Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 04:42am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
राजनीतिक अन्यौल भित्र हराएको 'नयाँ नेपाल' हाँक्ने को ?
तारा सुवेदी

Monday, 07.07.2008, 06:24pm (GMT+5.5)

वर्तमानकाल खण्डमा उभिएर अतीत तिरको बाटोलाई हर्ेर्ने हो, अथवा परिकल्पनाको क्षितिज भित्रको आगतलाई नियाल्ने हो भने, निष्र्कष निषेधात्मक र शून्यताबाट शुरु भएर निरासा र विश्वासहीनतामा टुंगिएको पाइनेछ । त्यत्ति मात्रै नभएर कुनै इमान्दार र सच्चा देशभक्त जिवित भए उसले यत्रतत्र देखिने बेमाइनी, फट्याई, धुर्त्याई, षड्यन्त्र, विश्वासघात, दुष्तता, भ्रष्टता निकृष्टताको सीमान्त्त व्यापकतालाई देखेपछि दोस्रो 'भीमसेन थापा' को रुपमा पासो लगाएर आत्महत्या गर्ने सोच बनाउन सक्छ । नेपालका "नङ्गा राजा" जस्ता राजनीतिक पेशा कर्मीहरुलाई उछिनेर र्सवाङ्ग, नाङ्गो भएर हिड्न तम्सिन सक्छ । कोकोहलो हालेर चिच्याउँदै कराउँदै, आकाशमा मुक्काबजार्दै आप\mनो देश र आप\mना सन्ततिको उन्नति र उज्वल भविष्यघातीहरुका अदृश्य अनुहार सम्भिmदै, जताततै पिच्क्याउँदै -थुक्दै), हिड्न सक्छ । उसलाई "परिभवोडरि भवोहिसुदुःसह" -वैरीहरुबाट गरिएको उपहास र तिरस्कार अति असहनीय हुन्छ) भन्ने उक्तिले जिउँदै जलिमर्दै गर्दाको पीडा-बोध भइरहेको हुन सक्छ ।

हुन पनि अहिले कुनै पनि क्षेत्र, विषय र पाटो त्यस्तो छैन, जसलाई देख्दा 'अवत केही हुन्छ कि -" भनेर आशा गर्ने त्यान्द्रोको पाएको अनुभुति गर्न सकियोस् । उहिले कहीं केही भयो कि हाहाकार र कोलाहल मच्चिन्थ्यो । विधिको पालन गर्ने गराउने दुवै सकृय देखिन्थेे । अनुशासनको पालना गर्नु नागरिकको दायित्व ठान्थ्ियो । र "आप\mनो दायित्व वा कर्तव्यको पर्ूण्ा परिपालनबाट असीमित अधिकार निसृत हुुन्छ" भन्ने महात्मागान्धीको सन्देशलाई शीरोपर गर्नुमा गौरवानुभूतिगर्ने गरिन्थ्यो ।

तर अहिले "नागरिक हक, अधिकार र दायित्व"को परिभाषा फेरिएको छ । ती सबै पुराना कुरा निरंकुशता र अप्रगतिशीलताका विषय ठानियो । "लोकतन्त्र" र प्रजातन्त्र बिचको भिन्नता छ - भन्ने प्रश्नमा "प्रजातन्त्र" भनेको सामन्त्ती कालीन, कर्तव्य र दायित्वको घाँडो बोकेर आएको सिमित स्वतन्त्रता हो, तर "लोकतन्त्र"मा पनि "गणतन्त्र"को नाम जोडिएर आइसके पछि निर्ःशर्त स्वतन्त्रता, स्वच्छन्दता, उद्दण्डता, उच्छृङ्खला, अराजकता पर्ूण्ाविधि विहिनता र दण्ड शुन्यता हो" भन्ने सबैको बुझाई भएको छ ।

माथि उल्लेख गरिएको परिभाषा अनुसारको लोकतान्त्रिक गणतन्त्र स्थापित भएकोले होला - सबै व्यक्ति, जाति, क्षेत्र, समुदाय, संम्प्रदाय, वर्ग, संघ -संस्था, समाज, दल, लिङ्ग, वर्ग, वर्ण्र्ााका विचमा कस्ले बढि अनुशासन र नागरिक धर्म र्-कर्मको धरो फालेर सडकमा र्सार्वजनिक हुन र नाच्न सक्छ, विधि विधान, अनुसाशन र कर्तव्य -दायित्वको कुरा गर्नेको कस्ले बढी "आवरु -उर्तान" सक्छ - भन्नेमा र्सवत्र खुला प्रतिस्पर्धा भईरहको देखिएको छ ।

