Yugasambad.Com.Np
National Weekly
 
Thursday, 08.28.2008, 06:02pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
कोशी सम्झौताबाट राष्ट्रघात भएको ठहरभारतले क्षतिपर्ूर्ति दिनर्ुपर्छ ; प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा शपथग्रहणभागवण्डाको खिचलोले सरका ; राजनीतिक समीकरणको जोडघटाउ तीब्रप्रधानमन्त्रीको चयन निर्वाचनबाट ; माओवादी सरकार गठनको गृहकार्यमाघर न घाटको बनाउने भित्री-बाहिरी खेल जारी ; माओवादीको सत्तागमन रोक्न ठूलो षड्यन्त्रविखण्डनकारी योजनाको देशव्यापी पर््रदर्शन
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Poll
माओवादीको नेतृत्वमा सरकार गठन होला ?
हुन्छ
हुदैन
भन्न सकिन्न
 
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
क.पुष्पलाल र वी.पी. को स्मृतिमा
तारा सुवेदी

Monday, 07.21.2008, 05:19pm (GMT+5.5)

१. विषय चयनको समस्या ः
संयुक्त जनआन्दोलन" र "राष्ट्रिय मेलामिलाप"का प्रणेता पुष्पलाल र वी.पी. को स्मृति दिवस साउन ६ र ७ गते मनाइन्थ्यो । यसपटक सत्ताका लाप्पा खेलाइमा भिडिराखेका पुष्पलाल र वी.पी.का मरवटका पेन्सन भोगीहरूले सायद बिर्सर्ेेयार ! ती महान् नेताहरूले पहिलेको जस्तो महत्व पाएनन् । २०६१/४/१० को छलफल -सा.)को वर्ष२२ अंक ४१ मा पेज ६ नं. का पूरै पृष्टमा निकै लामो लेख लेखिसकेकोले त्यस विषयमा थप लेख्ने मन भएन । त्यसैले पनि होला - यस पटकको विषय चयन गर्न निकै असजिलो महसुस भयो । कुनैबेला देश र सरकारकै अस्तित्वबोध हुँदैन । राजनीतिमा क्रियाशीलताको शून्यता हुन्छ । त्यस्तो स्थितिमा पुराना विषय र प्रसङ्गलाई तानेर चर्चा गर्नुपर्ने हुन्छ । गएको हप्ता भने यति धेरै विषय एकैचोटि भेलको रूपमा आए कि त्यसलाई वर्गीकरण र प्राथमिकीकरण गरी चर्चा गर्नुपर्ने विषय टिप्न नै सकिने स्थिति भएन ।

यसै हप्ता दर्ुइ महान् नेताको स्मृति दिवस पर्दथ्यो । त्यसमध्ये "संयुक्त जनआन्दोलन"को राजनीतिक कार्यनीतिका प्रणेता क. पुष्पलालको स्मृति दिवस एक थियो । २०३५ साल श्रावण ७ गते नेपाल कम्युनिष्ट पार्टर्ीी संस्थापक नेता र प्रथम महासचिव क. पुष्पलालको देहावसान भएपछि उक्त स्मृति दिवस मनाउन थालिएको थियो । सुरुमा पार्टर्ीी प्रतिबन्धित अवस्थामा थिए । त्यसबेला स्मृति दिवस भनेर वहाँका सङ्गठन र सर्म्पर्कमा बसेका पुराना साथी -कमरेड)हरूले कुनै साथीको घर डेरामा भेला भएर क. पुष्पलाल र पार्टर्ीीतिविधि र आगामी रणनीति, कार्यनीतिबारे छलफल गर्ने र पार्टर्ीीेतृत्वलाई सुझावसहित जानकारी दिनेसम्ममा उक्त कार्यक्रम सीमित हुन्थ्यो । त्यसबेला सञ्चारमाध्यमको सञ्जाल यति विस्तार नभएको र निरंकुश शासनको बर्बर कालखण्डमा त्यस्तो कार्यक्रम गरिएका कुरा प्रचारमा आउने, ल्याउने गर्नु आवश्यक पनि थिएन र सम्भव एवं व्यावहारिक पनि हुँदैनथ्यो ।

