Yugasambad.Com.Np
National Weekly
 
Friday, 09.10.2010, 07:08pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो ; संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
"प्रजातन्त्र दिवस मनाई" को औचित्यताको प्रश्न
तारा सुवेदी

Monday, 02.18.2008, 06:04pm (GMT+5.5)

"सम्वत् १९०३ सालमा त्यस समयमा यो राज्यको गद्दीमा राज भएको हाम्रा स्वर्गीय जिज्यू बुबाज्यू श्री ५ महाराजाधिराज सुरेन्द्र वीरविक्रम शाहदेवले धेरै गम्भीर र महत्वपर्ूण्ा कारणले आफ्नु र आफ्ना उत्तराधिहरूका तर्फाट यो मुलुकको शासनभार श्री ३ महाराज जङ्गबहादुर रणालाई सुम्पिबक्सेकोले ........ जङ्गबहादुर राणाका उत्तराधिकारीहरूले हाम्रा पर्ूवजहरूका तर्फाट मौसूफहरूका प्राइमिनिष्टरहरूको हैसियतमा यो राज्यको शासन चलाई आएकोले, ........ मोहनशमशेर ज.व.रा. ले हाम्रो तर्फाट औ हाम्रो नाममा यो राज्यको शासन चलाई आएकोले, ........ अव उप्रान्त हाम्रा प्रजाको शासन निजहरूले निर्वाचन गरेको एक वैधानिकसभाले तर्जूमा गरेको गणतन्त्रन्त्रात्मक विधानको अनुसार होओस् भन्ने अहिले हाम्रो इच्छा र निर्ण्र्ााभएको" भन्ने, तत्कालिन श्री ५ त्रिभुवन वीरविक्रमबाट २००७ फागुन ७ गते राष्ट्रका नाममा घोषणा भएको थियो ।

उक्त घोषणा लगत्तै तत्कालिन सरकारमा प्रतिनिधित्व गर्ने एकमात्र राजनीतिक दल नेपाली कांग्रेसका सभापति मातृका प्रसाद कोइरालाले "खाली "जनतन्त्र" खडा गर्ने विधान सभा बनाउन र त्यो नबनाउञ्जेलसम्म अन्तरकालीन सरकारमा बस्न सम्मलाई हामीलाई पूरा आश्वासन दिएका हुनाले हामीले सन्धी गरेका छौं ।" भन्ने वक्तव्य सोही दिन र्सार्वजनिक गर्नुभएको थियो । -हर्ेर्नुहोस् नेपालको राजनीतिक दर्पण - गृ.व. देवकोटा पेज ५४ र ५७) त्यो 'आश्वासन' दिल्ली वा राणा कस्ले दिएका थिए - स्पष्ट छैन ।

त्यसरी सत्ताच्यूत अन्तिम राणा प्रधानमन्त्री श्री ३ मोहन शमशेर राणाको नेतृत्वमा वी.पी. कोइरालासहितको दश सदस्यीय पहिलो मिलिजुली मन्त्रिमण्डल गठन भएको दिनलाई झण्डै साढे पाँच दशकदेखि जसरी राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाइँदै आयो, आज यो लेख प्रकाशित भएर पाठक समक्ष पुग्दाको क्षण वा दिनमा पनि सायद त्यसरी नै मनाई राखिएको हुनेछ । किनकि वर्तमान -वहालवाला) प्रधानमन्त्री एवं "राजालाई स्थान मान च्यूत गरेर स्वयं राष्ट्रप्रमुख भइराखेका वा बनाइएका" श्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा यौटा "राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति" गठन गरि "तीन दिनसम्म उक्त दिवस भव्य रूपमा मनाउने" भनेर निर्ण्र्ाागरिएको समाचार एक साता पहिले नै प्रसारित प्रकाशित भइसकेको छ ।

