शर्ीष्ाक स्वरसम्राट नारायण गोपालको स्वरमा सजिएको राष्ट्रिय गीत हो । तर यो गीत- मात्र गीत नभएर नेपाली युवाहरुलाई राष्ट्रियताप्रति जागरुक बन्न गरिएको आग्रह पनि हो । गीतलाई जसरी, जुन अर्थमा बुझ्दा पनि यो एउटा देशभक्तिले ओतप्रोत भएको अनुभूति हुन्छ । यसको र्सार्थकता यही हो ।
यस्तै गीत, यस्तै सन्देश र यस्तै भावना अहिले नेपाली जनताको मन र मस्तिष्कमा विकसित गर्नुपरेको छ । नयाँ नेपाल बनाउने अभियानमा उनीहरुको र्सार्थक उपस्थिति हुनुपर्ने भए पनि त्यस्तो अनुभूति राजनीतिक नेतृत्वले गरेकै छैन । युवालाई राजनीतिक नारा बोकाएर आफूहरु सत्तासुखमा रम्न पल्केका नेताहरु मुलुकको सम्वेदनशीलता बुझ्ने चेष्टा गर्दैनन्, राष्ट्रियताको संरक्षण गर्नुपर्ने दायित्व सम्झदैनन् र जनतालाई राहत दिनुपर्ने जिम्मेवारीबोध गर्दैनन् भने त्यो मुलुकको हालत अहिलेको जस्तो नभएर कस्तो होला - हामीले कल्पना गरेको नेपाल र बन्दैरहेको, बन्ने क्रममा रहेको नेपालबीच कति भिन्नता छ - अहिलेको पुस्ता अर्थात् आजका नौजवानले बुझ्नुपर्ने, मनन् गर्नुपर्ने पक्ष यही हो । अब जाग्ने पालो युवाहरुकै हो । त्यो जगाई राष्ट्रियताको पक्षमा हुनर्ुपर्छ, त्यो जगाइले मुलुकको मुहार बदल्ने ऊर्जा उत्पादन गर्नुपर्दछ र त्यो जगाइले नेपाली जनताले आफू सुरक्षित भएको महसुस गर्नुपर्दछ । नेपाली जनताले गरिरहेको पुकारा यही हो ।
नेपालको राष्ट्रियता यतिबेला खतरामा परेको छ । यो अनुभूति नेपाली जनताले गरिरहेका छन् । उपराष्ट्रपति परमानन्द झाले विदेशी भाषामा शपथ खाएर यसको एउटा संकेत गरेका हुन् । हिन्दी भाषा नेपालमा बोलिने भाषा होइन भन्ने जान्दा जान्दै यसै भाषाका लागि संर्घष्ा गरेको भनिने दलका तर्फाट उपराष्ट्रपति समेत बनेका झाले आफ्नो सिंगो जीवनलाई नेपालले दिएको मान, सम्मानको कुनै ख्याल गरेनन् । उनले आफूलाई नेपाली बनाउनुको साटो एउटा दलालमा परिणत गरे । परिस्थिति जे होला, आगामी दिनमा यसको निरुपण हुने नै छ । तर विचारणीय कुरा के हो भने हिन्दी भाषा प्रकरणले जसरी देशव्यापी रुपमा आक्रोश खेप्नुपर्यो यसले नेपाली जनता यहाँका नेताहरुभन्दा धेरै सचेत र राष्ट्रियताको सवालमा चट्टान झैं अटल छन् भन्ने पुनः प्रष्ट भएको छ । भारतले नेपालको अखण्डत भूमि खण्डित गर्न प्रयोग गर्दैआएको अस्त्रमध्ये परमानन्द झा पछिल्लो भुत्ते अस्त्र हुन् । उनको माध्यमबाट नेपाली जनताको मानसिकता बुझ्ने र सोही बमोजिमको रणनीति तयार गर्ने भारतीय अभीष्टलाई नेपाली जनताले धोती लगाइदिएका छन् । हुन त परमानन्द झाले धोती लगाएर हिन्दी भाषामा उपराष्ट्रपतिको शपथ खाएका थिए, तर नेपाली जनताले उल्टो धोती लगाइदिए, अर्थात् त्यसलाई सिधैं नालीमा मिल्काइदिए । परमानन्द झाले घुमाउरो शैलीमा आफूलाई सच्याएको अनुभूति दिए । तर यतिले मात्र पर्याप्त नहुनुपर्ने हो । किनभने मुलुकको दोस्रो शर्ीष्ा व्यक्तित्वले विदेशी भाषामा शपथग्रहण गरेपछि त्यो राष्ट्रिय मान्यताको विषय बन्न पुग्छ ।
