नेताहरु जनकल्याणका नाममा आफ्नै स्वार्थसिद्धिमा अल्झेका छन् । राजनीतिको सारै नै स्वार्थसिद्धि भएको छ । मिटिङका मिटिङ चलेका छन् तर नतिजा केही निस्कदैन । देशमा अव्यवस्था र अराजकता व्याप्त छ, तर सरकारको उपस्थिति कतै छैन । मन्त्रीहरु नै कानुन विपरीत आचरण गर्छन् । विद्यार्थी र व्यवसायी समेत सडकमा उत्रेका छन् । अपहरण, फिरौती, हत्या, लुटपाट, बम विस्फोट, राजमार्ग अवरोध, आगजनी, तोडफोड दैनिक कृत्य भएका छन् । यी सवैका पछाडि कुनै न कुनै राजनीतिक समूहकै हात रहेको हुन्छ । जिम्मेवारहरु नै समस्या बनेका छन् । ससाना कुरामा पनि निहुँ खोज्ने र परस्पर दोषारोपण गर्ने प्रवृत्ति बढेको छ । सञ्चार माध्यममा पनि फलाना मन्त्रीले यसो र उसो भन्नुभो बाहेक तात्विक कुरा सुन्न पाइदैन ।
सरकारले व्यासासनबाट पण्डितले उपदेश छाँटेजस्तो गरेर हुँदैन, कामै गरेर देखाउन सक्नर्ुपर्छ । आज सर्न्दर्भ बदलिएको छ । दोष जति दरबारलाई दिने स्थिति आज छैन । अब त जनताको चित्त बुझ्ने काम चाहिएको छ, रित्ता भाषणको कुनै अर्थ छैन । नेताहरु जसको इशारामा नाचेका छन् उनैबाट जनता पीडित छन्, तर नेताहरु बोल्न सक्दैनन् । भारत चिढिन्छ र राष्ट्रपति, प्रधानमन्त्री हुन पाइदैन भनेर नेता र मन्त्रीहरु चुप छन् । हप्तौं भैसक्यो नवलपरासीका जनता भैंसालोटन बाँध र नहरको पीडा पोखिरहेका तर न नेताले सुन्छन् न त सरकारले नै सुन्छ । यस्तै हो भने जनताले माओवादीलाई सवैभन्दा ठूलो पार्टर्ीीनाइदिएको पनि निर्रथक हुनेछ ।
जनतालाई भ्रममा पार्न नयाँ कुरा अघिसार्ने फेसन भएको छ । वास्तवमा जनताले चाहेको विभेदरहित सामाजिक स्थिति र शासनको विकेन्द्रीकरण हो । जनता भेदभावविनाको समान अवसरको खोजीमा छन् । जातीयता, संघीयता, प्रान्तीयता, धर्म निरपेक्षता र आत्मनिर्ण्र्ााो अधिकार जस्ता नारा त ठूलाबडा, टाठाबाठा, विदेशीका इशारामा नाचेर देशमा धार्मिक, साम्प्रदायिक झगडा र विखण्डन ल्याइदिने स्वार्थीहरुका नारा हुन् । संविधानसभा भन्नाले तपाईं के बुझ्नुहुन्छ - भन्ने पत्रकारका प्रश्नका उत्तरमा अधिकांशले- 'सुख पाइएला, जागिर पाइएला, साहा बेसाहा सस्तो होला र देशमा शान्ति होला भन्ने आश छ' भन्ने जवाफ दिएबाटै जनचेतनाको स्तर बुझ्न सकिन्छ । नेताहरु जनताको यही अचेत अवस्थाबाट नाजायज फाइदा लिइरहेका छन् ।
यहाँका नेता सुरुदेखि नै भारतका गोटी बन्दै आएका हुन् । नौ सालमा कोइराला दाजुभाइबीच फाटो पारेर कांग्रेस पार्टर्ीीै फुटाइदिएका थिए भने त्यो धन्दा आज झन चर्को छ । तर्राईमै कतिवटा पार्टर्ीीैसके । कांगे्रस, एमाले र माओवादीलाई नै नचाइरहेका छन् । नयाँ बजार गएर 'माओवादी छापामारलाई राष्ट्रिय सेनामा मिलाउन हामी सहयोग गर्र्छौं भन्ने र बालुवाटार पुगेर सेना समायोजनको अत्तो र वाईसीएल विघटनको माग नछोड्नोस्, हामी साथमा