Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 08:59am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
राष्ट्रवाद भारतविरोध कि दासताविरोधी
बहुमूल्य लिम्बु

Monday, 08.04.2008, 05:55pm (GMT+5.5)

एकजना पर्ूव कुटनीतिज्ञले 'नेपालमा भारतको विरोध गर्नुलाई मात्र राष्ट्रवाद सम्झनु गलत' भने । आजभोलि यस्तो भन्नेमा धेरै दलालहरु छन् । मित्रता मित्रता हो, दासता होइन । नेपालमा जनताले भारत विरोधी होइन भारतीय हस्तक्षेपको विरोध गरेका हुन् । भारतको दलालीमा भविष्य देख्ने दासहरुले के कुरा बुझ्न आवश्यक छ भने चीनसंग सीमा जोडिएका १४ मुलुकमा भारत बाहेक कसैसंग उसको विवाद छैन तर भारतको सवैसंग विवाद छ । यसकारण दक्षिण एसियाका साना राष्ट्रमा भारतको र्समर्थन गर्ने देशभक्त हुन सक्दैन । ऊ एक वा अर्को प्रकारको दलाल मात्र हो भन्दा फरक पर्दैन । यो स्वयं भारतीय शासकवर्गकै कारण हो । श्रीलंकामा तमिल जन्मायो जसको कारण राजीव गान्धीको हत्या भयो । आफ्नै देशभित्र जातीय सफाया अभियान चलाउँदा इन्दिरा गान्धीको हत्या भयो । कश्मिरलाई हडप्न खोज्दा पाकिस्तानसंग विवाद जन्मियो । 'रअ'द्वारा राजदरबार हत्या गरेर गणतन्त्रको खेती गर्‍यो र अमेरिका अग्रभागमा आयो यही कारण चीनलाई सक्रिय हुन वाध्य बनायो ।

भुटानमा एकलाख नागरिक लखेट्न त्यहाँको शासकलाई सहयोग गर्‍यो, आसामबाट नेपाली भाषीलाई लखेट्यो । यसकारण दक्षिण एसियामा भारतीय विस्तारवाद राक्षस बनेको छ । उसको ज्यादतीको विरोध भएको छ । हुने भए चीनको वरिपरीका छिमेकीहरुले उसको विरोध गर्ने थिए होलान्, किन गर्दैनन् - यस्ता दलालहरुले आफैले आफैंलाई प्रश्न सोध्न आवश्यक छ ।

माओ जस्तो क्रान्तिकारी नेताले संसारमा दर्ुइवटा राजतन्त्रलाई मात्र र्समर्थन गरेका थिए । एउटा कम्बोडियाको राजतन्त्र र अर्को नेपालको राजतन्त्र, जसको एउटै उद्देश्य थियो यी राजतन्त्रको उदय, स्थापना र संर्घष्ा साम्राज्यवाद विरुद्ध थियो । कम्युनिष्ट आवरणका साम्राज्यवादी सम्बन्ध रहेकालाई चीनले र्समर्थन गरेन । नेपालमा २०४६ पछिको अहिलेको माओवादीलाई पर्ूण्ारुपमा विश्वास गर्न नसक्नुको कारण साम्राज्यवादको दक्षिण एसियाली प्रतिनिधि भारतीय विस्तारवादको पिछलग्गुपन हो । यसबाट स्पष्ट छ- कसैसंगको मित्रता भनेको उसको दासता स्वीकार्नु होइन ।

जहाँसम्म सानो राष्ट्रको प्रश्न छ, नेपाल कहिल्यै पनि सानो राष्ट्र होइन र आज पनि छैन । इतिहासमा अंग्रेज साम्राज्य विरुद्धको संर्घष्ा र वर्तमानमा भारतीय विस्तरवादविरुद्ध संर्घष्ा जारी छ । लद्दाख, काश्मिर, सिक्किम, भुटानले दासता स्वीकारेको अवस्थामा नेपालले निरन्तर संर्घष्ा गरेर आफूलाई बचाएको छ । अब यो धारलाई एकपटक मात्र हामीले संर्घष्ा गरेर बचाउन सक्यौं भने अबको यात्रा सुगौली सन्धिले गुमाएको भूमि फिर्ता गर्नु हुनेछ । नेपालले सुगौली सन्धि व्रिटिससंग गरेको हो भारतसंग होइन । तर कमजोर नेपाल आँकेर हाम्रो भूमि फिर्ता नगरी व्रिटिसले भारत छोडेको हो । यसकारण नेपाली भूमि फिर्ता पाउनु हाम्रो अधिकार हो । अबका संर्घष्ाहरु राष्ट्रवादी अर्थात् भारतीय विस्तारवाद विरोधी हुनेछन् । जसको जग नेपालमा मात्र होइन सिंगो दक्षिण एसियामा भारतीय विस्तारवादी शासकवर्गले खडा गरेका छन् ।

अबको आन्दोलन राष्ट्रिय स्वाधिनता र आत्मनिर्भर अर्थतन्त्रको हुने कुरामा दर्ुइमत छैन । नेपालमा मात्र होइन र्सार्क राष्ट्रहरुमा अफगानिस्तान बाहेक सम्पर्ूण्ा राष्ट्रमा भारतीय विस्तारवादको हस्तक्षेप विरोधी संर्घष्ा चलिरहेको छ । यसलाई एकीकृत गर्न पहल गर्ने र चौतर्फी ती शासकवर्गविरुद्ध अभियान चलाउने हो- भारतको मुक्ति आन्दोलन र त्यहाँको नक्सलवादी आन्दोलनलाई र त्यहाँको प्रभावले दक्षिण एसियालाई नै मुक्त गर्नेछ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
राष्ट्रिय एकताको आधार ः सवैले हेक्का राख्नुपर्ने विषययादब देवकोटा (07.29.2008)
नियत राम्रो भए परिणाम पनि राम्रो हुन्छमहेश्वर शर्मा (07.29.2008)
खबरदारी ! राष्ट्रवाद जनताबाटबहुमूल्य लिम्बु (07.29.2008)
राष्ट्रपति डा. यादवलाई बधाई र शुभकामना दिंदातारा सुवेदी (07.29.2008)
धन्न रहेछ नेताहरुको इमान-जमान र नैतिकतायादब देवकोटा (07.21.2008)
राष्ट्रियताका प्रश्नमा हचुवा काम गर्नुहुन्नमहेश्वर शर्मा (07.21.2008)
क.पुष्पलाल र वी.पी. को स्मृतिमातारा सुवेदी (07.21.2008)
जे, जसरी पनि देश त चल्दो रहेछयादब देवकोटा (07.07.2008)
यिनीहरु पनि पुरिानै ड्याङका नयाँ संस्करणमहेश्वर शर्मा (07.07.2008)
राजनीतिक अन्यौल भित्र हराएको 'नयाँ नेपाल' हाँक्ने को ?तारा सुवेदी (07.07.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]