"बन्दैन देश दर्ुइ-चार सपूत मरेर नगए" कवि भूपी शेरचनले झण्डै पाँच दशक अर्थात् आधा शताब्दी अघि लेखेको कविता थियो यो ।
उनले २००७ सालको क्रान्ति अर्थात् राणा अधिवंशवादी निरंकुश जहानिया शासन व्यवस्थाको गढ भत्काएर नेपालमा प्रजातान्त्रिक शासन पद्धति स्थापित गर्न १९९७ सालमा शहीद बन्न तयार चार सपूत शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द र गंगालालले गरेको आत्मोर्त्र्सगको इतिहासबाट पाएको शिक्षा लिएर उक्त कविता लेखेका हुन सक्छन् । जेहोस्,
यो देशको र्सार्वभौम स्वतन्त्रता, जनताको शासन व्यवस्था, स्थापित गर्न हरेक प्रकारका विभेद, शोषण र दमनकारी सामन्ती राज्य व्यवस्थाको शृङ्खलाको अन्त्य गर्न एवं नेपालको राष्ट्रियता र्सार्वभौम स्वतन्त्रता, अक्षुण्णता, अखण्डता, अस्तित्व-अस्मितामाथि गिद्धेनजर लगाउने बाहिरी साम्राज्यवादी, उपनिवेशवादी-विस्तारवादी एवं हैकम र दादावादीहरूका विरुद्ध सम्पर्ूण्ा नेपालीलाई एकतावद्ध भएर संर्घष्ा गर्न उत्पे्रेरणा दिँदै, भित्री-बाहिरी वैरी विरुद्ध लड्दै उक्त चार सपूतहरूको बलिदानपछिको छ दशकको कालखण्डमा झण्डै बीसौं हजार सपूतहरूले बलिदान दिए ।
अर्कोतिर यसै २००७ सालपछिको छ दशकको कालवधिमा विभिन्न शैली र स्वरुपका छ प्रकारका -फागुन ७/२००७ देखि १६ जेष्ठ २०१६ सम्मको, २०१६ जेष्ठ १६ देखि २०१७ मंसिर मसान्तसम्मको, २०१७ पौष १ देखि २०४६ साल चैत्र २६ गतेसम्मको, २०४७ वैशाखदेखि ०५९ असोज १८ गतेसम्मको, २०५९ असोज १८ देखि २०६१ माघ १९ हुँदै २०६३ वैशाख १० गतेसम्मको र ०६५ को प्रारम्भदेखि आजसम्मको) आ-आफ्नै खाले मौलिक "प्रजातन्त्र र 'लोकतन्त्र'का अभ्यास भए । ती हरेक शासन व्यवस्थामा नयाँ संविधान लागू गर्ने र पुरानो संविधानलाई खारेज गर्ने परम्परा स्थापित भयो ।
यसरी छ दशकका समयावाधिमा छवटा संविधानहरू जारी गर्ने र खारेज गर्ने अभ्यास, एवं छ किसिम वा ढाँचाका "प्रजातन्त्र"का नामधारी शासन पद्धति, पन्ध्र्र हजारभन्दा बढी सपूतहरूको रगत, "योजनावद्ध विकासका माध्यमबाट जनताको र्सवाङ्गण्िा समुत्थान गरी शोषणविहीन लोक कल्याणकारी समाज र राज्य स्थापना गर्ने नाममा खर्चिइएको साढे पाँच दशकको समयावधि र झण्डै छसय अर्बभन्दा बढीको खर्चलाई वर्तमान कालखण्डमा उभिएर घनीभूत रूपमा नियाल्दा देशको समग्र परिस्थितिको स्वरुप, सार र परिदृश्य निराशाजनक देखापरेको होला । त्यसैको पोसमार्टम गर्ने नै यहाँको अथवा यस स्तम्भको आशय हो ।
