Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 07:46am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
घटिया नग्नता कुन ?
तारा सुवेदी

Monday, 08.11.2008, 05:55pm (GMT+5.5)

आजभन्दा ठीक दश दिन अघि एकप्रकारको "नग्नता" पर््रदर्शन गरियो । झण्डै डेढ दर्ुइ महिना पहिले "कन्चनपुर जिल्लाको महेन्द्रनगरमा एकजना मानवाधिकारको क्षेत्रमा कार्यरत अगुवा महिला लक्ष्मी बोहराको रहस्यमय हत्याको जरियाबाट" यौटा आन्दोलन भएको थियो । - "उनका घर परिवारले कूटपीट, यातना दिई पाशविक ढंगले हत्या गरिएका ठोस प्रमाणको रूपमा रहेका लाशका प्रकृतिलाई लुकाई छिपाई चिकित्सकले शवपरीक्षण -पोष्टमार्टम) गरेको, कर्तव्य हत्याको घटनालाई भ्रष्टाचार गरी नियतवश ढाकछोप गरेकोले न्याय कानूनको समेत मानमर्दन गरियो, जसले गर्दा अपराधीलाई उम्काउने र दण्डहीनतालाई खुला संरक्षण दिने अपकृत्यले उन्मुक्ति पायो । त्यसैले गर्दा त्यसको निष्पक्ष र स्वतन्त्र उच्चस्तरीय न्यायिक छानबीनका लागि आयोग गठन गरियोस्"- भन्ने मागसहित तीन हप्तादेखि माइतीघर मण्डलामा मानवाधिकारका क्षेत्रमा कार्यरत केही महिला अगुवाहरू रिले अनशनमा बसेका थिए । तीन हप्ता पूरा हुँदासम्म सरकारले त्यस आन्दोलन र दबाबप्रति वेवास्ता गरेकोले २२ औं दिनमा अर्धनग्न रूपमा" सडकमा विरोध पर््रदर्शन गर्न खोजे । तर त्यसलाई विफल पार्न पुरुष सुरक्षाकर्मीहरूले जसरी महिलाहरूमाथि बल प्रयोग गरे, लछारपछार गरे, घिसार्ने गरे र केही महिला प्रहरीले ती "अर्धनग्न" महिलामाथि आफ्ना परम्परागत पर्ूण्ानग्न चरित्र पर््रदर्शन गर्दै निर्घर्ााकूटपीट गरे, त्यसले यौटा प्रश्न खडा गर्‍यो ।

ती महिलाहरूले "आफ्ना साया" -पेटीकोट) छातीमाथि बाँधेर सडकमा उत्रिनुलाई "आफूलाई अर्धनग्न पर््रदर्शन' गर्नुको रूप र अर्थमा व्याख्या गरे । यस प्रसङ्गमा समाजमा उच्छृंखलता र असामाजिक गतिविधि हुन नदिने, सामाजिक अनुशासन एवं नागरिक शान्ति सुरक्षा अमनचैनमा खलल उत्पन्न हुन नदिने दायित्व बोकेको सिङ्गो प्रहरी संगठनका सिपाहीदेखि सर्वोच्च -सुप्रिमो) सम्मका अधिकारी स्वयं कति अनुशासित र चरित्रवान् छन् वा कति वेशर्मी एवं नग्न छन् - सहज प्रश्न उठ्न सक्छ । तर त्यता नहेरौं ।

"अर्धनग्न" रूपमा विरोध पर््रदर्शन गर्ने त्यो घटना आपत्तिजनक हो, होइन, त्यतिबेलाको बल प्रयोग ठीक थियो थिएन - त्यसको ख्यालै नगरी, लहैलहैका भरमा सबै आन्दोलन र अनशनकारीहरूलाई माथि उल्लेख गरेको शैलीमा पक्राउ जुन गरियो, त्यसले यौटा टड्कारो प्रश्न उठाएको छ । राज्य र प्रहरी संगठनले सौर्न्दर्य प्रतियोगिताको नाममा, फेशनको रूपमा आजभोलि-सडकमा "विकनी" वा "टू पीस" लगाएर हिँड्नेलाई कुन रूपमा हर्ेछ - राज्यको कानुनले र्'अर्ध' र 'पर्ूण्ा' नग्नताको परिभाषा कसरी गर्छ - त्यो नयाँ बहसको विषय बनेको छ ।

