देशको व्रि्रदो स्थिति देखेर सचेत नागरिकले चिन्ता प्रकट गर्नु स्वाभाविक हुन्छ । गणतन्त्र घोषणा गरेपछि के के न हुन्छ भन्ने विश्वासमा परेका जनसामान्यमा पनि यति चाँडै वितृष्णा आइहाल्ला भनेर कसैले सोचेकै थिएन । 'कामले काजी हुनर्ुपर्छ' भन्ने हाम्रो मान्यता हो, तर यहाँ आज पनि निर्रथक बहस, फुक्ला गफ र खोक्रा भाषणका भरमा काजी -मन्त्री) हुने धन्दा चलिरहेकै छ । संविधानसभामा विश्वास गर्न नसकेर आजै आ-आफ्ना मनचिन्ते माग पूरा गराउने जिद्दीमा संविधानसभा संसद् यी पंक्ति लेखुन्जेल ९ -नौ) पटकसम्म सुरुमै अवरुद्ध भैसक्यो । देशप्रति इमान्दार र जनताप्रति विश्वस्त हुने हो भने र्सवप्रथम नेताहरुकै मानसिकतामा परिवर्तन आउनर्ुपर्छ, अब पनि अविश्वासमै गुम्सिएर हावामा तरबार चलाएर हुँदैन ।
आज देश धेरैथरि संकटको घेरामा छ । आफ्ना आन्तरिक राजनीतिक, आर्थिक, सामाजिक संकट त छँदैछन्, त्यसमाथि बाहृय हस्तक्षेपको संकट र्सवाधिक चिन्ताको विषय छ । नेताहरुमा आपसी अविश्वास नहटेसम्म, छोटो र स्वार्थी चित्त छोड्न नसकेसम्म र बाहृयतत्वका इशारामा नाच्ने प्रवृत्ति रहेसम्म हामी कुनै पनि संकटबाट मुक्त हुन सक्दैनौं । एउटा पार्टर्ीी अर्को पार्टर्ीीे र एउटा नेताले अर्को नेताको विश्वास नै गर्न नसक्ने रोग यहाँ व्याप्त छ । आपसमा एकले अर्कालाई शंका र अविश्वासका दृष्टिले हर्ेर्ने नेताहरु आँखा चिम्लेर हाम्रै घरफोरा विदेशी राजदूतको विश्वास गर्छन् भन्नुपर्दा लाजमर्दो स्थिति देखापर्छ । राष्ट्रिय दृष्टिकोणबाट विचार गर्ने सोचाई नै देखिंदैन । यहाँ उल्टोपाल्टो पर्नुको मुख्य कारण यही हो ।
अहिले देशमा सरकार छ, शासन छ भन्ने संकेतसम्म पनि कतै पाइदैन । केही छैन भनौं भने राजीनामा दिएर पनि मन्त्रीको जागीर खाइरहेका एकथरि छन् भने अर्काथरि निर्वाचन हारेपछि पनि निर्लज्ज भएर मन्त्री पदमा टाँसिएकै छन् । प्रधानमन्त्रीले राजीनामा दिएँ भनेका छन्, तर मौखिक मात्रै । राष्ट्राध्यक्ष देशमा छैनन् । मन्त्रालयका कामकाज ठप्प छन् । निर्वाचन सम्पन्न भएको तीन महिना पुग्न लाग्दा पनि नयाँ सरकार बनाउन सकेका छैनन् । असार मसान्तसम्म आउनुपर्ने बजेट समेत पेश हुन नसक्ने भयो । सभासद् छन्, तर बैठक बस्न सक्दैन । प्रतिदिन रोष्ट्रम घेराउ हुन्छ । 'अनुशासन' भन्ने कुरा कुनै जमानामा थियो भन्नुपर्ने भैसक्यो । स्कूलहरुमा पाठ्यपुस्तक अझै छैनन् । यातायात क्षेत्रमा चरम अव्यवस्था छ । बन्द, हड्ताल, राजमार्ग अवरोध हुन कुनै बेला खाली छैन । महिना दिनसम्म पनि राजधानीको फोहर उठाइदैन । महंगी रकेटको वेगमा बढ्दैछ । जनताका पीर मर्कासित कसैलाई मतलब छैन । जसलाई जे मनलाग्छ गर्ने छूट छ । कानुन, नियम किताबमा सीमित छन् । र्सवत्र अराजकता छ । आफ्नो दायित्वप्रति सरकार आँखा चिम्ल्ेर बसेको छ । आजको दृश्य यस्तै छ ।
