Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 07:29am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
नेपाललाई चरनक्षेत्र बनाउने नेताहरु
महेश्वर शर्मा

Monday, 08.04.2008, 06:08pm (GMT+5.5)

हामी एकातिर आफ्नो गौरवमय अतीत, राष्ट्रको एकता र आपसी सद्भावको बखान गर्र्छौं भने अर्कातिर त्यसको विपरीत आचरण गर्र्छौं । यहाँ प्रतिक्षण तोडफोड, विध्वंश र विनाशका समाचार सुन्छौं । चौबीसै घण्टा जस्तो आतंक, असुरक्षा, अभाव, आन्दोलन एवं बन्दबाट घेरिएर निस्सासिएका हुन्छौं । कुनै पनि क्षेत्रमा सन्तोषको सास फर्ेर्ने ठाउँ भेटिंदैन । उच्छृङ्खल भीडले कुनै कार्यालयमा तालावन्दी नगरेको, कार्यालय प्रमुख वा गुरुजनहरुलाई घेराउ नगरेको र हातपात नगरेको दिनै छैन भने हुन्छ । पेट्रोल पम्पहरुमा बाह्रमासे जात्रा छ । कृत्रिम अभाव र उर्लंदो महंगीले जनतालाई मरणासन्न स्थितिमा पुर्‍याउँदा पनि सरकारका आँखा र कान खुल्दैनन् । जनताले गणतन्त्रको राम्रो स्वाद पाएका छन् ।

आन्दोलन र विरोध आवश्यक पर्दा जहाँ पनि हुन्छन्, तर असल उपलब्धिका लागि हुन्छन् । तर यहाँ भने त्यस्ता विरोध प्रतिशोधको भावनाले विध्वंश गर्ने नियतले गरिन थालेका छन् । यहाँ बाह्रै महिना, चौबीसै घण्टा कुटपिट, अपहरण, हत्या, बन्द र हड्ताल भैरहेका छन्, तर उपलब्धिका नाममा समाजले र राष्ट्रले क्षतिमात्र व्यहोर्नुपरेको छ । सधैं यस्तै हाहा-हुहुले जनजीवन त्रस्त छ । यो स्थितिबाट त्राण पाउने र सही दिशामा अघि बढ्ने उपायको खोजीतर्फर चिन्ता लिनुपर्ने राजनीतिक नेतृत्व जनताका पीरमर्काप्रति बेखबर भएको स्थिति छ । जनताले शान्ति र सुरक्षा चाहेका छन्, तर पाएका छन् अराजकता, असुरक्षा, आतंक र हत्या हिंसाको वातावरण । नेताहरु भने जनताका समस्या बुझेर पनि बुझपचाइरहेका छन् ।

नेताहरु नै पर्ूवाग्रहको राजनीतिबाट मुक्त छैनन् भने स्थिरता र शान्ति कहाँबाट आउँछ - आज जनताले भोग्नुपरेका दुःख र पीडाको मूल कारण नै यहाँको फोहोरी राजनीति र नेताहरुको बेइमानी एवं गद्दारी हो भन्ने कुरा र्छलङ्ग भैसकेको छ । जनतालाई भ्रममा पारेर स्वार्थसिद्ध गर्नुबाहेक उनीहरुको अरु कुनै उद्देश्य नै छैन जस्तो छ । दलहरुका क्रियाकलापले पनि यस्तै देखाइरहेका छन् । संविधानसभाको निर्वाचनपछि सवै समस्या छूःमन्तर हुन्छन् भन्नेहरु आज आफंै समस्या बनेका छन् । दिनदहाडै लुटिनु, कुटिन, अपहरणमा परिनु, मारिनु जनताको नियति नै बनेको छ । नेताहरु भने शक्ति बाँडफाँडकै झगडामा अल्झेर आम जनताले भोग्नुपरेका समस्याप्रति कुनै चासो लिंदैनन् ।

वास्तवमा देश विगार्ने नै ठूलावडाहरु रहेछन्, शक्तिमा हुनेहरु रहेछन् । तल्लो तहले त बिगार्छर्ुुने पनि सक्दैन । समाजमा आजसम्म जेजति शोषण, उत्पीडन भएको छ त्यो सवै ठूलाठालू र नेतृत्ववर्गबाटै भएको छ । गरिब, अशिक्षित, निमुखाले कहिल्यै कसैको अहित र अकल्याण गरेको पाइदैन । तैपनि तिनै टाठाबाठाले गरिब जनताको अज्ञानता र सोझोपनको नाजायज फाइदा उठाएर राजनीतिक, सामाजिक, आर्थिक शोषण गरेर गरिबलाई झन् गरिब पार्दै लगेका दृश्य यहाँ छरपष्ट छन् । त्यति मात्र नभएर हाम्रा आफ्नै नेताका स्वार्थले गर्दा बाहिरी हस्तक्षेपले समेत नेपाललाई गाँजिसक्यो ।

