Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 04:53am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
वापन्थीहरूको पन्था कुन - सत्ता र शक्ति वा राष्ट्रियता ?
तारा सुवेदी

Monday, 08.04.2008, 06:16pm (GMT+5.5)

१. विरोध भाषाको कि दलको ?

उपराष्ट्रपति परमानन्द झाले "गैरनेपाली पोशाक लगाएर हिन्दी भाषामा शपथ लिएको" विरोधमा मेचीदेखि महाकाली सम्म एकाएक आन्दोलनको डढेलो सल्कियो । राजधानी टायरको धुँवा र धूलोले कालाम्मे भयो । वायुमण्डलीय र राजनीतिक दुवैखाले वातावरणलाई सकेसम्म प्रदूषणयुक्त बनाउने काम गरियो । त्यो सबैका नियन्ता को थिए - स्पष्ट नभए पनि आठ विद्यार्थी संगठनले आफ्नो आन्दोलन फिर्ता लिने वक्तव्य जारी गरेपछि "उनका माऊ दलहरूले धाप दिएपछि आन्दोलनको राप बढेको रहेछ" भन्ने अनुमान गरियो ।

भारतीय विभिन्न टी.भी. च्यानलहरूबाट अहोरात्र प्रसारित हुने "कहानी घर घर की" - "सास भी कभी बहू थी" 'नागीन' जस्ता के के हुन् टेलिश्रृंखलाहरू, र हिन्दी सिनेमा हेरेर हिन्दीप्रेमी बनेका नेपाली आमाका छोराछोरीहरूबाट किन उपराष्ट्रपतिले हिन्दीभाषामा शपथ लिएको - -वहाँले पछि वक्तव्यमा नेपाली भाषाको व्यहोरामा नै दस्तखत गरेको भन्नुभयो) -विरोधमा देशै जल्ने गरी आगो बालियो -, त्यसको कारणबारे पटक्कै अनुमान लगाउन सकिएन ।

अझ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा "जसो जसो मधेसी जनअधिकार फोरम" र उपेन्द्र महाराज, त्यसै त्यसै स्वाहा" भन्दै परमानन्द झा- जसको पृष्टभूमिले उनलाई भोट दिने दलका नाकमा नमेटिने कालो लगाई दिइसकेको थियो - लाई विजयी गराउने दलले किन आफ्नो विद्यार्थी, मजदूर, युवासम्बन्धी संगठनलाई सडकमा टायर बालेर राजनीतिक प्रदूषणमा वायवीय प्रदूषणको ढल मिसाउने फर्मान जारी गरे - पूरै अबुझ पहेली बनेको छ ।

परमानन्द झा तीन दलीय मोर्चा र कुनै दुताबासका धनमा बिकेका राजनीतिक बधुँवा दासहरूका "संयुक्त निमित्तपात्र" मात्र थिए । त्यस्ता निरीह "निमित्त-नायक" पात्रको पुतलालाई फाँसी चढाउन सडकमा घिर्सार्न, गल्ली गल्लीका चोकहरूमा जलाउन र उनलाई उपराष्ट्रपति बनाउन जस्तो सुकै अपवित्र गठबन्धन गर्न पनि पछि नहटेका दलका युवा, विद्यार्थी, मजदूर संगठनका हनुमानहरू किन उत्ताउलिए, उल्किएर अघिसरेका देखिए -, त्यो सबै लाजमर्दो र विवेकहीन यावत्कृत्यलाई नियालिराखेका अलिकति स्वतन्त्र चिन्तन गर्ने क्षमता भएका अधिसंख्यक व्यक्तिहरूले पटक्कै भेउ पाएन रहेछन् । त्यस्ताले कति सम्म भनेका छन् भने "ती पुतला 'झा' को बोके-पोलेका हुन कि - 'झा'लाई उपराष्ट्रपति बनाउने नेता अथवा ती नेताहरूलाई घाँटी अँठ्याएर उनलाई उपराष्ट्रपति बनाउन बाध्य पार्ने कुनै देशका प्रतिनिधिको हो - ठम्याउनै सकिएन ।"

त्यसो त 'धर्मेन्द्र' र 'ऋत्विक रोशन'हरूले खेलेका सिनेमाका लागि हिरिक्क हुनेहरूले नै कुनै बेला तिनैले "नेपालीलाई अपमानित गर्ने गरी कुनै अभिव्यक्ति दिए" भन्ने हल्लामा पनि सडक बाल्ने नगरेका होइनन् । "ऋतिक प्रकरण"मा त कतिपय नेपाली युवाहरूको प्राण पखेरु नै उडेको थियो ।

