Yugasambad.Com.Np
National Weekly
 
Saturday, 09.04.2010, 10:22am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल ; प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 

राष्ट्रिय स्वाधीनता माओवादी&
Tuesday, 02.09.2010, 08:12am (GMT+5.5)

नेपाल यतिखेर आफ्नै आन्तरिक राजनीतिक वैमनस्यको तानातानमा अल्झेकै कारण बाहिरको छेद भेद नीतिले खेल्ने मौका पाएका छन् नेताहरूका मानसिक दासताले गर्दा देश भीरको डीलमा पुगेको देशभित्रको अन्तर पार्टर्ीीवग्रह नेताहरूबीचको विश्वासको संकटले कतै देशकै अस्तित्व खतरामा पार्ने होइन - भनेजस्तो स्थिति देखिएको माओवादीलाई ल्याएपछि सबै सुध्रिन्छ भनेर हौसिएका गिरिजा माधवका अगाडि माओवादीकै प्रकृतिका पचासौं सशस्त्र समूह हिंसात्मक कार्यमा उभिन आएका छन् हुनसक्छ माओवादीलाई मुृर्ठार्न कसैले त्यस्ता समूह तयार पारिदिएको पनि होला, तर जे भए पनि आतंक असुरक्षा हामी सबै नेपालीले व्यहोर्नुपर्छ

भारतीयहरू आफ्नो चौतर्फी हस्तक्षेपप्रति नेपालको असन्तुष्टि बाहिर आउन नदिन उल्टै नक्कली मुद्राको कारोबार, आतंककारीको भारत प्रवेश, अवैध अतियारको ओसार पसार नेपालबाटै भएर भारतको सुरक्षामा खतरा बढेको आरोप लगाउँदैछन् एसएसबीको अत्याचार सीमा अतिक्रमण सम्बन्धी नेपालले उठाउने प्रश्नलाई निस्तेज पार्न सुपर्ुदगी सन्धि, एयर मार्शल सीमा विवाद नक्सामा सही गराएर हाम्रो मुखमा बुजो लगाउन कम्मर कसेर लागेका छन् तर आर्श्चर्य के भने- नेपालमा हिंसात्मक गतिविधि गरिरहेका भूमिगत संगठनको आश्रयस्थल भारत नै हुनाले ती आपराधिक गतिविधि हुन नदिन सीमा अतिक्रमण रोक्न भारतसित नेपाली पक्षले मुख खोल्दैन किनभने विगतमा भारतमै बसेर भारतकै सहयोगमा नेपालभित्र गडबडी मच्चाउनेहरू नै आज यहाँ सत्ता प्रतिपक्षमा छन्

त्यसैले चाहे कालापानी सुस्ता मिचेकोमा होस् अथवा अवैध रुपमा बाँध हालेर नेपालका गाउँ डुबानमा पारेको विषय होस्, या एसएसबीको अत्याचारको कुरा होस्, भारतबाट अथवा भारतको इशारामा नेपालमाथि भैरहेका अन्यायका विषयमा भारतीयहरूका अगाडि मुख फोर्ने नैतिक साहस नेपाली नेताहरूले गुमाइसकेका छन् भोलि फेरि भारत पसेर नेपालभित्र हिंसात्मक काम गर्नुपर्छ भनेर हो अथवा पहिलेको गुन तिर्न हो नेपालै खाए पनि यहाँका नेताको बक्के फुट्दैन यस्तै यस्तै कमजोरी देखेर भारतीयहरूले पाइलैपिच्छे ङ्याक्दै आएको स्थिति यस्तै कमजोरी देखाइरहने देशका भूभाग एवं प्राकृतिक स्रोत साधन गुमाउँदै जाने हो भने भावी पुस्ताले हामीलाई के भन्लान् - बडो सोचनीय अवस्था