सरकारको काम भनेको विदेशी ऋण ल्याउँदा पनि कमिशन, सामान आयात गर्दा पनि कमिशन, मित्रराष्ट्रले अनुदानमा बनाइदिएका कारखाना बेच्दा पनि कमिशन र अब त तन्नेरी-तरुनी निकासी व्यवसायमा समेत ओभरसिज कम्पनीहरु मार्फ् पनि कमिशन कुम्ल्याउनु भएको छ । पहिले नेपालले खाद्यान्न निकासी गथ्र्यो, अब बेहिसाबसित नागरिकता दिएर भित्र्याइएकाहरुलाई खुवाउन उनैबाट महंगो खाद्यान्न किनेर ल्याउनुपरेको छ । केही वर्षपहिले आएर पान पसल राख्ने यहाँ मन्त्री भैसके । यहाँको वनसम्पदा चोरेर र नजराना लिएर भारत पठाइन्छ अनि फेरि महंगोमा किनेर ल्याइन्छ । सिंहदरबार वैद्यखानाले समेत भारतबाटै जडिबुटी किन्छ भन्दा आर्श्चर्य लाग्नसक्छ, तर यो वास्तविकता हो । जिम्मेवारहरुले लाज र घिन पचाएर स्वार्थ मात्रै हेरेपछि के हुन्छ - भन्नेकुरा आज देशको हालतले नै बताइरहेको छ ।
गीताको पुस्तक छोएर मुद्दाका साक्षीले 'साँचो बोल्छु' भन्ने कसम खाएर पनि शतप्रतिशत झूठो बयान दिएजस्तै स्थिति यहाँ नेता र मन्त्रीको पनि छ । यिनीहरु यो र त्यो गर्नुपर्छ भनेर सुनाउँछन् तर यो गर्यौं भनेर देखाउन सक्दैनन् । जनताको विश्वास जित्ने सवैभन्दा राम्रो साधन कामै गरेर देखाउनु हो, तर देश र जनताका समस्या बुझेर पनि इमान्दार प्रयास नगर्नु कमजोरी र बेइमानी हो । जुनसुकै वादीले सत्ता समाले पनि यहाँ कर्ुर्सर्ीीहेक अरु कुरा देख्ने दृष्टि नै गुमाएका छन् । अहिले राष्ट्रपतिको कर्ुर्सर्ीी लागि मारामार छ । अनेक जालझेलका खेल चल्दैछन्, तैपनि विदेशीकै इशारा निर्ण्ाायक हुने देखिएको छ ।
नयाँ जोगीका रुपमा धेरै खरानी घसेर देखापरेको माओवादीले केही गर्ला कि भनेर जनताले ठूलो पार्टर्ीीनाइदिएका हुन् । सत्ताको स्वाद नपाउँनेलका उग्र कम्युनिष्ट पनि सत्ताको चास्नीमा डुबेपछि धर्मच्यूत भएर धनाढ्य भएर बसेको पनि देखिएकै छ । यहाँ खान नपाउञ्जेल कम्युनिष्ट बनेकाहरु खान पाउनासाथ अर्कै अवतार लिने परम्परामा माओवादी पनि अपवाद हुने छैनन् भन्ने कुरा यिनीहरुको यतिञ्जेलको छाँटकाँट र व्यवहारले नै बताइरहेको छ । त्यसमा केही सुधार देखिएछ भने शुभसंकेत नै भन्नुपर्ला । तर विश्लेषकहरु भन्छन्- यिनीहरु पनि पुरानै ड्याङका नयाँ संस्करण बन्ने ढाँचाकाँचामा गैसकेका छन् ।
त्यसैले यहाँ केही गरेर देखाउने हो भने देशवासीलाई आपसमा जुधाएर र फुटाएर स्वार्थ पूरा गर्ने बाहृय तत्वका इशारामा ननाची आफ्नो राष्ट्रको एकता, अखण्डता र सम्पन्नताका लागि एक भएर अघि बढ्ने प्रतिवद्धता नेताहरुमा आउनर्ुपर्छ । आपसी अविश्वासको पर्दा च्यातेर इमान्दार प्रयासका लागि आफ्ना आचरण व्यवहारमा परिवर्तन ल्याएर जनतालाई विश्वासमा लिन सक्नर्ुपर्दछ । होइन भने आजका नेता हुँ भन्नेलाई पालैपालो उचाल्दै पछार्दै गरेर विशेष सम्बन्ध बखान गर्ने मित्रले नै यिनै नेतालाई माध्यम बनाएर देशकै अस्तित्व समाप्त पारेर विशेष सम्बन्धको अर्थ सम्झाइदिन बेर लाउने छैन ।