त्यसरी 'लोकतन्त्रात्मक गणतन्त्र नेपाल' मा आज र्सवत्र स्वतन्त्रता स्च्छन्दता, उद्दण्डता, उच्छृङ्खलता, विधि -शून्यता, दण्डहीनतालाई निर्वाध प्रयोग गर्ने र त्यसलाई चीरकाल पर्यन्त जीवन्त राख्ने अलिखित एक सूत्रीय, राष्ट्रिय सहमति परिपालना गर्न सबै लागि परेको देखिन्छ । यस्तो पर्ूण्ा स्वतन्त्रताको प्रयोग"का बेला राष्ट्र, राष्ट्रियता, राष्ट्रिसंभ्रूता, अखण्डता, नागरिक सुरक्षाका कुरा असान्दार्भिक र "नयाँ नेपाल" नसुहाउँदो भइसकेछ । ती सबै "प्रतिगामी कुरा" भएर नै होला - आज राज्य भनौ वा देशका अधिनियन्त्ताहरु राष्ट्रियता, राष्ट्रिय संप्रभुता अखण्डता, आदि विषयहरुलाई लैनचौरको सल्लाघारी भित्र बसेर "नयाँ-नेपाल" हाकिरहेका "राकेश सूद" भन्ने व्यक्तिका हिल्ला लगाएर आफूहरु बालुवाटारमा सधै वैठकका नाममा राजसी सुखभोगमा समय व्यतित गरि रहेका छन् ।

यो हिजो सम्म "नेपाल देश" भनिएको भू-प्रदेशको परिचय आज अस्पष्ट भएको छ । विवाद रहित "परिचय" र "परिभाषा" अब जे.एल.यु.का कुनै प्रोफेसर बाहेकबाट सायद संभव नहोला -

हिजो यो देशमा राजा थिए । र आफ्नो अधिवंशवादी राज्य सत्तालाई जीवन्त राख्न संविधान, ऐन कानुन, बनाएका थिए । संविधानमा "राष्ट्र" र "र्सार्वभौम सत्ता" का प्रावधान राख्नु पर्ने भन्ने 'संसदवादी' दलका नेताले मस्यौदा गरेका संविधानलाई च्यापेर, "रत्नपार्कमा हिमाली जडीबुडीको तेल बेच्नेले "जसरी सबै रोगको यही अचूल औषधी भनेर बेच्थ्यो त्यसैको सीको गरेर भए पनि संविधानको पालना गरेको देखाउन धारा २७ र १२७ को मात्रै भए पनि हवाला दिदै शासन गर्थे ।

अहिले ती "उहिलेका कुरा खुइलिसके" । "राजा" को अन्तरिम संविधानका धारा र जेष्ठ १५ गतेको घोषणाबाट अन्तिम संस्कार भइसकेको छ । तर हिजो ती "सत्ताको राजनीतिक खेललाई अखडाका पहलवानहरुले झैं खेलिने खेल ठानेर बस्ने अजीवका जी शाह"काले वंश विनाशको कापबाट राज्य सत्ता मूलधारामा त्यस लगत्तै "श्रीपेच र कम्व्याट" सहित 'अखडा' मा उभेर दलहरुलाई ललकार्ने थाले । जसको परिणाम आप\mना बाह्र पुस्ताले दर्ुइसय चालीस वर्षेखि भिर्दै आएको श्रीपेच राजदण्ड र अटुट राज्य रजाईको भार जरा जर्ीण्ा वृद्ध रोगी जी.पी. कोइरालाको हिल्ला लगाए "पर्ूवराजा" को "नयाँ ताज" भिरि नाराहिटी दरवारबाट सिमित सानो राजकीय सुविधासहित नागार्जुन बर्साई सरेका छन् । त्यसरी राज्यको गद्दी खाली भएको पनि झण्डै एक महिना भइसकेको छ ।

