राष्ट्रपतिको चयनपछि नेपालको राजनीतिक मानचित्रमा नयाँ अध्याय सुरु भएको छ । जनआन्दोलन-२ को सफलताले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यो । एकीकृत नेपालमा दर्ुइ सय ४० वर्षेखि कायम रहेको राजतन्त्रको अन्त्यसंगै मुलुकमा अनेक किसिमका समस्याहरु पनि देखिएका छन् । विगतमा कायम रहेको राष्ट्रिय एकतालाई अहिले अनेक ढंगले व्याख्या गनृ थालिएको छ । कतिपयले राजतन्त्रले जनतालाई दबाएर राष्ट्रिय एकताको नाममा शासन गरेको आरोप लगाउँछन् भने कतिपय त्यसलाई स्वीकार गर्दैनन् । आरोप र प्रत्यारोपको यो बीचबाट अब मुलुकमा नयाँ ढंगले राष्ट्रिय एकता कायम गर्नुपर्ने चुनौतीपर्ूण्ा अवस्थामा आएको छ । अहिले जातीय, क्षेत्रीय नाराहरु चर्को रुपमा उठिरहेका छन् । नेपालको भौगोलिक सीमा, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक र सांस्कृतिक आधारलाई मूल्यांकन र विश्लेषण गरेर राष्ट्रिय एकता कायम गर्नु पक्कै पनि सजिलो काम होइन । जनताका अनेक आकांक्षा छन र यही आकांक्षालाई भजाएर अराष्ट्रिय तत्वहरुले मुलुक नै विखण्डन गर्ने किसिमका चलखेल पनि गरिरहेका छन् । यो केवल आरोप मात्र होइन । राजनीतिक तहबाटै यसको खुलासा भैरहेको छ । आन्तरिक राजनीतिमा बाहृय हस्तक्षेप र चेलखेलका प्रसंगहरु हरेक निर्ण्ाायक घडीमा छरपस्ट हुने गरेको छ । राष्ट्रपतिको चयनदेखि नयाँ सरकार गठनसम्म बाहिरी चलखेलले भरपूर काम गरिरहेको आरोपलाई निराधार मान्न सकिन्न । नेपालको राष्ट्रियता खतरामा परेको, राष्ट्रिय अखण्डता खण्डित हुने खेल भैरहेको र मुलुकमा अस्थिरता कायम राख्ने अनेक षड्यन्त्र भैरहेको कथन नेताहरुबाटै आइरहेको छ । नेपालको सुखद् भविष्यका लागि यो नै र्सवाधिक ठूलो चुनौती हो ।
नेपालको राष्ट्रिय एकता कसरी कायम गर्ने र कसरी अखण्डित नेपाली स्वाभिमानलाई खण्डित हुनबाट जोगाउने भन्ने अहिलेको मुख्य चुनौती हो । एउटा राजनीतिक व्यवस्थाको अवशानसंगै उदाएको नयाँ व्यवस्थाले राजनीतिक दूराकांक्षा नराखी समग्र मुलुकको हितमा आफूलाई समर्पित गर्न सके मात्र मुलुकको एकता कायम हुनेछ । हिमाल, पहाड र तर्राई गरी तीन भौगोलिक विभाजनमा रहेको नेपालको अखण्डित भूमिलाई कायमै राखी राष्ट्रिय एकतालाई अक्षुण राख्ने जिम्मेवारी नवनियुक्त राष्ट्रपति रामवरण यादवको काँधमा आइपरेको छ । राष्ट्रिय मेलमिलापको नीति प्रतिपादन गरी नेपालको राष्ट्रियता र राष्ट्रिय एकता कायम गर्न आफ्नो ज्यानको वाजी थापेर भारत प्रवाशबाट नेपाल आउनुभएका वीपी कोइरालाका सच्चा अनुयायीका रुपमा चिनिनुभएका राष्ट्रपति यादवले अब मुलुकको एकता र र्सार्वभौमसत्ता कायम गर्न कस्तो भूमिका निर्वाह गर्नुहुन्छ र त्यसका लागि उहाँसंग के कस्ता रणनीतिक योजनाहरु छन् त्यो भविष्यमा नै देखिनेछ । यति हुँदाहुँदै पनि उहाँका यसअघिका धारणाहरुले उहाँ राष्ट्रियताप्रति प्रतिवद्ध नेताका रुपमा भने चिनिंदै आउनुभएको हो । नेपाल भूमिको एकता र यसको संरक्षणका लागि पर्ुखाले पुर्याएको योगदान, उनीहरुको बलिदानी र संर्घष्ालाई आत्मसात गर्न सके नेपाललाई खण्डित गर्ने देशी विदेशी जुनसुकै तत्वको खेललाई पनि परास्त गर्न सकिन्छ । अंग्रेज साम्राज्यवादको पञ्जाबाट मुलुकलाई जोगाएर विश्वमा