Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 03:17am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
माओवादी पनि पर्ूववर्तीकै बाटोमा कि ?
महेश्वर शर्मा

Monday, 06.16.2008, 06:00pm (GMT+5.5)

'देशमा संविधानसभा र गणतन्त्र आउनु कांग्रेसको जीत हो' भनेर गिरिजाप्रसाद कोइरालाले गत जेठ २६ गते टुँडिखेलमा शेखी बघार्दै केही दिनअघि प्रचण्डले त्यहींबाट कांग्रेस र एमालेलाई दिएको 'हरुवा' उपाधि अस्वीकार गरे । वास्तवमा कांग्रेस र एमाले हरुवै त हुन् नि, जुन दिन उनीहरु दिल्ली गएर माओवादीको एजेण्डा स्वीकार गरेर सम्झौता गरेका थिए, त्यो हारकै श्रीगणेश थियो । माओवादीले संविधानसभा र गणतन्त्रका नारामा ल्याउनु नै कांग्रेस र एमालेको हार मात्रै होइन, उँध्यौलीको प्रारम्भ नै त्यही थियो । 'हरुवा गोरुको छेरुवा बानी' भनेझैं अहिले प्रचण्डले 'हरुवा' भन्यो भनेर रुनुको कुनै अर्थ छैन ।

आज जुनसुकै कोणबाट जुनसुकै पक्षमा रहे पनि देश अनुशासनहीनता र छाडापनको पनि चरम अवस्थामा पुगेको छ । यहाँ कुनै काम पनि सहज ढंगले हुने स्थिति छैन । अव्यवस्थित एवं अस्थिर राजनीतिले गर्दा सवैको बानी व्रि्रेको छ । आज यहाँ आफ्नो कर्तव्य गर्न कोही तयार छैन, तर आफ्नो हैसियतभन्दा बढी अधिकारको खोजीमा भने सवै छन् । प्रधानमन्त्रीदेखि पियनसम्म र नाङ्ले पसलेदेखि विग हाउससम्म सवैलाई राजनीतिक नसाले लठ्याएको छ । फलतः हरेक कुरामा यहाँ राजनीतिकरण हुने गरेको छ । यस्तो अवस्थामा अनुशासन कायम गर्न एकातिर राजनीतिक क्षेत्र स्वयं अनुशासित हुनु आवश्यक छ भने अर्कातिर शासनमा दृढता चाहिन्छ । सरकारप्रति जनताको भरोसा नरहेको स्थितिमा समाजबाट छाडापन हटाउने हो भने सरकारको दह्रोपनको भूमिका महत्वपर्ूण्ा हुन्छ । छाडापन रहन दिएर राज्य चल्दैन ।

तर यहाँ स्मरणीय के छ भने- सत्तामा जो आए पनि त्यसलाई लठ्याउने-मत्याउने र अवैध बाटोबाट कमाइधन्दा चलाउने माफियाहरु सदावहार रहने गरेका छन् । अन्तर्रर्ााट्रयस्तरमा समेत प्रभाव पारेको त्यस तत्वबाट आजसम्म कुनै नेता र कुनै सरकार अप्रभावित छैनन् । यतिखेर माओवादी सरकारमा जाने देखेर त्यो तत्व माओवादीका अघिपछि पुच्छर डोलाउँदैछ । उनीहरु माओवादी सरकारमा नगएर अरु जो गए पनि त्यतैै लाग्छन् । त्यसबाट जोगिएर नेपालका कुनै पनि सरकारले इमान्दारीसाथ कामगर्ने कुनै दिन आएछ भने त्यो आठौं आर्श्चर्य मानिनेछ । अब हर्ेर्नुछ माओवादीलाई उनीहरु ठेक्कापट्टा र कमिशनका खेलका साथै आफू र आफन्तका नाममा एनजीओ, आइएनजीओ चलाएर डलर कमाउनपट्ट िलाग्छन् कि त्यसबाट जोगिएर आफूलाई जनताका पक्षमा उभ्याउन सक्छन् । जनताको आजसम्मको अनुभवले भने नकारात्मक दिशाकै संकेत गरिरहेको छ ।

केही वर्षअघि 'हुनेखाने र हुँदा मात्र खाने' कम्युनिष्टको चर्चा निकै चलेको थियो । आज बहुमतमा आएकाहरु 'हुनेखाने' मात्र रहेछन् कि कुन्नि, यिनीहरुले हुँदामात्र खाने जनताको वास्ता गर्लान् जस्तो देखिएन । निर्वाचन भएको पनि दर्ुइ महिना नाघिसक्यो, तैपनि जनताको बेवास्ता भैरहेको छ । यिनीहरु आफ्नो दुनो सोझ्याउने भागवण्डाकै झगडामा अल्झेर संविधानसभाका बैठक समेत सात सात दिनका दरले परसार्दै गैरहेका छन् । देशमा सक्षम र कुशल राजनीतिक नेतृत्व नभएपछि यस्तै हुन्छ । बाहिरबाट देश हेपिने र आन्तरिक रुपबाट कमजोर हुने कारण पनि अशल र दह्रो नेताकै अभाव हो भन्ने स्पष्ट भैसकेको छ ।

