Yugasambad.Com.Np

धन्न रहेछ नेताहरुको इमान-जमान र नैतिकता
यादब देवकोटा

Monday, 07.21.2008, 05:27pm (GMT5.5)

परिवर्तनको अनुभूति कसरी गर्ने - के भयो भने परिवर्तन भएको मान्ने - परिवर्तनका संवाहक शक्ति जनता हुन् कि जनतालाई अघि लगाएर आफूहरु सुरक्षित रुपमा पछिपछि हिंड्ने नेता र राजनीतिक दल हुन् - परिवर्तनको आवश्यकता नेतालाई हो कि जनतालाई हो - अहिले यिनै प्रश्नहरुको खोजी जनस्तरबाट भैरहेको छ । उत्तर दिनुपर्ने, परिवर्तनको अनुभूति दिलाउनुपर्नेहरु भने मौन छन्, जनताका अनगिन्ती समस्या समाधान गर्नेतिर उनीहरुको ध्यान जानै सकेको छैन । सरकार कसरी गठन गर्ने, सरकारमा कोकोलाई सहभागी गराउने - राष्ट्रपति कसलाई दिने - कसरी आफ्नो हैकम अनन्तकालसम्म कायम राख्न सकिन्छ - कसरी अरुको उपस्थिति शून्य बनाउन सकिन्छ - यिनै खेलहरुबाट मुलुकमा अभूतपर्ूव परिवर्तन भएको ३ महिना वितिसक्दा पनि जनताको नजरमा भने प्रतिगमन मात्रै होइन महाप्रतिगमनको पुनरावृत्ति भैरहेको छ । बल्लबल्ल वीरबलको खिचडी पाकेको छ । पूरा भोजन तयार हुन अझै कति समय लाग्ने हो पत्तो छैन । नेताहरु जनतालाई लोकतन्त्र, संघीय गणतन्त्र, जातीय, क्षेत्रीय, भाषिक, साम्प्रदायिक स्वायत्तता दिने भन्दै झुक्याइरहेका छन् । धन्न सक्दारहेछन् सोझा नेपालीको टाउकोको भकुण्डो खेल्न नेताहरुले !

आफ्नो राजनीतिक स्वार्थका लागि जनतालाई झुक्याउने, राष्ट्रिय स्वाभिमानमाथि नै आँच पुर्‍याउने नारा अघि सार्ने, मुलुकलाई विखण्डन गर्ने विषयहरुमा हलुका भैदिने गर्नाले अहिले देश टुक्रिने खतराप्रति जनता सचेत छन् । तर सचेत भएर सक्रिय हुनुपर्नेहरु भने अझै पनि सत्ताकै सेरोफेरोमा छन् । उनीहरुलाई मुलुक टुक्राटुक्रा पारेर भए पनि सत्ताभोग गर्ने लालच बढेको त होइन भन्ने प्रश्न पनि उठिरहेको छ । जातीय स्वायत्ततादेखि क्षेत्रीय, भाषिक र धार्मिक, साम्प्रदायिक स्वायत्तताले मुलुकको अवस्था कस्तो होला - कसैले अनुमान गरेको छ - सम्बन्धित वर्ग र क्षेत्रको र्समर्थन पाउनकै लागि यस्ता नारा लगाउनेहरुले नयाँ नेपाल कसरी निर्माण गर्लान् - जनतालाई राहतको सात आहतको पहाडमाथि चढाएर खर्ुर्मुर्‍याउने तर सपना बाँड्न भने नछाड्ने नेताहरुको राजनीतिक दृष्टिकोण धिक्कारयोग्य मात्र छ ।

मुलुक कसरी चलिरहेको छ - कोबाट चलिरहेको छ र कसका लागि चलिरहेको छ - यो प्रश्न सामान्य नागरिकको भए पनि गम्भीर हो । यसको उत्तर दिनुपर्नेहरु स्वयं आफू दिग्भ्रमित छन् । उनीहरु आफैं कोबाट कसका लागि कसरी परिचालित भैरहेका छौं भन्नसक्ने मनस्थितिमा छैनन् । यस्तै अनेक तर्क, अनुमान र आशंकासंगै आशाको त्यान्द्रो बोकेर बसिरहेका जनता अहिले भन्न थालेका छन्- धन्न सक्दारहेछन् नेताहरु- जनतालाई झुक्याउन, परिवर्तनको चाहनालाई आफ्नो जीवनशैलीको परिवर्तनसंग मोलतोल गर्न !

