Yugasambad.Com.Np
National Weekly
 
Thursday, 03.11.2010, 09:30am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
समय सीमाभित्र संविधान नबने के होला ? ; संवैधानिक संकट खडा गर्ने ; राप्रपा नेपालको उपत्यका बन्द ; राष्ट्रपतिको भारत भ्रमणबारे व्यापक ; सञ्चारकर्मी जमीम शाहको हत्याल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
सिमसार क्षेत्र संरक्षणमा नेपाली
Tuesday, 02.09.2010, 08:13am (GMT+5.5)

अघिल्लो हप्ता विश्व सिमसार दिवस मनाइयो यो दिवसमा सिमसार क्षेत्रका बारेमा नीतिगत भाषण छाटिए, सिमसार संरक्षणका बुँदागत ओठे प्रतिवद्धता पनि व्यक्त गरियो तर व्यवहारतः यसको कार्यान्वयनका बारेमा कसैले चासो दिएका छैनन् बोल्न सबै जान्ने, भाषण गर्न सबै खप्पिस तर काम गर्न कोही अग्रसर नहुने नेपालको हर क्षेत्रले भोगिरहेको विडम्वनामध्ये सिमसार क्षेत्र अझ भनौं वातावरण संरक्षणको विषय पनि नारावादी मात्रै बन्दै गएको अरुले घोकाइदिएका नारा भट्याउने बाहेक कुनै काम भएको छैन जैविक विविधता वातावरण संरक्षण लगायत जनताको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने सिमसार क्षेत्रको संरक्षणका सवालमा राज्य तहबाट कुनै नीति नै बनेको छैन विश्व सिमसार दिवस मनाउन थालिएको झण्डै चार दशक पुग्न लागिसक्दा पनि नेपालका महत्वपर्ूण्ा सिमसार क्षेत्रको संरक्षणमा वेवास्ता गरिएको सिमसार क्षेत्र भनेको त्यस्तो क्षेत्र हो जसले जनताको जीवनयापनसंग प्रत्यक्ष सरोकार राख्दछ जैविक विविधता तथा पर्यावरणीय ऋतु चक्रलाई समेत कायम राख्दछ सिमसार क्षेत्र भनेको ओसिलो क्षेत्र हो विशेष गरेर बाह्रैमास पानी उम्रिइरहने, विभिन्न थरिका जलचर, थलचरको बसोबास आगन्तुक पक्षीहरूको 'ट्रान्जिट प्वाइन्ट' पनि हो कोशी टप्पु घोडाघोडी तालले यसलाई पुष्टि गरेको कोशी टप्पु घोडाघोडीमा साइबेरिया लगायतका क्षेत्रदेखि चराहरू आइपुग्छन् नदीक्षेत्र, ताल क्षेत्रलाई पनि सिमसार क्षेत्रको रुपमा लिन थालिएको

यतिबेला सिमसार क्षेत्रको संरक्षणको नारा घन्किइरहेको केही महिना अघिसम्म जलवायु परिवर्तनको चर्को चर्चा जसरी भएको थियो अहिले सिमसार क्षेत्रको संरक्षण हुनुपर्ने विषयले पनि चर्को रुपमा बहस छेडेको यो सब मौसमी हरकत हुन् दर्ीघकालीन रुपमा उत्पन्न समस्याको समाधान गर्ने दीगो संरक्षणको काम गर्ने प्रयास कागजी रुपमा मात्र भैरहेको नेपाली परम्परामा सिम क्षेत्रको संरक्षण गर्ने अलग्गै संस्कार गाउँघरमा बूढापाकाहरूले सिम क्षेत्रमा नागको पूजा गर्नु, त्यो क्षेत्रमा दिसा-पिसाब गर्न हुँदैन भन्नु त्यहाँ रहेका चराचुरुङ्गी तथा सरिसृप मार्न हुँदैन, नाग लाग्छ भनेर धार्मिक आड लिएर भए पनि सिम क्षेत्रको संरक्षण गरेका थिए अहिले पनि त्यो परम्परा जारी नै सिम क्षेत्रमा खनजोत समेत गर्नु हुँदैन भन्ने मान्यता नेपाली समाजमा थियो अहिले पनि तर यतिबेला सिमसार क्षेत्रका रुपमा लिइने ठूला ठूला तालतलैया तथा हिमतालहरूको बेहाल अवस्थाले नेपालको सिमसार क्षेत्रको विनास हुने क्रमलाई बढाउँदै लगेको यसमा जलवायु परिवर्तनको प्रभाव कम छैन हाम्रो आफ्नै गलत व्यवहार पनि कम दोषी छैन

