Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 02:09am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
लागूपदार्थ दर्ुर्व्यसन र आजको पिंढी
- यादब देवकोटा

Monday, 06.30.2008, 06:26pm (GMT+5.5)

एक्काइसौं शताब्दीको अत्याधुनिक युगमा ज्ञान, विज्ञान र प्रविधिको उच्चतम् विकासले मानव समाजलाई जति सहज बनाएको छ यससंगै भित्रिएका अनेक विकृतिहरुले त्यति नै संकट निम्त्याइरहेको छ । लागूपदार्थको दर्ुर्व्यसन तथा यसको अवैध ओसार पसार अहिले विश्वव्यापी चिन्ताको विषय बनिरहेको छ । विश्वमा अपराधकर्म तथा आतंकवादलाई प्रोत्साहन गर्नर्ेहरुको आयआर्जनको मूल स्रोत लागूपदार्थको अवैध व्यापार नै रहेको छ । संयुक्त राष्ट्रसंघले र्सार्वजनिक गरेको एक तथ्यांक अनुसार आतंकवादलाई प्रोत्साहिन गरिरहेको भनिएको तालेवानले सन् २००७ मा मात्र झण्डै एक अर्बभन्दा बढी रकम अफिमको व्यापारबाट आर्जन गरेको जनाइएको छ । लागूपदार्थको अवैध व्यापारलाई कर्डाई गर्न जति प्रयास गरिन्छ यो उति फैलिइरहेको छ । नेपाल पनि यस समस्याबाट अछुतो रहन सकेको छैन । नेपालमा हरेक वर्षलागूपदार्थ दर्ुर्व्यसनीहरुको संख्यामा बढोत्तरी आइरहेको छ । हालै र्सार्वजनिक एक तथ्यांक अनुसार नेपालमा ४० हजार मानिसले कडा खालको लागूपदार्थ उपयोग गर्ने गरेका छन् ।

गत बिहिबार अन्तर्रर्ााट्रय लागूपदार्थ दर्ुर्व्यसन तथा अवैध ओसार पसार नियन्त्रण दिवस मनाइयो । यस दिवसमा लागूपदार्थको ओसार पसार, दर्ुर्व्यसनमा फसेकाहरुको पुनःस्थापना तथा परामर्श लगायतका अनेक नीतिगत फर्ुका गाँस्ने काम पनि भयो । स्वास्थ्य मन्त्रालयदेखि गृह मन्त्रालयसम्मले अनेक प्रतिवद्धता व्यक्त गरे । विगतमा जे भन्ने गरिएको थियो, यसपटक पनि कण्ठस्थ पारिएको त्यही वाक्यांश दोहोर्‍याइयो । युवा पिंढीलाई दर्ुर्व्यसनको दलदलबाट मुक्त गर्ने उपयुक्त बाटो, दर्ुर्व्यसनमा फसिसकेकाहरुको पुनःस्थापना गर्न सरकारले चाल्ने कदम, यसका व्यापारीहरुमाथिको कानुनी कारवाहीमा कर्डाई जस्ता विषयहरुमा कसैको कुनै ध्यान गएन । हरेक वर्षो जुन २६ मा एउटा नीतिगत र उपदेशात्मक भाषण छाटेरै लागूपदार्थको ओसार पसार लगायत सामान्य विक्री वितरण गर्नेहरुलाई कडाभन्दा कडा कारवाही गर्दै व्यापक जनचेतना जगाउने काममा सरकारीस्तरमा दह्रो कदम चालिएको छैन ।

लागूपदार्थको दर्ुर्व्यसनले एउटा मात्र होइन अनेक समस्याहरु खडा गर्ने गरेको छ । दर्ुर्व्यसनीलाई सुधार गर्न सकिने प्रशस्त सम्भावना भए पनि ऊ एचआईभी संक्रमित हुने खतरा प्रवल रहन्छ । समय कटाउने सजिलो उपाय, क्षणिक मनोरञ्जन। साथीभाइको लहैलहै लगायत आधुनिक बन्ने लोभले लागूपदार्थको दर्ुर्व्यसनमा फसेका नेपाली युवायुवतीहरुको भविष्य क्रमशः अँध्यारोतिर डोरिरहेको छ । एउटा घरमा एउटा व्यक्ति दर्ुर्व्यसनी भयो भने त्यो परिवार नै तहसनहस हुन पुग्छ । यसबाट एउटा परिवार हुँदै समाज र राष्ट्र नै अधोगतितिर धकेलिन्छ ।