त्यसरी राजा त्रिभुवनको घोषणा मार्फ एक सय चार वर्षम्म दर्ुइ अधिवंशवादी शासन व्यवस्थाका अधिनस्थ नेपाली सरहदभित्रका बासिन्दाहरूलाई सिंहदरबारका राणा अधिशासनबाट मुक्त गरी, नारायणहिटी राजदरबारका गद्दीनाशीन 'शाह' अधिवंशवादी अधिशासकबाट मात्र शासिन हुने किसिमको नयाँ औपचारिक प्रथा प्रारम्भ भएको दिनलाई सावीकदेखि राष्ट्रिय पर्वको रूपमा मनाइने गरियो । तीस वर्षो निर्दलीय "राजाको अधिवंशवादी निरंकुश शासन काल" र २०४७ सालपछिको "संसदीय, एवं राजाको तीन वर्षो शासनकालको बींडो थामि यस वर्षपनि उक्त प्रजातन्त्र दिवसलाई राष्ट्रिय उत्सवको रूपमा मनाउने सोचाई हुनुको औचित्यता सान्दर्भिकताको प्रश्नतिर नजाउँ । यद्यपि डा. तुलसी गिरीदेखि मरिचमान सिंह श्रेष्ठसम्मका "टीके प्रधानमन्त्री"हरूका अध्यक्षतामा जसरी प्रजातन्त्र दिवस मनाउन राष्ट्रिय स्तरको "समारोह समिति गठन गरिन्थ्यो, यस वर्षपनि त्यो विरालो बाँध्ने परम्परालाई जीवन्त राखिएको किन नहोस् । अब प्रश्न र तर्कको अर्थ छैन । किनकि "लोकतान्त्रिक संघीय गणतन्त्रात्मक राज्य"का प्रथम "टीके राष्ट्रप्रमुख एवं 'प्रधानमन्त्री' श्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठनबाट भएको वीडो थाम्ने भनौं वा बिरालो बाँध्ने काम भइसकेको एक हप्ता पहिले र्सार्वजनिक भएको छ ।

उहिले २००७ सालको "विधानसभाको चुनाव गर्ने" राजाको प्रतिबद्धता सहितको घोषणा, नेपाली कांग्रेसका सभापतिको "जनतन्त्र स्थापना गर्ने विधानसभा"को मृगमरीचिकाले नेपाली जनतालाई आज साढे पाँच दशकपछिको कालखण्डसम्म जसरी तानेर ल्यायो, अब त्यसलाई अर्थात् अहिलेको "लोकतान्त्रिक-गणतन्त्रात्मक" शासन प्रणाली स्थापित भई सकेको अवस्थामा पनि उही मरिचमान, कर्ीर्तिनिधि, र्सर्ूयबहादुर र लोकेन्द्रबहादुर जस्ता "खेताला"हरूले मनाएकै शैलीमा राष्ट्रिय पर्व मनाउनुको अर्थ र औचित्यबारे प्रश्न उठान खोजिएको छैन, होइन । यद्यपि त्यसबारे पनि प्रश्न उठाउनु पथ्र्यो । र यदि सत्तामा जाँदा, रहँदा जसले "जनआन्दोलन-२" को मर्म र भावना" को माला जपे त्यो केवल जनता झुक्याउने वृद्ध व्याध्र कंकण- व्राहृमण कथा जस्तो षड्यन्त्रपर्ूण्ा थिएन होइन भने यस वर्षत "पहिलो गणतन्त्र घोषणा दिवस" वा "लोकतन्त्र दिवस" मनाएर इमान्दारिताको अंश पर््रदर्शन गरिएको हुनुपथ्र्यो ।

