कार्ल मार्क्सले भनेका छन्- "जनता आलुका बोरा हुन् । बोराको मुख बन्द गर्दा सबै आलु एकै ठाउँमा बस्छन्, तर मुख खोल्नासाथ छिरलिन्छन् ।" आज हामी पनि छिरलिएका छौं, हाम्रो सामूहिक शक्ति छिरलिएको छ । त्यसैले विश्वमा अजेय शक्ति मानिएका हामी नेपाली आफैं कमजोर भएर बाहिरबाट हेपिन थालेका छौं । स्टालिनले भनेका छन्- "संसद् बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल हो ।" त्यसखाले संसद्को अनुभव पनि हामीलाई नेताहरुले गराइसकेका छन् । माओले भनेका छन्- "बिरालाको रङ कालो छ कि सेतो - भन्ने प्रश्न हैन, प्रश्न त मूषा मार्छ कि मार्दैन - भन्ने हो ।" सरकारको क्षमता उसका कामबाट थाहा हुने हो, तर यहाँ सरकारको रङ मात्र फेरियो, काम फेरिएन । तस्करी धन्दामा साथ दिएन भनेर मन्त्रीले सिडियो कुट्छन् । सलाम गरेन भनेर सांसद्ले हवल्दार कुट्छन् । सरकारमा मूषा मार्ने क्षमता पटक्कै देखिएन । स्वतन्त्रताका पक्षधर भोल्तेयरले भनेका छन्- "त्रि्रो विचारसंग म सहमत छैन, तर त्रि्रो विचार राख्ने स्वतन्त्रताको रक्षा गर्न म जीवनभर तयार रहनेछु ।" यहाँ भने नेताहरु नै अर्काको विचार स्वतन्त्रताको खोइरो खनेर बहादुरी देखाउन खोज्छन् ।
भन्ने बेलामा प्रजातन्त्रदेखि जनगणतन्त्रसम्म जे जे भने पनि काम कार्बाही हर्ेदा ती सबै देखाउने दाँत र जनता झुक्याउने नारा मात्रै भएका छन् । भन्ने एकथोक र गर्ने अर्कोथोक नेताको चल्तीको व्यवहार देखिए-भोगिएकै छ । पार्टर्ीीार्टर्ीीच र नेता-नेताबीच पनि यहाँ तानातान र हानाथाप नै छ । संसद् र सरकारमा अधिकांश कमिशनखोर, भत्ताबहादुर, भत्ताप्रसाद र भत्तादेवीहरुको भीड छ, तर नेता भन्नलायक फेला पार्न गाह्रो छ । यिनीहरु नै सम्पर्ूण्ा संकटका कारण बनेका छन् । देशमा नेताहरुकै अविवेकको कालो छाया व्याप्त छ ।
"
जति रुनु परेनि मेरै साथमा रोउ माया
शत्तुरले देख्ने गरी रुनु हुँदैन"
नेता भनाउँदाले उक्त लोकगीतको मात्रै मर्म बुझिदिएका भए पनि आज जनताले रुनुपर्ने थिएन । जति झगडा र संर्घष्ा गर्न परे पनि आफ्नै राजासित गरेर देशवासीको सहयोगमा समस्या टुंग्याउनुपर्नेमा झगडाको पोको दिल्ली लगेर फुकाएको दुष्परिणाम भविष्यका पुस्तौं पुस्ताले समेत भोग्नुपर्ने भएको छ । स्वार्थन्ध भएर नेताले शत्रु फुल्काए, दुनियाँ हँसाए र अन्ततः आफ्नै देशवासीलाई रुवाइरहेका छन् । रोटीको भागमा झगडा गर्दा भाग मिलाइदिन्छु भनेर बाँदरले चुँड्दै खाँदै गर्दा रोटी नै सिध्याइदिएजस्तो भयो । यहाँका तोरीगाँडा नेताको झगडा हिन्दुस्तानी बाँदरका लागि लिस्नो भयो, जसले गर्दा बाहृय सम्बन्धमा मात्र नभएर आन्तरिक व्यवस्थापनमा समेत भ्वाङ परेका छन् ।