यस्तो अवस्थामा माधव नेपाल भाषण छाँटेर, पैसा बाँडेर विदेशीलाई रिझाएर कर्ुर्सर्ीीोगाउने एकसूत्रीय ध्याउन्नमा छन् उता फेरि गिरिजाका बाबु छोरी त्यही कर्ुर्सर्ीीछिट्याउने षड्यन्त्रमा तल्लिन छन् यसैबेला माओवादीले राष्ट्रिय स्वाधीनताको आन्दोलनको जाल फालेको यदि यो आन्दोलन कर्ुर्सर्ीी लागि नभएर साँच्चै नै देशको स्वाधीनताका लागि हो भने त्यसलाई माओवादीले कामैबाट देखाउन सक्नर्ुपर्छ, जनताले साथ दिन्छन् आजसम्मको व्यवहारबाट जनताले नेताका नारामा षड्यन्त्र मात्र देखेका हुनाले जनता हम्मेसी विश्वास गर्ने स्थितिमा छैनन् भारतको ज्यादतिबाट आत्तिएका जनतालाई माओवादीले कत्तिको विश्वासमा लिनसक्छन्, यो आन्दोलन त्यसैमा भरपर्ने माओवादीको आन्दोलन पनि कर्ुर्सर्ीी मोलाइजा हो भने त्यो पनि 'हात्ती आयो हात्ती आयो फुस्सा' हुनेछ

हाल माओवादीले उठाएका असमान सन्धि-सम्झौता, सीमा अतिक्रमण राष्ट्रिय स्वाधीनताका प्रसङ्गलाई जनताले जायज सम्झेका छन्, तापनि यी सबै कुरा सत्ता प्राप्तिका प्रपञ्च मात्र नबनुन् भन्ने जनताको चाहना भारतले सिमाना मिचेको छैन भन्ने सुजाता हामीलाई सुजाता प्रधानमन्त्री भए पनि हुन्छ भन्ने माओवादीका भनाइ सम्झँदा राष्ट्रिय स्वाधीनताका नारा कतै माधव नेपाललाई हटाउनेमा मात्रै लक्षित होइनन् - भन्ने जनताका शंका माओवादीले निवारण गर्न सक्नर्ुपर्छ अघि जेजस्ता गल्ती गरेको भए पनि राष्ट्रिय स्वाधीनताको आन्दोलनद्वारा भारतीय हस्तक्षेप हेपाई हटाएर गुमेको भूभाग फिर्ता गराउन र्समर्थ भएमा माओवादी सधैं अगाडि हुनेछ

'लाटाकी स्वास्नी सबैकी भाउजु' भनेझैं भारतबाट नेपाल सधैं हेपिंदै पेलिंदै आउनु परेको हुनाले गतिलो नेतृत्व नपाएका जनता साहै्र चिन्तित छन् एकातिर भूभाग नै मिचिएको भने अर्कातिर भूटानको आधा जनसंख्या नेपालमा ल्याएर यहाँको आर्थिक-सामाजिक एवं वातावरणीय स्थितिमै असन्तुलन ल्याइदिएको त्यसै गरी तर्राईका आपराधिक समूहहरू तयार पारेर नेपालको हित विपरीतका गतिविधि गराएर देशमा स्थिरता आउन नदिने कुचेष्टा भैरहेका छन् यस स्थितिमा देशको स्वाभिमान जोगाउन इमान्दारीसाथ नेतृत्व गर्न कोही निस्कन्छ भने -चाहे माओवादी या अन्य कोही) जनता साथ दिन तयार छन् तर नेतृत्ववर्गबाटै पटकपटक धोका पाएर झस्केका जनतालाई विश्वासमा लिन भने पुरानै हिसावबाट प्रस्तुत भएर पारलाग्ने छैन आजसम्मको यथार्थ के हो भने नेताहरूले संविधानको चिन्ता गरे, सेना समायोजनकै देशमा शान्ति व्यवस्था कायम गर्ने यावत् विषयलाई नेताले केवल भाषणको विषय मात्रै बनाएर जनतालाई भ्रम कार्यकर्तालाई थामथुम पार्ने काम गरेका हुनाले देशको अस्तव्यस्त स्थिति समालेर नेतृत्व दिन निस्कने हो भने सत्ता आज नभए भोलि स्वतः हातमा आउँछ भन्ने कुरा बुझेर 'तातै खाउ जल्दै मरौं' नगर्ने हो भने आज समय अनुकूल यो मुहर्ूत जसले छोप्नसक्छ त्यही नै 'हीरो' बन्नसक्छ