परम्परागत तथा विशिष्ट धार्मिक, सामाजिक सम्बन्ध भएको आधारमा नेपाल र भारतका जनताबीच जुन सुमधुर सम्बन्ध छ त्यो सम्बन्धलाई भारतीय शासकहरुले गलतरुपमा बुझ्ने गरेका छन् । दर्ुइ देशका जनताबीचको त्यही सम्बन्धलाई भजाएर नेपालमाथि गिद्देदृष्टि लगाइरहेका छन् । जनस्तरको सम्बन्ध राजनीतिक तहमा अर्थात् राष्ट्रियस्तरमा कायम हुन सकेको छैन । भन्ने बेलामा जे भने पनि व्यवहार त्यसको ठीक उल्टो मात्र भैरहेको छ । भारतको चाहना नेपालमा शान्ति, स्थिरता र विकास नभएर अस्थिरता, अभाव नै हो । यसबाट मात्र उसको अभीष्ट पूरा हुन्छ । यही कुरा बुझेका नेपाली जनता परमानन्द झारुपी शिखण्डीलाई तहलगाउन अग्रसर भए । नेपाली जनता विशेष गरेर युवा विद्यार्थीहरुको राष्ट्रियताप्रतिको चेतना, अग्रसरता र वलिदानी दिन तयार हुने भावनाले देशभक्तहरुमा नयाँ उर्जा थपिएको छ । तर त्यो आन्दोलन पनि कता कता भुत्ते भएको त हैन भन्ने विश्लेषण युवा विद्यार्थीहरुमाझ गर्न थालिएको छ । राजनीतिक दलहरुको आग्रहमा राष्ट्रियता जस्तो सम्वेदनशील विषयलाई एकाएक पन्छाए । जुनसुकै वहानामा भए पनि आन्दोलनले एउटा गति लिनै लागेको बेलामा त्यो तुहियो । तर पनि मुलुकले राष्ट्रवादी छवि भने देखाउने अवसर पायो । बहुरुपीहरुले आफूलाई सच्याउने मौका पाए ।
आन्तरिक रुपमा राजनीतिक स्वतन्त्रता प्राप्त भएको जस्तो देखिए पनि यहाँका नेताहरु आत्मनिर्ण्र्ाागर्ने हैसियतमा अझै पनि छैनन् । राष्ट्रियताका सवालमा सत्तामा बस्दा र विपक्षमा बस्दा सधैं फरक नीति अपनाउने गरिएको छ । विपक्षमा बस्दा भारतीय विस्तारवादको चर्का नारा लगाउनेहरु सत्तामा पुगेपछि त्यसै लत्याकलुत्तुक हुन पुग्छन् । भारतको निर्देशनवेगर एक पाइला अघि बढ्न नसक्ने धुन्दुकारीहरुको अहिले पनि नेपालमा कमी छैन । अर्कोतिर राष्ट्रियताको खोल सधैं ओढ्ने तर भित्रभित्र देशलाई नै खोक्रो पार्नेहरु संख्या पनि कम छैन । मुलुक दर्ुइथरि राष्ट्रवादीहरुको घनचक्करमा पिसिंदै आएको छ । एकथरि ठाडै नेपाली अस्मितामाथि बलात्कार गर्ने प्रयास गरिरहेका छन्, अर्काथरि भित्रभित्र उनीहरुलाई चल्ने, खेल्ने मौका दिएर, उनीहरुका एजेण्टलाई उच्चतहमा पुर्याएर राष्ट्रघात गरिरहेका छन् । सेनादेखि प्रहरी र राजनीतिक दलदेखि निजामती कर्मचारी, संचारदेखि शिक्षासम्म विदेशी एजेण्टहरुको घुसपैठ रहेका लमतन्ने विवरणलाई मित्थ्या भन्न सकिहाल्ने अवस्था छैन । नेपालले अभूतपर्ूव रुपमा राजनीतिक परिवर्तनको संघार पार गर्यो । यसबीचमा जनताले पाउनुपर्ने केही पाएनन्, तर नपाउनुपर्ने-नहुनुपर्ने सवै कुरा पाए । लोकतन्त्रको यो सुनौलो विहानीले केवल दर्ुगन्ध मात्र फैलाइरहेको छ । विहानी नै दर्ुगन्धित भएपछि दिन कस्तो होला - सहजै अनुमान गर्न सकिन्छ ।