मात्र 'ब्रा' र 'बिकिनी' जस्ता "टु पीस"मा खुला सडकमा हिँड्नु नागरिकको मानवाधिकार र स्वतन्त्रताको परिभाषाभित्रको विषय हुने, तर 'ब्रा' सहित छातीमाथि बाँधिएको 'साया' स्वरूपको जामा वा 'र्स्कर्ट' र नृत्यहरूमा लगाउने घुँडासम्मको छोटो सर्ुवाल -ट्राउजर) लगाएर कसैले "अर्धनग्न भएँ" भन्दैमा राज्यको सुरक्षा संयन्त्रले त्यो हदको बल प्रयोग गर्नुपर्ने खण्ड खातिर महसुस जुन गर्‍यो, त्यसलाई कुन-कुन फाँटका क्रिया कर्मशीलहरूले के कस्ता नजारियाले हेरे - त्यो तीव्र जिज्ञाषाको विषय भएको हुन सक्छ ।

नग्नताको परिभाषा के -

"नग्नता" - चाहे र्'अर्ध' र 'पर्ूण्ा' जेहोस्, - के कस्तोसम्मलाई "आधुनिक सभ्यता"को सीमाभित्रको, के कस्तोलाई "आपत्तिजनक" र के कस्तोलाई "गम्भीर प्रकृतिको र कानुननः दण्डनीय" भनेर परिभाषित गर्ने -, त्यो सबैको मानदण्ड के हो -, त्यस्तो निर्ण्र्ाार्ता को हो, कुन निकायका के कस्तो योग्यता क्षमता भएका व्यक्तिले त्यसको संपरीक्षण गर्ने - के कस्तोलाई कुन हदको दण्ड सजाय दिने, र के कस्तो अंग पर््रदर्शन गर्नेलाई "साहसिक र सुन्दरतम" भनेर ताज पहिर्‍याउने - उदाहरणका लागि "सुन्दरी प्रतियोगिता"लाई नै लिउँ) त्यसको सबै मानक र मानदण्ड बारे कसरी बुझ्ने - त्यही "बुझ्नै नसकिएका, तर बुझ्न अपरिहार्य" निम्न केही प्रतिनिधि प्रश्न केन्द्रित सानो चर्चा गर्नु सायद असमीचिन नहोला भन्ने लाग्छ ।

नग्नता नं. १

माथि प्रारम्भिक प्रसङ्गमा चर्चा गरिएको मण्डलामा महिलाहरूद्वारा "शाब्दिक भौतिक अर्ध नग्नता" विरोध र दबाबका लागि गरिएको हो जस्तो लाग्छ । सायद त्यस्को आशय सरकारलाई नैतिक दबाब मात्र सिर्जना गर्नु थियो जस्तो लाग्छ । सरकारमाथि आफूहरूले उठाएका "न्यायिक छानबिन आयोग" गठनका लागि कानुनी उपाय अवलम्बन गरी राजनीतिक लोकतान्त्रिक प्रकृतिको दबाब दिने उनीहरूको मानवाधिकार थियो । दर्ुभाग्य ! आफूलाई "अब्बल दर्जाको लोकतन्त्रवादी" भनेर दाबी गर्ने पार्टर्ीीे सरकारले, प्रहरी लगाएर, नेपालका मानवाधिकारवादी महिलाले विशुद्ध लोकतान्त्रिक प्रकृयाअर्न्तर्गत गरेको विरोधको कार्यक्रममाथि, बलप्रयोग गरी दमन र शमन गरियो । त्यस्तो विरोधको शैलीले समाजमा के कस्तो गम्भीर नकारात्मक प्रकृतिको प्रभाव पार्ने ठानियो - भेऊ पाउन सकिएन ।