नेपालमा मात्र हजारभन्दा बढी तालतलैया रहेको विश्वास गरिन्छ यो क्षेत्रको संरक्षणले नेपालको मात्र होइन विश्वकै जलवायुलाई अत्यधिक प्रभाव पार्ने निश्चितै विश्व चर्चित सिमसार क्षेत्रका रुपमा रहेको पर्ूवको 'कोसी टप्पु' पश्चिमको 'घोडाघोडी ताल'को संरक्षणमा राज्यका तर्फाट अहिलेसम्म पहल भएको थाहा छैन अघिल्लो वर्षकोसी नदीको तटबन्ध फुटेर कोसी टप्पुलाई पुर्याएको नोक्सानको लेखाजोखा हुन सकेको छैन यहाँका कति जनावर हराए भन्ने तथ्यांक समेत र्सार्वजनिक भएको सुन्नमा आएको छैन

सिमसार क्षेत्रको संरक्षणले के हुन्छ यसलाई किन संरक्षण गर्नुपर्छ भन्ने महत्वपर्ूण्ा सवालमा वर्षो एकपटक विचारगोष्ठी कार्यक्रमको आयोजना गरेर मात्र पुग्दैन वातावरणसंग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरूले गर्ने यस्ता कार्यले जनतामा प्रचूर सन्देश पुग्न सकेको छैन सिमसार क्षेत्रको आफ्नै किसिमबाट संरक्षण गरिरहेका जनताका लागि यो क्षेत्रको महिमा महत्व अझै बढाउनु आवश्यक जनताका लागि सिमसार क्षेत्र खाद्य सुरक्षा कवचको रुपमा समेत चिनिन्छ सिमसार क्षेत्रले घेरिएका खेतीयोग्य जमिनहरूमा जंगली जनावरको प्रवेश कम हुने बाली मासिने सम्भावना कम हुन्छ अर्कोतिर यहाँ हुने चराचुरुङ्गी तथा र्सपहरूले बालीनालीको नोक्सामन गर्ने मुसा, किरा लगायतलाई मास्न महत्वपर्ूण्ा भूमिका निर्वाह गरिरहेका हुन्छन् यस अर्थमा सिमसार क्षेत्र कृषिमा आश्रति नेपाली समाजको एउटा बलियो सुरक्षा आधार पनि हो तर यसको संरक्षणमा सरकारी निकायबाट कुनै पहल भएको छैन

राजधानीमा मात्र होइन देशका प्रमुख जिल्लाहरूमा घडेरी विकासको नाममा सिमसार क्षेत्र समेत मासिएका छन् ठूला ठूला पोखरी मात्र सिमसार क्षेत्र होइन जहाँ चौबीसै घण्टा पानी उम्रिरहन्छ, जहाँको माटो चिसो त्यो हो खासमा सिमसार क्षेत्र दर्ुलभ चराचुरुङ्गी तथा घस्रने प्राणीको प्रमुख बासस्थान रहेको सिमसार क्षेत्र आफैंमा आय आर्जनको स्रोत पनि हो यहाँ पाइने माछाको व्यवसायबाट कृषकहरूले मनग्गे आम्दानी गर्न सक्छन् त्यसै गरी यसको संरक्षणले वातावरण शुद्ध हुने मौसमलाई समेत अनुकल बनाइराख्छ चाहिएको बेलामा अर्थात् मौसम अनुसार पानी पर्नका लागि पनि सिमसार क्षेत्र आवश्यक पोखरामा धेरै पानी पर्नुको कारण त्यहाँ रहेका थुप्रै तालहरूको भूमिका महत्वपर्ूण्ा

सिमसार संरक्षण जलवायु परिवर्तनको मारबाट बच्ने एउटा अचुक उपाय हो नेपालमा रहेका हजारभन्दा बढी तालतलैको मात्र कुरा होइन, तर्राईदेखि हिमाली क्षेत्रसम्म रहेका सिमक्षेत्रको पनि संरक्षण हुनर्ुपर्छ आज सानातिनो सिमक्षेत्र मासिने क्रममा छन् राजधानी उपत्यकाभित्र रहेका अनगिन्ती सिमक्षेत्रमा डोजर कुदिरहेका छन् यस्तो प्रवृत्ति रोक्न सक्नर्ुपर्छ राजधानी उपत्यका सिंगो सिमसार क्षेत्रको रुपमा थियो तर अहिले यहाँ पानीको हाहाकार जैविक विविधता नष्ट भएको राजधानीबासीलाई मात्र होइन सिंगो मुलुकलाई भात खान पुग्ने धान फल्ने राजधानी उपत्यकामा देशैभरिका बासिन्दालाई डेरा उपलब्ध गराउने घर मात्र फलिरहेका छन् यहाँको जमिनलाई चारैतिरबाट घेरेका बाग्मती, विष्णुमति, रुद्रमति, मनोहरा लगायतका नदीमहरू अतिक्रमणको शिकार भएका छन् यस्तो अवस्थामा सिमसार क्षेत्रको संरक्षण गर्ने नीतिगत भाषणले कुनै उपलब्धि दिंदैन