घर घरभित्र हिन्दी शृंखला र हिन्दी सिनेमा जीवनपद्धति नै बने पनि, सडकमा "हिन्दी"लाई "बिस्तारवाद, हैकमवाद नव साम्राज्यवाद"को "अश्वमेधको श्यामकर्ण्र्ााोडा" ठानेर ऐक्यबद्ध भई घोडा फर्काउन टायर बाल्ने, सम्पत्ति पोल्ने गरिएको पनि हुन सक्छ --)

अथवा "उता गोर्खाल्याण्डका गोर्खालीहरूले विमल गुरुङको नेतृत्वमा "नेपाली भाषा संस्कृतिको राष्ट्रियता झल्किने पृथक राज्यका लागि संर्घष्ा गरिरहेको र त्यसको कालान्तरको अन्तिम परिणति बृहद् नेपाल हुन सक्ने मनोरोग कसैभित्र बढिरहेको थियो । त्यसैले नेपालभित्र मधेस तर्राईबासीबाट, उपेन्द्र महतो मार्फ "आत्मनिर्ण्र्ााहितको एक मधेस, एक प्रदेश"को यौटा गोटीको रूपमा परमानन्द झालाई उपराष्ट्रपतिको रूपमा स्थापित गरेको ठानिएकोले आक्रोश पोख्ने वहाना हिन्दीमा गरिएको शपथलाई बनाइएको पनि हुन सक्छ --) यस पटकको हिन्दी विरोधी आन्दोलनको कारण जे होला -

तर यौटा स्थापित परम्परा के हो भने- "नेपालका पुराना संसदीय बाटोमा हिंडेका अधिसंख्यक दलका नेताहरू, अँध्यारोमा हिन्दीलाई 'राष्ट्रभाषा' मान्ने दूतावासका रछान चाहर्ने गर्छन्, विस्तारवाद र हैकमवादका घोडा बन्छन् र उज्यालोमा नेपाली राष्ट्रिय पोशाक फेरेर आफूलाई नै सबैभन्दा ठूलो र वफादार राष्ट्रवादी देखाउने गर्छन्" भन्ने अमिट छाप अधिकतम नेपालीका मनमस्तिष्कमा परेको छ । र त्यही कारणले नै बेला कुबेला छिमेकी विरुद्ध सडकमा आगो बाल्नेदेखि गोली लागेर ढल्ने सम्मका दर्ुघटना हुने गरेका थिए । र त्यसैमा "उपराष्ट्रपति प्रकरणले यौटा कडी जोड्यो । तर यस्ता विरोध, आन्दोलन, सडक संर्घष्ा र केहीको मृत्युले न हैकमवादी हच्किएर पछाडि फर्किने सम्भावना छ, न त जनताभन्दा दूतावासका वलबूतामा सत्ता र शक्ति प्राप्ति गर्ने सहज र सफलतम बाटोमा लागेका दल र नेताहरूको मति परिवर्तित भई पतनको पिँधमा पुर्‍याइदै गरेको देशले अपपरिणति भोग्नु पर्ने नियति र्टर्ने छ । यस परिघटनाले "हिन्दी भाषा र भाषीको विरोध नभई, हिन्दी 'राष्ट्रभाषावादी' र उनका फेरो समाएर विदेशी दूतावासका हितसाधकका "गालामा चडकन हानेको संकेत गर्ने" सम्मको उद्देश्य रहेको पुष्टिसम्म गरेको हुनु सक्छ ।