नग्नता नं. २

२०६४ सालको अन्तमा सम्पन्न संविधानसभाको निर्वाचनमा "तीन चित खाएर" तेस्रो स्थानमा झरेको कारण, ने.क.पा. एमालेले आफ्नो पार्टर्ीीट मन्त्रिपरिषद्मा प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई "राजीनामा दिई तत्काल पदत्याग गर्न" निर्देशन दियो । मन्त्रीहरूबाट पनि पार्टर्ीीनर्देशन शिरोपर गरी राजीनामा दिएको र्सार्वजनिक घोषणा गरियो । प्रधानमन्त्रीले "राजीनामा फिर्ता लिन" अनुरोध गर्दासमेत "सामूहिक राजीनामा नैतिकताको कारणले दिएकोले, विचारै गर्नुनपर्ने" भनेर भनियो । र "राजीनामा तत्काल स्वीकृत गरिदिन अनुरोध गरेको" समाचार पनि सञ्चारमाध्यममा प्रवाहित भएको थियो ।

त्यसपछि राजीनामा दिएका मन्त्रीहरू मन्त्रालय जान नैतिकताले दिँदैनथ्यो, गएनन् । पार्टर्ीी पराजय व्यहोरिसकेपछि, यौटा उच्च राजनैतिक मूल्य, मान्यता र नैतिकताको हेक्का राख्ने पार्टर्ीी शासन सत्तामा नबस्ने निर्ण्र्ाागर्नु निकै उच्चस्तरको आदर्श प्रस्तुती गर्न खोजेको मान्नर्ुपर्छ । त्यसमा पनि कतिपय मन्त्रीहरू निर्वाचनमा उम्मेदवार भएका र जनताले अस्वीकृत गरिसकेका पनि थिए । त्यस्ताले त पार्टर्ीी नभने पनि अथवा "नहट्नू" भने पनि, राजनीतिक नैतिकताको कारण राजीनामा दिनै पथ्र्यो, दिए । अधिकांश नेपालीले "अरुले नभए पनि एमालेले राजनीतिक नैतिकता देखायो" भनेर निकै स्याबासी दिए ।

तर दर्ुभाग्य ! "त्यसरी राजीनामा दिएका वाममन्त्रीहरूले पदीय काम कुरा गर्न छाडे पनि गाडी, आवास र तलब भत्ता हाम गर्न छोडेनन्" भनेर समाचार सुन्दा, धेरैले पत्याउनै सकेका थिएनन् । गएको हप्ता -साउन २० गते) को कान्तिपुरको "मन्त्री को हुन्, को होइनन्" शर्ीष्ाक लगायतका विभिन्न राष्ट्रिय दैनिक छापा, र अघिल्लो साँझका विद्युतीय सञ्चारमाध्यमबाट प्रवाहित समाचारले भने निकै अचम्मित पार्‍यो । त्यस्तो "ने.क.पा. एमालेका निकट भए - रहेको" भनेर चिनिएका, अलिकति "स्वाभिमान र नैतिकताको विऊ बोकेर बसेका" बुद्धिजीवी भनाउँदा केही मित्रहरूलाई त असहनीय जलन भएछ ।

अझ विभिन्न पत्रपत्रिकामा धारा प्रवाह लेख लेखेर "उच्च राजनीतिक नैतिक शिक्षा दिने" गरेका कारण त्यसपार्टर्ीीत्र "सापेक्षया लोभ-पाप नभएका" र लोकप्रिय मानिएका, तर निर्वाचनमा पराजितसमेत भएका व्यक्तिले "कुनै बेला पाएको शिक्षा मन्त्रीको लिखत वदर भएको छैन" भन्ने काइते, रकमी, राजनीतिक बेइमानी र फट्याईपर्ूण्ा कुरा गर्दै "शिक्षामन्त्रीको हैसियतमा ८ -आठ) खेलाडी र २८ प्रशासनिक जन्ती बोकेर चीनको राजधानीमा आयोजित हुन लागेको ग्रीष्मकालीन ओलाम्पिक हर्ेन श्रीमतीलाई समेत लिई गएको" समाचार सुन्दा त्यस्ता बुद्धिजीविको मनमथिङ्गलमा झण्डै ८ रेक्टरस्केलको भूकम्पको झट्का महसुस भएछ ।