सरकारले विशेष सुरक्षाको जति ढ्वाङ फुके पनि जवर्जस्ती चन्दा, अपहरण, फिरौती, हत्या र लुटपाटका घटनाको तीब्रताले सरकारी भनाइलाई मित्थ्या सावित गरिदिएको छ । अपराध हुनै नदिने र भैहालेमा अपराधी पत्ता लगाएर कार्बाही गर्नुसट्टा मृतकका आफन्तलाई पैसा बाँडेर थामथुम पार्ने गरिएको छ । जनताले तिरो तिरेको पैसा 'उल्फाको धन फुपूको सराद' गरिंदैछ । जनता भने अपराधीका निगाहले बाँच्यो भने बाँच्यो, नत्र सरकारले सुरक्षा दिएर बाँचौंला भन्न नपर्ने भयो । उपराष्ट्रपतिको शपथको दिन जनताभन्दा प्रहरी संख्या बढी भएको मूल सडकमा दिउँसै मान्छे मारिंदा समेत सरकार सचेत देखिएन । खोई सूचना संकलन गर्ने सरकारी निकायका सूत्रहरुको क्षमता - त्यस्ता अपराधी ग्याङ्गको गतिविधि थाहा नपाउनु सरकारको खोक्रोपनको प्रमाण हो । 'अजापुत्रो बलिम् दधात' भनेझैं एउटा हवल्दार र कन्स्टेबल निलम्बन गरेर ठूलाबडा उम्कने काम भएको छ ।
जनता भन्दैछन्- यति हुतिहारा प्रधानमन्त्री र नामर्द सरकार त कहिल्यै थिएन । हुन पनि मन्त्रीहरुका छाडापन देख्दा प्रधानमन्त्री बुख्याचा भएका छन् । निर्जीव बुख्याचा देखेर काग-स्याल बरु डराउँछन्, प्रधानमन्त्रीको भाउ त्यत्ति पनि भएन । पदको दुरुपयोग र कानुनको उल्लंघन सामान्य भएका छन् । भ्रष्टाचार, पक्षपात र बेइमानी सरकारका पर्याय भएका छन् । प्रधानमन्त्रीलाई जनताले भाषण नेपाल भन्न थालेका छन् । आफ्नो जिम्माको कामप्रति भन्दा मन्त्रीहरु नचाहिंदा काममा रुचि राख्छन् । ठेक्का कमिशन, विदेश भ्रमण, आफ्नालाई जागिर, प्रशासनिक संयन्त्रमा हस्तक्षेप र कर्मचारीमाथि दबाब यस्तै धन्दामा मन्त्रीहरु रमाएका छन् । गत वर्षयिनैताका रु. ३० प्रतिकिलोको चिनी आज रु. ९० मा पनि पाइँदैन । घोषित-अघोषित १५-१६ घण्टा लोडसेडिङ छ । राजधानीमै खानेपानीको हाहाकार छ ।
यता संविधान बनाउने नाममा अधिकांश भुस्याहाहरुको ६०१ जनाको भीड र मन्त्री नामधारी ४४ जनाको भ्रष्ट समूह लुट्नमै व्यस्त छ । अझ म्याद थपेर खाने सुरसार छ । माओवादीका सेना समायोजन-व्यवस्थापन अलपत्र छ । संविधान नामको गाइजात्रे अभिलेखको समेत कुनै ठेगान छैन । यी सबै कुरा थाती राखेर सरकार र प्रतिपक्ष जुहारी खेल्नमै व्यस्त छन् । यस्तो स्थितिमा जनताप्रतिको मूल दायित्व कसरी पूरा हुन्छ - अझै पनि आँखा नखुल्ने हो भने यो लाजमर्दो अवस्था हो ।