अहिले यसरी नाराहिटीको सत्ता हत्याएर बालुवाटार मार्फ राज्य हाँकिरहेका राकेश सूद नामका व्यक्तिलाई "यो मधेश प्रदेश बाहेकको -मधेश प्रदेश नेपाल खाल्डोबाट व्यवहारत अलग गरि सकिएको, विधित प्रकृयामा रहेको अवस्था छ ।) नेपाली भूखण्डको प्रमुख को - भनेर सोधियो भने संभवत राष्ट्रपतिका लागि मरिहत्ते गरि रहेका बालुवाटारका 'हसपिस'वासी तिर देखाउने छन् । र हृदयेश त्रिपाठी, जे.पी.गुप्ताहरुका मातृभाषामा "हमारा जी.पी. को राष्ट्रपति बनाने का सोच है, इसी लिए विधिसम्मत निर्वाचित नहोने तक, उन्को ही राष्ट्र प्रमुखके रुपमंे काम करने के लिए कह दिए है" भन्ने शब्दस नभएर सारत उत्तर आउन सक्छ --) सायद ।

यद्यपि, हिजो सम्म नेपाल पर्दापछाडिबाट दक्षिणी छिमेकीको निर्देशन प्राप्त गरे अनुसार शासित हुन्थ्यो । सारत राजनीतिक शास्त्रका मान्य मानदण्डका आधारमा हिजो पनि "अर्द्ध प्रभु" वा "प्रभुत्वहीन" थियो । तथापि र्सार्वभौम संप्रभुता युक्त भए नभएको संयरीक्षण गरेर कसैले हर्ेर्दैनथ्यो । "स्वतन्त्र र्सार्वभौम सत्ता सम्पन्न राज्य" भनेर भनिदिदा कसैले आपत्ति गर्दैन्थ्यो । जमानामा कुनै बेला मन्त्री, माननीय, सुब्बा, खरदार कर्र्णोल, मेजर हवल्दार भएकालाई ऊ नमर्दा सम्म गाउँघरमा त्यही "पदीय" नामबाट संवोधन गर्ने परिचय दिने गरे जस्तै नेपाललाई र्सार्वभौम संप्रभूता सम्पन्न भनेर लेखिन्थ्यो । गीत कविता गाइन्थ्यो । स्कूले नानीहरुलाई त्यस्तैलाई राष्ट्रिय गीत भनेर पढाइन्थ्यो । वीर गाथा भनिन्थ्यो, मानिन्थ्यो । व्यवहार त्यसै गरी चलेकै थियो, भएको थियो । राणा अधिवंशवादी निरंकुश शासन व्यवस्था देखि संविधान सभाको निवार्चन सम्पन्न भई नसक्दा सम्म त्यही परम्परागत क्रमले निरन्तरता पाएको थियो ।

तर संविधान सभाको निर्वाचन सम्पन्न भएपछिको निर्वाचन -परिणाले नेपालको समग्र परिदृश्य परिवर्तित गरिदिएको छ । देशी-विदेशी, खेलाडीहरुले परिकल्पना नै नगरेको र उनीहरुका शब्दमा "असम्भावित परिणाम" आएको छ । नेपाली जनताको भावना, चिन्ता, चासो र सोचाईलाई राजधानी र मोफलका गोष्ठी, सम्मेलन सभाका सहभागी राजनीतिक पेशा व्यवसाय गरि सहज र सुखद जीवन विताएकाहरु, ठूला साना दलका नेता कार्यकर्ता र उनका अनुगामी भातृ -वर्गीय संघ, संगठन संस्थाका आशाजीवी सदस्यहरु, "मिसन पत्रकारिता" लाई आदर्शसूत्र बनाई स्थापित भएका ठूला घरानाका सञ्चार माध्यमहरु, पत्रकारिताका न्यूनतम मूल्य, मान्यता, मानदण्ड, मर्यादा र आचार संहिताका "कखरा" नबुझेका 'म्याटि्रके" स्तरका 'पत्रकार' पास बाहकबाट लहै-लहैका भरमा परिणाम आकलन गर्नेहरु, र आफूलाई निकै ठूलै 'राजनीतिक शास्त्री, विश्लेषक" भनाउँदै, भ्याए सम्म र पहँच पुगेका दूतावास पुगेर नियमित हण्डी थाप्दै राजधानीमा विलासिता पर्ूण्ा जीवनयापन गर्नेहरुबाट प्राप्त फोटो कपीका सूचनामा भरोसा गर्ने राजदुत समेतहरु प्रक्षेपण र निष्कर्षे ती नेपालका ग्रामीण दूरदराजका बासिन्दा -जसले छ दशक देखिको "प्रजातन्त्र" त्यस काल खण्डमा राज्यले खर्चेको छ सय अर्वभन्दा बढी विकासको सुकोदाम प्रतिफल नपाएका अधि संख्यक जनताको भावनाबुझ्न सक्ने रहेनछ" भन्ने कुरालाई निर्वाचन परिणामले स्थापित गरिदियो ।

