संविधानसभाले मौजूदा संविधानको धाराले तोकेका म्याद वा अवधिभित्र नयाँ संविधान जारी गर्ला कि नगर्ला - यस्तै चर्चा चलिरहेकै बेला एकजना झण्डै चार दशकदेखि नेपालमा प्रजातान्त्रिक आन्दोलनमा जीवनको उर्जावान समय खर्चिएर पनि परिवर्तित राज्य शासकहरूका कृपादृष्टिबाट ओझेल परेका गिरी थरका मित्रले भने- "संविधान जारी हुनर्ुपर्छ र हुन्छ भन्ने विश्वास गर्नुपर्छ । तर श्री माधव नेपालको नेतृत्वको सरकारको वर्तमान समीकरण भत्कियो भने संविधान जारी हुने सम्भावना रहने छैन त्यसैले उहाँकै प्रधानमन्त्रित्वकालमा नै संविधान हुन्छ" यकीन साथ प्रक्षेपण गरे ।
तिनले तर्क र आधार दिएनन् । झण्डै कुनै ज्योतिषी वा भविष्यवक्ताको शैलीमा, पड्के बोलीमा उक्त प्रक्षेपण गरेका थिए । उनले थप यति मात्र भने- "तिमी जस्तो राजनीतिक भावी सम्भावनाको प्रक्षेपण गर्दै आएको, र धेरै हदसम्म आप\mनो प्रक्षेपणलाई यथार्थपरक भएको सावित गर्न सफल स्तम्भ लेखकले मैले भनेको कुरालाई राम्ररी विश्लेषण गर"
"नयाँ नेपाल" निर्माणमा नेपालको भूमिका ः
त्यसपछि मन मथिङ्गलभित्र विगतदेखिका घटनाक्रम र आगतका सम्भावनाहरूका तरङ्ग र तुफानका लहरहरू उठ्नथाले र घोत्लिन थालेँ । "संविधान कस्तो बनाउने" भन्ने विषय श्री माधवकुमार नेपाल मात्रै होइन कुनै "बहादुर" प्रधानमन्त्री भए पनि उसको बलबूता र क्षेत्रभित्रको कुरा किमार्थ होइन । राज्यको शासन प्रशासनको प्रमुख, नियामक-निर्देशक र नियन्त्रकको प्रमुख भूमिका निर्वाह गर्ने कार्यपालिका -सरकार) र उसको नेतृत्वकर्ताको हैसियतले प्रधानमन्त्रीले संविधान निर्माणका लागि रचनात्मक र सकरात्मक वातावरण निर्माणमा सहजकर्ताको भूमिका निर्वाह गर्नेसम्म मात्र हो । यस्तो आधारमा सहजकर्ताले सकारात्मक वातावरण निर्माण गर्न त सक्ला --) तर "संविधान कस्तो बनाउने -"त्यसमा उसले कुनै प्रभाव र पार्न भूमिका खेल्न सक्तैन । संविधानसभाले त्यस्तो अधिकार दिनु पनि शोभनीय हुँदैन । वर्तमान संविधानसभाको संरचनालाई दृष्टिगत गर्दा कुनै सम्भावना देखिएन पनि ।
जहाँसम्म संविधान निर्माण गर्ने र जारी गर्ने वातावरण निर्माणका लागि सहजीकरणको भूमिका तयार गर्नसक्ने सरकार र व्यक्तिको प्रश्न छ, सम्भाव्यतातर्फनियाल्दै जाँदा र अन्तरिम संसदभित्रको दलीय प्रतिनिधिको संख्यात्मक उपस्थिति वा संसदको स्वरुपले वर्तमान प्रधानमन्त्री श्री माधव नेपाल सापेक्षया अधिसंख्यक संसद् सदस्यका लागि स्वीकरणीय र निर्विकल्प व्यक्तित्व ठहरिनुभयो र नै नौ महिना पहिले प्रधानमन्त्री बनाइनु भयो ।