विहानीले दिनको संकेत गर्छ । अहिले यस्तै संकेत भैरहेको छ । लोकतन्त्रपछिका राष्ट्रघाती कदमहरुको दुष्परिणाम अहिले मुलुकले भोगिरहेको छ । २० लाखभन्दा बढी विदेशीलाई नागरिकता वितरण गरेर मधेसी दल शक्तिमा आए । सोही दलको बलमा उपराष्ट्रपतिले हिन्दी भाषामा शपथग्रहण गरे । दर्ुइ लाख हिन्दीभाषी भएको नेपालमा उनले कुन साहसले त्यो भाषामा शपथ खाए - विश्लेषण गर्नुपर्ने विषय नै यही हो । नेपाली राष्ट्रियतामाथि बेलाबेलामा हुने यस्तै प्रहारहरुले नेपाली मानसिकतालाई कमजोर बनाइरहेको छ । ठूला दलहरु झाको हिन्दीमोहलाई लिएर लामो समयसम्म मौन रहनु कम रहस्यको विषय हैन । उनीहरु न पक्ष न विपक्ष कुनैमा पनि आफूलाई उभ्याउन सकेनन् । पहाडी राष्ट्रवाद र मधेसी राष्ट्रवादको विभाजनको रेखा कोरेर नेपाललाई विखण्डनको संघारमा पुर्याउन चाहने कुतत्वहरुको जालमा नेपालको सिंगो राजनीति फसिरहेको छ । सत्ता र शक्ति आर्जनका लागि जस्तोसुकै गठबन्धन गर्ने र जस्तोसुकै सहमति गर्न तयार हुने राजनीतिक नेताहरुले राष्ट्रियतालाई केवल जनतालाई लठ्याउने हतियार मात्र बनाइरहेका छन् । तर यसपटक जनता स्वतःस्फर्ूतरुपमा सडकमा ओर्लिए । जनताको यो आक्रोशले नेपालमाथि हैकम जमाउन चाहनेहरु पनि पक्कै झस्किए होलान् । उनीहरुले नेपाली जनताको परीक्षा लिएका थिए र त्यो परीक्षामा नेपाली युवाहरु उत्तर्ीण्ा भए । आगामी दिनमा यस्ता कुप्रयास गर्नेहरुले धेरैपटक सोच्नुपर्ने हुन्छ ।
राष्ट्रवाद भाषा, पोशाकमा हुँदैन । यो त व्यक्तिको अन्तरहृदयमा रहने कुरा हो । तर पोशाक र भाषा प्रयोगको नियत भने सफा हुनर्ुपर्छ । तर्राईलाई मधेस बनाउने र मेचीदेखि महाकालीसम्मको भूभागलाई एउटै प्रदेश बनाउने, त्यो पनि आत्मनिर्ण्र्ााो अधिकारसहित । यसमा षड्यन्त्र देख्न सकिन्छ कि सकिन्न - यो षड्यन्त्रको दर्ुगन्ध फैलिंदै आएर उपराष्ट्रपतिको हिन्दी भाषामा शपथग्रहणसम्म पुग्यो । नेपालमा हुँदै नभएको भूभागको कल्पना गर्ने, नेपालमा दर्ुइ प्रतिशतले नबोल्ने भाषालाई राष्ट्रिय भाषा बनाउन चाहनेहरुले नेपाली राष्ट्रियताको रक्षा गर्ने शपथ खानुपर्ने बेलामा सोही भाषालाई प्राथमिकता दिनुलाई किमार्थ संयोग वा अल्पज्ञान मान्न सकिन्न । त्यसैले नेपाली युवा जागे- राष्ट्रियता बचाउन सडकमा ।