निर्वाचन भएको दर्ुइ महिना वितिसक्दा पनि सरकार बनाउन नसकेर वादविवादमै समय खेर फालिरहेका छन् । कोही हाम्रो सरकार बनेपछि संविधान नबनुन्जेल विरोध गर्न नपाइने ग्यारेन्टी खोज्दैछन् भने कोही मूल सत्ताशक्ति आफैं हत्याउने प्रच्छन्न इरादा राखेर 'पद' आफ्ना लागि थोत्रो दौरा हो पनि भन्दैछन् । र्सवमान्य प्रजातान्त्रिक विधि नियम अनुसार सरकार चलाउन कोही पनि अघि र्सार्न नचाहे जस्तो छ । सवै शक्ति एक्लैले लुढ्याउने दाउ सवैका देखिन्छन्, जनताको वास्ता चाहिं कसैलाई भएन ।

आज देशमा घट्लाभन्दा अराजकता बढ्दो छ । हत्या, हिंसा र अपहरण चम्केको छ । तर्राईतिर प्रतिदिनि अपहरण, फिरौती र हत्याका घटना बढिरहेका छन् । जनताको क्रयशक्तिले नै नभ्याउने गरी महंगी उर्लेको छ । अभाव र कालोबजारीबाट जनता आहत छन् । भारी मूल्यवृद्धि गराउँदा पनि बजारमा पेट्रोलियम पदार्थ पाइदैन । साइकल र ठेलागाडा चलाउनुपर्ने देशमा असंख्य मोटर झिकाएर गाईजात्रा देखाइएको छ । कमिशनका खेलले गर्दा पाठ्यपुस्तक पनि दिन नसक्दा महिनौं दिन सरकारले नै स्कूलहरु बन्द गरायो, तैपनि समस्या समाधान नभएपछि विद्यार्थी सडकमा उत्रेर तोडफोड गर्न थाले । जनसरोकारका कुनै पनि विषयमा सरकार मौन र उदासीन भएर बसेको छ । अबका दिन पनि उत्साहप्रद देखिंदैनन् ।

माओवादीको पनि सुरुकै चालचलन हर्ेदा भ्रष्टाचार र बेइमानीका भरमा चल्दैआएको राज्य संयन्त्रलाई माओवादीले जनइच्छा अनुकूल चलाउनुभन्दा राज्यसंयन्त्रले नै माओवादीलाई पुरानै ढाँचामा चलाउनेमा विश्लेषकहरु विश्वस्त देखिन्छन् । माओवादीलाई त झन् सत्तामा नआउँदैदेखि भ्रष्ट र तस्कर तत्वसंग साँठगाठ गर्दैआएको देख्नेहरु 'द्रव्येषु र्सर्वेवशाः' भन्दैछन् । यदि त्यस्तै भयो भने माओवादी पनि पर्ूववर्तीकै बाटो नलाग्लान् भन्ने अवस्था देखिंदैन, तैपनि आशा गरौं- त्यस्तो नहोस् ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
"पुरानो युगको अन्त्य संगै जन्मेका नयाँ आशंकाहरू"तारा सुवेदी (06.16.2008)
राज्यको रुपान्तरणमा आर्थिक 'एजेण्डा'यादब देवकोटा (06.09.2008)
विधिविधानविनाको शासन पद्धति स्थापित हुने खतरा- तारा सुवेदी (06.09.2008)
एउटा काशी र अर्को कुती जाने यी सहयात्रीमहेश्वर शर्मा (06.09.2008)
गणतन्त्र ः करेलाको झोलमा मुछेको बासी भात नबनोस्यादब देवकोटा (06.02.2008)
'नयाँ नेपाल'को नारा र वास्तविकतामहेश्वर शर्मा (06.02.2008)
संविधानसभा वैठकको परिदृश्य नियाल्दातारा सुवेदी (06.02.2008)
वाईसीएलले कसैलाई नटर्ेर्नुका मूलभूत कारणहरुयादब देवकोटा (05.26.2008)
संविधानसभा सर्न्दर्भ ः निर्माण गर्ने निकायले निर्ण्र्ाागर्न मिल्दैनमहेश्वर श (05.26.2008)
नयाँ संविधान बनाउन जाँदा "लाशमा आँशु चुहाउने"हरूलाईतारा सुवेदी (05.26.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]