अहिले उक्त "अनपेक्षित" र "असंभावित" परिणामले ने.क.पा. माओवादी बाहेकका -खास गरि हिजोका सत्ता र शक्तिका लाल मोहरिया, रैथाने संसदवादीहरुलाई असन्तुलित किर्ङ्कतव्य विमुख,

मात्रै नभई विभूढ र विक्षिप्त समेत बनाएको छ । र सत्ता नियन्ताका निमित्त नायक श्री गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बनाउने योजना र सहमति पर्ूण्ा नहुने हो कि --) भन्ने चिन्ताले पुन थलापारेको हुन सक्छ ।

२०४६ मा तत्कालीन भारतीय राजदूत अरविन्द रामचन्द्रदेवले "नेपाललाई गणतन्त्रात्मक राष्ट्र बनाउने र त्यसको पहिलो राष्ट्रपति श्री गणेशमान सिंहलाई बनाउने भित्री सहमति भएर नै २०४६ सालमा वहाँको नेतृत्वमा जनआन्दोलन प्रारम्भ गरिएको, तर पछि 'रामचन्द्र देव'ले धोका दिएर राजासँग सम्झौता गरेबाट गणतन्त्र आउन नसकेको" भन्ने भनाई श्री गणेशमान सिंह पत्नी मंगलादेवीले बुटवलमा र्सार्वजनिक गर्नु भएको थियो ।

तर आज ठीक उल्टो भयो झण्डै दर्ुइ दशकको समयान्त्तरमा नेपालमा गणतन्त्र स्थापना गर्ने बाटो बनाउन सफल भएर, पनि ने.क.पा. माओवादीलाई सत्ता प्राप्त हुने गरी संविधान सभाको निर्वाचन गराएर श्री गरिजाप्रसादले भारतलाई धोका दिएको भन्ने निष्कर्षा भारतलाई पुर्‍याउने काम भयो ।

त्यही निष्कर्षाथ नयाँ रणनीतिको खिचडी दिल्लीमा जुन नेपाल स्थित नीति प्रतिनिधिहरुलाई फर्डर््के किनाराका साक्षी बनाएर पकाइदैछ, त्यसैका लागि समय व्यतीत गराउन आवश्यक भएको हुन सक्छ । र सबैभन्दा बफादार र आज्ञाकारीहरुलाई संविधानसभालाई बन्धक बनाउन लगाइएको हुन सक्छ --) किनकि बन्धक बनाउने र फिरौती लिने बिहार तिर निकै चल्छ ।

तथापि "परिणामको पर्ूण्ा निश्चितता नभई संविधानसभाको निर्वाचन गराएको, अर्थात् ने.क.पा. माओवादीलाई जनताबाटै अस्वीकृत साबीत गर्ने पर्ूव गुप्त सहमति विपरित, उसैलाई -ने.क.पा. माओवादीलाई) नै -ने.का.)को भन्दा दोब्बर, शक्ति साथ संविधान सभामा पुर्‍याएको, "लाल झण्डा वाहक दलहरु"को नै बहुमत -६० प्रतिशत) परिणाम ल्याउने गरि संविधानसभाको निर्वाचन गराउने अदूरदर्शी र आत्मघाती कार्य गरेको भन्ने जस्ता आधारमा मात्रै श्री गिरिजाप्रसादलाई नेपालको राज्य सत्ता र शक्तिको नियन्ताबाट विस्थापित गर्न भारत र उसको काँधमा बन्दुक बोकाएर अघि बढेको अमेरिकी शक्ति सायद तयार छैन । उक्त दुवै राष्ट्रलाई हिमाल पारीको साम्राज्यवादका शत्रु, महान् कम्युनिष्ट नेता अध्यक्ष "माओत्से-तुङ" ले निर्माण प्रारम्भ गरेको विशाल जनवादी गणतन्त्र चीन -जसले विश्व बजार कब्जा गरेर संसारकै उच्च आर्थिक वृद्धिदर कायम गर्दै सन् २०१५ भित्र विश्वको एक मात्र शक्ति केन्द्र मानिएको संयुक्त राज्य अमेरिकालाई विस्थापित गर्ने वा सामानान्तर शक्ति केन्द्रको स्थान बनाउने मौन उद्देश्य साथ अघि बढ्न खोज्दैछ- उसलाई उसकै देशभित्र घेरा बन्दी गर्न विश्वको छाना तिब्बेतमा गएर आफ्नो सैन्य अड्डा खडा गर्ने लक्ष्य सिद्ध गर्नु परेको छ ।