छौं, माओवादीको विश्वास गर्न सकिंदैन' भनेर दुवैतिर र्समर्थनको आश्वासन बाँडिरहे । तर्राईका अनेकथरि भूमिगत संगठनलाई सहयोग गरेकै छन् भने पहाडतिर पनि जातीय विभाजनको बीउ पनि रोपिसकेका छन् । अब छापामारलाई राष्ट्रिय सेनामा हुलेर त्यहाँ आन्तरिक व्रि्रोह उठाइदिनसके आवश्यक पर्दा सैनिक हस्तक्षेप गर्न समेत सजिलो पार्ने भारतीय स्वार्थ लुकेको हुनसक्छ । त्यसका लागि कहिले प्रचण्डलाई र कहिले गिरिजालाई उचाल्ने र थचार्ने खेल खेलिरहेका छन् । अन्ततः पालैपालो दुवैलाई आफ्नो कब्जामा पारेर स्वार्थसिद्ध गर्ने साधनको रुपमा प्रयोग गर्छन् भन्ने कुरा स्वतः सिद्ध छ ।
राष्ट्रपति हुन पाए गिरिजा जे गर्न पनि छोड्न पनि तयार र प्रचण्डलाई आफ्ना छापामार राष्ट्रिय सेनामा मिसाएर जनवादी सेनाको रुपमा ढाल्ने सोचबाट जे गर्न पनि तयार । यसरी यी दुवैका कमजोरीका नशा छामेर भारतले खेलाइरहेको छ । यसै मौकामा तिब्बती शरणार्थी उठाएर चीनसितको सम्बन्ध समेत विगार्ने काम गरिरहेको छ । जताबाट पनि नेपाललाई कमजोर पार्ने खेल भैरहेका छन् । हस्तक्षेप कतिसम्म चर्को छ भने एकातिर देशभित्रै विभिन्न समूहलाई उचालेर अशान्ति मच्चाइदिने र अर्कातिर राष्ट्रपति, प्रधानमन्त्रीको भागवण्डा पनि पर्दाभित्रै गराएर छ सय एकजनाको ल्याप्चे लगाउने तारतम्यमा लागेका छन् । यी पंक्ति लेखुन्जेल सात दलको शकुनि मैत्री पनि धरमराएको छ । केटाकेटीका खेल जस्तो माओवादीका मन्त्रीहरुको राजीनामा पनि बुझिनसक्नु भएको छ ।
समाजमा व्याप्त अराजकता, बेथिती, अपराधवृद्धि र आतंकको जनक माओवादीलाई मानिएको छ । बम पड्काउने, फिरौती माग्ने, लुटपाट, जवर्जस्ती चन्दा जस्ता काम आजका अपराधीले माओवादीबाटै सिकेका हुन् । आज पनि भूमिगत भएर तर्राईमा आतंक मच्चाउनेहरु माओवादीबाटै चोइटिएर गएका पनि छन् । अब हर्ेर्नुछ माओवादीले यस्ता समस्या र विकृतिलाई कसरी हटाउँछ या परम्परा धानेर विदेशीकै इशारामा आत्मर्समर्पणको नीति अवलम्बन गर्छ । सत्तामा गएर पनि -यी पंक्ति लेखुन्जेलमा जाने कुरा छ) आफ्नो कूटनीतिक क्षमता देखाएर देशको स्वतन्त्र अस्तित्व जोगाउन सकेन भने माओवादी पनि परम्पराकै शिकार हुने निश्चित छ ।
नेतृत्वमा देशाभिमान र आत्मसम्मान नभएर अर्कैको गोटी बनिरहँदा देशकै अस्तित्व मेटिएका उदाहरण पनि दुनियाँमा छन् । कूटनीतिक मदारी कहलाएका भारतीय राजदूत सुदका 'बीन'ले कोइराला र प्रचण्डलाई लठ्याएको लठ्यायै छ । मान्छेको बुद्धि स्वार्थसिद्धिमा खुम्चिएपछि राम्रो-नराम्रो छुट्याउन नसक्ने रहेछ । जनचाहना बुझेर राजाले सजिलै छोडिदिएपछि पनि परिस्थिति सुधार्ने दिशामा अझै पनि चेत नपाउने हो र नेपाली जनताको प्रतिनिधित्व गर्र्छों भन्नेहरुले हरेक कुरामा भारतीय स्वार्थकै लागि काम गर्ने हो भने योभन्दा ठूलो राष्ट्रघाट अरु के हुन्छ - सोचनीय कुरा छ ।