यसै प्रसङ्गमा श्री माधव नेपालको पृष्ठभूमिलाई नियालौं । नेपालका मूलधारका कम्युनिष्ट पार्टर्ीी कुनै पनि नेताले लगातार आठ वर्षमहासचिवको पदमा बसेर पार्टर्ीीाँकेको इतिहास छैन, थिएन । क. मोहनविक्रम सिंह, क. विष्णुबहादुर मानन्धरले नेतृत्व गरेको कम्युनिष्ट पार्टर्ीीुनै पनि कालखण्डमा नेपालको मूलधाराको रुपमा स्थापित नभएकोे हुँदा उहाँहरूको जस्तो स-साना समूहको नेतृत्व र महासचिवको कार्यकाललाई गणना गर्न मिल्दैन, नगरौं ।
नेपालमा कम्युनिष्ट पार्टर्ीीे नियति भन्नु वा चरित्र भन्नु नै "एकताबद्ध भइ बस्न अर्काको नेतृत्व स्वीकार्नु, र विचार र दृष्टिकोणको भिन्नताको बावजूद अनुशासित रुपमा पार्टर्ीीत्र अस्वीकृत वा अल्पमतमा रहे भएर पनि, धर्ैयतापर्ूवक कुनै गूट उप-गुट र समूह निर्माण गर्न वा खेमा परिवर्तन नगरी बस्न नसक्नु" नै हो । नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक मात्रै नभइ सर्वोच्च नेताको रुपमा स्वीकृत क. पुष्पलालसमेतले कुनै पनि कालखण्डमा लगातार सात वर्षनेतृत्व गर्न नसक्नु भएको परिवेश पर्रि्रेक्ष्यमा श्री माधवकुमार नेपालले ने.क.पा.एमाले जस्तो कुनै बेला -२०४९/४७ को कालावधिसम्म) विभिन्न समूहमा विभक्त कम्युनिष्टहरूलाई समेटेर बनेको मूलधारको कम्युनिष्ट पार्टर्ीीई एकीकृत राखेर बाह्र वर्षम्म हाँक्न सक्नुलाई कम महत्वपर्ूण्ा किमार्थ ठान्नु-मान्नु हुँदैन भन्ने लाग्छ ।
यद्यपि ने.क.पा. एमालेको नेतृत्व तहमा त्यति लामो अवधिसम्म सफलतापर्ूवक भूमिका निर्वाह गरिरहेकोमा महत्वाकांक्षी केही व्यक्तिले २०५४ सालमा छैटौं महाधिवेशनमा पराजित भएपछि पार्टर्ीीवभाजित गरेका भए पनि मूलधारको स्थापित परिचय र्सर्ूय चिन्हका अतिरिक्त श्री माधव नेपालको समन्वयकारी, उदार र व्यापक दृष्टिकोणका आकर्ष -एकप्रकारको चुम्बकीय) गुण, शील, स्वभाव र चरित्रका कारण त्यसरी पार्टर्ीीmुटाएर जानेहरूका लागि पनि निर्विवाद आप\mनो नेतृत्व सहज स्वीकार्यबोध गराउनसक्ने क्षमता र कुशलतापर्ूण्ा नेतृत्वदायी गुण श्री माधव नेपालमा रहेको स्पष्ट देखियो ।
त्यत्तिमात्र होइन, दशवर्षो सशस्त्र जनयुद्धको उत्कर्षर राज्यपक्षको चरम दमनको कालावधिमा द्वन्द्व समाधानका लागि लखनऊ र सिलगुडीसम्मको यात्रा गर्ने जोखिम श्री माधवकुमार नेपालले जुन उठाउनु भयो, त्यसैले "२०६४ सालको संविधानसभाको निर्वाचनका खेलमा पराजित भएर पनि संविधानसभामा उहाँको उपस्थिति अनिवार्य छ" भन्ने तत्वबोध सबै दलहरूलाई गरायो । र त्यही यथार्थताको कारण उहाँको पार्टर्ीीे.क.पा.एमालेेमाथि वहाँलाई संविधानसभामा प्रतिनिधि बनाउनुपर्ने नैतिक दवाव पर्यो ।