अहिले अरुको दृष्टिकोण र विश्लेषण निषेधात्मक र निराशावादी देख्ने वडातहका चारजाने कार्यकर्तादेखि देशका राज्य शक्ति र सत्ता नियन्त्ताहरूकै नेता उपनेतासम्मले नै "देश पतनको बाटोतिर ओरालो झरिरहेको" भन्नेमा असहमति जनाउने आँर्टगर्न सकेको देखिएन । देखाउने पनि कसरी - देश अन्तिम सास फर्ेर्दै गरेको मरियल अन्धो घोडाको दशाबाट गुज्रिरहेको छ । तर त्यो यथार्थ-तथ्यतिर ध्यानै नदिई खाली कसैको बहकाउमा २४० वर्षेखिको इतिहासलाई त्यो सबै असफलताको जवाफदेही बनाएर बदला लिने धेरथोर -मोर अर लेस) सबै दलहरूबाट जुन जमर्को भइरहेछ, त्यसले देशको भौतिक अस्तित्व नै भडखारोतिर पार्ने करिब करीब निश्चित जस्तै भएको छ ।
विश्व इतिहासले पुष्टि गरेको छ- हरेक देशका बलिदानी सपूतहरूको रगत फगत बगेको छैन भन्ने । स्वतन्त्रता, स्वाधीनता, प्रजातन्त्र -अब त लोकतन्त्र भन्नुपर्ला) प्राप्तिका लागि आत्मोर्त्र्सग गर्नेहरूको रगतले उनीहरूका सपना साकार पारेको पुष्टि गरेको सिद्ध गरेको छ । तर हाम्रो देश भने विश्व इतिहासलाई झूठो सावित गर्ने वाचा, कसम खाएकाहरूले हाँकेकाले हो कि - शहीदहरूलाई दोबाटो, चौबाटोका बीचमा उभ्याएर वर्षा एकदिन सम्भिmदिए पुग्ने प्रेतात्माको प्रतीक ठान्ने-मान्ने परम्परा लोकतन्त्र कालसम्म कायम देखियो ।
खेर जाँदै छ सहिदको बलिदानः
"
शहीदो के मजारों पर, लगेंगे हर वरस मेले
वतन पे मरने वालों का यही एक निशाँ होगा"
० ० ०
"
शहीद के मजार पर,
कोई दिये जलाके गए,
कोई आ के सिगरेट सुलगा के गए
कोई जलते दिये का तेल,
जुल्फो पर लगाके गए"
कुनै शायरका उक्त शेरलाई साकार पार्दै गएको माघ १६ गते जसरी शहीद दिवस मनाउने नाममा फगत औपचारिकताको निर्वाह गर्ने काम भयो, त्यसले पनि अब देशको अस्तित्वका लागिभन्दा देशको अस्तित्व ध्वस्त गर्नका लागि लड्ने र मर्नेको संख्या र शक्ति बलियो हुँदै गएको पो कि भन्ने जस्तो देखियो ।
अहिले वर्तमानको कालखण्डमा उभिएर घोत्लिदा हिजो देश र जनताको लागि बलिदान दिनेहरूको मूल्य र मुद्दाहरूको सान्दर्भिकता नै असान्दर्भिक, अर्थहीन र र्व्यर्थको विषय सावित गर्नेको जीत भइसकेको विप्ल्याँटो परिदृश्य टड्कारो रूपमा देखा पर्दोरहेछ ।
त्यस्तो हुनु स्वाभाविक पनि हो भन्ने लाग्यो । जहाँ देशलाई संघीयताको नाममा विकेन्द्रीकरण नभई विखण्डीकरण गर्ने, नेपाली पहिचान र ऐतिहासिक गौरव गाथालाई मेटेर जातियता, क्षेत्रीयता र भाषिकताको आधारमा देशलाई विभाजित गर्ने, सामाजिक न्याय र "हिजोको २४० वर्षदेखिको यौटा सनातन हिन्दु धर्म, वर्ण्र्ाावर्ग, जाति, समुदायले कायम गरेको एकात्मक राज्य व्यवस्था समाप्त गर्ने" नाममा त्यसलाई उल्ट्याएर कुनै पनि जाति समुदायका एक तिहाईभन्दा बढी नभएकाहरूको अल्पसंख्यक जातीय राज्य दर्ता गरिदिएर तत्तत् जाति समुदायलाई राज्यसत्ताको नियन्त्ता बनाउने घातक काम गरिँदैछ, अल्पसंख्यकहरूको आधिपत्य र एकाधिकारको सपना बाँडिँदै छ र र्सार्वभौम संविधानसभा, संसद्ले त्यस्तो जातिय राज्यको लालपर्ूजा बाँड्दै जाने निर्ण्र्ाागर्दछ भने त्यस परिस्थितिमा राष्ट्र, राष्ट्रियता र्सार्वभौम स्वतन्त्रता, देश, ऐतिहासिक गौरवगाथा र बलिदानको कथाको के प्रयोजनीयता र सान्दर्भिकता -