२. जागेका जनता ः

दर्ुइ ठूला राजनीतिक दर्शन बोकेर अघि बढेका विश्वका विशाल राष्ट्रको अन्तरावर्ती -वफर स्टेट) राष्ट्र नेपालका नेताहरू, अलिकति राजनीतिक दूरदर्शी, इमान्दार र मातृभूमिको माटोप्रति बफादार हुन्थे भने, यस्तो स्थितिमा निकै ठूलो राष्ट्रिय समुन्नतिको ढोका खोलेका हुन्थे । जनताको आर्थिक, राजनीतिक, सामाजिक लगायतका समग्र पक्षमा रूपान्तरण गर्न सकेका हुन्थे । दर्ुभाग्य ! नेपालमा "शासन हत्याउनका लागि 'आकाशका तारा' झारेर गरीब विपन्नका कटेरा, छाप्रा, झोपडीसम्मलाई चकाचौंध पारिदिने" वाचा कबूल गर्ने, सत्ता शक्ति हत्याएपछि जनतालाई लत्याउने, धोकादिने र प्राप्त समग्र अवसरलाई आफ्नो र आफ्ना भरौटे, अरौटेहरूका सात पुस्ताका लागि अकूत आर्जन गर्न - गराउन खर्चिने अविच्छिन्न अपपरम्परा नै "नेपालको प्रजातान्त्रिक शासन प्रणालीको विशिष्टता" बन्न गयो । जसले गर्दा "नेपालमा शासन सत्ताका मानदण्डबाट बग्रेल्ती दक्ष षडयन्त्रकारी खेलाडी जन्मिएको देखिए पनि, 'राजनेता जन्माउने बाबुआमा' भने नेपाली माटोले जन्माउन सकेन" भन्ने सिद्ध गरिदियो ।

त्यस्तै अर्को विडम्बना के पनि देखियो भने, विश्वमानचित्रका धेरै साम्यवादी मुलुकबाट तमाम शोषित, पीडित, किसान, मजदुर, र्सवहारा वर्गको एकताको प्रतीक रातो झण्डा हराउँदै गए पनि, 'कम्युनिष्टहरू मटिया भेट हुँदै गए" भनिएको भए पनि, नेपाली जनताले भने विश्वमान्यता र चिन्तनधारा विपरीत संसारको सर्वोच्च शिखर र हिमशैलका विशाल फाँटलाई ती राता झण्डाले छाएर अचम्भित पारिदिए ।

३. जनता दास रहेनछन् ः

माथि उल्लेख गरेझै देशलाई त्यसरी 'कम्युनिष्टमय' बनाउने जनताले "नेपाललाई राज्य सीमाविहीन अथवा विश्वलाई यौटा 'विशालगाउँ'को परिकल्पना गर्ने" अन्तर्रर्ााट्रयतावादी सोँच र मान्यतालाई स्थापित गर्न वामपन्थ अँगालेका होइनन् । "साम्राज्यवाद, हैकमवाद, विस्तारवाद, पूँजीवादका बलमा छिमेकीहरूका भूक्षेत्र हडप्दै जाने, छिमेकीका षडयन्त्रपर्ूण्ा गतिविधिबाट आफ्नो र्सार्वभौम स्वतन्त्रता, राष्ट्रियता र जातीय अस्तित्व अस्मिताको संरक्षणका लागि ऐक्यवद्धता जनाउँदै तीव्र गतिमा अघि बढ्न सक्ने नेपालका कम्युनिष्टलाई देखेर तिनका सहयोगी भएका हुन् ।

सारमा भन्नुपर्दा "घटिया छिमेकी"का नित्य निरन्तरका दवाव, हैकम, अपमान र उत्पीडनका वेदनाले, संसारमा बगेको समयको धाराविपरीतको पहिचानको प्रतीक रातो झण्डा बोकेर संविधानसभाको निर्वाचनमा पहिलो पल्ट झण्डै ६०% प्रतिशत लोकप्रिय मत -पपुलर भोट) दिलाएका हुन् ।

तर सबैभन्दा शर्मनाक परिदृश्य के देखियो भने, त्यसरी राष्ट्रिय अस्तित्व, अस्मिता र र्सार्वभौम स्वतन्त्रताका लागि जनतालाई बलिदानीपर्ूण्ा संर्घष्ामा उत्रिन आहृवान गर्दै आएका दलका नेताहरू जब कुनै दूतावासको निर्देशनमा राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय विर्सजनवादी र विखण्डनवादीसँग गठबन्धन गर्न गए, नेपाली जनताले विरोधको पहिलो संकेत 'झा' मार्फ दिए । जसको चर्चा माथि नै गरियो, त्यसलाई नदोहोर्‍याउFm

४. वामपन्थीहरूको अग्नि परीक्षा ः

संविधान सभाको निर्वाचनको परिणाममार्फ् पहिलेदेखि चिनिएका विर्सजनवादीहरूलाई नेपाली जनताले परास्त गरे । तर जनताले सत्ता हाँक्ने अधिकारबाट दर किनारा गरेपछि पनि "सत्ता आफ्नो नेतृत्वकारी व्यक्तिको जन्मजात अधिकार हो" भन्ने मान्यता बोकेका दलले, त्यसलाई स्वीकार्न पनि नसकेको र बेवास्ता गरी अघि बढ्ने साहस पनि नभएको, अवस्थाबाट देश सरकार शून्यताको स्थितिमा देखापर्‍यो ।

