Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 08:33am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
'नयाँ नेपाल'को नारा र वास्तविकता
महेश्वर शर्मा

Monday, 06.02.2008, 05:21pm (GMT+5.5)

एउटा गल्लीमा केही अल्लारेहरु गणतन्त्र जिन्दावाद, नयाँ नेपाल जिन्दावाद भन्दै उप|mदै थिए । हिजो आज यत्रतत्र यस्तै देखिएको छ । केही केटाकेटीले पनि त्यस्तै खेल खेलेको देखिन्छ ।

हैन, एः केटा हो - के गरिरहेका छौं - एकजना पाका मान्छेले उनीहरुलाई सोधे ।

नयाँ नेपाल र गणतन्त्र मनाउन परेन - केटाहरुले भने ।

पर्‍यो, पर्‍यो, तर गणतन्त्र र नयाँ नेपाल के हो - बुझेका छौ -

किन नबुझ्नु, राजालाई हटाएपछि गणतन्त्र र नयाँ नेपाल भैहाल्यो नि- उनीहरुले भने ।

कतिले बुझेर भनेका होलान् भने कतिले नबुझिकन पनि भनेका होलान् । हिजोआज जताततै गणतन्त्र र नयाँ नेपालकै चर्चा छ । गणतन्त्र घोषणा भएको सर्न्दर्भमा यो स्वाभाविक पनि छ, तापनि ज्यादै उत्ताउलोपन देखिनाले कताकता उम्लेर पोखिने पो हो कि पनि भनिंदैछ । सामन्ती संस्थाको अवसान भयो भनेर राजसंस्थालाई भनिंदैछ । के गणतन्त्र घोषणा गर्दैमा, नयाँ नेपालको नारा लगाउँदैमा र राजसंस्थालाई किनारा लगाउँदैमा सामन्ती संस्कार जान्छ र नयाँ नेपाल बन्छ - प्रतिदिन परिवर्तन भैरहेको हुन्छ, प्रतिदिन नयाँपन आइरहेकै हुन्छ । गणतन्त्रका नारा लगाएर राजतन्त्र समाप्त भयो भन्दै अर्को जवर्जस्तीतन्त्र ल्याउनुलाई नयाँ नेपाल भन्न मिल्दैन । एकथरि सामन्तका ठाउँमा अर्काथरि सामन्तको स्थापना गर्नु नै नयाँ नेपाल र परिवर्तन मान्ने हो भने त केही भन्नु नपर्ला, तर राज्य संचालकहरुमा संस्कारगत, चरित्रगत र आचरणगत परिवर्तन पनि चाहिने हो भने स्थिति निराशाजनक छ । पहिले नेताहरुको मानसिकता नयाँ हुनुपर्‍यो, अनि मात्र नयाँ नेपाल होला ।

एक त गएका दर्ुइ वर्षेखि त्यसै पनि छाडापन थियो, अब त झन् 'राजाको राँगो फुक्यो चङ्खे जुरेली' भनेझैं जसले जे गरे पनि हुने जस्तो स्थिति देखा पर्दैछ । राजसंस्थालाई विदाई गरेपछि मनलागी गर्न पाइने अर्थमा परिवर्तनलाई सम्भिmएको जस्तो देखिंदैछ । राजा मात्र बाधक थिए, अब जे गर्न पनि पाइन्छ भन्न खोजिदैछ । अब जसले जसलाई लुटे पनि, अपहरण गरेर फिरौती नदिएमा मारे पनि कसैलाई केही नहुने अर्थ निस्कदैछ । अपराध नियन्त्रणको जिम्मा लिनेले काम नगरे पनि, इन्साफ दिनुपर्नेले इन्साफ नदिए पनि, शिक्षकले नपढाए पनि, विद्यार्थीले नपढे पनि, मनलागे राजमार्ग अवरोध पारे पनि, कालाबजारी गरे पनि, भ्रष्टाचार गरे पनि, तस्करी गरे पनि हुने, केही नहुने स्वच्छन्द अर्थको गणतन्त्रलाई नयाँ परिवर्तन, नयाँ नेपाल भन्ने उदण्डता देखिन थालिएको छ । १५ दिनमा राजदरबार खाली गर्ने निर्ण्र्ाागरिन्छ, तर उतिखेरै आफ्ना नन्दी, भृङ्गीलाई राजदरबारमा तोडफोड गर्न पठाइन्छ । यसलाई के भन्ने -

गणतन्त्र भयो, नयाँ नेपाल भयो 'सुझो न बुझ्दो तीनपट्टकिो हुद्दो टुँडिखेलमा कुद्दो' भनेझैं मान्छे त्यसै हावामा उप|mेका छन् । सरकारको कामकाज गँजडीको चालामाला जस्तो छ । घोषणा गर्दैमा र नारा लगाउँदैमा नयाँ नेपाल बन्ने भए के दुःख थियो र राजनसंस्था फालेपछि फलिफाप सम्झनेहरुले पनि अब त्यो फलिफाप वेहोर्न पाउनुपर्‍यो, गफ गरे मात्रै भएन । नयाँ नेपाल बनाउने कर्ता धर्ताहरुको आचरण सुध्रनुपर्‍यो । छ सय एकजनाले महिनाको ४०-५० हजारको जागीर खाँदैमा सवैको पेट भर्ने हो भने बेग्लै कुरा भयो, नत्र सडकमा उप|mनेले के बुझेका छन् कुन्नि नयाँ नेपाल बनाउँछौं भन्नेहरुले विदेशीका इशारामा नाच्दानाच्दै पुरानै नेपाल पनि गुमाउने हुन् कि भन्ने जगजगी भैसक्यो ।