क.पुष्पलालले स्वयं प्रतिपादन र पहल गरेर जानुभएका संयुक्त जनआन्दोलनको बाटोबाट अघिबढ्न ने.का. तयार भई २०४६ सालमा जनआन्दोलन प्रारम्भ भएपछि तत्कालीन निर्दलीय अधिनायकवादी पञ्चायती व्यवस्था ढल्यो । त्यसै वर्षने.क.पा. मार्क्सवादीले २०४७ को स्मृति दिवस राष्ट्रियस्तरमा भव्यरूपमा नै मनायो ।

ललितपुरको खोकनाको कार्यविनायक वरपरका पाखामा वृक्षरोपण गरियो । त्यस वर्षो उक्त स्मृति दिवस कार्यक्रम पश्चिम वंगालका तत्कालीन मुख्यमन्त्री श्री ज्योति बसु, भा.क.पा. मार्क्सवादीका तत्कालीन महासचिव श्री हरिकिसन सिंह सुरजित र भा.क.मा. का नेता चतुरानन मिश्र जस्ता विशिष्ट अतिथिहरूसमेतको उपस्थितिमा प्रज्ञाप्रतिष्ठानमा राष्ट्रियस्तरमा र खुलामञ्चमा आमसभा गरी मनाइएको थियो ।

गएका हप्ता नै "नेपाली कांग्रेसका महामानव" र "वी.पी.वाद"का प्रणेता एवं "राष्ट्रिय मेलमिलाप"को नीतिका पर््रवर्तक श्री वी.पी. कोइरालाको स्मृति दिवस परेको थियो । २०३९ साउन ६ गते वहाँको भौतिक अवशान भएपछि ने.का.का नेता कार्यकर्ताहरूले वहाँको स्मृतिमा अन्य कार्यक्रमहरूका अतिरिक्त राजधानीका कुनै खाली पाखामा गएर वृक्षरोपण गर्थे । र निर्दलीय निरंकुशतावादी मण्डलेहरू ती बकाइना, धुपी र सल्लाका बोटमा लटरम्म कोइरालो फुल्छ कि भनेर हत्तपत्त उखेल्न जान्थे । सायद मण्डलेहरूको माध्यमबाट त्यस दिवसलाई राष्ट्रिय समाचार बनाउने कांग्रेसहरूको चातर्ूयतापर्ूण्ा खेल थियो कि - त्यसरी वृक्षरोपणको कुरालाई उखेलिएको समाचारसँग जोडेर प्रचारमा ल्याइन्थ्यो ।

त्यसो त नेपाली कांग्रेसले स्मृति दिवसमा मात्रै होइन, भदौमा वी.पी. जयन्ती र पौष महिनामा "राष्ट्रिय मेलमिलाप" दिवसका सर्न्दर्भ पारेर पनि वृक्षरोपण गर्दथ्यो । र माथि भनेझै मण्डलेहरूबाट उखेलिएपछि संचारमाध्यममा निकै प्राथमिकतासाथ चर्चामा आउँथ्यो । त्यसरी राजाका जन्मोत्सवदेखि पुष्पलाल, वी.पी. जयन्ती, स्मृति दिवस र राष्ट्रिय मेलमिलापका सर्न्दर्भमा रोपिएका राजनीतिक विरुवाको अत्तो पत्तो कसैको खोजि र चासो छ छैन, त्यता नजाउँ ।

२. "नाम तेरो दाम मेरो"को घटिया खेल ः
माथि प्रारम्भमा नै उल्लेख गरेझैं यसपटकको स्तम्भ लेख्न निकै कठिन भएको छ ।

वी.पी.को "राष्ट्रिय मेलमिलाप" र पुष्पलालको "संयुक्त जनआन्दोलन"को राजनीतिक विचार शिवपुरीका पर्ूव-पश्चिम पाटो र बाटोबाट बगेका विष्णुमती र बाग्मतीका विपरीत पन्थी धारा थिए । अहिले ती दुवै धारा 'बाग्द्वार' र 'विष्णु पादुका'बाट बग्दाको पवित्र विष्णुमती र वाग्मती जल धारा टेकुमा पुग्दा कै जस्तो छ ।