माथि अलिकति उल्लेख गरिए झैं, जुन राजाले चार सपूतहरूलाई र्सार्वजनिक स्थानमा झुण्डाएर वा गोली हानेर मृत्युदण्ड दिने अन्तिम आदेशमा पञ्जापत्र दिएर, राणा अधिवंशवादीले सिंहदरबार लगेको राज्यको विशेष शासनाधिकारलाई, जन क्रान्तिकारीको बल र दिल्ली दरबारका सहयोगमा विधिवत नारायणहिटी भित्र पुर्‍याए, त्यही दिनलाई नै आजको "नयाँ नेपाल" "नयाँ लोकतन्त्र" र "गणतन्त्र"को संवैधानिक संकल्प गरिसकेको समयमा पनि राष्ट्रिय पर्व वा उत्सव भनेर भन्नु र - स्वयं लोकतन्त्रात्मक गणतन्त्र व्यवस्थाका संस्थापकको दावा गर्ने गिरिजाप्रसादकै नेतृत्वमा समिति गठन गरेर वडो 'ताम झाम'का साथ राष्ट्रिय दिवसको रूपमा मनाउनु किमार्थ हुँदैनथ्यो ।

यद्यपि यहाँ चर्चा गर्न वा उठाउन खोजिएको विषय उक्तदिवस भनाईको औचित्यता वा सान्दर्भिकता छ, छैन - भन्ने होइन । प्रश्न उठाउन खोजिएको वा जिज्ञाषाको विषय के हो भने जुन दशवर्षो सशस्त्र जनयुद्धका वल वूतामा, यत्रो ऐतिहासिक परिवर्तन भयो, दशौं हजार महान सपूतहरू शहीद भए, उनकै रगतको भेलले हिजोसम्म कम्युनिष्टको 'क' सुन्न नचाहने तिनै कोइरालावंशीय तेस्रो भाई गिरिजा प्रसादलाई वसन्तपञ्चमीको साइत पारेर "सूच्यग्रं नैव दास्यामि, विना युद्धेन केशव" भन्ने राजाको गद्दीमा आरोहण समेत गराइयो, वहाँ अर्थात् वर्तमान त्यही 'वेताजका महाराजा'लाई फागुन १ गतेका जनयुद्धको वाषिर्कोत्सव सहभागी हुन गराउन के अप्ठ्यारो पर्‍यो -

त्यस बाहेक त्यस्तै अबुझ पहेली बनेर मन मर्थिङ्गलमा घुमिरहेको अर्को प्रश्न, माथी संकेत गरिएको दिन सम्बन्धी पनि हो । त्यत्रो सशस्त्र जनयुद्धका बलमा, यत्रो ऐतिहासिक सफलता प्राप्त गरेको ने.क.पा. माओवादी नेतृत्वले आफ्नो पुरुषार्थले देशको "वेताजका महाराजा" बनाइ दिएका गिरिजाप्रसाद सहितका हिजोका संविधानसभा र गणतन्त्रको नाम सुन्न नचाहने संसदवादी 'घण्टाकर्ण्र्ाारूलाई आफ्ना क्रान्ति दिवसका समारोहमा नतानेर अथवा सशस्त्र जनयुद्धको महिमा र गरिमालाई सर्वोच्च सम्मान साथ सम्झना नगर्राई, अन्तरिम संविधान जारी भए गरिएको, राजतन्त्र खारेजको संकल्प पारित गरी गणतन्त्र संस्थापना गरेका दिनलाई ओझेलमा पार्न सहमत भए, र "राष्ट्रघाती "कालो पुरानो दिल्ली सम्झौता"को 'पोष्य पुत्र' प्रजातन्त्रको जन्मदिन -७ फागुनको) जयगानका कार्यक्रममा स्वयं विजेता 'माओवादीहरू लाचार छायाँ जस्तो गरी "गिरिजाको पालकी बोक्दै" सहभागी हुन गए । के उनीहरूसंग त्यहाँ सहभागी भएर 'नयाँ लोकतन्त्र' र 'गणतन्त्र'को भन्दा उही राजात्रिभुवनको "प्रजातन्त्र"को महत्तालाई मूल्यवान सावित गर्न बाध्य हुनुको विकल्प थिएन वा भएन - त्यसरी सहभागी हुँदा दशौं हजार शहीदको बलिदानको सम्मान गरेको ठहरिएला कि अपमान - त्यस्को पनि आत्मसमीक्षा गरेको हुनुपथ्र्यो कि पर्दैनथ्यो - के यी "वर्तमानका कालप्रश्न"को उत्तर आदरणीय क्रान्तिनामकहरूबाट अपेक्षा गर्नु नाजायज होला --)

