वर्तमान विश्व हतियारको होडवाजीले त्रस्त छ, खाद्यान्न संकटले उस्तै आक्रान्त छ अनि पृथ्वीको तापक्रमवृद्धिले भविष्यको चिन्तामा डुबिरहेको छ । पर्यवरणीय विनाश र आर्थिक उन्नति एक अर्काका पर्यायवाची भएका छन् । त्यसैगरी हतियारको उत्पादन र शान्ति स्थापनाका कुरा पनि संगसंगै गैरहेका छन् । अहिलेको विश्व हतियार, आर्थिक उन्नतिको दम्भ र प्रजातन्त्र अनि मानवअधिकारको नाममा शक्तिको होडवाजीमा गुजुल्टिएको छ । महाशक्ति राष्ट्र हुन् वा शक्तिशाली बन्ने तरखरमा लागेका हुन् सवैको चाहना विश्वलाई, त्यो पनि नभए आफ्नो क्षेत्रलाई र त्यहाँ पनि नसके छिमेकीप्रति राजनीतिक, आर्थिक, सामाजिक रुपमा शक्ति पर््रदर्शन गर्न लालायित छ ।
दोस्रो विश्वयुद्धको समाप्तिपछि संसारलाई शान्तिक्षेत्र बनाउने प्रयासस्वरुप गठन भएको संयुक्त राष्ट्रसंघ अहिले विश्वमा हिंसाग्रस्त मुलुकहरुमा शान्ति स्थापनामा जोडतोडका साथ लागेको छ । उसलाई साथ दिने विश्वका महाशक्ति राष्ट्रहरु पनि पृष्ठभूमिमा सोही भूमिकामा सक्रिय देखिन्छन् । विश्वले अहिले मानवोचित पर्यवरणीय सन्तुलन खोजिरहेको छ । तर धनी र शक्ति राष्ट्रहरु प्रदूषण बढाइरहेका छन् । त्यो प्रदूषणले राजनीतिक, सामाजिक, आर्थिक, भौगोलिक र शान्ति तथा मानवअधिकारका क्षेत्रलाई अत्यधिक ग्रस्त पारिरहेको छ । संसारमा हतियार उत्पादन गर्ने राष्ट्रहरु नै शान्तिको र्सवाधिक ठूला पूजारी बनेका छन् । हतियार बेचेर धनी हुने लालचमा उनीहरुले मानव समुदायलाई युद्धमा धकेलिरहेका छन् । कुनै पनि मुलुकलाई गृहयुद्धमा धकेल्नु उनीहरुको एकमात्र अभीष्ट हो । आफ्ना हतियारको परीक्षण, त्यसको व्यापार र विश्वमा साम्राज्य फैलाउने उद्देश्यले शक्ति राष्ट्रहरुमा हतियारमोह टुटेको छैन । जवसम्म हतियार उत्पादन र त्यसको व्यापार बन्द हुँदैन तवसम्म विश्वमा शान्ति, स्थिरता र मानवअधिकारको रक्षा गर्ने कुरा केवल कोरा कल्पना मात्र हो । जो र्सवाधिक हतियार उत्पादक, निर्यातक रहन्छ उही विश्वमा सवभन्दा बढी शान्तिप्रिय र मानवअधिकार तथा प्रजातन्त्रको ठेकेदार भएको छ । संयुक्त राष्ट्रसंघ पनि उनीहरुकै भूमिकालाई स्थापित गर्न अनेक तानावाना बुनेर शक्तिकै पछाडि कुदिरहेको छ ।
अहिले विश्वमा खाद्यान्नको चर्को समस्या छ । खाद्यान्न र तेलको मूल्यवृद्धिले साना तथा गरिब मुलुकहरुमा भोकमरीको खतरा बढिरहेको छ । हतियार उत्पादन र भण्डारणका लागि अग्रसर भएका मुलुकहरु आफ्ना जनतालाई दर्ुइ छाक पेटभरि खान दिनुको साटो कसरी शक्तिशाली हतियार उत्पादन गर्ने भन्ने ध्याउन्नमा मरिमेटेर लागेका छन् । हरेक वर्षभोकमरीको शिकार हुने उत्तर कोरिया होस् वा वर्षा हजारौं किसानले कृषि ऋण तिर्न नसकेर आत्महत्या गर्ने भारत होस्, उनीहरु जनतालाई रोटी दिनुको साटा मुलुकको सुरक्षा भन्दै हतियार उत्पादनलाई प्राथमिकता दिइरहेका छन् ।