त्यसमा पनि आफ्ना घनिष्टतम मण्डलीका साथीहरूले "क्या हो ! तेरो एमालेका मन्त्रीहरू, कोही राजीनाम दिएको भनेर श्रीलंका नजाने, तर भत्ता र गाडी भवन नछोड्ने, कोही अरुलाई सदाचार, आदर्श र नैकिताको खुँडा बोकेर उछित्तो काड्ने, तर सानो तिनो विदेशको अवसर पाउँदा लगौटी फालेर कुद्ने - त्रि्रो पार्टर्ीीे कस्तो नैतिकताको मानदण्ड हो -" भनेर सोधिदिँदा कतिलाई त "काँचो आन्द्रा खाए जस्तो" र वित्थामा "मरेको बिरालो बोकेर हिडेको जस्तो" अनुभव गर्नु परेछ । यसरी यौटा उम्मेदवार भएर पराजित नेताले नैतिकताको धरो फालेर हिडेको नाङ्गो रूप जुन देखियो, त्यस्तो नग्नतालाई ती मतदाता, त्यसै पार्टर्ीी अन्य नेता, कार्यकर्ताले कुन श्रेणीमा राख्ने र कस्तो रूपमा लिने -

नग्नता नं. ३

अलिकति अतीतको, अलिकति वर्तमानको बाटो र पाटो तिर पनि नियालौं । अहिले मात्रै होइन ०४७ सालपछिको संसदीय बाटोबाट पटक पटक सत्ताको लित्को पित्को पाउँदै आएका कतिपय कम्युनिष्ट समूहका नेताहरूले, "निर्दलीय निरंकुश पंचायती शासन व्यवस्था समाप्त गर्न, ने.का. र कम्युनिष्टहरू मिलेर संयुक्त जनआन्दोलन गर्नुपर्ने" विचार अघि सार्ने तत्कालीन महासचिव क. पुष्पलालाई "गद्दार", "कांग्रेसको पुच्छर" र "भारतीय विस्तारवादीका हिमायती" भने र छुट्टै समूह गठन गरी २०२८ सालतिर निकै "ठूलो क्रान्तिकारी"को रूपमा अघि बढ्ने घोषणा गरे ।

२०३५ साल साउनमा क. पुष्पलालको भौतिक अवशान भयो । २०३६ सालमा जनमत संग्रहको घोषणा भयो, र २०३७ मा जनमत संग्रह भयो । ती "उग्रक्रान्तिकारीहरूले "बहुदल" लाई कांग्रेसको बिर्ता ठाने । र पञ्चायतको पक्षमा दिलो ज्यान दिएर लागे । २०४६ मा श्री गणेशमानसिंहले क. पुष्पलालको "संयुक्त जनआन्दोलनको नीति" अंगालेर पंचायत व्यवस्था ढाल्न सबै कम्युनिष्ट घटकहरूलाई आहृवान गर्नुभयो । क. पुष्पलाललाई "पुच्छरवादी, भारतीय पन्थी" भन्नेहरूले "संयुक्त जनआन्दोलनको नीतिको गीत गाउँदै" आन्दोलनमा सहभागी हुने निर्ण्र्ाागरे ।

त्यसपछिको बाह्र वर्षो संसदीय कालखण्डमध्ये झण्डै ७ वर्षम्म "गणतन्त्रात्मक शासन प्रणालीको स्थापना"का लागि "संविधान सभाको निर्वाचन" लाई मूलमुद्दा बनाएर सशस्त्र जनसंर्घष्ामा उत्रेका ने.क.पा. माओवादीलाई "देशी, विदेशी र गैर वामपन्थी शक्तिको बलमा मटियाभेट गर्नुपर्छ, त्यसका लागि सैन्य परिचालनदेखि ने.क.पा. माओवादी नेताहरूको टाउको काटेर ल्याउनेहरूलाई पचासौँ लाख दिन पनि पछि हट्नु हुँदैन" भनेर ने.का. सरकारलाई माओवादी मास्न उल्क्याए । तर तिनै कम्युनिष्टहरू २०६३ सालपछि कति सक्कली गणतन्त्रवादी र संविधानसभाको निर्वाचनका हिमायती देखिए - त्यो सम्मलाई अतितको सीमाभित्रको ठानौं । र त्यस 'गडा मर्ूदा'लाई नउखेलौं ।