तर माथि उल्लेख गरिएझैं नेपालमा मूलत यौटै दर्शन, सिद्धान्त, उद्देश्य, लक्ष्य र परिचय बोकेका वामपन्थी र राष्ट्रवादका सशक्त हिमायती गैर वामपन्थी दलहरूको संविधान सभामा उपस्थिति र लोकप्रिय मत दुवैको हिसाबले झण्डै ६०% सहितको स्पष्ट बहुमतमा छ । हिजोसम्मको इतिहास हर्ेर्ने हो भने २०१५ सालमा तत्कालीन संसदमा दर्ुइ तिहाई भन्दा बढी सदस्य पुर्‍याएको ने.का.ले त्यसबेला ३८% को हाराहारीको लोकप्रियमत प्राप्त गरेको थियो । २०४८ र २०५६ को प्रतिनिधि सभामा स्पष्ट बहुमत पुग्ने सदस्य पुर्‍याउँदा पनि उसले ३७% प्रतिशत लोकप्रियमत प्राप्त गर्न सकेको थिएन । संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक भनिने छिमेकी भारतमा श्रीमती इन्दिरा गान्धीले अभूतपर्ूव विजय हासिल गर्दा र यौटै पार्टर्ीी कर्ीर्तिमानी भोट पाउँदा पनि ४४% को नेटो काटेको थिएन ।

यस्तो वामपन्थीहरू मात्रको ५७% हाराहारीको सदस्यको उपस्थिति र त्यत्तिकै लोकप्रिय मत हुँदा पनि आज किन उनीहरूलाई कुनै विर्सजनवादी वा विखण्डनवादी फुच्चे दलहरूले डोर्‍याएर दूतावासमा पुर्‍याए -, जनताबाट गलहत्याएका "वामपुड्केहरूले के को बलमा आफ्नो 'छत्रचामर' हम्किएर हिँड्ने भाडाका भरिया वा सत्ताका-करियाको" रूपमा सावित गरिदिए - जनता उदेक मानेर नियालिराखेका छन् ।

यसैबीच -गएको १३ गते हो क्यार) यौटा टेलिभिजनको कार्यक्रममार्फ "रा.प्र.पा. नेपाल"का अध्यक्ष श्री कमल थापाबाट चारवटा राष्ट्रिय परिघटनाका परिदृश्यका कार्ड जोडेर जसरी "देश विखण्डको अन्तिम संघारको विन्दुमा पुगेको, र त्यस्तो परिस्थिति परिवेशमा राष्ट्रवादी शक्तिहरूले आ-आफ्ना सम्पर्ूण्ा मतान्तलाई थाँती राखेर राष्ट्रिय स्वतन्त्रता, अखण्डता, अक्षुण्णता एवं अस्तित्व अस्मिताको मूल अजेण्डा बनाई अघि बढ्नुपर्ने र त्यस निमित्त आफ्नो पार्टर्ीीनर्ःशर्त सहयोग गर्न तयार हुने" भन्ने जुन अभिव्यक्ति आयो, सम्भवतः त्यसले नेपालका सबै वामपन्थीलाई फेरि राष्ट्र, राष्ट्रियताको अग्नि परीक्षामा उभिन बाध्य पारेको छ भन्ने लाग्छ ।

रा.प्र.पा. नेपालका अध्यक्षको उक्त अभिव्यक्ति र "नेपालका कम्युनिष्ट मध्ये"को कति सच्चा वामपन्थी - को जनता झुक्याउने र विभिन्न शक्ति केन्द्रका रछानका "सीता हाम पन्थी" अबको समयले संपरीक्षण गरी चिनाउने छ" भन्ने अधिसंख्यक नेपालीको सोच, चिन्तन र विश्वास बीच कति तादात्म्यता वा वैपरित्यता होला, समयले स्पष्ट गर्दा - तर पनि "उक्त भनाइलाई आग्रह, पर्ूवाग्रह र हल्का फुल्का सतही सोचले हेरिए, नेकपा माओवादी प्रतिको जनर्समर्थनको पटक्कै भेऊ पाउन नसकेर तीन चीत खाएकाहरूले फेरि धोका खानेछन्" भन्नेहरूमा अधिसंख्यक कम्युनिष्टहरू नै देखिन्छन् । तर त्यसलाई कसले कसरी लिन्छन् - त्यो सरोकारवालाहरूको स्वतन्त्रता र विवेकको विषयमा बढी टीका नगरौं ।

कालो वादलमा चाँदीको घेरा खै ?

