दक्षिणबाट तातो हावा आइरहेको बेला झ्याल-ढोका सवै खुला भएकोेले 'लू' लाग्यो । यस्तै प्रसंग चलेछ माओवादीको केन्द्रीय समितिको बैठकमा । यसै सर्न्दर्भमा नेकपा माओवादी राष्ट्रवादीधारबाट विचलित र भारतीय विस्तारवादको गोटी बनेको खतरा मेरा मित्र अर्जुन ज्ञवालीको कठोर शब्दवाण, मनुज चौधरी, अमूल्य शाह, गरिमा लिम्बु र सपना थारुका कलमहरु र डा. भट्टर्राईको आत्मग्लानीपछि सफल भएका छन् । दक्षिणबाट बहेको तातो हावाको 'लू' सम्पर्ूण्ा झ्याल, ढोका खोल्ने डा. भट्टर्राईलाई नै सवैभन्दा बढी लाग्यो । मनुज चौधरी र अर्जुन ज्ञवालीहरुले 'लू' लाग्दैछ भन्ने कुरा बाह्रबुँदे सम्झौतादेखि नै भन्दै आएका थिए । जेहोस्, समय अझै वितिसकेको छैन माओवादीलाई चेतना भया । राजतन्त्र नेपाली जनताको समस्या होइन इतिहासमा अंग्रेज साम्राज्यवाद विरुद्ध र सुगौली सन्धिपछि भारतीय विस्तारवादविरुद्धको संर्घष्ाको इतिहास हो । यसकारण विश्व साम्राज्यवादलाई आवश्यक थियो त्यसैको निम्ति दिल्लीका चर्चमा माओवादीका कतिपय नेता सुरक्षित थिए ।
अब उनीहरुको उपयोगिता सकिएको छ । साम्राज्यवादको चरित्र हो प्रयोग गर र फाल । यो नेपाली राजनीतिमा ठ्याक्कै लागू हुन्छ । अबको लर्डाईं अर्धउपनिवेशवाद विरुद्ध राष्ट्रिय शक्तिको एकता हो । त्यो भनेको राजा, सेना, जनमुक्ति सेनासहित सम्पर्ूण्ा राष्ट्रवादीहरु माओ र च्याङकाइसेक जापानी साम्राज्यवादविरुद्ध लडेको जस्तै भारतीय विस्तरावादविरुद्ध मुक्ति युद्धको आवश्यकता छ । नेपाली कम्युनिष्ट आन्दोलनमा दक्षिणको हाला भित्र्याउनेहरु आफैं घाइते हुन्छन् भन्ने कुराको पछिल्लो उदाहरण डा. बाबुराम भट्टर्राईको प्रेस वक्तव्य हो ।
साम्राज्यवादी मिडियाले दोस्रो नेता भनेर प्रचारित भट्टर्राईको वक्तव्यवाजी न पार्टर्ीी त उनको कुनै नेता, आफ्नो सफाइ आफैंले दिएका भट्टर्राईले 'रअ'द्वारा गराइएको दरबार हत्याकाण्डमा ज्ञानेन्द्र र उनका परिवारलाई 'रअ'संगै जोडेर लेख्नु पुष्टि गर्नसक्ने सहारा या हिम्मत छ कि छैन - आफैंमा प्रश्नचिन्ह खडा छ ।
दक्षिणबाट लागेको 'लू'ले वर्षौदेखि मिलेर बसेका नेपालीमाथि जातीय द्वन्द्वको बीउ रोप्यो । एकात्मक राज्यलाई विखण्डन गरेर बाइसे चौबीसे प्रगतिशील डक्टि्रनको विजारोपण गर्यो । जसले आमूल परिवर्तनका लागि रगत बगायो स्वाभाविक रुपमा वैदेशिक हस्तक्षेप राष्ट्रियतामाथिको संकटको दोष उसलाई जान्छ । यस अर्थमा ००७ सालको दिल्ली सम्झौताको विरोध गर्नेहरुले २०६२ साल मंसिर ७ गते दिल्लीमै गरेको नयाँ मोडलको दोस्रो दिल्ली सम्झौताको परिणाम नै वर्तमानको वैदेशिक हस्तक्षेप हो भन्दा अत्तुक्ति नहोला ।
लिनायायोको युद्धलाई पूँजीवादी विश्व दृष्टिकोणद्वारा षड्यन्त्रमूलक फौजीवादको भन्ने माओवादी दोस्रो दिल्ली सम्झौताद्वारा त्यही बाटो अपनाउनु नै अहिलेको 'लू' लागेको हो- जसरी माओ र लिनायायोको अन्तर र्सवहारा आदर्श र पूँजीवादी पाखण्डका बीचको अन्तर हो । सामन्तवादविरुद्धको संर्घष्ाको नाममा दक्षिण एसियाली साम्राज्यवादी एजेण्ट भारतीय विस्तारवादको घोडा चढेर आएको गणतन्त्र सिक्किमको गणतन्त्रको नयाँ मोडल मात्र हो ।
दक्षिणबाट बगेको तातो हावा 'लू'को औषधि भनेको उपनिवेशवादविरुद्ध इतिहासको गौरवमय गाथालाई कायम राख्दै राजा, नेपाली सेना, साम्राज्यवाद तथा विस्तारवाद विरोधी शक्तिबीचको नयाँ ध्रुवीकरण हो र त्यो संर्घष्ाले स्थापित राजनीतिक मान्यताले मात्र मुलुकको राष्ट्रियताको रक्षा गर्न सक्छ ।