यहाँ तत्काल गर्नुपर्ने काम पन्छाएर सरकार कर्ुर्सर्ीीोगाउने काममा मात्रै लागेको देशमा असुरक्षा , आतंक हत्या-अपहरण, लुट सामान्य भएका छन् बन्द-हड्ताल, चक्काजामबाट जनता आजित छन् माओवादीका सेना समायोजन-व्यवस्थापनको काम अलपत्र तर सरकार संसद् 'सबै छोडेर पुच्छरमा हात' भनेझैं आफ्नै बेकुफीले गएको परमानन्द झाको जागीर थाम्न संविधान संशोधन गर्ने लाजमर्दो काममा लाग्छ सरकारप्रति विश्वास नभएर जनता फिरौती तिरेर अपहरणमुक्त भएका घटना प्रतिदिन प्रकाशमा आउँछन् यसैबेला जनताका आँखामा छारो हाल्न भारत केही स्कूललाई कम्प्युटर केही संस्थालाई एम्बुलेन्स बाँडेको प्रचार गर्नमा तल्लिन देखिएको यस्तै टालटुले कामबाट नेपाल-भारत सम्बन्ध सप्रला भन्ने आशा नगरे हुन्छ त्यसैले माओवादीले आफ्नो आन्दोलालाई यथार्थमै राष्ट्रिय स्वाधीनता कायम गर्ने दिशामा लगाओस् सत्ता प्राप्तिको मोहमा नअलमलियोस् भन्ने जनचाहनालाई कसरी ग्रहण गर्छ- प्रतिक्षाको विषय बनेको

अन्त्यमा, यी पंक्ति लेख्दालेख्दै राष्ट्रिय स्वाधीनताको बाटोबाट चिप्लिएर माओवादीहरू बिस्तारै शिथिल भएको आभाषले विश्वसनीयतामा बादल आउन थालेको विदेशी हस्तक्षेपका प्रसङ्ग छोडेर सत्ताका खेलमा गिरिजाको परिक्रमामा ओर्लेका प्रचण्डको बोलीमा अचानक परिवर्तन आएको अनुभव गरिंदैछ 'विष्णुप्रभात'का शब्दमा 'नाम हेरेर काम चल्दैन .... प्रचण्डपथ चाउचाउ जस्तै ...- भनेझैं राष्ट्रिय स्वाधीनताका नारा यति चाँडै हराउन लागेका हुन भने पत्याउने स्थिति रहला ?


Comments (0)        Print        Tell friend        Top


Other Articles:
श्री माधवकुमार नेपालले नै (02.09.2010)
क्रान्ति र चेतनाको विगुल (02.02.2010)
यो ज्यादै नरमाइलो कालखण्ड (02.02.2010)
राज्यलाई चितवनले दिएको शालीन (02.02.2010)
राष्ट्रिय स्वाधीनताको आन्दोलन (01.26.2010)
नेताहरूमा आएको दुर्योधन प्रवृ (01.26.2010)
उच्चस्तरीय संयन्त्र कि सत्ता (01.26.2010)
हिजो अनेकतामा एकता ः आज (01.18.2010)
माग पूरा गराउने सस्तो (01.18.2010)
ठाडो न्याय-निशाफ" को (01.18.2010)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 

© Neeraz.Com 2007
[Top Page]