यद्यपि "नेपालमा जनमतका निर्माता बनेका संचार माध्यमहरूलाई कसैले डा. जोसेफ गोयबल्सका पथगामी" वा "मिसन पत्रकारिता"का पक्षग्राही भनेर भनिदिँदा साह्रै तीतो र तातो लाग्ला नै, तर असत्य कथन किमार्थ हुँदैन" रे - यो टिप्पणी भुक्तभोगी एक जना निकै वरिष्ठ पर्ूव पत्रकार को हो । हुन पनि सबै खाले सञ्चार माध्यमहरूले कृष्णसेन 'इच्छुक'को हत्या, जनादेश पत्रिका र त्यसको छापाखानामाथिको नाङ्गो अतिक्रमण, जफतीकरण, "शाही शासनकाल"मा कान्तिपुर एफ.एम्. माथिको कारवाही, राज्य पक्षबाट दश वर्षो सशस्त्र जनसंर्घष्ाकालमा नेकपा माओवादीप्रति गरिएका दमन, नेताका टाउको काट्ने र्सार्वजनिक फर्मान, माओवादीबाट भए गरिएका भनिएका टेकेन्द्रराज थापादेखि रामहरि श्रेष्ठसम्मका हत्या प्रकरणसम्मलाई, कसरी उठाए र ढाकछोप गरे - तत्कालीन अभिलेखहरू पल्टाएर हर्ेर्ने हो भने तथ्यबोध हुनेछ । त्यतिमात्रै नभई हरेक दिनका राष्ट्रिय समाचार माध्यमहरूमा जसरी गैरवामपन्थीका पक्षमा र वामपक्षका विपक्षमा समाचार प्रवाहित गराएका शैली, अन्तर्निहित उद्देश्यहरू नाङ्गो भएर देखिन्छन् - त्यसले ती संचार संस्थाहरूको दृश्य र अदृश्य लगानी स्रोत र 'मिसन'लाई समेत र्छलङ्ग्याएको हुने रहेछ । तर पनि ती 'मिसन पत्रकारिता' गर्ने सञ्चार माध्यमहरू अहिले वामपन्थी र राष्ट्रवादीहरूलाई लखेट्न सफल भएका छन् । र वामपन्थीहरु नै त्यस्तैका सम्प्रेषणका भरमा आफ्ना रणनीति, कार्यनीति बनाउने मर्ुखता गरिरहेछन् । किन -

तर "छिप्दैन सत्य बर्रुर् इश्वर नै नुहुन्छ" भनेर महाकवि देवकोटाले भनेको असत्य सावित गर्न सकिन्न । त्यस्तै "केहीलाई सधैं भरि र सबैलाई केही समय झुक्याउन -मर्ूख बनाउन, ठग्न) सकिन्छ, तर सबैलाई सधैं सम्भव हुँदैन" भन्ने भनाइलाई नेपालका वामपन्थीहरूले मात्रै नभई सबै राष्ट्रवादीहरूले समेत राम्ररी बुझ्नु पर्ने" सन्देश हिजो जनतामा जान निषेध गरिए, भएका श्री थापाहरूबाट आउनु सुखद र दुःखद के हो, त्यसलाई कसरी लिनु पर्छ - संख्या र लोकप्रिय मत दुवैले बहुमत प्राप्त वामपन्थीहरूले आज नभए पनि भोली जनता समक्ष हरेक पाइलामा उत्तर पेश गर्दै अघि बढ्नु पर्नेछ । तर अहिले श्री थापाबाट समयमा नै संकेत गरिए जस्तै राष्ट्र, राष्ट्रियताका पक्षधरहरु संयुक्त भएर अघि बढे भने मात्र आगामी दिनमा सत्ता र सरकारको बाटो सहज हुन सक्ने छ ।