नेपाललाई एकलौटी बजार बनाएर आफ्नो व्यापार विस्तार गर्ने र यहाँका प्राकृतिक स्रोत साधन हातपारेर नेपाललाई आफ्नै कब्जामा पार्ने दर्ुर्नियत राख्ने भारतले नेपालमा सधैं अस्थिरता र अशान्त स्थिति कायम राख्न चाहेको छ । त्यसैका लागि यहाँ जातीयता र प्रान्तीयताका आधारमा विखण्डन ल्याइदिने षड्यन्त्र गरिरहेको छ । त्यसनिम्ति धर्म, जातजाति र सम्प्रदायबीच मन्दविष प्रयोग गर्दैछ । विश्वमा धर्म र जातिका नाममा हत्या, हिंसाले उग्ररुप लिएको देख्दादेख्दै पनि हामी नेपाली छिमेकी भारतको षड्यन्त्र बुझ्न नसकेर विस्तारै त्यसैको शिकार बन्दैछौं । त्यस्तो खतरनाक अवस्थाबाट देशलाई जोगाउनुपर्ने दायित्व नेताहरुको हो, तर उनीहरु त उतैको भाकामा नाचिरहेका छन्- योभन्दा ठूलो दर्ुभाग्य अरु के हुन्छ -

जनताको दुःख दर्रि्र घटाउन भनेर जनतासमक्ष कसम खाएर चुनाव जितेर आएका राजनीतिबाजहरु अर्काका इशारामा नाचेर आफ्नै देश र आफ्नै जनतालाई धोका हुने काम गर्छन् भने अरुलाई के भन्ने - विदेशीले आफ्नै आँगन मिचिरहेको छ, सीमानामा बाँध बाँधेर आफ्नै गाउँ डुबानमा पारिदिएको छ, तैपनि तर्राईका नेता चुइँक्क बोल्दैनन् भने तिनीहरु कसका निम्ति काम गर्दैछन् - भनेर बुझन् गाह्रो छैन । अस्ति भर्खर यहाँका नेतालाई थाङ्नामा सुताएर नेपालको नागरिकता लिन सफल तर्राईका कथित नेताले नेपाललाई आफ्नो चरनक्षेत्र मात्र बनाएका छन् । तैपनि यो षड्यन्त्र नबुझेर नेपालीहरु आपसमै बाझिरहने हो भने उद्धार गर्ने कोही हुने छैन । त्यसैले आजै सचेत हुनुपर्ने अवस्था आइसकेको छ ।

जसको मनमा छलकपट छ त्यस्ताले कहिल्यै पनि निष्पक्ष भएर काम गर्दैनन् । आज स्थिति बदलिएको छ । राष्ट्रपति चयनकै क्रममा पनि पार्टर्ीीबीच धाँजा फाटे । अहिले नयाँ सरकार बन्ने बनाउने सर्न्दर्भ छ । यो स्थितिमा एकातिर विदेशी चलखेल सक्रिय छ भने अर्कातिर नेपालकै नेपाली आफ्नो सुरक्षाको खोजीमा चलमल गर्दैछन् । कर्मचारीहरु कता कुन हाँगो समातेर ढुक्क हुन सकिएला भनेर दौडधुपमा लागिसकेका छन् भने कमाउने नशा लागेकाहरु अब आउने सत्ताधारीको ओत पाउन धाउन थालेका छन् । यतिबेला पनि जनताका समस्यासित चासो राख्ने कोही देखिएको छैन ।

यहाँ आर्श्चर्य के छ भने- नेपाललाई सिध्याउने खेलमा बाहिरियाले यहींका नेता र ठूलाबडा हुँ भन्नेहरुलाई प्रयोग गरेका छन् र नेपालको हर्ुमत लिने प्रयासमा छन् । राजनीतिक नेता नै विदेशीका मतिमा लागेर आफ्नै देशलाई धोका हुने काम गर्छन् भने त्यहाँ के हुँदैन - अरु ठाउँमा आफ्नै देशका जनताले नचाहेर राजतन्त्र समाप्त भएका छन् भने नेपालमा बाहिरिकाले नचाहेर राजतन्त्र पाखा लाग्नुपर्‍यो । यो सवै नेपाली नेताहरुकै अविवेक र अर्काको गोटी बनेको परिणाम हो ।

राजनीतिका नाममा नेताहरुले व्यक्तिगत स्वार्थमा अल्झेर आजसम्म जे जति अनर्थ गरे, जति निर्दोष नागरिकको हत्या भयो, के त्यो सवै आजकै जस्तो अराजकता र अव्यवस्था ल्याउनका लागि थियो - अथवा त्यतिका जीवनको उर्त्र्सगको प्रतिफल विदेशी पोस्न र देशका जनतालाई दुःख, पीडा र रोदन दिनुबाहेक के भयो - प्रत्येक नेपालीले सोचेर अगाडिको वाटो पहिल्याउनुपर्ने अवस्था आएको छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
राष्ट्रवाद भारतविरोध कि दासताविरोधीबहुमूल्य लिम्बु (08.04.2008)
राष्ट्रिय एकताको आधार ः सवैले हेक्का राख्नुपर्ने विषययादब देवकोटा (07.29.2008)
नियत राम्रो भए परिणाम पनि राम्रो हुन्छमहेश्वर शर्मा (07.29.2008)
खबरदारी ! राष्ट्रवाद जनताबाटबहुमूल्य लिम्बु (07.29.2008)
राष्ट्रपति डा. यादवलाई बधाई र शुभकामना दिंदातारा सुवेदी (07.29.2008)
धन्न रहेछ नेताहरुको इमान-जमान र नैतिकतायादब देवकोटा (07.21.2008)
राष्ट्रियताका प्रश्नमा हचुवा काम गर्नुहुन्नमहेश्वर शर्मा (07.21.2008)
क.पुष्पलाल र वी.पी. को स्मृतिमातारा सुवेदी (07.21.2008)
जे, जसरी पनि देश त चल्दो रहेछयादब देवकोटा (07.07.2008)
यिनीहरु पनि पुरिानै ड्याङका नयाँ संस्करणमहेश्वर शर्मा (07.07.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]