हुन पनि "संयुक्त जनआन्दोलन" र "राष्ट्रिय मेलमिलाप"को राजनीतिक उच्चविचार प्रतिपादन गर्दा यसले कालान्त्तरमा आएर खून चन्द्रजोशी, शेरबहादुर, बलबहादुर, शेरबहादुर देवी ओझा, मैनाली बन्धुहरू जस्ता राजनीतिक कुसन्तति र प्राडो पजेरो, "संसद्लाई खसीबजार बनाउने" संस्कृति र प्रबृत्ति जन्माउँछ भन्ने परिकल्पना सायद वी.पी. र पुष्पलालका मन माथिङ्गलमा कहिल्यै जन्मेको थिएन होला -

त्यत्ति मात्रै नभएर ने.क.पा. माओवादी जस्तो प्रचण्डपथबाटै "नव क्रान्तिकारी कम्युनिष्ट आन्दोलन"लाई संविधानसभाको निर्वाचनका माध्यमबाट, गणतन्त्र स्थापना गर्न सिंहदरबार र नाराणहिटी पुर्‍याउन सकिन्छ" भन्ने क. पुष्पलाल दाहाल र डा. बाबुराम भट्टर्राईले नै पनि "समानुपातिक प्रतिनिधित्वको बाटोबाट विनोद चौधरी, राजेन्द्र खेतान जस्ताहरू नै शर्ीष्ास्थ कम्युनिष्ट नेताको "रेड क्याप" भिरेर संविधानसभामा भीड लाग्न सक्छन्, र राष्ट्रपति एवं उपराष्ट्रपतिको निर्वाचनमा दलहरूबाट आप\mना संविधानसभा सदस्यहरूलाई कस्तो जारी गर्ने भन्ने निर्ण्र्ाागर्नुपर्ूव लैनचौरका सल्लाघारीबाट निर्देशन थाप्नु, माग्नुपर्ने अनिवार्यताको परिस्थिति उपस्थित हुनेछ, र 'साम्राज्यवाद, उपनिवेशवाद, विस्तारवाद र विदेशी पूँजीवादी'हरूलाई सधैँ 'धारे हात' लगाएर सत्तो सराप गर्नेहरूकै "राष्ट्रवादी पसल"बाट डलर र भारुको मूल्यमा राष्ट्र, राष्ट्रिय, अस्तित्व-अस्मिता र र्सार्वभौम स्वतन्त्रताको कालो बजारी हुन्छ भन्ने हेक्का राख्न सकेका हुन्थे भने सायदै २०६२ मा 'बाह्र बुँदे" लिखतमा ल्याप्चे लगाउने गल्ती गर्थे होलान् -

"अहिले अध्ययन, चिन्तन र पुस्तान्त्तरले पनि नेता र जनतालाई समस्या, अन्यौल र दिग्भ्रमित पारेको हुन सक्छ" भन्ने तर्कहरू पेश गर्नेहरु पनि देखिन्छन् । तर त्यसरी आफूलाई निकै राजनीतिक महापण्डित देखाउने "बौद्धिक स्वरवृत्ति जीवीहरू"ले पनि दलहरूलाई 'नङ्गा राजा' बनाउने काममा उर्जा प्रदान गरिरहेका छन् । र तिनको संख्या पनि कम छैन ।

