Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 11:34am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
कूटनीतिक मदारीका 'बीन'मा लठ्ठएिकाहरु
महेश्वर शर्मा

Tuesday, 06.24.2008, 09:28am (GMT+5.5)

नेताहरु जनकल्याणका नाममा आफ्नै स्वार्थसिद्धिमा अल्झेका छन् । राजनीतिको सारै नै स्वार्थसिद्धि भएको छ । मिटिङका मिटिङ चलेका छन् तर नतिजा केही निस्कदैन । देशमा अव्यवस्था र अराजकता व्याप्त छ, तर सरकारको उपस्थिति कतै छैन । मन्त्रीहरु नै कानुन विपरीत आचरण गर्छन् । विद्यार्थी र व्यवसायी समेत सडकमा उत्रेका छन् । अपहरण, फिरौती, हत्या, लुटपाट, बम विस्फोट, राजमार्ग अवरोध, आगजनी, तोडफोड दैनिक कृत्य भएका छन् । यी सवैका पछाडि कुनै न कुनै राजनीतिक समूहकै हात रहेको हुन्छ । जिम्मेवारहरु नै समस्या बनेका छन् । ससाना कुरामा पनि निहुँ खोज्ने र परस्पर दोषारोपण गर्ने प्रवृत्ति बढेको छ । सञ्चार माध्यममा पनि फलाना मन्त्रीले यसो र उसो भन्नुभो बाहेक तात्विक कुरा सुन्न पाइदैन ।

सरकारले व्यासासनबाट पण्डितले उपदेश छाँटेजस्तो गरेर हुँदैन, कामै गरेर देखाउन सक्नर्ुपर्छ । आज सर्न्दर्भ बदलिएको छ । दोष जति दरबारलाई दिने स्थिति आज छैन । अब त जनताको चित्त बुझ्ने काम चाहिएको छ, रित्ता भाषणको कुनै अर्थ छैन । नेताहरु जसको इशारामा नाचेका छन् उनैबाट जनता पीडित छन्, तर नेताहरु बोल्न सक्दैनन् । भारत चिढिन्छ र राष्ट्रपति, प्रधानमन्त्री हुन पाइदैन भनेर नेता र मन्त्रीहरु चुप छन् । हप्तौं भैसक्यो नवलपरासीका जनता भैंसालोटन बाँध र नहरको पीडा पोखिरहेका तर न नेताले सुन्छन् न त सरकारले नै सुन्छ । यस्तै हो भने जनताले माओवादीलाई सवैभन्दा ठूलो पार्टर्ीीनाइदिएको पनि निर्रथक हुनेछ ।

जनतालाई भ्रममा पार्न नयाँ कुरा अघिसार्ने फेसन भएको छ । वास्तवमा जनताले चाहेको विभेदरहित सामाजिक स्थिति र शासनको विकेन्द्रीकरण हो । जनता भेदभावविनाको समान अवसरको खोजीमा छन् । जातीयता, संघीयता, प्रान्तीयता, धर्म निरपेक्षता र आत्मनिर्ण्र्ााो अधिकार जस्ता नारा त ठूलाबडा, टाठाबाठा, विदेशीका इशारामा नाचेर देशमा धार्मिक, साम्प्रदायिक झगडा र विखण्डन ल्याइदिने स्वार्थीहरुका नारा हुन् । संविधानसभा भन्नाले तपाईं के बुझ्नुहुन्छ - भन्ने पत्रकारका प्रश्नका उत्तरमा अधिकांशले- 'सुख पाइएला, जागिर पाइएला, साहा बेसाहा सस्तो होला र देशमा शान्ति होला भन्ने आश छ' भन्ने जवाफ दिएबाटै जनचेतनाको स्तर बुझ्न सकिन्छ । नेताहरु जनताको यही अचेत अवस्थाबाट नाजायज फाइदा लिइरहेका छन् ।

यहाँका नेता सुरुदेखि नै भारतका गोटी बन्दै आएका हुन् । नौ सालमा कोइराला दाजुभाइबीच फाटो पारेर कांग्रेस पार्टर्ीीै फुटाइदिएका थिए भने त्यो धन्दा आज झन चर्को छ । तर्राईमै कतिवटा पार्टर्ीीैसके । कांगे्रस, एमाले र माओवादीलाई नै नचाइरहेका छन् । नयाँ बजार गएर 'माओवादी छापामारलाई राष्ट्रिय सेनामा मिलाउन हामी सहयोग गर्र्छौं भन्ने र बालुवाटार पुगेर सेना समायोजनको अत्तो र वाईसीएल विघटनको माग नछोड्नोस्, हामी साथमा छौं, माओवादीको विश्वास गर्न सकिंदैन' भनेर दुवैतिर र्समर्थनको आश्वासन बाँडिरहे । तर्राईका अनेकथरि भूमिगत संगठनलाई सहयोग गरेकै छन् भने पहाडतिर पनि जातीय विभाजनको बीउ पनि रोपिसकेका छन् । अब छापामारलाई राष्ट्रिय सेनामा हुलेर त्यहाँ आन्तरिक व्रि्रोह उठाइदिनसके आवश्यक पर्दा सैनिक हस्तक्षेप गर्न समेत सजिलो पार्ने भारतीय स्वार्थ लुकेको हुनसक्छ । त्यसका लागि कहिले प्रचण्डलाई र कहिले गिरिजालाई उचाल्ने र थचार्ने खेल खेलिरहेका छन् । अन्ततः पालैपालो दुवैलाई आफ्नो कब्जामा पारेर स्वार्थसिद्ध गर्ने साधनको रुपमा प्रयोग गर्छन् भन्ने कुरा स्वतः सिद्ध छ ।

