Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 07:20am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
राष्ट्रपति पनि सरकार सुहाउँदै चाहिन्छ
महेश्वर शर्मा

Monday, 06.30.2008, 06:23pm (GMT+5.5)

यो शर्ीष्ाक मैले अरुको भनाइबाट लिएको हुँ । सरकार कस्तो र राष्ट्रपति कस्तो हुनर्ुपर्छ - भनेर चियागफ चलेको बेला एकजनाले निकालेको विचार हो यो शर्ीष्ाक । गिरिजाप्रसादले निर्वाचन हारिन्छ भन्ने बुझेर उम्मेदवारी नै दिएनन् । आफ्ना अनुयायीलाई भने भर्सर्ेेमै परुन् भनेजस्तो गरे । निर्वाचन नै नलडेपछि हार्ने कुरै भएन । माधव नेपाल दुवै ठाउँमा हरेश खाएर पाखा लागे । यसरी हर्ेदा दशौं पटक निर्वाचन हर्दा पनि हार नखाने लक्ष्मण खड्का पो बहादुर हुन् कि ! यहाँ अहिले जसरी जस्तो सरकार चलेको छ त्यो हर्ेदा त बरु नानीमैया नै राष्ट्रपतिकी उपयुक्त उम्मेदवार हुन सक्थिन कि, अथवा पुरुष नै चाहिने हो भने पनि लक्ष्मण खड्का पो के कम छन् र ! त्यही जमघटमा उठेका कुरा हुन् यी ।

हरुवालाई राष्ट्रपति नबनाउने भन्ने प्रचण्डले हरुवा माधव नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेको सुनेर जिल्ल परेकाहरुले गिरिजाको दूरदर्शिताको तारिफ गर्न थालेका छन् । गिरिजाप्रसादलाई हरुवा भनेर राष्ट्रपति नदिने प्रचण्डको भनाइ आफैं खण्डित भएको छ । उनले जितुवा नै राष्ट्रपति हुनर्ुपर्छ भनेर आफैंलाई उभ्याउन खोजेका भए पनि गिरिजाको तिर्सनाको अडान देखेर हो वा किन किन आफैं बरालिएर प्रचण्डले कहिले कसलाई त कहिले कसलाई गरेर झण्डै आधा दर्जन नाम र्सार्वजनिक गरेर आफैंलाई हलुंगो बनाए ।

मान्छे जहाँ पुगे पछि उसको स्वाभाव संगै हुन्छ । जनता नै र्सार्वभौम हुन् भनेर जनताले चुनेर पठाएका प्रतिनिधिको संविधानसभा/संसद् खडा भैसकेपछि पनि हामी नै र्सर्वेर्सवा हौं भन्ने देखाउन प्रचण्डले राष्ट्रपति पद कांग्रेसलाई कुनै हालतमा नदिने, बरु आफूसित सहमत भएमा एमालेलाई दिने भन्नु र गिरिजाले त्यो पद सकेसम्म नलिइनछोड्ने भूमिका बाँधेको देख्नेहरुले राजालाई सामन्ती संस्कारको प्रतीक भन्ने यिनीहरु आफू केका प्रतीक भएर कस्तो शासन चलाउन चाहन्छन् - आ-आफैं राष्ट्रपति र प्रधानमन्त्री पद बाँडफाँड गर्ने र आफूलाई मनपरेकोलाई दिने अनि कुरा नमिलेका खण्डमा मात्रै संसद्मा लाने हो भने जनप्रतिनिधिको मर्यादा के रहृयो - के संविधानसभा/संसद् प्रचण्ड र गिरिजाको रबर छाप हो - जनताले भनिरहेका छन् । आफू रबर छाप बन्नु नबन्नु चाहिं संविधानसभा/संसद् सदस्यहरुको क्षमतामा भरपर्ने कुरा हो ।

यहाँ नेताहरुको हीनमत्याईं, अकर्मण्य र स्वेच्छाचारी सामन्ती प्रवृत्ति देखेर जनता व्यंग्यको रुपमा होस् अथवा जस्तालाई तस्तै सुहाउँछ भन्ने आशयमा होस् नानीमैया र लक्ष्मण खड्कालाई राष्ट्रपतिका उम्मेदवारमा दाज्नुलाई कुनै आर्श्चर्य मान्नुपर्ने देखिंदैन । जनताले आफूलाई कुन स्तरमा उभ्याएका रहेछन् भन्ने बुझेर आफूलाई ठीक ठाउँमा राख्ने अभ्यास गर्नसके आफैंलाई काम लाग्थ्यो, तर तजबीज त उनीहरुकै हो । व्यक्तिवादी चिन्तनमा अल्झलेर अझै पनि जनताको उपेक्षा गरिरहने हो भने विदेशीका खेलौना बनेर देशकै अस्तित्व समाप्त पार्न बेर लगाउने छैनन् भनेर जनता चिन्तित छन् ।

