Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 08:38am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
एउटा काशी र अर्को कुती जाने यी सहयात्री
महेश्वर शर्मा

Monday, 06.09.2008, 05:26pm (GMT+5.5)

मुलुक नयाँ युगमा प्रवेश गरेकाले नयाँ नेपाल बनाउने भनिएको छ । प्रवेश त गर्‍यो, तर त्यो नयाँ युग कस्तो हुने हो, त्यसको खाका के हो, त्यो आफैं हुने हो कि बनाउनुपर्ने हो, नयाँ नेपाल बनाउने हत्यौडी के हो, प्रक्रिया के हो - इत्यादि अनेक प्रश्न छन् जसको उत्तर त्यत्ति सहज छैन । नयाँ नेपाल बनाउने कालीगढहरुको स्थिति के छ - उनीहरु कति आत्मनिर्भर छन् कि परनिर्भर - उनीहरुको राष्ट्रिय स्वाभिमान कतै स्खलित त छैन - आफ्नो अस्तित्व जोगाएर पर्राईसंग सहकार्य गर्ने कूटनीतिक सामर्थ्य कति छ - इत्यादि कुरा ज्यादै विचारणीय छन् ।

इतिहास र परम्पराका असल कुराबाट शिक्षा लिएर काम गर्ने परिपाटी हराइसकेको छ । मूल्य-मान्यताको यहाँ कुनै अर्थ रहेको देखिंदैन । अहिले त झन् लहैलहैको लहर चलेको छ । जनताका चाहना बुझेर र जनतालाई रिझाएरभन्दा डराएर, धम्क्याएर, झुक्याएर शासन गर्ने प्रवृत्ति बढ्दै छ । लोकतान्त्रिक गणतन्त्रको एउटै उद्देश्य हासिल गर्न मत मागेर हिंडेका सहयात्री बीचमा आएर बाटो छुट्टनिे हो भने जनतालाई झुक्याएको भन्नर्ुपर्दछ । नेतृत्व गर्र्छौ भन्नेहरुका लागि यो सुहाउने कुरै होइन । कोही गणतन्त्र, कोही जनगणतन्त्र अर्थात् एउटा काशी र अर्को कुतीको बाटोमा यी कस्ता सहयात्री हुन् - जनता रनभुल्लमा परेका छन् ।

कांग्रेस र एमाले राजाविरुद्ध शत्रुपैंचो गर्न दिल्ली गुहारेर माओवादीलाई भित्र्याएको स्वाद पाइयो भन्दैछन् । माओवादीको हेपाई र हप्काईबाट अहिले कांग्रेस र एमाले आहत छन् । राजा फालेपछि माओवादीले कांग्रेस र एमालेलाई 'आच्छयूँ खायौं बाच्छ्यूँ खायौं झुसे बारुला' भन्न थालेको चर्चा छ । माओवादीका गर्जन सुनेर कांग्रेस-एमालेलाई 'मुति पनि सकें दैलो पनि देखें' भनेजस्तो भएको छ रे ! वास्तवमा उनीहरुले राजा फाल्न मात्र माओवादीलाई भित्र्याएका थिए, तर 'पाडो खानेले बाच्छो पनि खान्छ' भन्ने हेक्का राख्न नसकेकोमा कांग्रेस-एमाले आज पश्चाता्प गर्दैछन् भनिन्छ ।

देशको आर्थिक स्थिति आज जर्जर छ । समाज अव्यवस्थाको नमूना र समालिनसक्नु भएको छ । भ्रष्टाचार झन् फस्टाउँदैछ । जता हेरे पनि मनपरी छ । जनताको ज्यूधनको सुरक्षा छैन । लूटपाट, अपहरण र शृङ्खलावद्ध हत्या सामान्य भएका छन् । नेताका झोला बोक्ने र लगौंटी पछार्नेहरु सम्मानित भैरहेछन् । बौद्धिक क्षेत्रलाई राजनीतिक क्षेत्रका स्वाँठहरुले कजाएका छन् । बलमिचाई गर्न सक्नेले जे गरे पनि भएको छ । सोझा निमुखा गरिब जनतालाई उकास्ने कुनै छाँटछन्द छैन । जनतालाई अनेकथरि तन्त्र होइन, ज्यान जोगाएर शान्तिपर्ूवक बस्न पाए हून्थ्यो भन्ने छ । तर नेताहरु सत्ताकै षड्यन्त्र र लुछाचुँडीमा मग्न छन् । यो झन् कस्तो बिजोगको स्थिति आउन थाल्यो - भनेर जनताले दिक्दारी प्रकट गर्न थालेका छन् ।