जब संविधानसभाको निर्वाचन आउन थाल्यो, संसदीय कालखण्डका रैथाने कम्युनिष्टहरूले "जनयुद्ध गरेका हौं भन्ने मित्रहरूको यौटा सीट मात्रै पनि आइदिए हुन्थ्यो, तर त्यो हैसियत ने.क.पा. माओवादीको कहाँ -" भने र उपहास गरे । तर सम्पर्ूण्ा देशी विदेशी तत्व, शक्ति र गुप्तचरी संगठनहरूसमेतले कल्पना गर्न नसकेको सफलता साथ निर्वाचनमा ने.का. र एमाले दुवै रैथाने दलहरूको कूलभन्दा बढी सीट ने.क.पा. कम्युनिष्ट पार्टर्ीीमाओवादी) ले ल्यायो । त्यति मात्रै नभएर नेपालको मात्रै नभई भारतमा समेत नभएको कर्ीर्तिमानी प्रतिशत -पपुलर भोट) विभक्त कम्युनिष्टहरूले पाए ।

तर अर्को दुभार्ग्य !, "विस्तारवाद" र "विखण्डनवाद"को कट्टर विरोधी हृवौ भन्दै निर्वाचनमा गएकाहरूले भने "साम्राज्यवाद, विस्तारवाद, पूँजीवादका दलाल पार्टर्ीीभनेर आफैले दशकौंदेखि सडकमा धारे हातले भाटे गाली दिइएका ने.का. का पछि लागेर अर्को कम्युनिष्ट -ने.क.पा. माओवादी)लाई खुइल्याउन, तर्छार्न र सत्ता शक्तिमा जानबाट खुट्टा तानेर पर्छार्न, तिनै दक्षिणपन्थी विस्तारवादीका दलालसँग खुला सहवास गर्न गएको देखियो । त्यस्तो सिद्धान्तविहीन "राजनीतिक वेश्यावृत्ति"लाई "श्लील" भन्ने वा "अश्लील नाङ्गो कुरूप चरित्र पर््रदर्शन" भन्ने -

नग्नता नं. ४

आफ्नो नेतृत्वको पार्टर्ीीई मतदाताले गलहत्याइसकेको र आफ्नो दलबाट सरकारी झण्डा हल्लाउँदै, निर्वाचन मैदानमा गएका मन्त्रीहरूलाई जनताले धूलोमा मिलाई दिएपछि, आफ्नै घोषणा पत्रमा गरिएका "निर्वाचनबाट ठूलो दलका रूपमा आउनेलाई आगामी सरकारको नेतृत्व गर्ने अधिकार हुने" वाचाकसम तोड्दै, चार महिनासम्म तीनै निर्वाचन हारेका मन्त्रीहरूलाई यथावत् पदमा बहाल गराउनु कति वेशर्मी र अनैतिक हो - त्यो छुट्टै चर्चको विषयमा बढी नगई दिँदा वेश होला -

तर दर्ुइ वर्षेखि "वय" र "काय"ले सिंहदरबार स्थित मन्त्रिपरिषद्को वैठकमा उपस्थित हुन नसक्ने, सातदल, चारदल लगायतका सबै दलका नेता र दलहरूको बैठक आफ्नै सरकारी निवासमा बोलाएर पनि विछ्यौनाबाट उठेर त्यस्ता बैठकमा मुस्किलले २/४ मिनेट देखापर्ने, सर्वोच्च संविधानसभा एवं व्यवस्थापिकामा कामचलाउ राष्ट्राध्यक्ष एवं कार्यकारी प्रमुखको हैसियतबाट उपस्थित हुन नसक्ने, आफ्नो "राजनीतिक राजीनामाको घोषणा" गर्न समेत 'बृद्धता र रुग्णता'को कारण देखाई अर्को "खेताला खोज्नु-बोलाउनुपर्ने" व्यक्तिले औपचारिक रूपमा लिखित राजीनामा दिई राष्ट्रपतिबाट स्वीकृत भइसकेको स्थितिमा श्रीलंकाको राजधानी कोलम्बोमा र्सार्कको, १५ औं शिखर सम्मेलनमा संविधानको धारा ३८ उपधारा ९ को काइते, रकमी, फट्याई पर्ूण्ा व्याख्या गरी, जसरी आफ्नी छोरी, दास, दलाल, चौकडीको जम्बोटोली लिई गए, त्यसलाई कसरी हर्ेर्ने -

