यो शर्ीष्ाक मैले अरुको भनाइबाट लिएको हुँ । सरकार कस्तो र राष्ट्रपति कस्तो हुनर्ुपर्छ - भनेर चियागफ चलेको बेला एकजनाले निकालेको विचार हो यो शर्ीष्ाक । गिरिजाप्रसादले निर्वाचन हारिन्छ भन्ने बुझेर उम्मेदवारी नै दिएनन् । आफ्ना अनुयायीलाई भने भर्सर्ेेमै परुन् भनेजस्तो गरे । निर्वाचन नै नलडेपछि हार्ने कुरै भएन । माधव नेपाल दुवै ठाउँमा हरेश खाएर पाखा लागे । यसरी हर्ेदा दशौं पटक निर्वाचन हर्दा पनि हार नखाने लक्ष्मण खड्का पो बहादुर हुन् कि ! यहाँ अहिले जसरी जस्तो सरकार चलेको छ त्यो हर्ेदा त बरु नानीमैया नै राष्ट्रपतिकी उपयुक्त उम्मेदवार हुन सक्थिन कि, अथवा पुरुष नै चाहिने हो भने पनि लक्ष्मण खड्का पो के कम छन् र ! त्यही जमघटमा उठेका कुरा हुन् यी ।
हरुवालाई राष्ट्रपति नबनाउने भन्ने प्रचण्डले हरुवा माधव नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेको सुनेर जिल्ल परेकाहरुले गिरिजाको दूरदर्शिताको तारिफ गर्न थालेका छन् । गिरिजाप्रसादलाई हरुवा भनेर राष्ट्रपति नदिने प्रचण्डको भनाइ आफैं खण्डित भएको छ । उनले जितुवा नै राष्ट्रपति हुनर्ुपर्छ भनेर आफैंलाई उभ्याउन खोजेका भए पनि गिरिजाको तिर्सनाको अडान देखेर हो वा किन किन आफैं बरालिएर प्रचण्डले कहिले कसलाई त कहिले कसलाई गरेर झण्डै आधा दर्जन नाम र्सार्वजनिक गरेर आफैंलाई हलुंगो बनाए ।
मान्छे जहाँ पुगे पछि उसको स्वाभाव संगै हुन्छ । जनता नै र्सार्वभौम हुन् भनेर जनताले चुनेर पठाएका प्रतिनिधिको संविधानसभा/संसद् खडा भैसकेपछि पनि हामी नै र्सर्वेर्सवा हौं भन्ने देखाउन प्रचण्डले राष्ट्रपति पद कांग्रेसलाई कुनै हालतमा नदिने, बरु आफूसित सहमत भएमा एमालेलाई दिने भन्नु र गिरिजाले त्यो पद सकेसम्म नलिइनछोड्ने भूमिका बाँधेको देख्नेहरुले राजालाई सामन्ती संस्कारको प्रतीक भन्ने यिनीहरु आफू केका प्रतीक भएर कस्तो शासन चलाउन चाहन्छन् - आ-आफैं राष्ट्रपति र प्रधानमन्त्री पद बाँडफाँड गर्ने र आफूलाई मनपरेकोलाई दिने अनि कुरा नमिलेका खण्डमा मात्रै संसद्मा लाने हो भने जनप्रतिनिधिको मर्यादा के रहृयो - के संविधानसभा/संसद् प्रचण्ड र गिरिजाको रबर छाप हो - जनताले भनिरहेका छन् । आफू रबर छाप बन्नु नबन्नु चाहिं संविधानसभा/संसद् सदस्यहरुको क्षमतामा भरपर्ने कुरा हो ।
यहाँ नेताहरुको हीनमत्याईं, अकर्मण्य र स्वेच्छाचारी सामन्ती प्रवृत्ति देखेर जनता व्यंग्यको रुपमा होस् अथवा जस्तालाई तस्तै सुहाउँछ भन्ने आशयमा होस् नानीमैया र लक्ष्मण खड्कालाई राष्ट्रपतिका उम्मेदवारमा दाज्नुलाई कुनै आर्श्चर्य मान्नुपर्ने देखिंदैन । जनताले आफूलाई कुन स्तरमा उभ्याएका रहेछन् भन्ने बुझेर आफूलाई ठीक ठाउँमा राख्ने अभ्यास गर्नसके आफैंलाई काम लाग्थ्यो, तर तजबीज त उनीहरुकै हो । व्यक्तिवादी चिन्तनमा अल्झलेर अझै पनि जनताको उपेक्षा गरिरहने हो भने विदेशीका खेलौना बनेर देशकै अस्तित्व समाप्त पार्न बेर लगाउने छैनन् भनेर जनता चिन्तित छन् ।
सामन्ती संस्कारको अवशेष राजतन्त्रलाई घुँडा टेकायौं भन्नेहरु आज आफैं विदेशीका अगाडि घुँडा टेकेका मात्र होइनन्, साष्टाङ्ग दण्डवतकै मुद्रामा लम्पसार परेको देखेर जनताले थुकेका छन् । मलाई राष्ट्रपति, मलाई प्रधानमन्त्री, उसलाई होइन, मलाई मात्रै भनेर राजदूतस्तरका सामान्य कर्मचारीसित जुम्लाहात गरेर हिंड्ने नेताहरुले आफ्नो मात्रै होइन, देशकै नूर गिराइदिएका छन् । राजतन्त्रका ठाउँमा गणतन्त्र आयो भनिदिंदैमा केही हुने त होइन नि । मूल कुरा त जनताले तात्विक अन्तर र सुधार अनुभव गर्न पाउनुपर्यो । राजतन्त्रलाई पाखा फालेपछि 'पोहोर मरिन् सासू, अहिले आए आँसु' भयो भने के काम लाग्यो -
जनताबाट चुनिएर आएका छ सय एकजना काम नपाएर डुलेका छन् । यता बालुवाटारमा भोजभतेर खाएर कहिले तीन दल त कहिले सात दलका नाममा प्रतिदिन बैठक बस्ने र स्वार्थका तानावानामा दिनहुँ अर्को बैठक बस्ने सहमति भयो भनेर आजसम्म सवैलाई मर्ुख बनाउन खोज्दा खोज्दा आखिरमा आफैं मर्ूख बनेको चाल पाएनन् । एकातिर विदेशीका इशारामा देशमा अन्तरजातीय र अन्तर प्रान्तीय व्रि्रहको बीउ रोपिंदैछ भने अर्कातिर संविधानसभा/संसद् पंगु र निर्रथक बनाउने काम भैरहेको छ । यो सवै तीन दलका नेताको सत्तालिप्साकै लागि भैरहेको छ भन्ने स्पष्ट भैसकेको छ । संविधानसभा/संसद् बैठक सुरुमै अवरुद्ध भएको छ । प्रधानमन्त्रीले राजीनामा दिएँ भनेका छन्, स्वीकृत गर्ने कुनै निकाय छैन । यी पंक्ति लेखुन्जेल न राष्ट्रपतिको निर्वाचनको बाटो खुलेको छ, न त नयाँ सरकार नै बन्न सकेको छ । आफूले खनेका खाल्डामा यिनीहरु आफैं फस्दैछन् ।
अब यस स्थितिबाट मुक्त हुने एउटै बाटो भनेको विदेशीका इशारामा नलागी कर्ुर्सर्ीीोह र भागवण्डाको कोठे राजनीतिबाट तीन दलका नेता मुक्त हुन सक्नु नै हो । देश र जनताप्रति इमान्दार हुने सद्बुद्धि नेताहरुमा पल्हाएको दिन निश्चित रुपले समाधानको बाटो खुल्नेछ ।