सामन्ती संस्कारको अवशेष राजतन्त्रलाई घुँडा टेकायौं भन्नेहरु आज आफैं विदेशीका अगाडि घुँडा टेकेका मात्र होइनन्, साष्टाङ्ग दण्डवतकै मुद्रामा लम्पसार परेको देखेर जनताले थुकेका छन् । मलाई राष्ट्रपति, मलाई प्रधानमन्त्री, उसलाई होइन, मलाई मात्रै भनेर राजदूतस्तरका सामान्य कर्मचारीसित जुम्लाहात गरेर हिंड्ने नेताहरुले आफ्नो मात्रै होइन, देशकै नूर गिराइदिएका छन् । राजतन्त्रका ठाउँमा गणतन्त्र आयो भनिदिंदैमा केही हुने त होइन नि । मूल कुरा त जनताले तात्विक अन्तर र सुधार अनुभव गर्न पाउनुपर्‍यो । राजतन्त्रलाई पाखा फालेपछि 'पोहोर मरिन् सासू, अहिले आए आँसु' भयो भने के काम लाग्यो -

जनताबाट चुनिएर आएका छ सय एकजना काम नपाएर डुलेका छन् । यता बालुवाटारमा भोजभतेर खाएर कहिले तीन दल त कहिले सात दलका नाममा प्रतिदिन बैठक बस्ने र स्वार्थका तानावानामा दिनहुँ अर्को बैठक बस्ने सहमति भयो भनेर आजसम्म सवैलाई मर्ुख बनाउन खोज्दा खोज्दा आखिरमा आफैं मर्ूख बनेको चाल पाएनन् । एकातिर विदेशीका इशारामा देशमा अन्तरजातीय र अन्तर प्रान्तीय व्रि्रहको बीउ रोपिंदैछ भने अर्कातिर संविधानसभा/संसद् पंगु र निर्रथक बनाउने काम भैरहेको छ । यो सवै तीन दलका नेताको सत्तालिप्साकै लागि भैरहेको छ भन्ने स्पष्ट भैसकेको छ । संविधानसभा/संसद् बैठक सुरुमै अवरुद्ध भएको छ । प्रधानमन्त्रीले राजीनामा दिएँ भनेका छन्, स्वीकृत गर्ने कुनै निकाय छैन । यी पंक्ति लेखुन्जेल न राष्ट्रपतिको निर्वाचनको बाटो खुलेको छ, न त नयाँ सरकार नै बन्न सकेको छ । आफूले खनेका खाल्डामा यिनीहरु आफैं फस्दैछन् ।

अब यस स्थितिबाट मुक्त हुने एउटै बाटो भनेको विदेशीका इशारामा नलागी कर्ुर्सर्ीीोह र भागवण्डाको कोठे राजनीतिबाट तीन दलका नेता मुक्त हुन सक्नु नै हो । देश र जनताप्रति इमान्दार हुने सद्बुद्धि नेताहरुमा पल्हाएको दिन निश्चित रुपले समाधानको बाटो खुल्नेछ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
बाटो बिराएको संविधानसभातारा सुवेदी (06.30.2008)
बाटो बिराएको संविधानसभातारा सुवेदी (06.30.2008)
वामपन्थीहरुको बहुमत र भावी सरकारको सम्भावनायादब देवकोटा (06.24.2008)
कूटनीतिक मदारीका 'बीन'मा लठ्ठएिकाहरुमहेश्वर शर्मा (06.24.2008)
"अलि हजम हुन नसकेका कुरा"तारा सुवेदी (06.24.2008)
भोको मान्छेलाई खानाको साटो बन्दुकयादब देवकोटा (06.16.2008)
माओवादी पनि पर्ूववर्तीकै बाटोमा कि ?महेश्वर शर्मा (06.16.2008)
"पुरानो युगको अन्त्य संगै जन्मेका नयाँ आशंकाहरू"तारा सुवेदी (06.16.2008)
राज्यको रुपान्तरणमा आर्थिक 'एजेण्डा'यादब देवकोटा (06.09.2008)
विधिविधानविनाको शासन पद्धति स्थापित हुने खतरा- तारा सुवेदी (06.09.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]