यद्यपि "नेपालको एकमात्र प्रजातन्त्रवादी ऐतिहासिक पार्टर्ीीा परम नेता वी.पी.का समकक्षी र सहकर्मी श्री गणेशमान सिंह र श्री कृष्णप्रसाद भट्टर्राईलेभन्दा आफूले बढी वी.पी.वाद र राष्ट्रिय मेलमिलापलाई चिने-बुझेको र त्यसलाई साकार पार्ने सक्षम र सुयोग्य नेताको रूपमा आफूलाई स्थापित गरेका, कोइराला वंशवादका वैध उत्तराधिकारी, श्री गिरिजाप्रसाद कोइरालाले पनि "वी.पी.वाद र राष्ट्रिय मेल मिलाप" बुझ्नु भएको छैन भनेर भन्ने आधार ती राजनीतिक शास्त्रीले पेश गर्न सकेका छैनन् । वी.पी. र उनको राष्ट्रिय मेलमिलापको अर्थ र आशय जी.पी.ले नबुझेका भए "मलाई धेरैले नैतिकताको पाठ पढाउँछन्, पिताजी कृष्णप्रसाद र वी.पी.को इतिहास संझाउँछन् । ......... जीवनमा मैले प्रजातन्त्रको संरक्षण, र्सार्वभौमिकताको रक्षा र राजतन्त्रको संरक्षण यी तीन कुरा गर्नु पर्छ । यी तीन कुरा गर्न मलाई कसैले सम्झाउनु पर्दैन" -हिटा २०५८/२/१८ अर्थात् वीरेन्द्र बंशनाश कै पर्ूव सन्ध्यामा) भनेर भन्ने थिएनन् ।

त्यस्तै ने.का.कै कोखबाट डा.गिरी, विश्वबन्धुहरू जस्ता जन्मेको इतिहासबाट नचेतेका भए, आप\mनो पार्टर्ीी श्री कृष्णप्रसाद, गणेशमान सिंह जस्ता नेताहरू पछिको पुस्तामा शैलजा, रामहरि, नरहरि जस्तलाई खुनचन्द्र जोशी एकेजीवीजी जस्ताले भित्ता लगाउने छन्, र कांग्रेसलाई स्वाँठबहादुर, भ्रष्टबहादुर, र्सर्ूयबहादुर, बलबहादुरहरूले हाँक्ने छन् भन्ने नसोचेका भए वी.पी.ले कांग्रेसलाई राजाको कृपा चाहिन्छ" भनेर निर्ःशर्त राजासँग मेलमिलाप गर्ने र गर्दन जोडिएको भन्ने थिएनन् --) र अफगानिस्तानमा कम्युनिष्ट पसेको भूत देखाएर आफू दरबारको ओत लाग्ने थिएनन् ।

अर्कोतिर "संयुक्त जनआन्दोलनविना "राजा तर्सर्ााे घर्ुर्कीवादी सशस्त्र आन्दोलन"का बलबाट ने.का. एक्लैले अपहरित प्रजातान्त्रिक जन अधिकार पर्ुनवहाली गर्न सम्भव छैन" भन्ने सोचाईबाट वी.पी. सामु "संयुक्त जनआन्दोलन"को प्रस्ताव राख्ने क. पुष्पलाललाई "कांग्रेसको पुच्छर" 'गद्दार' भन्दै हिडेका नाइटो नझर्दै देखि आफूलाई मार्क्सवाद लेनिनवाद र माओविचार धाराका र्सवज्ञाता ठान्ने ठेट्ना नेताहरूले २०३७ सालाको जनमत संग्रह र उप्रान्तको राष्ट्रिय पञ्चायतमा 'जनपक्षीय'को रामनामी पीताम्बर ओड्दै पञ्चायतको पृष्ठपोषण गर्छन् भन्ने हेक्का थिएन क्यार ! तर पनि २०४६ सालमा "मनमोहन र 'साहाना'को साख नबेचि परिवर्तित नयाँ राजनीतिक परिवेश परिस्थितिमा अघि बढ्न सकिन्न" भन्ने यथार्थता बुझेका श्री मदन भण्डारीले पुष्पलालको 'संयुक्त जनआन्दोलन' को बाटो समाए । त्यसरी "जी.पी.को पाद-पूजन" र पदचिहरूको अनुशीलन गर्दै धेरै कम्युनिष्टका ट्रेड मार्कभित्र आ-आप\mना विचारका उत्पादन बेच्ने साना ठूला कांग्रेसीहरूलाई पनि संयुक्त जनआन्दोलनबाट रामै्र शुभलाभ भइरहेको छ ।