लागूपदार्थको दर्ुर्व्यसन नै एचआइभी/एड्सको एउटा प्रमुख कारण हो । लागूपदार्थ सेवन गर्नु र असुरक्षित यौन सर्म्पर्क गर्नु एक किसिमले दर्ुर्व्यसन नै हो । यो दर्ुर्व्यसनले व्यक्ति पर्ूण्ारुपमा समाप्त हुन्छ अर्थात् मृत्युको मुखमा पुग्छ र बाँचुन्जेल उसको कुनै अस्तित्व रहँदैन । लागूपदार्थ दर्ुर्व्यसनीको उपचार सम्भव भए पनि एचआइभी संक्रमित भैसकेपछि उसलाई केही समय बढी बाँच्न दिनुबाहेक अर्को उपाय छैन । एचआइभी संक्रमणको सशक्त कारणमा लागूपदार्थ दर्ुर्व्यसन रहेको छ । सन् १९८८ मा पहिलो पटक नेपालमा एचआईभी एड्स देखापरेको थियो । नेपालमा यो रोग युवावर्गमा बढी मात्रामा पाइएको छ । नेपालमा ७० हजारभन्दा बढी एचआईभीबाट प्रभावित रहेको अनुमान गरिन्छ । एचआइभी एड्सबाट प्रभावित हुने व्यक्तिहरुमध्ये लागूपदार्थको दर्ुर्व्यसनीको संख्या ठूलो रहेको छ । लागूपदार्थ दर्ुर्व्यसनको शिकार हुनेहरु स्कूले विद्यार्थीदेखि पाको उमेरका समेत रहेका छन् । विशेष गरेर १५ देखि ४० वर्षउमेर समूहका अत्यन्त उर्जाशील मानिसहरु यसबाट प्रभावित भैरहेका छन् । नेपालमा अत्यधिक एचआइभी संक्रमण भएको उमेर समूह पनि यही हो ।

नेपाली युवापंक्तिमा मानसिक कुण्ठाले जरा गाडिरहेको छ । अहिले पनि उनीहरु आफ्नो भूमिकाको खोजीमा भौतारिइरहेका छन् । बेरोजगारी समस्या, शान्ति सुरक्षाको अभाव, युवा शक्तिलाई राजनीतिक स्वार्थका लागि उपयोग गर र मिल्काउ भन्ने राजनीतिक दलहरुको शैली र अवसरको कमीले युवाशक्ति लागूपदार्थ दर्ुर्व्यसनमा फस्ने क्रम बढ्दो छ । राज्यलाई आवश्यक उर्जा प्रदान गर्ने शक्ति नै दर्ुर्व्यसनको शिकार भएर दिग्भ्रमित हुनु र दर्ुर्व्यसनकै कारण यौनरोगको शिकार बन्नु विडम्वना हो । राष्ट्रिय मूलप्रवाहमा युवाशक्तिलाई केन्द्रिकृत गर्ने सोच र योजनाको प्रचुर अभाव छ । कतिपय राजनीतिक दलमा आवद्ध युवाहरुले युवा मन्त्रालयको माग गरे पनि त्यसको सुनुवाई हुनसक्ने अवस्था छैन । सरकारले युवाकेन्द्रित नीति तथा कार्यक्रम र्सार्वजनिक गरेको छैन । दर्ुर्व्यसनमा फसेका युवाहरुलाई सस्तो र सुलभ तरिकाले पुनःस्थापना गर्ने सरकारी निकायका बारेमा कुनै र्सार्वजनिक जानकारी छैन । निजीस्तरमा खोलिएका पुनःस्थापना केन्द्रहरुले लिने महंगो शुल्क र उनीहरुलाई भजाएर डलर आर्जन गर्ने कामबाहेक उलब्धिमूलक अरु कुनै कार्य भएका छैनन् । पत्रपत्रिका, रेडियो तथा टेलिभिजनहरुमा तथ्यांक र मित्थ्यांकका ठेली प्रसारित, प्रकाशित गराएर दंग पर्नेहरु थुप्रै रहेका छन् । आवश्यकता अनुसारको सेवा प्रदान गर्नुपर्ने सरकारले कानमा तेल हालेर बसेको छ ।

मुलुक ऐतिहासिक मोडमा छ । राज्यको आमूल परिवर्तनको दैलो उघ्रिसक्यो । यो दैलोबाट प्रवेश गर्नेहरु शारीरिक, मानसिक रुपमा स्वस्थ हुनर्ैपर्छ । स्वस्थ तन र मनबाट मात्रै नयाँ नेपालको निर्माण हुन्छ । तर अहिलेसम्मको वस्तुस्थिति हर्ेदा के लाग्छ भने नेपालका शासकहरु युवावर्गलाई देश विकासमा उपयोग गर्न चाहँदैनन्, युवा शक्तिको उर्जालाई निकासी गरेर त्यसैको आधारमा देश चलेकोमा मख्ख पर्नेबाहेक अरु नीतिगत कामकारबाही कुनै पनि गर्न चाहँदैन । सामाजिक, नैतिक शिक्षासंगै व्यक्तिमा जिम्मेवारीबोध गराउने असल आचरणको विकास गर्नेतर्फकुनै ध्यान दिइएको छैन ।