भारतमा अहिले पनि करोडौं मानिस भोकमरीको शिकार भैरहेका छन्, तर त्यहाँका शासकहरु आणविक हतियार उत्पादन गर्ने होडवाजीमा छन् । जनताको जीवनस्तर उकास्न चाल्नुपर्ने उपयुक्त कदमको साटो सैन्यशक्ति बढाउने तरखरमा छन् । विश्वको सवभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतको गरिबीको मापन कहालिलाग्दो छ । तर ऊ आणविक शक्तिसम्पन्न राष्ट्र भएकोमा गरिबीलाई छोप्ने अनर्थक प्रयास गरिरहेको छ ।
साम्यवादी अधिनायकत्व चलिरहेको एसियाली मुलुक उत्तर कोरियाको हालत पनि उस्तै छ । त्यहाँ भोकमरीका कारण लाखौं जनताको जीवन खतरामा परिरहँदा पनि शासकहरु जनतालाई खाद्यान्न जुटाउने प्रयासमा लाग्दैनन् । शासकहरुलाई आफ्नो शासनको आयु लब्याउने एकमात्र उपायको रुपमा जनताको समृद्धि, उनीहरुको सन्तुष्टिलाई भन्दा हतियार उपादनलाई प्राथमिकता दिएका छन् । आणविक हतियारको ध्वास देखाएरै उनीहरु लामो समयसम्म शासनमा टिकिरहने प्रयासमा छन् । उत्तर कोरियामा अघिल्लो दशकमात्र लाखौं मानिसले भोकमरीका कारण ज्यान गुमाएका थिए । यो वर्षपनि त्यहाँ त्यस्तै परिस्थिति सिर्जना हुने भविष्यवाणी गरिएको छ ।
कुरा एसियाको मात्र होइन, अप्रिmकी मुलुकहरुको अवस्था पनि त्यस्तै छ । अप्रिmकामा हतियारको होडवाजीले त्यहाँको उन्नतिमा ठूलो अवरोध खडा गरिरहेको छ । अप्रिmकमा कमै मात्र मुलुकले राजनीतिक रुपमा स्थायित्व ग्रहण गरेका छन् र कमैले मात्र आर्थिक उन्नति गर्न सकेका छन् । अप्रिmकी देशहरुमा भएका हरेक राजनीतिक परिवर्तनपछि गृहयुद्ध निम्तिएको छ । लाइबेरिया, कंगो, सुडान जस्ता मुलुकहरु अहिले पनि गृहयुद्धको चपेटामा छन् । त्यहाँका शासकदेखि व्रि्रोहीसम्मलाई जनतालाई राहत उपलब्ध गराउनेतिरभन्दा कसरी आफ्नो शक्ति पर््रदर्शन गर्ने भन्ने मात्र चिन्ता छ । जनता भोकमरीको शिकार भैरहँदा शासकहरु आफ्नो शक्ति आर्जनकै लागि लडिरहेका छन् ।
उपरोक्त बुँदाहरुको अर्थ के हो भने- सांसारमा जवसम्म हतियारको होड चलिरहनेछ तवसम्म शान्तिको कल्पना निर्रथक प्रयास सावित हुनेछ । एउटा हातमा रोटी र अर्को हातमा बम बोकेर शान्तिको नाममा हतियारको व्यापार गर्न पल्केका धनी र शक्ति सम्पन्न राष्ट्रहरुको चलखेल बन्द नभएसम्म विश्वशान्ति सम्भव छैन । खाद्यान्न नपाएर भोकले छटपटिएका जनतालाई बन्दुकको भाषा सिकाउने शक्तिशाली देशहरुले भोक, रोग, अशिक्षाको उपचार गर्ने उपयुक्त बाटोभन्दा उनीहरुको त्यो पीडालाई भजाएर आफ्नो हतियारको व्यापारलाई बढावा दिइरहेका छन् । यसै भएर विश्वमा शान्ति खलबलिएको छ, खाद्यान्नको व्यापक अभाव भएको छ र इन्धनको मूल्य चर्किदैछ ।