सार संक्षेपमा भन्नुपर्दा क. पुष्पलालको संयुक्त जनआन्दोलनलाई 'पुच्छरवाद' ठान्ने र 'गद्दार' भन्ने मसला बेचेर ठूला साना पार्टर्ीीसल चलाउने कमरेडहरूलाई आज पुष्पलालको तस्वीर बेचेर बाँच्नु परेको छ । 'सत्तामा पुग्ने अन्तिम इच्छा" पुरा गर्ने इरादा बोकेमा जर्ीण्ा रुग्ण अन्य पार्टर्ीीेतालाई अमोध अश्त्र भएको छ । हुँदाहुँदा र्सर्ूयबहादुर, लोकेन्द्रबहादुर, स्वाँठबहादुर, खुनबहादुर डाँकाबहादुरदेखि चोर, बगलीमारा राष्ट्रघाती, विश्वासघाती र व्यक्तिघातीहरूसँग सजिलै सहबास गर्नेहरूका लागि पनि तिनै 'सूत्र' अमोध मन्त्र बनेका छन् । वी.पी. को मेलमिलापको नयाँ भाष्य जी.पी. शब्दावलीले "सहमति, सहकार्य, र समझदारी" बारेको छ । र त्यसै नयाँ भाष्यले को वी.पी. वादको समाधिमाथि गिरिजा स्वयंको साइज भन्दा दश गुणा बढी अग्लो र गह्रौ जी.वी.को शालिक स्थापित गर्न 'सूद'लाई सफल बनाएको छ । र पुष्पलालको 'संयुक्त जनआन्दोलन'ले जुन लक्ष्य शिखर पुग्ने र नेपालमा जस्तो राजनीतिक परिवर्तन गर्ने परिकल्पना गरेको थियो होला - वी.पी. को 'राष्ट्रिय मेलमिलाप' र 'वी.पी.वाद'ले जे जस्तो संवैधानिक राजतन्त्रात्मक शासन प्रणाली स्थापित गर्ने लक्ष्य लिएको थियो होला, आज त्यसको व्रि्रुप र निजपरक र अपभाष्य गराइलाई क. पुष्पलाल र वी.पी.ले देख्दथे, नियाल्न पाएका हुन्थे भने के सोच्दथे होलान् -, यो यौटा निकै टड्कारो प्रश्न बनेको छ ।

३. विस्तारवादबाट परास्त हुँदैछ राष्ट्रवाद
पुष्पलाल र वी.पी. कोइरालाद्वारा प्रतिपादित सिद्धान्त र नीतिको मन्त्र जप्दै ती महान् नेताहरूप्रति विश्वासघात गर्ने कम्युनिष्ट र कांग्रेसहरूले संयुक्त जन आन्दोलन र मेलमिलाप प्रति चरम व्यङ्ग्य गर्दै "गणतन्त्रात्मक संघीय नयाँ नेपालमा जे जस्तो फोहोरी र घटिया राजनीतिका क्रियाकलापको श्री गणेश गर्दैछन्, त्यो सबैका सामु र्छलङ्ग भएको छ । त्यसैले त्यस बाटो र पाटोतिरको चर्चा नगरौं ।

