Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:06pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 

सरकारकै क्षमतामा प्रश्नचिन्ह
Tuesday, 02.16.2010, 08:27am (GMT+5.5)

कार्ल मार्क्सले भनेका छन्- "जनता आलुका बोरा हुन् बोराको मुख बन्द गर्दा सबै आलु एकै ठाउँमा बस्छन्, तर मुख खोल्नासाथ छिरलिन्छन् " आज हामी पनि छिरलिएका छौं, हाम्रो सामूहिक शक्ति छिरलिएको त्यसैले विश्वमा अजेय शक्ति मानिएका हामी नेपाली आफैं कमजोर भएर बाहिरबाट हेपिन थालेका छौं स्टालिनले भनेका छन्- "संसद् बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल हो " त्यसखाले संसद्को अनुभव पनि हामीलाई नेताहरुले गराइसकेका छन् माओले भनेका छन्- "बिरालाको रङ कालो कि सेतो - भन्ने प्रश्न हैन, प्रश्न मूषा मार्छ कि मार्दैन - भन्ने हो " सरकारको क्षमता उसका कामबाट थाहा हुने हो, तर यहाँ सरकारको रङ मात्र फेरियो, काम फेरिएन तस्करी धन्दामा साथ दिएन भनेर मन्त्रीले सिडियो कुट्छन् सलाम गरेन भनेर सांसद्ले हवल्दार कुट्छन् सरकारमा मूषा मार्ने क्षमता पटक्कै देखिएन स्वतन्त्रताका पक्षधर भोल्तेयरले भनेका छन्- "त्रि्रो विचारसंग सहमत छैन, तर त्रि्रो विचार राख्ने स्वतन्त्रताको रक्षा गर्न जीवनभर तयार रहनेछु " यहाँ भने नेताहरु नै अर्काको विचार स्वतन्त्रताको खोइरो खनेर बहादुरी देखाउन खोज्छन्

भन्ने बेलामा प्रजातन्त्रदेखि जनगणतन्त्रसम्म जे जे भने पनि काम कार्बाही हर्ेदा ती सबै देखाउने दाँत जनता झुक्याउने नारा मात्रै भएका छन् भन्ने एकथोक गर्ने अर्कोथोक नेताको चल्तीको व्यवहार देखिए-भोगिएकै पार्टर्ीीार्टर्ीीच नेता-नेताबीच पनि यहाँ तानातान हानाथाप नै संसद् सरकारमा अधिकांश कमिशनखोर, भत्ताबहादुर, भत्ताप्रसाद भत्तादेवीहरुको भीड , तर नेता भन्नलायक फेला पार्न गाह्रो यिनीहरु नै सम्पर्ूण्ा संकटका कारण बनेका छन् देशमा नेताहरुकै अविवेकको कालो छाया व्याप्त

"जति रुनु परेनि मेरै साथमा रोउ माया

शत्तुरले देख्ने गरी रुनु हुँदैन"

नेता भनाउँदाले उक्त लोकगीतको मात्रै मर्म बुझिदिएका भए पनि आज जनताले रुनुपर्ने थिएन जति झगडा संर्घष्ा गर्न परे पनि आफ्नै राजासित गरेर देशवासीको सहयोगमा समस्या टुंग्याउनुपर्नेमा झगडाको पोको दिल्ली लगेर फुकाएको दुष्परिणाम भविष्यका पुस्तौं पुस्ताले समेत भोग्नुपर्ने भएको स्वार्थन्ध भएर नेताले शत्रु फुल्काए, दुनियाँ हँसाए अन्ततः आफ्नै देशवासीलाई रुवाइरहेका छन् रोटीको भागमा झगडा गर्दा भाग मिलाइदिन्छु भनेर बाँदरले चुँड्दै खाँदै गर्दा रोटी नै सिध्याइदिएजस्तो भयो यहाँका तोरीगाँडा नेताको झगडा हिन्दुस्तानी बाँदरका लागि लिस्नो भयो, जसले गर्दा बाहृय सम्बन्धमा मात्र नभएर आन्तरिक व्यवस्थापनमा समेत भ्वाङ परेका छन्