स्वाभिमानी नेपाली भएर बाँच्न पाएका हामी नेपालीहरु अहिले इतिहासमै र्सवाधिक कमजोर बनिरहेका छौं । हाम्रो राष्ट्रियतामाथि प्रहार भैरहेका छन् । क्षणिक राजनीतिक स्वार्थका लागि विदेशी हस्तक्षेपलाई स्वीकार गर्ने गलत नीति अपनाइने गरिएको छ । सत्ता र शक्ति आर्जनको अस्वस्थ होडवाजीले पनि मुलुकलाई कमजोर बनाइरहेको छ । नेपाली राष्ट्रियताको सर्न्दर्भमा हिजोका दिनमा अपनाइएको नीति, हिजोका दिनमा कायम गरिएको आधारहरु अहिले पनि उपयुक्त छन् र त्यसैबाट मात्र राष्ट्रियता मजबुत हुन्छ । पुरानो र नयाँको धुनमा मुलुकलाई ध्वस्त पार्ने गलत निर्ण्र्ाागर्नु हुँदैन । हिजोका दिनमा के कसरी मुलुकको स्वाभिमान उच्च थियो, कसरी राष्ट्रिय एकता कायम थियो र कुन सूत्रले सम्पर्ूण्ा नेपालीहरुबीच सहिष्णुता कायम थियो भन्ने तथ्यको खोजी गरिनै पर्दछ । अहिलेको आवश्यकता पनि यही हो ।
साना, भुरे टाकुरे र बाइसे चौबीसे राज्यहरुलाई मिलाएर एकीकृत नेपालको जग बसालिएको हो । राजनीतिक आग्रह र पर्ूवाग्रहबस राष्ट्रिय एकतालाई जेजस्तो रुपमा व्याख्या गरे पनि एउटै मात्र सत्य के हो भने पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका हुन् र उनको अभियानलाई नेपाली जनताले आर्थिक, भौतिक र नैतिक रुपमा साथ दिएकै हुन् । नेपालको एकीकृत भूराजनीतिलाई अहिलेसम्म कायम राख्न त्यही सूत्रले काम गरेको छ । जुन सूत्र अहिले पनि आवश्यक छ । परिवर्तनको नाममा राष्ट्रिय आधारहरुलाई भत्काउने प्रयास गरियो भने नयाँ नेपाल होइन भएको नेपाल पनि नरहने खतरा बढ्न सक्छ । अहिले भैरहेको पनि त्यही हो । नयाँ नेपालको आकर्ष नाराभित्र राष्ट्रिय एकता खण्डित हुने खेल भैरहेको छ ।
नेपालको एकता, राष्ट्रियता र र्सार्वभौम अखण्डताका लागि के बालक, के युवा, के महिला, के वृद्ध सवैले रगत बगाएका छन् । पर्ुखाले ठूलो बलिदानी दिएर जोगाएको नेपालको राष्ट्रियता र जगाएको नेपाली स्वाभिमानलाई हामीले कुनै मूल्यमा पनि कसैसंग सम्झौता गर्नु हुँदैन । चाहे हिमालमा बस्ने हुन् वा पहाडमा र तर्राईमा बस्ने नै किन नहुन् । उनीहरु हिमाली, पहाडी वा तर्राईबासीभन्दा पहिले नेपाली हुन् । उनीहरुको आत्मामा नेपालीपनले बास गरेको छ । नेपालको अखण्डित भूमिलाई खण्डित गरेर आफ्नो स्वार्थ पूरा गर्न चाहने केही तत्वहरुको लहैलहैमा लागेर राष्ट्रियता कमजोर पार्ने कुनै पनि कामलाई राजनीतिक तहले प्रश्रय दिइनु हुँदैन । जनतालाई अधिकार दिने नाममा जनताको स्वाभिमान नै बन्धकमा पर्ने निर्ण्र्ाागरिनु हुँदैन । आज एक मधेस एक प्रदेशको मागले निकै ठूलो राजनीतिक रंग पक्डेको छ । यो मागलाई देशभित्रबाटभन्दा देश बाहिरबाट बढी महत्व दिइएको छ । हामीले बुझ्नुपर्ने विषय नै यही हो । नेपाली जनताको चाहना भन्दै विदेशीको चाहनालाई पर्ूण्ाता दिने गल्ती र मर्ुखता कसैले पनि गर्नु हुँदैन । जनताको चाहना भन्दै एउटाले अर्कोलाई निषेध गर्ने कार्य पनि क्षम्य हुँदैन । आफूहरुले गरेको सवै ठीक र जनहितकारी छ भन्ने परिपाटीले पनि नेपाली जनताको चाहना पूरा हुँदैन । आफू मात्र जनमुखी र अरु सवै गलत भन्ने राजनीतिक सोचको विकास गरिनु हुँदैन । अहिले त्यस्तै भैरहेको छ । जनताको चाहना सवै मिलेर अघि बढन्ुपर्ने