ती महान् नेताहरूको लकेट भिर्ने र उनीहरूका नामबाट जनताका नजरमा गिर्ने काम गर्ने हरूको बलात्कारको सिकार नेपालको "राष्ट्रवाद" र स्वतन्त्रता भएको छ । "नेपालको राष्ट्रिय अस्तित्व, अस्मिता, र्सार्वभौम, स्वतन्त्रताको आवरु बचाउनु पर्छ" भन्नेको हविगत "लोपोन्मुख गैडा"को जस्तो देखिएको छ । महाकालीदेखि मासिन थालेका राष्ट्रवादीहरूका सूचीका अन्तिम नाममा माले, मण्डलेहरु सँगै ने.म.कि.पा. थपिएको छ । 'एम्.वी.सिंह'को नेतृत्वको मसालको नाम शंकाको घेराभित्र उल्लेख हुन पुगेको छ ।" यही प्रसङ्गमा पूराना स्वतन्त्र वामपन्थीका रूपमा रहेर पनि धेरै जसो कम्युनिष्ट पुराना शर्ीष्ा नेताहरूले समेत मानेका व्यक्तिहरुको निष्कषर्ात्मक टिप्पणी उनैका शब्दलाई जस्ताको त्यस्तै नै राखेर उल्लेख गरौं - "अरु माले झाले एमालेले त कांग्रेसलाई उछिनेर भारुको भरिया भई भारत भक्ति गान गर्नतिर लाग्यो, आर्श्चर्य नमानौं, ने.म.कि.पा.- 'राष्ट्रिय जनमोर्चा' -मसाल) जस्तो राष्ट्रवादका हिमायती र दूतावासको नून ढीकोको प्रभाव मुक्त मानिँदै आएका पार्टर्ीीेत यस पटकको राष्ट्रपतिको निर्वाचनमा गिरिजाप्रसादले बोकाएको भारुको भारी बोकेर लिखुर-लिखुर कोइरालाको पछि लाग्दै हिँड्ने 'एसिशियन्'को रूपमा देखिए, भनेर भनेको सुन्दा आर्श्चर्य लागेको छ । अघिल्लो दिनसम्म "आफूले चाहे जस्तो उम्मेदवार नभएकोले मतदान नगर्ने" घोषणा गरेर आफ्नो इज्जतमा दाग लाग्न नदिएका साइज सानो भए पनि सानमान ठूलो भएको पार्टर्ीी भोली पल्टै र्सवजनिक घोषणा गर्दै आफैंले राष्ट्रघाती भन्दै आएको ने.का.लाई र्समर्थन गर्ने जुन बाध्यताको चक्रव्यूहमा परेको संकेत गरे । त्यसको एकमात्र निशंक कारण भारुको भेल थेग्न नसक्नु नै हो, भन्ने आशंकालाई कसरी हर्ेर्ने - भलै सफाई दिने तर्क धेरै हुन सक्छन् ।"

यस सर्न्दर्भमा धेरै स्वतन्त्र वुद्धिजीवीहरुको निष्कर्षके पनि देखियोे भनेे "नेपालका महिला हक हितमा लागेर पोल्टा भरी पुरस्कार र डलर सहायता बटुल्न भ्याई नभ्याई भएका संविधान सभाका "सशक्त महिला" सांसदहरू नै भारुको भारले थला परे । र हैकमवादी पुरुषहरूले गणतन्त्रात्मक नेपालको प्रथम राष्ट्रपति वा उपराष्ट्रपतिको रूपमा पहिलो गण्तन्त्रवादी महिला बनाउन पाएको मौकासमेतलाई बलात् अपहरित हुँदा लगाम लगाएको घोडा जस्ता बने । "नारीवाद"को सारी फालेर चीरहरण हुँदा समेत 'चूँ' बोल्न र महिला पक्षमा मतदान गर्न नसक्ने देखिए । जसको देखि - भोगी जान्ने साक्षी नेपालको महिला-हकहित-आन्दोलनकी सशक्त शर्ीष्ा नेतृ साहाना प्रधान र शान्ता श्रेष्ठ फट्के किनारामा देखिनु हुन्छ ।

४. अबको राजनीतिक धारा कतातिर जाला ?
राष्ट्रपतिको हिजोको निर्वाचनको समग्र परिदृश्यले नेपालको राजनीतिको भाबी दिन र दिशा शून्य र अन्धकारतिर उन्मुख देखिएको छ । यस बेला एक थरि एमाले र कांग्रेसीहरू "माओवादीले अरुलाई पर्ुन खनेको खाल्डोमा आफैं पर्‍यो" भनेर हौसिँदै हिँडेका देखिन्छन् । अर्कोतिर देशको साह्रै तरल र नाजूक परिस्थितिलाई नजीकबाट नियालिरहेका र "राष्ट्रिय अस्तित्व अस्मिता माथि कुनै पनि परिस्थितिमा खतरा उत्पन्न हुनुहुँदैन र नेपालको स्वतन्त्र र्सार्वभौमिकता कमजोर हुनुहुँदैन" भन्नेहरूका सूक्ष्म दृष्टि र विश्लेषण छुट्दैछ । उनीहरु अति निकट भविष्यदेखि नै पाइलै पिच्छे ठूलो संवैधानिक संकट उत्पन्न हुने कुरा बाहेक सबै कुरा अनिश्चित, अस्पष्ट र तरलताको स्थितिमा छ भन्दैछन् ।