त्यो सव हुँदाहुँदै पनि राष्ट्रिय प्रजातन्त्र दिवसको प्रसङ्ग उठ्ने बित्तिकै अविस्मरणीय भनौं वा मनमर्थिङ्गलभित्र जरा गाडेर बसेका प्रश्नहरूले सताउने गर्छ । आज त्यसलाई यहाँ संक्षिप्त रूपमा उठाउनु असान्दर्भिक नहोला ।

सबैलाई थाहा छ, यो देश जति गरिब छ, राष्ट्रिय पर्व, दिवस, उत्सव, समारोह र जात्रा देखाउने, र्सार्वजानिक विदा दिने कुरामा उत्तिकै उदार वा धनी देखिदै आएको छ । तीस वर्षो निर्दलीय पञ्चायती व्यवस्थामा त चरम जाडोका -पौष) महिनाभित्रमा नै तीनवटा राष्ट्रिय पर्व -उत्सव, दिवस के के हुन् --)

पर्थे, मनाइन्थ्यो । राजधानीको सदर टुडिखेल र सिंहदरबार अगाडिको ठिहिरोमा विचरा स्कूले बालक र उर्दीमा उपस्थित हुनु पर्ने सरकारी कर्मचारी, सैनिक जवान र प्रहरीहरूलाई कति पटक पानीमा भिजेर उपस्थित भई राख्न र सहभागी हुन बाध्य गराइन्थ्यो - त्यस्ता 'दिवस' वा 'उत्सव' भव्य रुपले मनाइएको दृश्य देखाइन्थ्यो, त्यो स्वयंले भोग्नु परेकाले सम्झेका होलान् - तर ती दिवस समारोहका सर्न्दर्भमा भोका जनताको करको रकमबाट आयोजना गरिएका भव्य रात्री भोजमा, दिनभर भिजेका ती तल्लो तहका कर्मचारी, स्कूले विद्यार्थी र शिक्षकले कहिल्यै चियाउन पाएनन् ।

भला, ०४६ सालको परिवर्तनसँगै पौष १ गतेको दिवस खारेज भयो । दरबार हत्या काण्डसँगै पौष १४ गते र लोकतन्त्र आए लगत्तै पौष २७ को जन्मोत्सव/जयन्ती खारेज भए । र ती तीन तीन वंशजसँग सम्बन्धित दिवसहरू सबै समाधिस्थ भए । तर पनि तिनै मध्येको "प्रजातन्त्र दिवस" भने "श्राद्धको विरालो"को रूपमा आज पर्यन्त मनाईंदै छ । त्यस्ता सबै उत्सवका निमित्त उपत्यकामा मात्रै होइन अधिराज्य भरि प्रशासनले मञ्च बनाई दिने, पञ्चहरूले त्यहींबाट प्रशासक-प्रहरीलाई धारे हात लगाएर गाली गर्ने, नियमितताको शृंखला नै कायम थियो । मात्र भोज राजधानीका ठूलावडाको नसीवमा मात्र लेखिएको हुन्थ्यो, जुथ्र्यो ।

अहिले, उहिलेका ती तीस वर्षम्म पानीमा भिजेर वा ठिटिरेटो खपेर दिवस/उत्सव मनाउने र पट्यार लाग्दा निरस पञ्चायती माहात्म्य सुन्नेहरू कर्मचारी, सैनिक प्रहरी मध्येका कतिपय त 'मास र्छन' गए होलान् । ती स्कूले विद्यार्थी, अहिले आफ्ना सन्तानलाई सायद स्कूल कलेजतिर पठाउने भइसके होलान् - जिल्लाका सदरमुकामतिर सहभागी हुनेका अनुहारहरू पनि सवै चाउरी परिसके होलान् । त्योभन्दा अरुभिन्नता के भयो - सायद धेरैले प्रश्न गर्न सक्छन् ।