प्रधानसेनापति कटुवालको मुद्दामा राष्ट्रपति डा.रामवरण यादवको विवादस्पद र ढंग नपुर्याई आवेश, आक्रोश र दलको उल्क्याइमा चालिएको कदमबाट एक्लिएको ने.क.पा. माओवादी-जुन संविधानसभामा ने.का., एमाले र रा.प्र.पा.मालेको कुल सदस्य संख्याको हाराहारी -बराबरी) सदस्य संख्यासहित संविधानसभा, संसदमा सबैभन्दा ठूलो दलको रुपमा स्थापित थियो र छ पनि-आज उसलाई एक्ल्याउने र सत्ता बाहिर राख्न चाहने देशी विदेशी शक्ति र व्यक्तिहरूका लागि चारतिर फर्केका सबै दललाई समेट्न र स्वीकार्य हुनसक्ने जँचेको व्यक्ति नै निर्विवाद श्री माधवकुमार नेपाल नै देखिनुभयो, र नौं महिना पहिले प्रधानमन्त्रीहरू भयो ।
आलोचकहरूका आरोप र आक्षेप ः
पौराणिक कालदेखिकै उदाहरणले सिद्ध गरिसकेको तथ्य के हो भने "मर्यादा पुरुषोत्तम" भनिने मानिने रामचन्द्रदेखि हरिश्चन्द्र र अजात शत्रु युधिष्ठिरसम्मका कटु आलोचकहरू देखिएका थिए । र उनीहरूमाथि गम्भीर आरोप आक्षेप लागेका कथाहरू घरघरमा सुनिने गरिन्थ्यो । त्यसमा पनि नेपाली आममानवीय चरित्र सकारात्मक पक्षतिरभन्दा नितान्त निकृष्ट र नकरात्मक हेराइले हर्ेर्ने परम्परामा वर्तमान प्रधानमन्त्री श्री माधवकुमार नेपालमाथि उहाँको उदयमा इष्र्या र डाहा गर्नेहरूको ठूलो पंक्ति छ भन्ने कुरा स्वतः स्पष्ट छ । भलै "स्वस्थ, अस्वस्थ जस्तोसुकै आलोचकले पनि सत्ता र शक्तिमा पुग्नेलाई जति सही बाटो देखाउँछ ठीक त्यसको उल्टो चाटुकारहरूको समूहले गलत बाटोतिर धकेल्दै लागेको हुन्छ" भन्ने कुरामा राजनीतिक क्षेत्रमा लामो समय बिताएर सत्ताशिखर पुगेका उहाँ जस्ताले बुझेकै हुनर्ुपर्छ ।
हो, अहिले सत्ता र शक्तिका शिखरमा पुग्नु भएका श्री माधवकुमार नेपालका आलोचकहरू मात्रै होइन सहकर्मी-सरकारमा सहभागी अन्य दलका नेतादेखि उहाँको आप\mनै दल ने.क.पा. एमालेका कार्यकर्तासम्मले लगाउने आरोप उनीहरूले देखाएका उहाँका कमी कमजोरी सबै शतप्रतिशत गलत पनि नहुन सक्छन् । ती सबैलाई सारसंक्षेपमा उल्लेख गर्दा पनि लामै बन्ने रहेछ ।
उहाँका "शुभेच्छुक" र "प्रतिकूल अवस्थाका हार्दिक सहयोगी"हरूले गह्रौ मन लिएर भन्ने गर्छन्- "जसरी अरु नेताहरूलाई गणेश प्रकृतिका चाटुकार खुशामदीहरू काकस ग्रुप, र सधैं सत्ता र शक्ति नियन्ताको नजीक पुगेर विनापूँजीको अकूत सम्पत्ति कमाउने कुञ्जी बोकेका पेशेवरहरूले ठग्दै आए, त्यसरी नै श्री माधवकुमार नेपाललाई पनि बेसरी दोहन गर्दैछन्, उहाँको भद्रताको नाजायज फाइदा उठाउँदै छन्" ।