स्वदेशका उच्चतम महत्व पर्ूण्ा राष्ट्रिय कार्यक्रममा जाँदा "५/५ मिनेटमा अक्सीजन लिनर्ुपर्ने अनिवार्यता"को सिफारिश गर्ने चिकित्सकहरूले, "अक्सीजनको झोला काठमाडौंमा नै बिर्सर्ेे शिखर सम्मेलन भर प्रधानमन्त्रीलाई बोल्न त्यत्रो तीन चार दिनसम्म विनाअक्सिजन बस्न र छिमेकी भारतका राजनीतिक पीठहरूमा माथा टेकाउन कसरी सफल भए - कुन दैवी चमत्कारले बाहृय भूमिमा त्यस्तो सबै सम्भव बनायो - र स्वदेशको भूमिमा टेक्ने बित्तिकै पुन ओछ्यानमा नै थन्क्यायो - त्यो सबै "नग्न यथार्थता"लाई कुन मानदण्डले नैतिक र सहज ठहर्‍याउँछ - कि "निर्वाचनको परिणामरूपी र्सपको मुखमा परेका भ्याकुताको कीरा टिप्ने स्वभाव" जस्तै भन्ने, ठान्ने - त्यो सबैलाई "घटिया र नग्न वेशर्मी कृत्य"को उदाहरण ठान्ने कि, सहज कृत्य -

नग्नता नं. ५

उक्तबाहेक राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनको अघिल्लो दिनसम्म "आफूलाई कुनै पनि उम्मेदवार ग्राहृय नभएको" भन्ने र सबै दललाई "बाहृय शक्तिका गोटी" ठान्ने कम्युनिष्ट समूहले भोलीपल्ट तिनै "विदेशीका एजेण्टसँग" उनकै सरकारी निवासमा रहस्यमय भेट गरेपछि - -भनिन्छ, ती आफूलाई मात्र सबैभन्दा चरित्रवान् र 'भ्रष्टाचार नगर्ने' भन्ने दलका सांसदले, प्रति सांसद तीनकरोड पाए, खाएको आरोप लाग्यो) र त्यसलाई कसरी हर्ेर्ने -

नग्नता नं. ६

"नेपाल आयलनिगममा नाङ्गो भ्रष्टाचार हुने गरेको मलाई राम्ररी थाहा छ, तर म त्यो हुन दिन्न" भन्ने उद्योग वाणिज्य एवं आपर्ूर्ति मन्त्री श्री श्याम सुन्दर गुप्ताले जसरी "भ्रष्टाचार र अख्तियार दुरूपयोग" माथि आफ्नो एकाधिकार स्थापित गरे, निर्वाचन हारेपछि पनि फेरि चोरबाटोबाट संसद प्रवेश गरे, त्यस्तो नग्न कृत्यलाई कसरी हर्ेर्ने -

नग्नता नं. ७

एकातिर सरकारमा माओवादीसँग सहकार्य पनि गर्ने, अर्को तर्फतिनै माओवादी विरुद्ध आफ्ना कार्यकर्तारूपलाई "माओवादी पीडित"को व्यानर बोकाई "नेकपा माओवादीले वेपत्ता पारेका नागरिक र्सार्वजनिक गर", "हत्यारा माओवादीलाई कारबाही गर" भनेर बेला कुबेला सडकमा निकालिने 'तमासे-जुलुस'ले कस्को धोती र लँगौटी फालिदिएको छ भन्ने - त्यसको अन्तर्निहित आशय के "माओवादीले वेपत्ता पारेकाहरूको खोजी गर, तर "माओवादीका पक्षका"को आशंकामा राज्य पक्षबाट मारिका कृष्णसेन "इच्छुक" लगायतका हजारौं कलम र श्रम जीविका हत्यारालाई कारवाही गर्न पाइन्न" भन्ने माग गराएको आशय अभ्रि्राय रहेको स्पष्ट हुन्छकि हुन्न, - त्यो र त्यस्ता सत्ता पक्षका प्रायोजित विरोधले पञ्चायतकालमा भक्तपुरका विधायक, "कर्ण्र्ाायजू"को हत्याको विरोधमा तत्कालीन बहालवाला प्रधानमन्त्रीले सडकमा उत्रेर "हृयजूको हत्यारलाई फाँसी दे" भने जस्तै हृयास्यास्पद भयो कि भएन -