नेपालमा उक्त "प्रजातन्त्र" आएको साढे पाँच दशकभन्दा बढी समय भईसकेका छ । र झण्डै हरेक दशवर्षो अनुपातमा, यस साढे पाँचदशक अवधि भित्र साँढे पाँच प्रकारका शासन व्यवस्था प्रयोग भए खारेज भए ।

प्रजातन्त्रको उपलब्धि कसको लागि

त्यस साँढे पाँच दशकको कालावधिमा राष्ट्रिय विकासका दशवटा आवधिक -यौटाबाहेक सबै पञ्चवषर्ीय) योजनाले पनि आफ्ना अवधि पूरा गरे । त्यसरी राष्ट्रले पाँच दशकका दशवटा योजना अवधि र साँढे पाँच दशकका प्रजातन्त्रका समयावधिभित्र नेपाली जनताले तिरेका मालपोत लगायतका सबै कर, दस्तुर, महसूल, र वैदेशिकसहायता -ऋण सहयोग) समेत गरी झण्डै साढे पाँचसय अर्वरुपिया "देशको विकास"का नाममा खर्चिएको अनुमान गरिएको छ ।

र मूल प्रश्न पनि यहीं नेर तर्ेर्सिन्छ । त्यो प्रजातन्त्रको साँढे पाँच दशकको समयावधि र साँढे पाँचसय अर्वको लगानीको प्रतिफल कुन वर्ग, क्षेत्र, समूह, जाति, समुदायका नागरिकले कति प्रतिशतका हिसाबले प्राप्त गरे - सत्ता, शक्ति र राजा, राजदरबार र विभिन्न कालखण्डमा सत्ता हत्याएका नव अधिनायक दलहरुका सेवक, भजन गायक, चाटुकार, शासक, प्रशासनका उच्च पदस्थ, उनका कृपाप्राप्त कर्मचारी, उच्च सैनिक- प्रहरी अधिकृत, लगायत राजधानी र त्यसका निकटवर्ती बाहेक विकट सुदूर पहाड मधेशमा त्यो 'कति वितिरित' भयो - अधिसंख्य नेपालीले के कति पाए - राजधानी वा मोफसलका सदरमुकामका चौघेरा बाहिर नगएका नेता प्रशासकलाई त थाहा नहोला - तर यो देशका ती दूरदराजका गाउँ पाखामा काम गर्नेहरूले त "अधिकांश जनताले 'प्रजातन्त्र'को नाम र 'विकासको काम 'मा गरिएका लगानीको "सूकोदाम" प्रतिफल भोग्न, देख्न नपाएको" धेरै ठाउँमा देख्नु सुन्नु परेको छ । त्यसैले त्यो कुरा देखि-सुनि जान्नेले धेरै ठाउँमा- जहाँ प्रजातन्त्र र विकासको गुड्डी हाँकियो, ती-ती प्रसङ्गमा यही कटुसत्य कुरालाई स्वीकारेर अवाक् शीर झुकाएर वस्नुपरेको छ । भलै कतिपय शासन प्रशासनका शक्ति नियन्ता-बनेका व्यक्तिहरूलाई यस्ता तीता र ताता सत्य कुरा, सुनाउनेहरू आँखाको कसिङ्गर बन्नु परेको होला गम्भीर आरोप ब्यहोर्नु पर्‍यो होला । उहिले र अहिले त्यसमा फरक परेको भए निर्दलीय कालावाधिमा "अराष्ट्रियतत्वको पृष्ठपोषक" बहुदलीय संसदीय समयावधिभर "प्रतिगमनको पक्षधर" राजाको शाही शासन कालमा "आतंकवादीको मतियार" र लोकतन्त्रको सप्तसुर, ताल, रंगका लोकतन्त्र र 'गणतन्त्रवादी' शासन व्यवस्थाका "नयाँ मुल्लाहरू"बाट "प्रतिगामीका हतियार" भनेर फरक फरक शब्दावलीको लाठोले लखेटिनु मात्र भएको होला ।