उनले थप स्पष्ट गर्दै भने- "अदृष्टपर्ूवावहबोः सहायाः, र्सर्वे पदस्थस्य भवन्ति मित्राः, अर्थैर्विहिनस्य पदच्यूतस्य भवत्यकाले स्वजनोपिवैरी" -शक्ति र वैभवशाली भएका व्यक्तिका सामुन्ने पहिले कहिल्यै नचिने-नदेखेका व्यक्तिहरू पनि साखुल्ले र सहयोगी बन्न आइपुग्छन्, जब पद वा पैसा हुँदैन, त्यसबेला आफन्त जनमध्येका पनि वैरी हुन जान्छन्") -गरुण पुराण १०९/७) को उक्त भनाई नेपालको वर्तमान सर्न्दर्भमा अझ शाश्वत सत्य सिद्ध भएको छ । त्यसलाई उहाँले भलै नबिर्सनु भएको भए पनि, पेशेवर ठगहरूले भने उहाँलाई पनि उहाँका पर्ूववर्ती प्र.म.हरूलाई झैँ घेरेर आप\mना स्वार्थ सिद्ध गरिरहेछन्" ।
यस्तो टिप्पणी गर्नेहरूले थप के पनि भन्दारहेछन्, र दुखेसो पोख्दारहेछन् भने "उहाँ सत्ता र शक्तिमा भएको बेला आफूलाई बिप्ल्याटो र संकटको बेलाका सहयोगीहरूलाई बिर्सनुहुन्छ, बेवास्ता गर्नुहुन्छ, गणेश प्रवृत्तिका, मौसमी रंग विरंगका, व्यक्तिहरूलाई आप\mना हितैषी सहयोगी ठान्नुहुन्छ, मान्नुहुन्छ । जब उहाँ पद र शक्तिबाट पृथक हुनुभएको हुनुहुन्छ, एक्लो र कमजोर अनुभव गर्न पुग्नुहुन्छ । र आफन्तहरूसँग नजीक देखिन पुग्नुहुन्छ" । झण्डै डेढ दशकको पार्टर्ीीेतृत्व हाँकिसकेपछि, र सम्पन्न संविधानसभाको निर्वाचनमा स्वयं पराजित भएपछि राजनैतिक उच्च नैतिकताको परम्पराको परिपालन गर्दै महासचिवको पदबाट राजीनामा दिएपछिको कालखण्डमा उहाँका नजीक पुगेकाहरूबाट नै यस्तो अतिरिक्त टिप्पणी सुनियो ।
उक्तबाहेक वहाँको सफलताबार्टर् इष्र्या गर्ने "झिंगाको पित्त जस्तो सानो चित्त" भएकाहरूले भने- वहाँको "भद्रता, शालीनता र सबैलाई समेटेर हिँड्नर्ुपर्छ" भन्ने दृष्टिकोण र व्यवहारलाई नमनीयताको उदात्त चरित्रको रुपमा नलिएर नकारात्मक टिप्पणी गर्दा रहेछन् ।
माथि जे जस्तो कोटी र चरित्रका व्यक्तिहरूले जे जसरी टिप्पणी गरेका किन नहोउन् उहाँको मन्त्रिपरिषद्मा बसेर भ्याए र पाएसम्म ब्रहृमलुट नगर्ने साह्रै नगण्य देखिए । मधेशवादी लगायतका केेही खुद्रे पार्टर्ीी नेता र मन्त्रीहरूको तुजुक हर्ेदा उहाँको उदारता र सहनशीलतालाई कमजोरी ठानेर, मानेर आप\mनो औकात नहेरेको देखियो । यस्तो स्थितिमा अरु दादा र खुँखार मन्त्रीहरूको फूर्तिको कुरा छोडौं । महिलाहरूले समेत पदीय हैसियतको सीमान्त्त दुरुपयोग गर्ने, अराजक र विधि विधान विपरीत राष्ट्रसेवक नागरिक सुरक्षा अधिकारीहरूमाथि हातपात गर्नेहरूमा उभिएको पाइयो । तथापि प्रधानमन्त्रीको रुपमा श्री माधव नेपालमाथि भ्रष्टाचार, अख्तियारको दुरुपयोग र अनुचित काम गरे-गराएको आरोप, आक्षेपको औंला ठड्याउने साहस जस्तोसुकै वैरी वा क्रुर विपक्षीले पनि लगाउन जुन सकेका छैनन्, त्यो नै उहाँको सफलता, महानता र उदाहरणीय आदर्शको अमूल्य निधि हो भन्नर्ुपर्छ । तर उहाँको पनि कमी कमजोरी भएको भने छैन, होइन । कसैले उहाँलाई "कमजोरीविहीन" भन्छ भने त्यो परम चाँटुकार हो भने बुभ\mदा हुन्छ । जेहोस्-