त्यसैले संविधान सभाको निर्वाचन सम्पन्न भएपछिको झण्डै तीन महिना बिति सक्दासम्म संविधानका बारे 'स'को नाम उच्चारण नगरिनु । संविधान सभाले खारेज गरेका राजतन्त्रका अन्तिम प्रतिनिधि श्री ज्ञानेन्द्र शाह -जसलाई १५ जेष्ठ को संविधान -सभा घोषणा संकल्पमा "सामान्य नागरिकलाई भन्दा भिन्न कुनै सम्मान सुविधा नदिने" उल्लेख गरिएपछि श्रीगिरिजाप्रसादको सरकारले पुरानो शाही शान सौकतको संक्षिप्त शैलीको सुविधा सहित नारायणहिटीबाट नागार्जुनमा स्थानान्तरण गर्नु । एकातिर आगामी ग्रीष्मकालिक ओलम्पिक

-२००८) को तयारीमा जुटिरहेको अर्को तर्फभू-कम्प र भारी वषर्ा -बाढीबाट लाखौं नागरिक गुमेएको पचासौं लाख विस्थापित भएको संकटकालीन स्थितिमा, कसैसँग सहायता नलिई उद्धार गर्न छिमेकी चीन कटिबद्ध भइरहेको मौका पारेर, भगुवा चीवरधारी भतुवाहरुलाई अत्याधुनिक हतियार बोकाएर नेपालमा थुपार्नु, भारतीय स्वार्थका भरिया भनेर भनिँदै आएका विहार र गोरखपुरबाट नेपाल घुसेकाहरुका नेतृत्वमा "एक मधेस एक प्रदेश"को नारा लगाउँदै हप्तौं देखि संविधानसभा र व्यवस्थापिका सभालाई ठप्प पार्नु । "निर्वाचनमा हारेर पनि सत्तारूढ" दलका नेता, प्रवक्ता, मन्त्रीहरुले एकातिर मधेशवादीसँग साँठगाँठ गरी अवरोध उत्पन्न गर्न बल पुर्‍याउनु, अर्को तर्फजनताले अविश्वास गरेर पराजित गरिसकेपछि पनि दर्ुइ, तिहाई पुर्‍याएर अविश्वासबाट हटाउनु अथवा संविधान संशोधन गरेर बहुमतबाट प्रधानमन्त्री हटाउनु भनेर चुनौती दिनु । अर्को तिर भारतीय राजदूत राकेश सूदबाट माओवादी समेतका प्रमुख दलका नेताहरु समक्ष राष्ट्रपतिमा गिरिजा प्रसादको विकल्प नखोज्न आग्रहात्मक चेतावनी आइरहनु । स्वयं गिरिजाप्रसाद जो उहिले अन्तरिम संविधानको धारा १५९ उपधारा -३ ख) अनुसार गणतन्त्र कार्यान्वयन नभए सम्मका लागि राष्ट्रप्रमुखको हैसियतले काम गर्ने" भनेर स्पष्ट म्याद किटानी गरिएको र त्यसको म्याद जेष्ठ १५ मा समाप्त भएपछि पनि - ले अहिले सम्म अन्तरिम राष्ट्र प्रमुखको हैसियत देखाउनु । सात दल मध्येका तीन शर्ीष्ा ठूला दलमा देखिएका ने.क.पा. एमाले र ने.क.पा. माओवादीका तर्फाट प्रतिनिधित्व गर्दै सरकारमा सहभागी मन्त्रीहरुले महिनौं पहिले राजीनामा दिइसकेको स्थितिमा जनताले लत्याएका -हरुवा) व्यक्तिहरुलाई समेटेर राज्य हाकिरहनु । र त्यो सबैको एक मात्र आधार र शक्ति श्रोत, सबै नेपाली सन्तानहरुले त्यही लैनचौर छेऊको सल्लाधारी देखाउनुले माथिका कुरालाई नै पुष्टि गर्छ ।