यसै प्रसङ्गमा अप्रासङ्गी ः-

अहिले महाभारतको महायुद्ध- -जुन कुरुक्षेत्रको मैदानमा भएको थियो भन्ने गरिन्छ)- र नेपालको राजनीतिक नयाँ पुराना अधिवंशवादी शासकका शासकीय शैली षड्यन्त्रपर्ूण्ा खेललाई जोडेर हर्ेर्ने हो भने अनौठो समानता पाइने रहेछ । को कस्ले कति दुष्ट, षड्यन्त्रकारी, कपटी काम गरेको छ, र्छलर्ङ्ग हुने रहेछ । यसरी देख्न आफूलाई रणक्षेत्र वाट दुवै घटनामा दूरस्थ र तटस्थ -महाभारतका एकलव्य अथवा यलम्बरको ठाउँमा) राखेको हुनुपर्ने रहेछ । ती र त्यस्तै परिवेश र परिस्थितिका चौघेराभित्र उक्त बिराले बधाई शैलीमा मनाइने परम्परावादी प्रजातन्त्र दिवसको र्सार्थकता र प्रयोजनिताका प्रश्न पनि तर्ेर्सिने रहेछन् ।

त्यस्तै २००७ सालमा 'जनतन्त्र' 'विधान सभा' र 'गणतन्त्र'मा प्रतिबद्ध नेपाली कांग्रेस र उसका 'सुप्रिभो' कोइराला भाई -एम्.पी.,वी.पी.) को नाइटो मुटु परम्परागत राजतन्त्रसँग अविभाज्य भएर गाँसिएको हुनसक्ने संकेत स्वयं जी.पी.ले यस प्रजातन्त्र दिवस मलाई मार्फ् दिन खोज्नु भएको त होइन - यी कालजायी प्रश्नको उत्तर दिने युधिष्ठरको सायद नेपाली जनताले चुपचाप खोजि गरिराखेको होला । सायद त्यसको उत्तर दिन सक्ने अग्रसर पनि कोही नहोला - त्यसैले त्यो अँध्यारो रहस्यको निरथक बाटो र पाटो तिर पनि नजाउँ ।

 


Comments (0)        Print        Tell friend        Top


Other Articles:
असफल सरकार र तीन संस्थाको दरकारखगेन्द्रराज सिटौला (02.18.2008)
जलस्रोत विकासको नारा र वर्तमान नियती- यादब देवकोटा (02.11.2008)
अब हेरौं- को कुन बाटो हिंड्दो रहेछ- महेश्वर शर्मा (02.11.2008)
कसले गरिरहेको छ अन्तरिम व्यवस्थापिकाको चीरहरण - तारा सुवेदी (02.11.2008)
निषेधको होइन सहयोग र एकताको राजनीतिखगेन्द्रराज सिटौला (02.11.2008)
नयाँ नेपालको स्वणिर्म कल्पना र युवाशक्तिको परिचालनयादब देवकोटा (02.04.2008)
आजको भाँडभैलो सात दलको देनमहेश्वर शर्मा (02.04.2008)
अदालतको आवरूको चिन्तातारा सुवेदी (02.04.2008)
विरोध पर््रदर्शनमा देखिएको संचारप्रतिको जनआक्रोश- यादब देवकोटा (01.28.2008)
नेताको दोहोरो चरित्र नै मूल समस्यामहेश्वर शर्मा (01.28.2008)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 

© Neeraz.Com 2007
[Top Page]