हरेक कुराको एउटा सीमा हुन्छ । नाम लोकतन्त्रको दिए पनि काम उहिल्यैकोभन्दा पनि खत्तम छ । आफूलाई शक्तिमा स्थापित गर्ने होडवाजीमा राष्ट्रको अस्तित्वमाथि नै प्रहार हुँदा पनि चुँइक्कसम्म नगर्ने नेताहरु प्रशस्तै देखियो । हिजो भारतीय विस्तारवादविरुद्ध संर्घष्ा गर्न खनेका बंकरहरुमा अहिले दुम्सी लुक्न थालेका छन् । हिजो भारतीय विस्तारवादको विरोध गर्दा कहिल्यै नथाक्नेहरु अहिले भारत विशिष्ट किसिमको मित्र भएको छ । हिजो भारतले गरेको थिचोमिचो, सीमा अतिक्रमण, डुबान समस्या, जलस्रोतमाथिको हैकमको चर्को विरोध गरेर नथाक्नेहरु आज उनीहरुकै शरणमा पर्नथालेका छन् । धन्न रहेछ यिनीहरुको चरित्र ! जनतालाई यसरी झुक्याएर कतिन्जेल राज गर्ने होला - जनताको प्रश्न यो पनि एउटा हो ।

चाहना र आवश्यकता अलग कुरा हो । आवश्यकता दैनिकीसंग सम्बन्धित हुन्छ भने चाहना असीमित हुनसक्छ । साइकल हुनेलाई मोटरसाइकल र मोटरसाइकल हुनेलाई मोटर । त्यसपछि महंगो र विलासीपर्ूण्ा मोटरको आवश्यकता बढ्दै जान्छ । अर्थशास्त्रीय आवश्यकताको सिद्धान्त नै यस्तै हो । तर चाहना घरको चुलो बाल्नेदेखि लिएर केटाकेटीको कापी, किताब, सिसाकलम र उज्यालोका टुकी बाल्ने मट्टतिेलसम्म मात्र पनि हुनसक्छ । बजारमा सस्तोमा एकमुठा साग पाउने चाहना गर्ने अधिकांश जनताको आवश्यकता यस्तै छ । तर त्यही कुराको यहाँ व्यापक अभाव भएको छ । जनताका बीचमा भोलि कुन कुरा लिएर जाने - कसरी उनीहरुको आक्रोशलाई शान्त पार्न भन्ने कुनै योजना छैन । चुनावी घोषणापत्रमा सपनाका मीठामीठा ललीपप बाँडेर मात्र मुलुक बन्दैन र यस्तै नौटंकी कार्यक्रमले जनतामा परिवर्तनको अनुभूति हुँदैन । हिजो जे भएको थियो, आज पनि त्यही भैरहेको छ । राजा बस्ने ठाउँमा राष्ट्रपति चुनियो । के यतिले नेपाली जनताको चाहना पूरा होला - राजा हटाएर राष्ट्रपति राख्नु मात्र सवै कुरा हो । सवै समस्याको समाधान यही मात्र हो - नेताहरुले जनभावनाको न कदर गर्न जाने न त्यसलाई जरुरत नै सम्भिmए । गजबको छ नेपालका राजनीतिक नेताहरुको चरित्र ! एकदिन तीनपटक आफ्ना कुराहरु बदल्दै हाँसोको पात्र मात्र बनिरहेका छन् । धन्न सक्दारहेछन् नेताहरुले सोझा, निमुखा र धर्ैयशील नेपाली जनतालाई राजनीतिक नाटकको दर्शक बनाएर आफूहरुको स्वार्थ पूरा गर्न !

सन्तोषको सास फर्ेर्ने कुनै ठाउँ छैन । राहतको त के कुरा प्रकृत्रि्रदत्त स्वच्छ हावा लिन समेत अब कठिन पर्ने भैसक्यो । राजधानीमा महिनामा १५ दिन फोहरको पहाड बन्छ - शहर बजारमा हिंड्नेहरु कसरी सास फर्ेदा हुन् - तैपनि नेताहरुलाई कुनै कुराको चासो छैन । गणतन्त्र कार्यान्वयन भएको २ महिना हुन लाग्यो । यतिबेलासम्म कति काम भैसक्नुपर्ने थियो । अब त गाली गर्ने एउटा पात्र पनि समाप्त भयो । एकले अर्कालाई कोराकोर गरेरै समय विताइरहेका छन् । दिनभरि बालुवाटार, नयाँबजार र बल्खुमा बस्यो अनि बाहिर निस्केपछि असमझदारीको ठूलै पोको एकैपटक पोख्यो । यसरी पनि राजनीति चल्ने रहेछ । समझदारी कायम गर्ने समझदारी भएर अर्को दिनका लागि बैठक गर्ने सहमति हुनु बाहेक अर्को कुनै उपलब्धि भएको पाइदैन । विवाद हुनै नपर्ने विषयमा चर्को विवाद गरेर नेताहरुले जनताको नजरमा आफूलाई दिन प्रतिदिन गिराइरहेका छन् । उनीहरुमा जनताप्रति आफूहरुको नकारात्मक छाप बढ्दै गएको अनुभूति नै भएको छैन कि के हो - सहमति कायम भएको एकैछिनमा नयाँ समीकरणको ढोका खुल्छ । रातारात सहमति र सहकार्यका नयाँ नयाँ प्रयोगहरु भैरहेका छन् । पछिल्लो समय राष्ट्रपतिका लागि जेजस्ता खेल भए यसले शुभ संकेत गरेको छैन । नेताहरु यसै गरी जनतालाई झुक्याएर आफूहरुको स्वार्थ पूरा गर्न सकिन्छ भन्ने भान परेको हो कि के हो - बुझ्न सकिएको छैन । जनतामा व्याप्त निराशा चिर्ने कुनै हतियार तयार छैन । महंगो शुल्क तिरेर पनि पेट्रोलियम पदार्थ पाइदैन । आम्दानीको स्रोत घट्दो छ बजारभाउ भने आकाशिंदो छ । यस्तोमा पनि नेताहरुको सामान्य चेत समेत खुलेको छैन । केवल तेरो र मेरो गर्दागर्दै समय व्यतित गरिरहेका छन् । धन्न रहेछ- जनतालाई भेडा-बाख्राझैं व्यवहार गरी सकसै सकसको दाम्लोले बाँधेर डल्याउन खप्पिस नेताहरुको इमान-जमान र प्रतिवद्धता !