पाठ्यपुस्तक छपाउन नसकेर सरकारले अधिराज्यभरिका विद्यालय बन्द गरेका कारण विद्यार्थी सडकमा उत्रेका छन्, शिक्षा कार्यालय तोडफोड गर्न । पेट्रोलियम पदार्थको र खानेपानीको राजधानीमै हाहाकार छ । नेताहरु कर्ुर्सर्ीीाँडफाँडको कुस्तीमा छन्, उता तस्करहरुले तर्राईको वन फाडेर सिध्याइसके । नागरिकको सुरक्षा झन्झन् खतरामा छ । कृत्रिम अभाव छ, महंगीले नेटो काट्दा पनि सरकार नामको जन्तुलाई वास्तै छैन । जुन कामका लागि संविधान बनेको हो त्यतापट्ट िसरकारको ध्यान छैन । विदेशी राजदूतहरु कूटनीतिक मर्यादा नाघेर हस्तक्षेपको नांगो नाच देखाइरहेका छन् । बाघको छालामा स्यालको रजाईं जस्तो स्थिति छ । नयाँ शोषक सामन्तहरु -अधिकांश)ले जनताका नाममा शपथग्रहण गरेको नौटंकी देखेर जनता चकित परेका छन ।

रामहरि श्रेष्ठको वीभत्स हत्याकाण्डपछि गाउँलेहरुले अब देशमा ज्यान जोगाउन झन् गाह्रो भो भन्दैछन् । अघि सय दर्ुइसय दरबार नजिककाले भ्रष्टाचार र बेइमानी गरेर खाएका थिए तापनि सामान्य जनता निर्भय भएर आफ्नो दुःखजिलो गरेर खान पाउँथे, तर आज जनताको भलो गर्र्छौं भन्नेहरु सवैजसो भ्रष्ट र खञ्चुवा मात्रै देखिएका छन् । अपहरण र कुटपिट, लुटपिट नियमित भएको छ, फिरौती दिन नसक्नेको रामहरिकै गति हुने हो कि जस्तो त्रास फैलिएको छ । यस्तै स्थिति हो भने गणतन्त्र र नयाँ नेपालको अर्थ अझ खुल्दै जानेछ ।

विगत १५ वर्षा सरकारी कार्यालय, गोदाम, पावर हाउस, अस्पताल, स्कूल, पूल, टावर, गाविस भवन सवै ध्वस्त पारे । अब हिजोआज सरकारी मोटरमा आगो लगाउने, तोडफोड गर्ने, राजमार्ग बन्द गराउने, टायर बालेर वातावरण विगार्ने काममा लागेका छन् । यिनीहरुले जे गरे पनि भारतकै सेवा गरेका छन् । एउटा शिशा फुटाए पनि भारतलाई नै फाइदा छ । यहाँको विध्वंश भारतकै इशारामा हुने गरेको छ । तैपनि उसको चित्त बुझेको छैन । नेपाललाई छिन्नभिन्न पार्न नेपालकै नेतालाई प्रयोग गर्नु उसको सफलता भएको छ । यहाँबाट दश लगेर एक दियो भने यहाँका फिस्टे नेता त्यसै मख्ख पर्छन् । आन्द्रा थुतिसकेका छन् । राजसंस्थाको थान्को लगाइसकेपछि हालीमुहाली उनैको चल्ने भयो । अघोषितरुपमा सिक्किम बनाइसकेका छन्, तैपनि यहाँका नेताको होस खुलेन । कुनै दिन होस खुल्यो नै भने पनि नेपाल रित्तिइसक्ने छ ।

अन्त्यमा, नारा, जुलुश र दीपावलीको नेपालमा कुनै अर्थ छैन । सत्र सालमा संसदीय व्यवस्था जाँदा र पञ्चायत आउँदा पनि नारा-जुलुश र दीपावली भएकै हो । पञ्चायत जाँदा पनि दीपावली र जुलुश भएकै हो । आज गणतन्त्र घोषणा गर्दा पनि नारा-जुलुश र दीपावली भएका छन्, कतै प्रायोजित होलान्, कतै स्वतःप्रेरित, फरक त्यत्ति हो । भोलि अर्को व्यवस्था आएछ भने पनि नेपालीले गर्ने त्यही हो । यहाँ सवै कुरा निर्देशित हुने गरेको छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
संविधानसभा वैठकको परिदृश्य नियाल्दातारा सुवेदी (06.02.2008)
वाईसीएलले कसैलाई नटर्ेर्नुका मूलभूत कारणहरुयादब देवकोटा (05.26.2008)
संविधानसभा सर्न्दर्भ ः निर्माण गर्ने निकायले निर्ण्र्ाागर्न मिल्दैनमहेश्वर श (05.26.2008)
नयाँ संविधान बनाउन जाँदा "लाशमा आँशु चुहाउने"हरूलाईतारा सुवेदी (05.26.2008)
आरक्षणका नाममा खुम्चिनुपर्दाको पीडायादब देवकोटा (05.19.2008)
देश र जनताको हित हर्ेर्ने कि नेताको मात्रै महेश्वर शर्मा (05.19.2008)
असंभव छैन  हिटलर वा जंगबहादुर जन्मिनतारा सुवेदी (05.19.2008)
स्वतन्त्र सञ्चार र राजनीतिक दलको क्रुर पञ्जायादब देवकोटा (05.12.2008)
"अतिले खती गर्छ, चेतना भया" (05.12.2008)
राज्यसंचालनको सर्न्दर्भ र नेताका कैफतमहेश्वर शर्मा (05.12.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]