समाज अनुशासित, मर्यादित र जिम्मेवार बनाउन सामाजिक मूल्य, मान्यताको जगर्ेना गर्नुपर्दछ । धार्मिक, सांस्कृतिक पद्धतिका खराब पक्षलाई सुधार गर्दै सकारात्मक पक्षहरुको व्यापक प्रचार प्रसार गरिनर्ुपर्दछ । तर विडम्वना के भैदियो भने नेपाली समाज अहिले धार्मिक र सांस्कृतिक अतिक्रमणमा परिरहेको छ । हुल्या र छाडा पश्चिमा संस्कृतिले जसरी जरा गाड्दै गएको छ यसले पनि नेपाली समाजलाई विकृत बनाइरहेको छ । दर्ुर्व्यसनमा फस्नु हुँदैन, परस्त्रीगमन गर्नु हुँदैन, पत्नीव्रता र पत्रि्रता बन्नर्ुपर्छ भन्ने मौलिक धार्मिक-सांस्कृतिक मान्यतालाई भत्काएर विवाहपर्ूवको यौन सर्म्पर्क वा बढीभन्दा बढी केटा र केटीसाथी बनाउनेहरुलाई बहादुर ठान्ने अपसंस्कृतिलाई भित्र्याउने काम भैरहेको छ । समाजलाई मर्यादित, अनुशासित र सक्रिय बनाउन जिम्मेवारी लिनुपर्ने संचार जगत पनि यस मामिलामा कम दोषी छैनन् । उनीहरु सदाचार र नैतिकताको साटो व्यभिचारतर्फप्रोत्साहित गर्ने सामग्रीहरु सम्प्रेषण गर्न हिच्किचाउँदैनन् ।

लागूपदार्थको दर्ुर्व्यसन र यौन स्वास्थ्यको समस्या एकापसमा जोडिएका छन् । यी दुवै समस्यालाई एकैसाथ हर्ेर्नुपर्ने हुन्छ । हुन त आजकल सबैले यौनस्वास्थ्यको चर्चा गर्दछन् । तर यौन स्वास्थ्य भनेको के हो - यसको स्पष्ट व्याख्या समाजसम्म पुग्न सकेको छैन । पत्रपत्रिकाहरुमा यौन सवालजवाफ वा यौन जिज्ञासा, यौन स्वास्थ्यका नाममा पस्किएका यौन विकृतिजन्य पाठ्यसामग्रीहरुले युवाशक्तिलाई यौनस्वास्थ्यप्रति सचेत पार्ने काम नगरी भड्काउने काम गरिरहेको छ । यौन स्वास्थ्यमा देखापरेका विकृतिहरु, यसका कारणहरुको प्रष्टता अहिले आवश्यक छ । यसलाई नियन्त्रण गर्ने काम पनि त्यति प्रभावकारी हुन सकिरहेको छैन । यौन स्वास्थ्यसंग सम्बन्धित पक्षहरु, यौनरोगका कारणहरु, यसको निरुपणका उपाय र रोग लागिसकेपछिको गतिविधिलाई समष्टिगत रुपमा प्रष्ट्याउने प्रयास हुनु जरुरी छ । यौनरोग आफैमा एक्लो व्यक्तिबाट कहिल्यै र्सर्दैन । यो त दर्ुइपक्षबीचको सर्ंर्सग वा यस्तै क्रियाकलापबाट र्सर्ने हो । असुरक्षित यौन सर्म्पर्क, लागूपदार्थको दर्ुर्व्यसनीहरुले प्रयोग गर्ने एउटै र्सर्ुइ यसका कारणमध्येका केही हुन् । विशेष गरेर अहिलेको अवस्थामा असुरक्षित यौनसर्म्पर्क र लागूपदार्थको दर्ुर्व्यसन नै यसको प्रमुख कारणको रुपमा रहेको छ । यसलाई नियन्त्रण गर्नु र रोकथामको उपाय अपनाउनु अहिलेको प्रमुख र जल्दोबल्दो आवश्यकता हो । एचआइभी/एड्ससंग प्रत्यक्ष सरोकार राख्ने लागूदापर्थको दर्ुर्व्यसन र यौनस्वास्थ्यलाई संगसंगै लिएर जान सकेमा यी दुवै समस्याबाट समाजलाई केही हदसम्म मुक्त गर्न सकिन्छ ।