जसले जुनसुकै तन्त्र र वादका नारा लगाए पनि जनताले चाहेको सुशासन हो, र्सवसुलभ इन्साफ हो, भेदभाव र पक्षपातरहित व्यवहार हो, तर यहाँ त्यही दर्ुलभ भयो । नेतृत्व गर्नेहरुकै आचरण अस्वस्थ भएपछि यस्तै हुन्छ । सम्पर्ूण्ा समस्याको मूल कारण अशिक्षा र गरिबी हो, विपन्नता हो । शिक्षा र स्वास्थ्यलाई सरकारले नै व्यापार बढाबढको कमिशनमा छोडेको छ, जनता मारमा परेका छन् । शिक्षा र स्वास्थ्य जस्ता सामाजिक सेवा पनि सरकारले सस्तो र र्सवसुलभ गराउन सक्दैन र आफैं व्यापारमा लाग्छ भने जनताले अरु के आश गर्ने - जनताका सामान्य आवश्यकता पनि पूरा गर्न नसक्ने हो भने त्यस्तो सरकारको औचित्य के रहन्छ -

मौकामा स्थितिको विश्लेषण र मूल्यांकनको विशेष महत्व रहन्छ । श्री ५ ज्ञानेन्द्रका सल्लाहकारहरुले बेलैमा गल्ती नगरेर स्थितिको यथार्थ मूल्यांकन गर्न नसक्दा राजतन्त्र नै संकटमा पर्‍यो । नेताले पनि परिस्थितिलाई बेवास्ता गर्दै आएका छन् जसले गर्दा उनीहरुलाई पनि 'म ताक्छु मुढो वञ्चरो ताक्छ घुँडो' हुने स्थिति आउन सक्छ । समय र परिस्थितिलाई ठम्याउन नसकेर दूरदृष्टि राख्न नसक्दा कस्तै मै हुँ भन्नेहरु पनि चिप्लिएका उदाहरण प्रशस्त छन् भन्ने नेताहरुले पनि बुझ्नु पर्दछ ।

राजतन्त्र फालेपछि के के न फलिफाप हुन्छ भन्नेहरु आज स्वार्थका लागि थुमा जुधाइ गर्दैछन् । यिनीहरुले राम्रोसित राजकाज चलाउन नसकेर, देशलाई खण्डित पारेर र विदेशी हस्तक्षेप निम्त्याएर सम्हाली नसक्नु अवस्था सिर्जना भयो भने के हालत होला - भन्ने चिन्ता जनमानसमा बढ्दै गएको छ । देशको एकता, अखण्डता र सहअस्तित्व जोगाउँदै दीगो शान्ति स्थापना गरेर विकासका पाइला अघि बढाउन सकिएन र राजनीतिक कटुता एवं अस्थिरता कायमै रहने हो भने भोलि देशको हालत के होला - सवैले गम्भीर भएर सोच्नुपर्ने अवस्था छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
गणतन्त्र ः करेलाको झोलमा मुछेको बासी भात नबनोस्यादब देवकोटा (06.02.2008)
'नयाँ नेपाल'को नारा र वास्तविकतामहेश्वर शर्मा (06.02.2008)
संविधानसभा वैठकको परिदृश्य नियाल्दातारा सुवेदी (06.02.2008)
वाईसीएलले कसैलाई नटर्ेर्नुका मूलभूत कारणहरुयादब देवकोटा (05.26.2008)
संविधानसभा सर्न्दर्भ ः निर्माण गर्ने निकायले निर्ण्र्ाागर्न मिल्दैनमहेश्वर श (05.26.2008)
नयाँ संविधान बनाउन जाँदा "लाशमा आँशु चुहाउने"हरूलाईतारा सुवेदी (05.26.2008)
आरक्षणका नाममा खुम्चिनुपर्दाको पीडायादब देवकोटा (05.19.2008)
देश र जनताको हित हर्ेर्ने कि नेताको मात्रै महेश्वर शर्मा (05.19.2008)
असंभव छैन  हिटलर वा जंगबहादुर जन्मिनतारा सुवेदी (05.19.2008)
स्वतन्त्र सञ्चार र राजनीतिक दलको क्रुर पञ्जायादब देवकोटा (05.12.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]