याउनुको साटो दुत्कारिएको छ ।
शहीद त्यस्तो शब्द हो- जसमा देशभक्ति, जनताको मुक्ति र मुलुकको समुन्नतिको आवाज गुञ्जिएको हुन्छ । राष्ट्रको चौतर्फी हितका लागि आवाज बुलन्द गर्ने शहीदहरूको शरीर नासिए पनि उनीहरूको आत्मा जीवितै छ, उनीहरूको विचार जस्ताको तस्तै जहाँको तहीँ अमर छ । अभाव त्यो विचार र सपनाको पर्ूण्ाता मात्र हो । अहिले मनमा थोरै मात्र राष्ट्रिय चिन्तन हुनेहरू ती महान् आत्माहरू झल्झल्ति सम्भिmरहेका छन् । तर शहीदहरूकै वलिदानीबाट सत्तामा पुगेका र आफूलाई नेता बनाउन पाएकाहरूले केवल वर्षा एकपटक मात्र शहीदको सम्झना गर्छन् त्यो पनि अपगालबाट बच्न र जनतामा भ्रम र्छन । बाँकी समय आफ्नै स्वार्थमा रमिरहन्छन् । प्रजातन्त्रदेखि गणतन्त्रसम्मको दर्ुइ दशकको यो अवधिमा शहीदको आत्मसम्मान गरिने खालका कुनै कार्यक्रम लागू गरिएन । उनीहरूलाई केवल वर्षो एकचोटी स्मरण गर्ने 'कुलदेवता'का रुपमा मात्र प्रतिस्थापित गराइयो । यसैकारण त मुलुक अहिलेको यो नाजुक अवस्थाबाट गुज्रिरहेको छ । तर पनि शहीदको आवाज मर्दैन । शहीदहरूको संर्घष्ाको गाथा जनताको स्मृतिबाट बिलाउँदैन । यो कुनै पनि बेला प्रकट हुनसक्छ ।
मुलुक यसैगरी दिग्भ्रमित हुने हो भने, यसैगरी विकृति-विसंगतिको रासबाट गुज्रिरहने हो भने मात्र मुलकको हितका लागि लडेको, वीरगति प्राप्त गरेका, आत्मबलिदानी दिएका महान सपुतहरूको सम्मान हुने परम्परा हटाएर जाली-फटाहाहरूको विगविगी बढ्ने छ । त्यसैले शहीदहरूको सपना साकार पार्नुपर्छ । उनीहरूले देखाएको बाटोमा हामी हिंड्नर्ैपर्छ । यसैमा नेपाल र नेपालीको भलाई छ । सबै-सबैले यही प्रण गरौं कि हामी नेपाली, हाम्रो नेपाल भन्ने भावना जागृत होस् । शहीदका महान् त्याग र बलिदानीलाई हृदयमा राखेर राष्ट्र र राष्ट्रियताको विकास गर्दै समुन्नत नेपाल बनाउने शपथ गरौं । एकीकृत नेपाललाई टुक्रा टुक्रामा विभाजन गरेर क्षणिक लाभ लिनुभन्दा विशाल नेपालको गौरवमय इतिहासलाई कयम राख्दै भविष्यलाई समेत सुनिश्चित गर्ने अभ्यास पनि थालनी गरौं ।