मुलुकको समग्र क्षेत्र अहिले अस्तव्यस्त छ । कोही कसैको नियन्त्रणमा छैन । सुरक्षा निकायदेखि प्रशासनिक अंगसम्म नकारात्मक र अनुशासनहीन व्यवहार बढिरहेका छन् । कारवाही गर्नुपर्नेलाई स्यावासीले पुरस्कृत गर्दा शमशेरगञ्जको आगो बाँकेकै धम्बोजीमा पनि सल्कियो । यसलाई राजनीतिक तहबाट जेजसरी व्याख्या गरियो त्यो अत्यन्त चिन्ताजनक छ । एकथरिहरु व्रि्रोहीलाई कारवाही गर्नुपर्छ र अनुशासन तोड्न दिनु हुँदैन भन्छन् भने अर्काथरि भने यो राम्रो काम हो भन्छन् । जसको जे स्वार्थ छ र जसलाई जे अभीष्ट पूरा गर्नुछ सोही अनुसारको अभिव्यक्ति आइरहेका छन् । यसलाई शुभ संकेत भनेर कसरी भन्ने - धन्न जनता विचरा यिनै नेताहरुको रमिता हेरेर अभाव र भयग्रस्त जिन्दगीमा थोरै भए पनि मनोरञ्जन गरिरहेका छन् । नेताहरुलाई आफू कति व्यंगको पात्र बनिरहेको छु भन्ने समेत भेउ छैन । । धन्न रहेछ- उनीहरुको बुद्धि र विवेक !

इमान र नैतिकता मानिसको र्सवाधिक ठूलो गहना र सम्पत्ति हो । तर डिवम्वना के भने नेपालका राजनेताहरु ती दर्ुइ कुरामा ज्यादै नै दर्रि्र भैरहेका छन् । आज बोलेको कुरा भोलि नै गलत सावित हुने गरी नेताहरु आ-आफ्नै डम्फू बजाउनमै व्यस्त भैरहँदा उनीहरुको नैतिक धरातल दिन प्रतिदिन कमजोर बन्दै गएको छ । उनीहरुमा लोकलाज र लोकभयको कुनै चिन्ता छैन । लोकतन्त्रको दुहाई दिएर नेतातन्त्र चलाउन चाहने अधिनायकवादी चरित्रले लोकतान्त्रिक संस्कार र नैतिकतालाई कुनै अर्थमा पनि सहानुभूति समेत दिन सक्दैन । नेपाली जनताले गरेको विश्वास, राखेको भरोसा र दिएको जिम्मेवारीलाई नेताहरु आफूहरुको सत्तास्वार्थ, दलगत र गुटगत अहंकार स्थापित गर्ने 'लाइसेन्स'को रुपमा लिएका छन् । जनताको अभिमत र विश्वासलाई दुत्कार्ने यस्ता नेताहरुको नैतिकता र इमान्दारीता पनि धन्नैको रहेछ । नयाँ नेपाल बनाउने हुँकार र दम्भ पालेका नेताहरुको अहिलेको चर्तिकलाले भएकै नेपाल पनि कता खोज्न जानुपर्ने हो अहिले त्यसैको मात्र र्सवाधिक चिन्ता बढेको छ । जनता भौतिक वस्तुहरुको जस्तोसुकै अभावमा पनि बाँच्न सक्छन् तर राष्ट्रियताको अभावमा एक निमेस पनि बाँच्न सक्दैनन् । यही चेतना नेताहरुमा भएदेखि उनीहरुलाई धिक्कार्नुपर्ने थिएन । उनीहरुको बुद्धि र संर्घष्ाका कथाहरुलाई व्यंग्यको रुपमा लिनुपर्ने थिएन ।