सिमसार क्षेत्र संरक्षणको हाम्रो आफ्नै मौलिक प्रविधि संस्कार त्यसको व्यापक पालना गराइनु पर्दछ माथि नै उल्लेख गरिसकियो कि गाउँघरका सिम क्षेत्रमा नागको पूजा गर्ने चलन , त्यहाँ दिशा-पिसाब गर्न निषेध गरिएको भलै त्यहाँ धार्मिक आस्थाको सहारा लिइएको होस् यसलाई आजकलका कतिपयले अस्वीकार पनि गर्लान् तर जुन रुपमा भए पनि संरक्षण गर्नुपर्ने विधि-व्यवहारको पालना भएको वैदिक सनातन धर्म प्रकृतिसंग सम्बन्धित त्यसै भएर यो धर्मले प्राकृतिक विनाशलाई निषेध गरेको यो धर्मले जल प्रदूषण गर्नेलाई पाताल पुर्याएको भगवद्गीतामा श्रीकृष्णले यमुनाको पानी विषाक्त परेर बसेको काली नागलाई पाताल पठाएर गोकुलबासीलाई स्वच्छ जल उपलब्ध गराएको कथा त्यसै रचिएको होइन अहिले जल प्रदूषणको मारमा परेका नेपालका प्रमुख नदीनालाहरूले कालीनाग दहनको त्यो कथालाई पुनः रुपान्तरण गरेको हर्ेन पाउलान् - नदी प्रदूषण गर्ने काली नाग प्रवृत्तिहरूलाई पाताल नसके डाँडो कटाउने कोही श्रीकृष्णको जन्म होला - यस्ता प्रश्नहरूको उत्तर खोज्न सके यसलाई व्यवहारमा कार्यान्वयन गर्न सके सिमसार क्षेत्रको मात्र होइन वातावरण संरक्षणकै लागि हाम्रा गाउँघरमा प्रचलनमा रहेका धार्मिक-सांस्कृतिक मान्यता नै पर्याप्त पर्ूण्ारुपमा विदेशीको आयातित प्रविधिमा भर पर्नुपर्ने अवस्था छैन यसका लागि प्रकृतिको पूजा गरेर दिन सुरु गर्ने नेपाली समाजको मौलिक विशेषताको अध्ययन गर्नुपर्यो वातावरणसंग सम्बन्धित पक्षहरूले गाउँघरमा चलिरहेका यस्ता प्रविधिहरूको वैज्ञानिक अध्ययन गरेर संस्कृति-परम्परा पनि जोगिने वातावरण पनि संरक्षण हुने कार्यक्रम अघि सार्नुपर्छ

रुख रोपेर, वनजंगलको क्षेत्रफल बढाएर गरेर मात्र जैविक विविधता संरक्षण हुँदैन यसको ताजा उदाहरणका लागि चितवन राष्ट्रिय निकुञ्जलाई लिन सकिन्छ निकुञ्जको वन क्षेत्र बढ्यो तर जंगली जनावरहरूको संख्या घट्यो यसो किन भयो भन्ने तथ्यमाथि अनुसन्धान थाल्नर्ुपर्छ जंगलको अर्थ झार बुट्यान मात्र होइन, जंगली जनावरलाई चाहिने आहारको पनि बढोत्तरी हुनर्ुपर्छ पोषिलो घासको साटो विषालु झार बुट्यान बढेकै भरमा जंगल बढेको भ्रम पाल्ने हो भने त्यस्ता जंगलले विनाश मात्र गर्नेछ चितवनमा बाघ गैडाको संख्या घट्नुमा चोरी शिकारीको भन्दा उपयुक्त वातावरणको अभाव प्रमुख रहेको