हो तर दलीय स्वार्थले जनमतको अपमान भैरहेको छ । जनतालाई केन्द्रविन्दुमा राखेर राष्ट्रिय एकता कायम गर्दै मुलुकको रक्षा र मुलुकबासीको हितमा समर्पित हुनुपर्नेहरु दलीय स्वार्थका कारण आफूलाई सो बाटोमा प्रवृत्त गराउन सकिरहेका छैनन् । राष्ट्रिय आवश्यकताभन्दा दलीय अहंकार ठूलो भैरहेको छ । राष्ट्रिय एकताको आधार नै भत्काइएको छ । धार्मिक, सांस्कृतिक, जातीय, भाषिक विविधता भएको मुलुकमा यसैलाई भजाएर राजनीतिक स्वार्थ पूरा गर्ने अनेक खेल जारी छन् । यसरी एकले अर्कोलाई निषेध गर्ने र मुलुकको राष्ट्रियतामाथि नै आक्रमण हुँदा समेत त्यसलाई चुपचाप सहेर राजनीतिक रंग दिने गलत परिणटीको अब अन्त्य हुनर्ुपर्छ । जो जसले यस्ता माग राखेका छन् उनीहरुले पनि बुझ्नुपर्ने कुरा के हो भने नेपाल रहे मात्र हामी नेपाली रहने हो । यसका लागि हामीले राष्ट्रिय एकतालाई खलबल्याउनु हुँदैन । राष्ट्रियता जस्तो सम्वेदनशील विषयलाई राजनीतिक छाप दिएर केही समय सफलता हातपरे जस्तो देखिए पनि कालान्तरमा त्यसले मुलुकमा विखण्डन ल्याउने सिवाय अरु कुनै नतिजा दिंदैन । अहिले एक मधेस एक प्रदेशको नारा लगाएर केन्द्रीकृत शासनलाई नै प्राथमिकता दिने जमर्को गरिएको छ । पर्ूव मेचीदेखि पश्चिम महाकालीसम्मको सिंगो तर्राईलाई एउटा राज्यको रुपमा विकसित गर्न चाहनेहरुले ती क्षेत्रमा रहेका अनेक जातजाति र भाषाभाषीलाई कसरी सन्तुलनमा राख्न सक्छन् - आज स्वायत्त प्रदेशको नारा लगाइएको छ, भोलि त्यो नारा स्वतन्त्रताको पक्षमा जानेछ र अर्को पटक त्यो भूभाग नै नेपालबाट अलग्याउने काम हुने छैन भनेर पत्याउने कुनै बलियो आधार छैन । विश्वका विभिन्न मुलुकहरुमा जातीय स्वायत्तताका आधारमा संघीयता कायम गर्दा मुलुक नै टुक्राटुक्रा भएका उदाहरण प्रशस्त छन् । नेपाली एकता र नेपाली राष्ट्रियताका लागि यो पक्ष र्सवाधिक गम्भीर र पीडादायी छ ।
हिन्दु हुन वा बौद्ध, इर्साई हुन वा मुस्लिम- नेपालको भूगोलभित्र बस्ने सवै नेपाली हुन् । उनीहरुको पहिलो चिनारी धार्मिक, भाषिक र जातिय आधारमा नभै नेपालीको आधारमा भैरहेको छ । विगतमा धार्मिक सहिष्णुता कसरी कायम थियो । मुलुक हिन्दु अधिराज्य भए पनि सवै धर्मावलम्बीहरु एक आपसमा मिलेर बसेका थिए । कुनै धर्मले अर्को धर्ममाथि आक्रमण गरेको थिएन र छैन । अहिले पनि त्यो अवस्था कायमै छ । धार्मिक र जातीय आधारमा राजनीति गर्नुको गलत परिणाम भारतमा अहिले पनि कायमै छ । धार्मिक र जातीय विषय अत्यन्त सम्वेदनशील विषयलाई राजनीतिक नारा बनाइनु हुन्न । मुलुकले समग्रतामा सवैलाई समानरुपमा व्यवहार गर्नुपर्छ र राजनीति गर्नेहरुले पनि त्यस्तो विभेद राख्नु हुँदैन । तर्राईलाई एउटा व्यवहार, पहाडलाई अर्को र हिमाललाई अर्को व्यवहार गर्दा मुलुक खण्डित हुने खतरा कायमै रहन्छ । जनतालाई आफू कुनै क्षेत्र र वर्गबाट अपहेलित नभएको अनुभूति दिलाउन राजनीतिक नेतृत्वले सचेत भएर काम गर्नुपर्छ । यसबाट मात्र मुलुकको राष्ट्रिय एकता र स्वतन्त्रता कायम रहन्छ । अहिलेको आवश्यकता पनि यही हो । आफ्नो जाती र क्षेत्रलाई खुसी पार्न सोही बमोजिमको व्यवहार गर्ने हो भने मुलुकमा स्थिरता कायम हुँदैन । सवैले हेक्का राख्नुपर्ने पक्ष नै यही हो ।