अहिले कतिपय सत्तातुर "वज्रस्वाँठहरू"मा के भ्रम रहे छ भने "ने.क.पा. माओवादीलाई सत्तामा आउन दिनु हुँदैनथ्यो, गैर माओवादी"ले त्यो माओवादीलाई सत्तामा जानबाट रोक्ने काम गरे, राम्रो भयो । त्यस्तो बुद्धि र विश्लेषण कुन हदसम्म गलत नहुन सक्छ भने "पहिलो पल्ट माओवादीलाई सत्ताबाहिर राख्ने, र भए भरका संवैधानिक पदहरूमा गैरमाओवादीलाई स्थापित गर्ने, त्यसपछि माओवादी सत्तामा आए पनि खास फरक पार्न सक्दैन ।"

तर यस्तो सोच हिजो राजाका हनुमानका स्वाँठले जे गरे, त्यसैको सिको गर्ने बाहेक कुनै नयाँ होइन यो । जुन माओवादीलाई ने.का. र राजाका नेतृत्वका सरकारले दश वर्षम्म वर्षोनी झण्डै कूल बजेटको १५ प्रतिशत रकम दिएर पठाएको । त्यो शाही सेनाले मटियामेट गर्न खोज्दा स्वयं पराजित भएर भाग्दै चक्रपथभित्र पसेर आई चारपत्रे काँढे तार वारभित्र बस्नुपर्‍यो, आफैबाट टाउको को मोल तोकिएका नेताका पिठ्यूमा बोकिए जुन गिरिजाप्रसादले बालुवाटार दरबार पुगे । त्यही दल -माओवादी)लाई सत्ता हत्याउनबाट रोक्न सक्ने सामर्थ्यवाला व्यक्ति र शक्ति कहाँ रहेको छ -, अहिले धेरैको जिज्ञाषा देखिन्छ । माओवादीलाई सत्तामा जानबाट रोक्ने भनेको स्याउलाको बाँधले गण्डकीको धारा रोक्न सकिन्छ" भन्ने खाले सोच हो । यो सोच कसका लागि कति श्रेयस्कर हुन सक्छ, र राष्ट्रका लागि कति अहितकर - हर्ेर्दैर् जाऊँ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
जे, जसरी पनि देश त चल्दो रहेछयादब देवकोटा (07.07.2008)
यिनीहरु पनि पुरिानै ड्याङका नयाँ संस्करणमहेश्वर शर्मा (07.07.2008)
राजनीतिक अन्यौल भित्र हराएको 'नयाँ नेपाल' हाँक्ने को ?तारा सुवेदी (07.07.2008)
लागूपदार्थ दर्ुर्व्यसन र आजको पिंढी- यादब देवकोटा (06.30.2008)
राष्ट्रपति पनि सरकार सुहाउँदै चाहिन्छमहेश्वर शर्मा (06.30.2008)
बाटो बिराएको संविधानसभातारा सुवेदी (06.30.2008)
बाटो बिराएको संविधानसभातारा सुवेदी (06.30.2008)
वामपन्थीहरुको बहुमत र भावी सरकारको सम्भावनायादब देवकोटा (06.24.2008)
कूटनीतिक मदारीका 'बीन'मा लठ्ठएिकाहरुमहेश्वर शर्मा (06.24.2008)
"अलि हजम हुन नसकेका कुरा"तारा सुवेदी (06.24.2008)



 
  ::| Events
August 2008  
Su Mo Tu We Th Fr Sa
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30
31            
 

© Neeraz.Com 2007
[Top Page]