असहज परिस्थिति- सहज सफलता ः
पक्कै पनि सप्तरङ्गी, वेढङ्गी र महाभारतमा वणिर्त भाण्डार पंक्षीजस्ता एकले अर्कोलाई सिध्याउन आत्मघाती वीष पानगर्न तम्सने विविध पार्टर्ीीलाई यौटै टीममा समेटेर, पातको साँधुबाट साझा सरकार चलाउनु, भनेको फलामको च्यूरा चपाउनु र पचाउनुभन्दा फरक थिएन । सायद त्यही कारणले नै होला आफू नैतिकता, इमानदारीता र विधिको शासनको पक्षधर भएर सरकार चल्नु चलाउनु पर्छ भन्नेमा प्रतिबद्ध भएर पनि, आफूबाहेक आप\mनो टीमका नगण्य मात्र सदस्यहरू -सम्भवतः तिनीहरू पनि अवसरको अभावमा हुनसक्छ) मात्र भ्रष्टाचार, अत्याचार, अराजकता, उद्दण्डता, विधि-विहिनताको सीमा नाघेर, स्वेच्छाचारी र निरंकुश ढंगले अघिबढेको देख्दादेख्दै पनि गान्धीका त्रिमर्ूर्ति-बाँदरको जस्तै -नसुनेर, नदेखेर र नबोलेर) बस्नु परेको हुन सक्छ भन्ने अनुभव सबैले गर्नु परेको छ । र्
वर्तमान समीकरण र सरकार बचाउन घटिया चरित्रका शक्ति र व्यक्तिहरूलाई बोकेर र च्यापेर हिँड्नुभएका उहाँले भलै पचाउनु नसक्नु होला, तर यथार्थ वा तीतो र तातो सत्य के हो भने वर्तमान सरकारलाई न उहाँले बचाएर बच्ने वाला छ, न "उहाँको बाध्यताको आड र बलमा सीमान्त्त भ्रष्टाचारी, अराजक, उद्दण्ड र उच्छृङ्खलताको नङ्गचरित्र पर््रदर्शन गरेका करीमा वेगम, कलावती, सुजाता लगायतका वदनाम महिला मन्त्रीहरूमध्येबाट दर्ुइ चारजनालाई गलहत्याउँदैमा सरकार ढल्ने वाला छैन । र उहाँलाई सत्ता र शक्ति हात परेको दिनदेखि जल्दै र त्यस विरुद्ध चाल चल्दै "उच्चस्तरीय संयन्त्र"को 'कागजी तरवार' झुण्ड्याएर डेमोल्कस बनाउने षड्यन्त्रले नै पनि केही बिगार्न सक्नेछ -
अहिलेको मात्रै होइन अतीत र आगतको नेपालको यथार्थता भनेको -
"वह जोडता-तोडता
फिर वनाता उसरुप में
जो कोई नहीं जानता
कोई नहीं पहचानता"
- ए.पी.जे. अब्दूल कलाम -अग्निको उडान, पेज १७३)
झण्डै त्यसैसँगै मिल्दो गरी म.वि.वि.शाहले "उसैको लागि" गीतसंग्रहको प्रारम्भ खण्डतिर लेखेको.......,
"नबोलिकन जो सब काम गर्छ,
उसैले गरोस् जय नेपाल देशको" ।