राष्ट्रपति हुन पाए गिरिजा जे गर्न पनि छोड्न पनि तयार र प्रचण्डलाई आफ्ना छापामार राष्ट्रिय सेनामा मिसाएर जनवादी सेनाको रुपमा ढाल्ने सोचबाट जे गर्न पनि तयार । यसरी यी दुवैका कमजोरीका नशा छामेर भारतले खेलाइरहेको छ । यसै मौकामा तिब्बती शरणार्थी उठाएर चीनसितको सम्बन्ध समेत विगार्ने काम गरिरहेको छ । जताबाट पनि नेपाललाई कमजोर पार्ने खेल भैरहेका छन् । हस्तक्षेप कतिसम्म चर्को छ भने एकातिर देशभित्रै विभिन्न समूहलाई उचालेर अशान्ति मच्चाइदिने र अर्कातिर राष्ट्रपति, प्रधानमन्त्रीको भागवण्डा पनि पर्दाभित्रै गराएर छ सय एकजनाको ल्याप्चे लगाउने तारतम्यमा लागेका छन् । यी पंक्ति लेखुन्जेल सात दलको शकुनि मैत्री पनि धरमराएको छ । केटाकेटीका खेल जस्तो माओवादीका मन्त्रीहरुको राजीनामा पनि बुझिनसक्नु भएको छ ।

समाजमा व्याप्त अराजकता, बेथिती, अपराधवृद्धि र आतंकको जनक माओवादीलाई मानिएको छ । बम पड्काउने, फिरौती माग्ने, लुटपाट, जवर्जस्ती चन्दा जस्ता काम आजका अपराधीले माओवादीबाटै सिकेका हुन् । आज पनि भूमिगत भएर तर्राईमा आतंक मच्चाउनेहरु माओवादीबाटै चोइटिएर गएका पनि छन् । अब हर्ेर्नुछ माओवादीले यस्ता समस्या र विकृतिलाई कसरी हटाउँछ या परम्परा धानेर विदेशीकै इशारामा आत्मर्समर्पणको नीति अवलम्बन गर्छ । सत्तामा गएर पनि -यी पंक्ति लेखुन्जेलमा जाने कुरा छ) आफ्नो कूटनीतिक क्षमता देखाएर देशको स्वतन्त्र अस्तित्व जोगाउन सकेन भने माओवादी पनि परम्पराकै शिकार हुने निश्चित छ ।

नेतृत्वमा देशाभिमान र आत्मसम्मान नभएर अर्कैको गोटी बनिरहँदा देशकै अस्तित्व मेटिएका उदाहरण पनि दुनियाँमा छन् । कूटनीतिक मदारी कहलाएका भारतीय राजदूत सुदका 'बीन'ले कोइराला र प्रचण्डलाई लठ्याएको लठ्यायै छ । मान्छेको बुद्धि स्वार्थसिद्धिमा खुम्चिएपछि राम्रो-नराम्रो छुट्याउन नसक्ने रहेछ । जनचाहना बुझेर राजाले सजिलै छोडिदिएपछि पनि परिस्थिति सुधार्ने दिशामा अझै पनि चेत नपाउने हो र नेपाली जनताको प्रतिनिधित्व गर्र्छों भन्नेहरुले हरेक कुरामा भारतीय स्वार्थकै लागि काम गर्ने हो भने योभन्दा ठूलो राष्ट्रघाट अरु के हुन्छ - सोचनीय कुरा छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
"अलि हजम हुन नसकेका कुरा"तारा सुवेदी (06.24.2008)
भोको मान्छेलाई खानाको साटो बन्दुकयादब देवकोटा (06.16.2008)
माओवादी पनि पर्ूववर्तीकै बाटोमा कि ?महेश्वर शर्मा (06.16.2008)
"पुरानो युगको अन्त्य संगै जन्मेका नयाँ आशंकाहरू"तारा सुवेदी (06.16.2008)
राज्यको रुपान्तरणमा आर्थिक 'एजेण्डा'यादब देवकोटा (06.09.2008)
विधिविधानविनाको शासन पद्धति स्थापित हुने खतरा- तारा सुवेदी (06.09.2008)
एउटा काशी र अर्को कुती जाने यी सहयात्रीमहेश्वर शर्मा (06.09.2008)
गणतन्त्र ः करेलाको झोलमा मुछेको बासी भात नबनोस्यादब देवकोटा (06.02.2008)
'नयाँ नेपाल'को नारा र वास्तविकतामहेश्वर शर्मा (06.02.2008)
संविधानसभा वैठकको परिदृश्य नियाल्दातारा सुवेदी (06.02.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]