संभवत यसरी देशलाई प्रदेश र प्रदेशलाई उपनिवेशको बाटोबाट रुपान्तरण गर्दै यो देशको अस्तित्व समाप्त पार्दै जाने बाहिरी शक्ति एकातिर सक्रिय छ । अर्कोतिर देशको शासन सत्ता हत्याउँदै आएका दलका शर्ीष्ा व्यक्तिहरू विचको "सहमती, सहकार्य र एकताबाट" "नयाँ नेपाल निर्माण गर्ने नेपाली जनताको विभिन्न समयका जनक्रान्ति, जनव्रि्रोही र शान्तिपर्ूण्ा जनआन्दोलनका माध्यमबाट अभिव्यक्त उदात्त भावना र चाहनाको सम्मान गर्दै .... " भन्ने फट्याइपर्ूण्ा कर्ीर्ते प्रस्तावना सहितको नयाँ संविधान बनाउने षड्यन्त्रपर्ूण्ा गुप्त खेल भइरहेको छ, त्यस्तो परिस्थिति, परिवेशमा बन्ने संविधान माथि उल्लेख गरेभन्दा फरक के कस्तो बन्न सक्ला र नयाँ नेपाल बनाउने जनताको सपना पूरा हुन सक्छ -
माथि 'नयाँ नेपालको नयाँ संविधान'को प्रस्तावनामा लेखिने 'फट्याई र कर्ीर्ते व्यहोरा' भन्ने जुन शब्दावली प्रयोग गरियो, त्यसलाई अलिकति स्पष्ट नगरिँदासम्म राजनीतिक असभ्यता र अशिष्टतापर्ूण्ा अराजनीतिक भनाइ ठहरिनसक्छ भन्ने लाग्छ ।
नेपाली जनताले नेपालको मौजूदा शासन व्यवस्थाका सम्पर्ूण्ा संरचनामा आमूल परिवर्तनका लागि धेरैपटक बलिदानीपर्ूण्ा संर्घष्ा गरेका थिए । १९९७ सालदेखि आज पर्यन्त्त आत्मोर्त्र्सग गर्दैआएका थिए । तर आप\mनो "नेपाल राष्ट्र, मातृभूमि नेपाल, इतिहासका गौरवगाथाका कुरा र "नेपाली" भन्ने परिचय परिवर्तन गर्न किमार्थ चाहेका थिएनन्, होइनन् ।
त्यस्तै माओवादी नेतृत्वको दश वर्षो सशस्त्र जनसंर्घष्ाकालमा "आजसम्मको क्षेत्रीय, जातिय, भाषिक, सांस्कृतिक, उत्पीडन र विभेदको अन्त्य गर्ने" घोषित नीति अख्तियार गरिएको भए पनि सुरु गर्दा मात्रै होइन, टुंगोमा पुग्दासमेत सात संसद्वादी दलको मोर्चाको २०६२/६३ को जनआन्दोलन २ को उद्देश्य नारा र लक्ष्य "राजाको निरंकुशताको अन्त्य गर्ने" भन्दा बढी कुनै थप थिएन । संसदवादीले संविधानसभाको निर्वाचन र गणतन्त्रप्रति दिल्ली दरबारमा भलै गुप्त सहमति गरेका थिए होलान् । तर पनि "संघीयता, जातिय राज्य, जातिय अग्राधिकार" जस्ता नवप्रभूत्ववादी र राष्ट्रिय एकता समाप्त पार्ने राष्ट्रघाती विषयमा संविधानसभाको निर्वाचनमा जाँदा समेत ती -माओवादी बाहेकका) कुनै पनि पार्टर्ीी नामोच्चारण गरेका थिएनन् ।