तीन वर्षो कालावधि पूरा नगर्दै सातपटक संशोधनको शिकार भएको अन्तरिम संविधानले यौटा उपराष्ट्रपति पदमा निर्वाचित व्यक्तिको जिद्दी र अड्डीका अगाडि सिङ्गो र्सार्वभौम संविधानसभाले आत्मर्समर्पण गरेर उनको अनुकूल हुने गरी संविधान संशोधन गरेको पीडा भोग्नुपरेको पृष्ठभूमिमा अब संविधानसभाले तयार गरी जारी हुने नयाँ संविधानको आयु, र्सवस्वीकार्यता र परिपालनाको सम्भावनाको विषयमा पनि पक्कै अनगिन्ती चिन्ता, चासो, आशंका र अनिश्चयता सम्बन्धी प्रश्नहरू होलान् । तर ती सबै प्रश्नहरूको उत्तर सरकार र त्यसको नेतृत्व गर्ने प्रधानमन्त्रीले दिनुपर्ने र दिनसक्ने कुरा छैन, होइन । त्यसैले त्यो बाटो र पाटोतिर बढी बढ्नु र चर्चा गर्नु अर्थहिन र र्व्यर्थको कुरा होला - त्यता नजाउFm । अहिले यहाँ मात्र यति भनौँ । डेढ दशक पहिलेदेखि "आगो र आँधी बोक्दै आएको" र आज "संविधानसभाभित्र छाएको" माओवादीको शस्त्रास्त्र र आन्दोलनको ब्रह्मास्त्रलाई धर्ैय र संयमको शान्तिपर्ूण्ा माध्यमबाट निस्तेज र निस्प्रभावी वा भर्ूर्तेत् सावित गर्न उहाँ जति सफल देखिनुभयो त्यसले पनि भित्री-बाहिरी शक्तिहरूलाई उहाँको विकल्प खोज्न र सोच्न रोक्ला -
यस्तो परिस्थितिमा ने.का.लाई नेतृत्व दिन त्यस -ने.का.)भित्र माधव नेपालको जस्तो गुण, चरित्र, स्वभाव भएको नेता नभएको, ने.क.पा.माओवादीलाई पुनः सरकारको नेतृत्व सुम्पिन ने.का.एमाले मात्रै नभई खुला भारतपरस्त भनेर कुख्याती कमाएका मधेशवादी दलहरू समेत तयार नभइरहेको स्थितिमा माओवादीलाई निषेध गर्ने बाईस दलको लागि, समन्वयकारी भूमिका निर्वाह गर्ने सामर्थ्य, स्वभाव गुण र क्षमता भएको गैर माओवादी समूहको साझा र सबैका बीच-सममैत्री र समदूरी कायम गर्नसक्ने व्यक्ति वा नेता नै श्री माधव नेपाल मात्रै हुन् भन्ने बोध गराउन सक्नु नै आजको विशिष्ट राजनीतिक कालको सफलता हो भन्नेमा शंका नगर्दा हुने देखिन्छ ।
त्यसमा पनि वर्तमान सत्ता समीकरणले परिसीमा वा घेरा -रिङ्ग) बाहिर धकेलिइ राखिएको माओवादीलाई निषेध गरिराख्ने दर्ीघकालीन सोचाई र प्रवृत्ति जसरी टड्कारो रुपमा स्पष्ट हुँदै गएको छ, त्यसले पनि श्री माधव नेपाल जस्तो "नमनशील, सहनशील र सिर्जनशील" साबित हुनसक्नेका रुपमा स्थापित भइसकेको व्यक्तिको विकल्प देखापर्न सकेको छैन । त्यस्तो संसदीय गणितीय खेलले नै निर्विकल्प नेता नै श्री माधवकुमार नेपाल भन्ने स्थापित गर्यो । यी र यस्ता सबै परिदृश्यमान, आधारहरूले "श्री नेपालकै नेतृत्वको वर्तमान बाईस दलको सरकारले नै संविधान निर्माण र त्यसपछिको पछिल्लो निर्वाचन गराउँछ" भनेर ती पुरानो सहयोद्धा मित्रको आशय र प्रक्षेपण हुनसक्छ । र त्यो र्सार्थक साबित हुन सक्नेमा विश्वास पनि गर्नुपर्ने लाग्छ । अस्तु !