काठमाडौं । विश्वभरका आदिवासी जनजातिहरुले अगष्ट नौको दिनलाई खुसीको दिनका रुपमा मनाउने गर्दछन् । अन्तर्रर्ााट्रय श्रम संगठनले सन् १९५५ मा आयोजना गरेको स्वतन्त्र मुलुकका आदिवासी जनजाति सम्मेलनपछि औपचारिक मान्यता पाएको आदिवासी दिवसलाई उनीहरुको आवाज मुखरित गर्ने दिनका रुपमा पनि लिइन्छ । यसपछि सन् १९८४ मा आदिवासी सम्बन्धी कार्यदल गठन गरी सन् १९९३ मा संयुक्त राष्ट्रसंघले 'अन्तर्रर्ााट्रय आदिवासी वर्ष र संयुक्त राष्ट्रसंघको साधारणसभाले १९९५-२००४ सम्मलाई पहिलो विश्व आदिवासी दशक मानाउने र अगष्ट नौलाई विश्व आदिवासी दिवसको रुपमामनाउने घोषणा गरेको थियो ।
त्यसै अनुरुप हालसम्म १६ औं अन्तर्रर्ााट्रय आदिवासी दिवस मनाइसकिएको छ । विश्वमा छरिएर रहेका आदिवासी जनजातिहरुले आफ्नो अधिकार सुनिश्चित भएको खुसीयालीको रुपमा मनाउने यो दिवस नेपालमा पनि विभिन्न किसिमले मनाउने गरिन्छ र त्यसै अनुरुप यसपाली पनि मनाइयो ।
नेपालमा आदिवासी दिवस मनाउन थालिएको धेरै भएको छैन । विश्वमा १२ औं पटक आदिवासी दिवस मनाइसकिएपछि मात्र नेपालमा आदिवासी दिवस मनाउन थालिएको हो । आदिवासीसंग सम्बन्धित विभिन्न संघसंस्थाहरुले विभिन्न कार्यक्रमका साथ मनाउने यो दिवस गत शनिवार सम्पन्न भयो । नेपालमा चौथोपटक मनाइएको यस दिवसको आयोजना नेपाल आदिवासी जनजाति महासंघले गरेको थियो ।
कुनै पनि मुलुकको सवभन्दा पुराना अथवा रैथाने बासिन्दा नै त्यहाँका आदिवासी हुन् । सोझो अर्थमा भन्नुपर्दा आदिमकालदेखि बसोबास गरिरहेकाहरु नै आदिवासी हुन् । कालान्तरमा उनीहरुमाथि आगन्तुक बासिन्दाले धन, बुद्धि, बलका माध्यमले उनीहरुमाथि गरेको शोषण, अन्याय र अत्याचार बढ्दै गएर अहिलेको स्वरुपमा आइपुगेको छ । सोझा सिधा प्रकृतिका जनजातिलाई, हेप्ने, उनीहरुलाई शोषण गर्ने तथा विविध प्रकारले अनेक किसिमबाट प्रताडित गर्ने क्रममा सुधार ल्याउन पनि आदिवासी जनजातिमा चेतनाको लहर फैलाउनु आवश्यक रहेको छ । आफूभन्दा धनी र उच्चवर्गका भनिनेहरुका अगाडि उठेर कुरा गर्न समेत नसक्ने भएर दासताको जीवन गुजारिरहेका जनजातिले आफ्ना अधिकारबारे अनिभिज्ञ थिए । पछि विस्तारै विकसित भएपछि आफ्नो अधिकारबारेमा बुझ्दै गए । अहिलेको आदिवासी जनजाति दिवस पनि यसैको एउटा कडी हो । आदिवासी जनजातिहरुले संयुक्त राष्ट्रसंघले मान्यता दिएपछि उनीहरुले आफ्नो अधिकारका बारेमा जान्ने मौका पाए । उनीहरुले आफूहरुको हक अधिकारका लागि संगठित रुपमा लड्नुपर्ने निश्चय गरी जनजातिको संगठन संयुक्त रुपमा नेपाल आदिवासी जनजाति महासंघ स्थापना गरे । त्यसैको माध्यमबाट सवै जनजातिलाई एकत्रित गर्ने काम भैरहेको छ । विभिन्न जनजातिहरुले पनि आफ्नो जातीय संस्था खोल्दै गए । यसरी सम्पर्ूण्ा जनजातिलाई एकपछि अर्को गर्दै समेटी अन्तर्रर्ााट्रयरुपमा समेत सम्बन्ध विस्तार गरी आफ्ना हक अधिकारको लागि निरन्तर लडिरहेको छ ।
स्वतन्त्र, स्वावलम्बी र निर्भिक जीवनयापनका लागि अन्याय र अत्याचारविरुद्ध संर्घष्ा गर्नैपर्छ र त्यसले मात्र अधिकार सुनिश्चित गर्छ । यही अधिकार सुनिश्चित गरेको स्मरण गर्ने दिन अगष्ट ९ हो । यस्तो खुसीको दिनमा आफ्ना संस्कति झल्किने झाँकी र पहिरानमा उपस्थित आदिवासीहरु राजधानीको रत्नपार्कस्थित खुलामञ्चमा जम्मा भई दशरथ रंगशाला प्रवेश गरेका थिए । आफ्नो अधिकार अर्न्तर्गत जातीय स्वशासन, क्षेत्रीय, भाषिक र क्षेत्रीय आधारमा संघात्मक राज्यको भागको बुलन्द आवाज सडकमा गुन्जायमान भएको थियो । नेपालमा संविधानसभाको निर्वाचनमा जनजातिहरुले खेलेको महत्वपर्ूण्ा भूमिकालाई सरकारले वेवास्ता गरेको कुराहरु एकातिर आइरहेको थियो भने अर्कोतिर विभिन्न जातजातिको परम्परालाई ज्यूँदो राख्ने झाँकीका साथ दशरथ रंगशाला प्रवेश गर्दा लाग्थ्यो चीनको बेइजिङमा भैरहेको विश्वको सर्वोत्कृष्ट खेल महोत्सवको भन्दा ठूलो रमझम थियो । जातीय विविधताका साथै भौगोलिक विविधता झल्किने त्यो समारोहको अध्यक्षमा नेपाल आदिवासी जानजाति महासंघका केन्द्रीय अध्यक्ष एवपं सभासद् पासाङ शर्ेपाले गर्नुभएको थियो ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको प्रमुख आतिथ्यमा अर्थमन्त्री डा. रामशरण महतको विशेष आतिथ्यता रहेको सो समारोहमा विभिन्न जनजातिसंग सम्बन्धित संघसंस्थाका प्रतिनिधि र विभिन्न दलका संविधानसभासद्को समेत उपस्थिति थियो । सोही समारोहमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाईको थियो ।
नेपालको राष्ट्रिय गीतसंगै औपचारिक रुपमा शुभारम्भ भएको कार्यक्रममा नेपालमा ५९ जातजातिलाई आदिवासीको रुपमा वर्गीकरण गरिएको बताइएको थियो ।