त्यसरी जनताबाट संविधानसभाको निर्वाचनमा मत माग्दा जुन कुराको उच्चारण नै गरिएको थिएन- जातियताको आधारमा राज्य अंश-बण्डा गर्ने अथवा अर्को शब्दमा भन्नुपर्दा रियल स्टेटवालाहरूले जग्गा प्लटिङ्ग गरेर मनलाग्दो मूल्य निर्धारण गरी विभिन्न ग्राहकलाई विक्री गरे जस्तो गरी जसरी राष्ट्रिय अखण्डता र अक्षुष्णतामा गम्भीर प्रभाव पार्ने काम कुरा हुन गयो, त्यसरी नै नयाँ संविधानमा जातियताको नाममा राज्यको अंश लगाउने प्रावधान राखियो भने, त्यस्तो संविधानसभामा पुगेका माओवादी दल बाहेकका सदस्यहरूले फट्याई जनविश्वासघाती कार्य भएको भन्नर्ुपर्छ कि पर्दैन -
त्यस्तो अवश्यम्भावी अनिष्ट र्टार्न र देशलाई दर्ुघटनाको शिकार बनाउनबाट बचाउने कसले - अहिले यस्तो कालप्रश्नले सबैलाई सताइरहेको छ । यसको उत्तर पनि सहज छैन देखिनेवाला पनि छैन ।
यसैबीच गएको फागुन १ गते ने.क.पा.माओवादीले सशस्त्र जनसंर्घष्ाको पन्ध्रौ --) दिवस जुन मनायो त्यसले अझ बग्रेल्ती असंख्य प्रश्नहरूको लस्कर तेर्स्याएको छ । तर ती सबैमध्येका ज्वलन्त र जीवन्त ठेठ एक दर्ुइवटा प्रश्नहरू यहाँ प्रस्तुत गरौं ।
"
वीर सपूतहरूले दिएको रगत र उद्यमी, किसान, मजदुर र श्रमिक जनताले बगाएको आँसु, पसिना कहिल्यै खेर जाँदैन" भनेर धेरैले भनेका थिए । सायद ने.क.पा.माओवादीका अग्रणी नेताहरूले पनि यही र यस्तै सपनाहरू देखाएर यो देशका सीमान्त विपन्न र आवाजविहीन ठूलो संख्याका नेपालीका झण्डै पन्ध्र हजार सपूतहरूलाई बलिदानीपर्ूण्ा संर्घष्ामा आहुति दिन/दिलाउन सफल भएको थियो । माथि भनेझैँ पन्ध्र वर्षो बलिदानीपर्ूण्ा संर्घष्ा र झण्डै पन्ध्रै हजारको शहादतले बाँचेका नेपालीलाई के दियो - अझ सबैभन्दा विडम्बना र उदेकलाग्दो त के देख्नु र भोग्नुपर्यो भने हिजोको कालखण्डसम्म ज-जसले 'प्रजातन्त्र' 'बिकास' र 'जनता'को माला जप्दै देश लुट्ने, जनता कुट्ने, विरोध र सशास्त्र व्रि्रोह गर्नेहरूलाई भुट्ने घटिया काम गरे । यो देशलाई हरिकङ्गाल बनाएर नेताहरूले -आफूलाई) गरिब देशका अमीर पुरुषको रूपमा रुपान्तरण गरे, आज पनि उनै सत्ता-शक्तिका हर्ताकर्ता र नियन्त्ता बनेको जुन स्थिति देख्नुपर्यो, सायद शहीदहरूप्रति सबैभन्दा ठूलो व्यङ्ग्य योभन्दा अरु हुन नसक्ला भन्ने लाग्छ ।
यस्तो स्थितिमा वर्तमान पुस्ताले कसरी कुन सकारात्मक दृष्टि र सोचबाट देशलाई हर्ेर्ने र सन्तोष लिने, जो मरेर गए ती सपूतहरूले राम्रो गरे भन्ने -
हो यौटै उत्तर छ
"
धन्यास्ते ये नपश्यन्ति, राष्ट भंगं, कुलक्षयम् ।।
-
जसले देश टुक्रिएको र समाज, परिवारको यदुवंश जस्तै विनाश भएको देख्न परेन तिनीहरू भाग्यशाली हुन्) भन्ने भनाइ सम्झेर भूपीकै ः-
'
ए मरेर शहीद हुनेहरू
बाँचेर त हेर,
बाँच्न झन् कति गाह्रो छ -'
भन्दै गाउँदै रुँदै गर्ने ?