नग्नता नं. ७

२००७ सालको दिल्लीसम्झौतादेखि कोशी, गण्डक टनकपुरसम्मका २०४८ सालसम्मका कोइराला बन्धुरूपले गरेका सन्धीलाई "राष्ट्रघाती भन्नेहरूले पटक पटक सरकारको नेतृत्वको कम्युनिष्टलाई मारेर बिस्तारवादीलाई पोस्ने" भन्ने आरोप लगाइएका श्री गिरिजा प्रसादले गर्नुपर्छ" किनभने । त्यस्को स्पष्टीकरण सरोकारवालाहरूले दिनुपथ्र्यो दिएनन् । त्यसले के संकेत गर्छ -

नग्नता नं. ८

स्वयं समेत भारतमा जन्मिएर नेपालको तर्राईमा बर्साई र्सर्नेरूपले आफूलाई "मधेसको र्घर्तीपुत्र"मा दर्ता गरी सयौं वर्षेखि पहाडबाट मधेश झरेकालाई "आगन्तुक" भन्ने आरोप लगाउन उनीहरूले संविधान सभामा "आफ्नो दलले खेल्नुपर्ने भूमिका" र त्यहाँ अवरोध उत्पन्न गर्ने हटाउने, राजनीतिक मोर्चा बनाउने र दलहरूलाई जुटाउने, फुटाउने बारेमा कुनै छिमेकी - -नेपालका राष्ट्रवादी र नेपालका कम्युनिष्टका शब्दमा "बिस्तारवादी") राजदूतका खोपीमा पुगेर निर्देशन माग्ने गर्नुले ती धर्तीपुत्र दलहरूको चरित्र कति नाङ्गयिो भन्ने, र त्यस्तो "नग्नता" लाई कुन रूपमा हर्ेर्ने -

यी माथि प्रस्तुत परिदृश्य परिघटनाभित्रका राजनीतिक नैतिक क्षेत्रका दृष्टान्त नग्नता"हरूमध्ये कुन खाले नग्नता वा "व्रि्रूपता"लाई कानून विनिसिद्ध" र कुन खालको "नग्नता कानूनसम्मत हुन् भन्ने - कि उही

"वडाले जे गर्‍यो काम हुन्छ त्यो र्सवसम्मत्

छैन शंकरको नङ्गा मगन्ते भेष निन्दित"

लाई आदर्श मानदण्ड मान्ने -


Comments (0)        Print        Tell friend        Top


Other Articles:
घायलै पार्‍यो दक्षिणबाट आएको 'लू'लेबहुमूल्य लिम्बु (08.11.2008)
जाग, चम्क, लम्क हे ः नौजवान होयादब देवकोटा (08.04.2008)
वापन्थीहरूको पन्था कुन - सत्ता र शक्ति वा राष्ट्रियता ?तारा सुवेदी (08.04.2008)
नेपाललाई चरनक्षेत्र बनाउने नेताहरुमहेश्वर शर्मा (08.04.2008)
राष्ट्रवाद भारतविरोध कि दासताविरोधीबहुमूल्य लिम्बु (08.04.2008)
राष्ट्रिय एकताको आधार ः सवैले हेक्का राख्नुपर्ने विषययादब देवकोटा (07.29.2008)
नियत राम्रो भए परिणाम पनि राम्रो हुन्छमहेश्वर शर्मा (07.29.2008)
खबरदारी ! राष्ट्रवाद जनताबाटबहुमूल्य लिम्बु (07.29.2008)
राष्ट्रपति डा. यादवलाई बधाई र शुभकामना दिंदातारा सुवेदी (07.29.2008)
धन्न रहेछ नेताहरुको इमान-जमान र नैतिकतायादब देवकोटा (07.21.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]