हो, हिजोसम्म राष्ट्रवादीहरूका बिच दरबार उभिएको थियो । र एकथरी सिंहदरबारतिरका र अर्का थरी नारायणहिटीतिरका भनेर लाप्पा खेल्थे । अथवा दुवैलाई जुधाउने र शासन गर्नेहरू थिए । अब नारायणहिटी ऐतिहासिक संग्रहालयमा रूपान्तरण भएपछि सच्चा राष्ट्र, राष्ट्रियताका पक्षधर विभक्त हुनुपर्ने स्थिति समाप्त भएको छ । तर दर्ुभाग्यवश ती र्सार्वभौम संप्रभूताका पक्षधरहरू एक ठाउँमा हुने त कता हो कता योटै मार्क्सवादी गंगोत्रीबाट निस्केका विभिन्न धाराका कम्युनिष्टहरू पनि एकले अर्काको उन्नति देख्न नसक्ने र "अर्काको अपशकुनका लागि आफ्नो नाक काट्ने" सम्मको मर्ूखता पर््रदर्शन गर्न तम्सेको देखिन्छ ।

यद्यपि उक्त प्रसङ्गलाई सतही सोच राख्ने र आशय र अन्तर्निहित अर्थ नबुझ्ने मूढ मतिका तथाकथित वामपन्थीको रामनामी ओढेर, दूतावासदेखि दलका कार्यालयका रछान चाहार्नेहरूका आँखामा "यो समग्र लेखको धारा टेकूबाट वाग्द्वारतिर फर्केको" जस्तो लाग्न पनि सक्ला - "हिरण्मयेन पात्रेण, सत्यस्यापिहितं मुखम्" । -स्वर्ण्र्ााात्रले सत्यको मुख बन्द गरेको हुन्छ, तर सधैंका लागि होइन ।

जनताले आशा र विश्वास अहिले धेरै गरेको छ । तर सबैबाट होइन । सबै दल र बल, व्यक्ति र शक्तिबाट "राष्ट्रिय सहमति" सम्भव देख्नेहरूको सोच साँढेलाई कूँडो ठेलेर दूधका लागि बाल्टी थाप्नु जस्तै हुनेछ । यहाँ के बिर्सनु हुँदैन भने, विर्सजनवादी, विखण्डनवादीहरूको पनि "नैतिक दायित्व" हुन्छ । उनीहरू जहाँ पुगेर जे जस्तो वाचा बन्धनमा बाँधिएर संविधान सभाभित्र पसेका छन्, तिनीहरूलाई उनीहरूका लागि निर्दिष्ट कर्तव्य पथबाट च्यूत गराउने सोचाई पनि अनैतिक ठहरिनेछ, सायद ।

यसबेला संक्षेपमा के बुझ्नु भन्नु पर्ने भएको छ भने अबको सरकारका लागि संमिश्रण -गठबन्धन) के र कस्तो बनाउने - सबैखाले रक्सी वर्गका तरल पदार्थबाट यौटा राम्रो "पञ्चू" बन्छ, र त्यो आफ्नै ठाउँमा स्वाभाविक र स्वादिष्ट हुन्छ । त्यस्तै दूध दही, घिउ, मह, चिनीको संमिश्रणबाट पञ्चामृत बनइन्छ । त्यसको पनि छुट्टै स्वाद र वैशिष्ट्यता होला - तर "पञ्चामृत" र "पञ्चू" मिलाएर खाने खुवाउने चेष्टा दुष्ट र निष्कृष्टहरूबाट भलै हुन सक्ला - तथापि त्यस्तो संमिश्रण अस्वाभाविक अपवित्र, विषाक्त र आत्मघाती हुन्छ, चेतना भया ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
नेपाललाई चरनक्षेत्र बनाउने नेताहरुमहेश्वर शर्मा (08.04.2008)
राष्ट्रवाद भारतविरोध कि दासताविरोधीबहुमूल्य लिम्बु (08.04.2008)
राष्ट्रिय एकताको आधार ः सवैले हेक्का राख्नुपर्ने विषययादब देवकोटा (07.29.2008)
नियत राम्रो भए परिणाम पनि राम्रो हुन्छमहेश्वर शर्मा (07.29.2008)
खबरदारी ! राष्ट्रवाद जनताबाटबहुमूल्य लिम्बु (07.29.2008)
राष्ट्रपति डा. यादवलाई बधाई र शुभकामना दिंदातारा सुवेदी (07.29.2008)
धन्न रहेछ नेताहरुको इमान-जमान र नैतिकतायादब देवकोटा (07.21.2008)
राष्ट्रियताका प्रश्नमा हचुवा काम गर्नुहुन्नमहेश्वर शर्मा (07.21.2008)
क.पुष्पलाल र वी.पी. को स्मृतिमातारा सुवेदी (07.21.2008)
जे, जसरी पनि देश त चल्दो रहेछयादब देवकोटा (07.07.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]