देशभरमा रहेको तालतलैया नदी किनारका जमिनको संरक्षण गर्ने हो भने नेपालले अहिले भोगिरहेका अनगिन्ती समस्याको समाधान हुनेछ वर्षोनी बढ्दो खाद्य संकटलाई सिमसार क्षेत्रको संरक्षणले पर्ूर्ति गर्न सक्छ नदी किनार ताल तलैयाले सिंचेको जमिन मलिलो उब्जाउ हुने हुँदा त्यस्ता जमिनमा बस्ती बस्न नदिने सरकारी योजना अहिलेसम्म बन्न सकेको छैन डाँडापाखाहरू भासेर पानीका स्रोत मानिएका सिम क्षेत्र पुरेर घडेरी विकास गर्ने प्रवृत्तिको अन्त्य पनि अहिलेको प्रमुख माग हो वातावरण संरक्षणमा लागेकाहरूको पनि यो विषयमा त्यति ध्यान गएको देखिंदैन नेपालको जैविक विविधता प्राकृतिक स्रोत साधनको संरक्षणका लागि जेजस्तो चासो चिन्ता व्यक्त गरिनु पथ्र्यो त्यो पनि हुन सकेको छैन

विश्व जलवायु परिवर्तनको र्सवाधिक बढी प्रभावित मुलुकमध्ये छैठौं स्थानमा रहेको नेपालमा यहाँको हिमालहरू पग्लिरहेको सन्देश विश्वलाई दिन सफल भए पनि त्यसको निराकरणका लागि दह्रो लविङ्ग गर्न सकेको छैन नेपाल जस्तै हिमाली देशहरू, जो अल्पविकसित छन् उनीहरूसंगको सहकार्य सामूहिक योजनाले मात्र विश्वका धनी मुलुकहरूका कारण सिर्जित जलवायु परिवर्तनको मारबाट बच्ने वैकल्पिक उपायहरूका लागि स्रोतको जोहो हुन सक्छ होइन भने हामीले वर्षो एकपटक हिमाल दिवस, सिमसार दिवस, वातावरण दिवस मनाएर मात्र उपलब्धि केही पाउन सक्दैनौं अनि सानो तिनो कामका लागि पनि विदेशीकै मुख ताक्ने प्रवृत्तिले पनि समस्या जस्ताको तस्तै जहाँको तहीं अझ बढ्दो रुपमा देखा परिरहेको त्यसकारण सिमसार क्षेत्रको संरक्षण मात्र होइन वातावरण संरक्षणकै लागि नारावादी सोच त्यागेर परम्परागत प्रविधि प्रवृत्तिको संरक्षण गर्दै जनताले आफैं गरिरहेको व्यवहारमा प्रोत्साहित गर्नुपर्छ आज जति पनि सिमसार क्षेत्र संरक्षित छन् त्यो जनताकै आफ्नै विवेकले गर्दा हो जनतामा सिमसार क्षेत्र संरक्षणको विश्वव्यापी महत्व थाहा नभए पनि उनीहरू यो क्षेत्रले हाम्रो जीवनलाई सहज बनाइरहेको भन्ने कुरामा जानकार छन् त्यसैले त्यस्ता प्रविधिलाई प्रोत्साहित गरी वैज्ञानिक उपायहरूको समेत अवलम्बन गर्न सकियो भने नेपालको सिमसार क्षेत्र संरक्षण विश्वकै लागि नमुना बन्न सक्छ आगे जानकार जिम्मेवारहरूको मर्जी !


Comments (0)        Print        Tell friend        Top


Other Articles:
राष्ट्रिय स्वाधीनता र माओवादी& (02.09.2010)
श्री माधवकुमार नेपालले नै (02.09.2010)
क्रान्ति र चेतनाको विगुल (02.02.2010)
यो ज्यादै नरमाइलो कालखण्ड (02.02.2010)
राज्यलाई चितवनले दिएको शालीन (02.02.2010)
राष्ट्रिय स्वाधीनताको आन्दोलन (01.26.2010)
नेताहरूमा आएको दुर्योधन प्रवृ (01.26.2010)
उच्चस्तरीय संयन्त्र कि सत्ता (01.26.2010)
हिजो अनेकतामा एकता ः आज (01.18.2010)
माग पूरा गराउने सस्तो (01.18.2010)



 
  ::| Events
March 2010  
Su Mo Tu We Th Fr Sa
  1 2 3 4 5 6
7 8 9 10 11 12 13
14 15 16 17 18 19 20
21 22 23 24 25 26 27
28 29 30 31      
 

© Neeraz.Com 2007
[Top Page]