कृषि उत्पादनका लागि खर्चिनुपर्ने रकम अहिले बन्दुक उत्पादनमा लगानी भैरहेको छ । एउटा स्वचालित बन्दुक बनाउन खर्च हुने रकमले कति मानिसलाई कति दिन दर्ुइ छाक खान पुग्ला - कसैले अनुमान गरेको छ - पक्कै छैन । किनभने अहिलेको विश्वमा जानकारहरु, विश्लेषकहरु, अधिकारवादीहरु, अभियन्ताहरु सवै शक्तिकै पछाडि दौडिरहेका छन् । अमेरिकाको र्सवाधिक ठूलो धनराशी लगानी भएको संयुक्त राष्ट्रसंघले अमेरिकी नीतिको खिलापमा बोल्ने हिम्मत गर्न सक्दैन । 'हतियार छोड हलो समाउ' भन्ने नीतिलाई कसैले वास्ता गरेका छैनन् । विश्वमा अहिलेकै जस्तो हतियारको होडवाजी, वातावरणीय प्रदूषण, पृथ्वीको तापक्रममा वृद्धि, खाद्यान्न उत्पादनमा कमी, तेलको मूल्यमा चर्को वृद्धि भैरहने हो भने साना तथा गरिब राष्ट्रका जनता खानै नपाएर तड्पिएर मर्नुपर्ने स्थिति आउँछ ।
आज विश्वमा र्सवाधिक बढी आलोचना अमेरिकाको हुने गरेको छ । विनाकारण कुनै पनि मुलुकको अस्मितमाथि बलात्कार गर्न उद्यत हुने अमेरिका हतियारको व्यापारबाट आर्जेको विशाल अर्थतन्त्रले उन्मत्त छ । विश्वलाई अशान्त बनाएर शान्तिको र्सवाधिक ठूलो पूजारी बनेको अभिनय अमेरिकाले गर्दैछ । विश्वमा सवैभन्दा बढी हरितगृह ग्यास उर्त्र्सजन गर्ने मुलुक अमेरिका नै हो । ऊ यसमा कटौती गर्ने पक्षमा छैन । उसको औद्योगिकीकरणले विश्वका तमाम मुलुकलाई प्रभावित पारिरहेको छ । उसले उत्पादन गरेका हतियारले विश्व शान्तिलाई नै खलबलाइरहेको छ भने उसले उर्त्र्सजन गरेको ग्यासले पनि विश्वको पर्यावरणलाई नै प्रभावित पारिरहेको छ ।
जनसंख्या वृद्धि, बढ्दो शहरीकरण, उर्जाको अत्यधिक खपत, खाद्यान्नको अभाव, हतियारको होडका कारण मानव सभ्यतामाथि क्षणक्षणमा प्रहार भैरहेको छ । हलो काँधमा राखेर खेत जोत्नुपर्नेहरु काँधमा राइफल भिरेर आफ्नै बन्धुहत्यामा अग्रसर भैरहेका छन् । यसको एउटा मात्र कारण हो- हतियार उत्पादनको होडवाजी । भोको पेटलाई खाना दिनुको साटो बन्दुक थमाएर प्रजातन्त्र र मानवअधिकारको नाममा युद्धको पाठ पढाउने अमेरिकाको हतियार बजारमा उपस्थिति र्सवाधिक मजबुत छ । ऊ पक्ष-विपक्ष दुवैलाई हतियार निर्यात गरेर आफ्नो ढुकुटी बलियो पार्न उद्यत छ । यसैका लागि मानवअधिकार र प्रजातन्त्ररुपी नौटंकी गायत्री मन्त्र अमेरिकी शासकहरुलाई कण्ठै छ ।
हतियारको दम्भले जो कोहीलाई क्षणिक लाभ दिए पनि कालान्तरमा त्यो प्रत्युत्पादक नै हुन्छ । तर धान फलाउनुको साटो बम बनाएर विश्वमा साम्राज्य फैलाउन चाहनेहरुका कारण पृथ्वी अशान्त, अनिष्टकारी बन्दैछ । वातावरणीय सन्तुलनको ख्यालै नगरी गरिएको विकासका कारण निम्तिरहेको विनाशले स्वयं पृथ्वीबासी प्रभावित हुने हो । आफ्नो शक्ति र साम्राज्यका लागि मानव सभ्यतालाई मात्र होइन प्राकृतिक सन्तुलनलाई समेत खलल पुर्याएर एकछत्र राज गर्न खोज्ने र एकले अर्कोलाई पछार्ने होडमा रहेको हतियार उपादक देशहरुले कमसेकम आफ्नो मुलुकमा भैरहेको भोकमरी र कष्टकर बन्दै गएको जनताको जीवनस्तर उकास्नेतिर ध्यान दिने हो भने भोलिको सम्भावित दुष्परिणाम भोग्नु पर्नेछैन । एउटा आणविक भट्टी निर्माणका लागि लाग्ने खर्चले कति लाख टन खाद्यान्न उत्पादन भैरहने उर्वरता तयार हुन्छ - यसको यकिन तथ्यांक विश्वमा अहिलेसम्म कसैले निकालेको छैन ।