लागूपदार्थको दर्ुर्व्यसनसंगै यौनजन्य क्रियाकलापहरु पनि जोडिएर आएका हुन्छन् । लागूपदार्थको दर्ुर्व्यसनमा फसेकाहरु आफ्ना आवश्यकता पर्ूर्ति गर्नकै लागि यौन व्यवसायमा संलग्न हुनेगरेको पाइन्छ । यो नै यौनरोग प्रसारको प्रमुख कारण हो । यस हिसाबले हर्ेदा लागूपदार्थको दर्ुर्व्यसन र यौनरोग एकापसमा अल्भिmएका छन् । एकको कारण अर्को र अर्कोको कारण अर्को भैरहेको छ । यसलाई निरुपण गर्ने उपायहरुको खोजी गर्न अब ढिला भैसकेको छ ।

धार्मिक-सांस्कृतिक अतिक्रमणमा परेपछि मुलुक तहसनहस हुन धेरै लामो समय लाग्दैन । नेपालको मौलिक सांस्कृतिक चिनारीलाई भत्काएर नयाँ सांस्कृतिक क्रान्ति गर्ने अनर्गल नारा फलाक्नेहरुले मुलुकको धार्मिक-सांस्कृतिक पहिचान र महत्वलाई बुझ्न नसकेकै कारण पनि यस्ता समस्याहरु समाधान हुँदै जानुको साटो झन् झन् बढिरहेको छ । यसैका कारण मनोरञ्जन, आधुनिक बन्ने होडडवाजीले नेपाली युवाहरु दर्ुर्व्यसनको शिकार भैरहेका छन् । फलस्वरुप उनीहरु आफूसंगै राष्ट्रकै जीवनलाई कमजोर बनाइरहेका छन् । एचआइभीको उर्वरतालाई बढाइरहेका छन् ।

लागूपदार्थ दर्ुर्व्यसनले निम्त्याउने समस्या अत्यन्त भयावह छ । नेपाली समाजमा भित्रिएको सामाजिक विकृतिको अन्त्य आवश्यक छ । यसका लागि दृढ राजनीतिक इच्छाशक्ति चाहिन्छ । लागूपदार्थ ओसारपसार र बेचबिखन गर्नेमाथि कडा कानुनी कारबाही चलाइनु पर्दछ । एउटालाई गरेको कारबाहीले अर्को व्यक्ति यस्तो काममा संलग्न हुन हच्किने किसिमका दण्ड सजायको व्यवस्था हुनर्ुपर्दछ । यसका अतिरिक्त युवाशक्तिलाई सामाजिक विकासमा परिचालन गर्ने स्पष्ट नीति पनि अहिलेको आवश्यकता हो । राजनीतिक र प्रशासनिक संरक्षणमा हुने गरेका लागूपदार्थ ओसार पसारलाई जरैदेखि उन्मुलन गर्न र दर्ुर्व्यसनमा फसेकाहरुलाई पुनःस्थापनाको व्यवस्था गर्न राज्यले कञ्जुस्याई गर्नु हुँदैन । मुलुकको धरोहर र भविष्य निर्माणका आधारहरु भनेका युवा शक्ति नै भएकाले उनीहरुको सुरक्षित र सक्रिय जीवनले मात्र लक्षित परिणाम हाँसिल हुनसक्छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
राष्ट्रपति पनि सरकार सुहाउँदै चाहिन्छमहेश्वर शर्मा (06.30.2008)
बाटो बिराएको संविधानसभातारा सुवेदी (06.30.2008)
बाटो बिराएको संविधानसभातारा सुवेदी (06.30.2008)
वामपन्थीहरुको बहुमत र भावी सरकारको सम्भावनायादब देवकोटा (06.24.2008)
कूटनीतिक मदारीका 'बीन'मा लठ्ठएिकाहरुमहेश्वर शर्मा (06.24.2008)
"अलि हजम हुन नसकेका कुरा"तारा सुवेदी (06.24.2008)
भोको मान्छेलाई खानाको साटो बन्दुकयादब देवकोटा (06.16.2008)
माओवादी पनि पर्ूववर्तीकै बाटोमा कि ?महेश्वर शर्मा (06.16.2008)
"पुरानो युगको अन्त्य संगै जन्मेका नयाँ आशंकाहरू"तारा सुवेदी (06.16.2008)
राज्यको रुपान्तरणमा आर्थिक 'एजेण्डा'यादब देवकोटा (06.09.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]