सरकारले विशेष सुरक्षाको जति ढ्वाङ फुके पनि जवर्जस्ती चन्दा, अपहरण, फिरौती, हत्या लुटपाटका घटनाको तीब्रताले सरकारी भनाइलाई मित्थ्या सावित गरिदिएको अपराध हुनै नदिने भैहालेमा अपराधी पत्ता लगाएर कार्बाही गर्नुसट्टा मृतकका आफन्तलाई पैसा बाँडेर थामथुम पार्ने गरिएको जनताले तिरो तिरेको पैसा 'उल्फाको धन फुपूको सराद' गरिंदैछ जनता भने अपराधीका निगाहले बाँच्यो भने बाँच्यो, नत्र सरकारले सुरक्षा दिएर बाँचौंला भन्न नपर्ने भयो उपराष्ट्रपतिको शपथको दिन जनताभन्दा प्रहरी संख्या बढी भएको मूल सडकमा दिउँसै मान्छे मारिंदा समेत सरकार सचेत देखिएन खोई सूचना संकलन गर्ने सरकारी निकायका सूत्रहरुको क्षमता - त्यस्ता अपराधी ग्याङ्गको गतिविधि थाहा नपाउनु सरकारको खोक्रोपनको प्रमाण हो 'अजापुत्रो बलिम् दधात' भनेझैं एउटा हवल्दार कन्स्टेबल निलम्बन गरेर ठूलाबडा उम्कने काम भएको

जनता भन्दैछन्- यति हुतिहारा प्रधानमन्त्री नामर्द सरकार कहिल्यै थिएन हुन पनि मन्त्रीहरुका छाडापन देख्दा प्रधानमन्त्री बुख्याचा भएका छन् निर्जीव बुख्याचा देखेर काग-स्याल बरु डराउँछन्, प्रधानमन्त्रीको भाउ त्यत्ति पनि भएन पदको दुरुपयोग कानुनको उल्लंघन सामान्य भएका छन् भ्रष्टाचार, पक्षपात बेइमानी सरकारका पर्याय भएका छन् प्रधानमन्त्रीलाई जनताले भाषण नेपाल भन्न थालेका छन् आफ्नो जिम्माको कामप्रति भन्दा मन्त्रीहरु नचाहिंदा काममा रुचि राख्छन् ठेक्का कमिशन, विदेश भ्रमण, आफ्नालाई जागिर, प्रशासनिक संयन्त्रमा हस्तक्षेप कर्मचारीमाथि दबाब यस्तै धन्दामा मन्त्रीहरु रमाएका छन् गत वर्षयिनैताका रु. ३० प्रतिकिलोको चिनी आज रु. ९० मा पनि पाइँदैन घोषित-अघोषित १५-१६ घण्टा लोडसेडिङ राजधानीमै खानेपानीको हाहाकार

यता संविधान बनाउने नाममा अधिकांश भुस्याहाहरुको ६०१ जनाको भीड मन्त्री नामधारी ४४ जनाको भ्रष्ट समूह लुट्नमै व्यस्त अझ म्याद थपेर खाने सुरसार माओवादीका सेना समायोजन-व्यवस्थापन अलपत्र संविधान नामको गाइजात्रे अभिलेखको समेत कुनै ठेगान छैन यी सबै कुरा थाती राखेर सरकार प्रतिपक्ष जुहारी खेल्नमै व्यस्त छन् यस्तो स्थितिमा जनताप्रतिको मूल दायित्व कसरी पूरा हुन्छ - अझै पनि आँखा नखुल्ने हो भने यो लाजमर्दो अवस्था हो


Comments (0)        Print        Tell friend        Top


Other Articles:
जनयुद्धको १५ औं वाषिर्कोत्सवको (02.16.2010)
सिमसार क्षेत्र संरक्षणमा नेपाली (02.09.2010)
राष्ट्रिय स्वाधीनता र माओवादी& (02.09.2010)
श्री माधवकुमार नेपालले नै (02.09.2010)
क्रान्ति र चेतनाको विगुल (02.02.2010)
यो ज्यादै नरमाइलो कालखण्ड (02.02.2010)
राज्यलाई चितवनले दिएको शालीन (02.02.2010)
राष्ट्रिय स्वाधीनताको आन्दोलन (01.26.2010)
नेताहरूमा आएको दुर्योधन प्रवृ (01.26.2010)
उच्चस्तरीय संयन्त्र कि सत्ता (01.26.2010)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 

© Neeraz.Com 2007
[Top Page]