अहिले के पनि सुनिएको छ भने नेपालबारे भारत र अमेरिका विच फाटो पढ्दै छ ।अमेरिकाको चाहना "कुनै हालतमा नेपाललाई सिक्कीमीकरण गर्न नदिने, त्यसो गरिएमा नेपालमा भारतको मात्रै एक्लो प्रमुत्व स्थापित हुँदै जाने, अमेरिकाको भूमिका सिक्किमा जस्तै शून्य हुने र त्यस्तो स्थिति अमेरिकालाई मान्य नहुने" भन्ने रहेको छ । त्यस्तो स्थितिका संविधान सभा र व्यवस्थापिकामा ६० प्रतिशतको अत्यधिक बहुमत साथदेखा परेका बामपन्थीहरुले सरकार प्रमुख, राष्ट्र प्रमुख, र व्यवस्थापिका संसदको अध्यक्ष समेतका तीनैवटै महत्वपर्ूण्ा पद हत्याउने र नेपालमा गणतन्त्र स्थापित हुने तर्क दिइरहेको छ । यस्तो स्थितिमा गिरिजाप्रसादलाई राष्ट्र बनाउन नसकिने भए वनवासी पर्ूवराजा ज्ञानेन्द्रलाई नै "नरोदमासिंहानुक" बनाएर नारायणहिटी भित्र्याउनु" पर्ने भन्नेमा उसको जोड्छ ।

दिल्ली भने अहिले माओवादीको बहुमत पुग्न नसकेको, वामपन्थीहरु बीचमा नै त्रि्र अन्तर्विरोध जीवन्त रहेको स्वयं गिरिजा सहित सबै गैर माओवादी दल र नेताहरु अहिले आफ्नो सर्म्पर्क नियन्त्रणभित्र रहेकोमा ढुक्क छ । र ऊ "प्रचण्ड पथगामी" बाहेक सबै दलका ं नेताहरु विदकुन अव्राहम लरिट्ज किङ्गलिङ्ग, काजी लेण्डूप दोर्जी र उनकी पत्नी "होप कूक"का पोष्प पुत्र नरबहादुर खतिवडा बन्न तयार भएर उछिना पाछिन गर्दै दूताबास धाइरहेको देखेको छ । यस्तो अवस्थामा एक मधेस एक प्रदेश"को मुद्दामा ल्याप्चे ठोक्न लगाउनु पर्छ भन्ने जिकिर भारतले राख्दै आएको छ ।

यस्तो अन्यैलका भुमरीभित्र देश फँसिरहेकोको बेला संविधान सभामा पुगेर रोष्टम घर्ेर्ने र त्यो घेराउको तमासा हर्ेर्ने भूमिका निर्वाह गर्न खटिएका दुवै पक्षका निरीह पात्रहरुहरुले गनबल र धनबलका भरमा राकेश सुदबाट हाँकिने हो वा जनबलको नाममा प्रचण्डबाट संचालित हुने हो - स्प्ष्ट गरिदिने हो - समय !


Comments (0)        Print        Tell friend        Top


Other Articles:
लागूपदार्थ दर्ुर्व्यसन र आजको पिंढी- यादब देवकोटा (06.30.2008)
राष्ट्रपति पनि सरकार सुहाउँदै चाहिन्छमहेश्वर शर्मा (06.30.2008)
बाटो बिराएको संविधानसभातारा सुवेदी (06.30.2008)
बाटो बिराएको संविधानसभातारा सुवेदी (06.30.2008)
वामपन्थीहरुको बहुमत र भावी सरकारको सम्भावनायादब देवकोटा (06.24.2008)
कूटनीतिक मदारीका 'बीन'मा लठ्ठएिकाहरुमहेश्वर शर्मा (06.24.2008)
"अलि हजम हुन नसकेका कुरा"तारा सुवेदी (06.24.2008)
भोको मान्छेलाई खानाको साटो बन्दुकयादब देवकोटा (06.16.2008)
माओवादी पनि पर्ूववर्तीकै बाटोमा कि ?महेश्वर शर्मा (06.16.2008)
"पुरानो युगको अन्त्य संगै जन्मेका नयाँ आशंकाहरू"तारा सुवेदी (06.16.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]