नेपाल जस्तो अप्ठेरो स्थितिमा रहेको देश सायद विश्वमा अर्को नहुन सक्छ । छ भने नेपालपछि मंगोलिया हुन सक्ला -, यसरी "नेपालपछि" भन्नुको अर्थ के हो भने, मंगोलिया दर्ुइ ठूला देश रुस र चीनका बीचमा भए पनि राजनीतिक रूपमा चीन र भारत जस्ता पूँजीवादी र समाजवादी विपरित राजनीतिक धारातिर देखिन्नन् । "हात्तीजस्तो विशाल काय र कुखुरीको जस्तो सानो छाती भएको भारत" मंगोलियाको छिमेकमा छैन ।
नेपाल भू-आधारमा मात्रै नभई सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, धार्मिक जस्ता महत्वपर्ूण्ा मानवीय जीवनसँग सम्बन्धित विषयमा समेत विपरीत बाटो र पाटोमा देखिएका दर्ुइ ठूला राष्ट्रको "अन्तरावर्ती" -वफरस्टेट) राज्य हो ।
त्यस्तो अन्तरावर्ती/मध्यवर्ती राज्य हुनु दर्ुभाग्य पर्ूण्ा भने होइन । वुद्धिमत्ता, दूरदर्शिता र नेतृत्वकारीमा विश्वसनीय बन्नसक्ने क्षमता हुनर्ुपर्छ । दुवै छिमेकीसँग 'सम-मैत्री' र 'समदूरी' स्थापित गर्नुपर्छ । एक छिमेकीलाई हित हुने र अर्कालाई अहित हुने काम गर्नु हुँदैन । दुवैका बीच द्वन्द्व बढाउन मद्दत पुग्नेकाम कुरा किमार्थ गर्नुहुँदैन । यस्ता असंलग्नता र तटस्थताका केही अपरिहार्य सूत्र छन् जुन यस्ता अन्तरावत्ती वफरस्टेटहरूले आफ्नो अस्तित्व, अस्मिता र र्सार्वभौम संप्रभूताको सुरक्षा एवं राष्ट्रिय प्रतिष्ठा अभिवृद्धिका लागि इमान्दारितापर्ूवक परिपालना गर्नु पर्ने हुन्छ । र तिनै सूत्रका अनुशीलनताका शक्तिले नेपालजस्ता मध्यवर्ती राष्ट्रको आयु र अस्तित्व सुनिश्चित गर्छ ।
तर दर्ुभाग्य ! नेपालले दर्ुर्नियति नै भोग्नुपर्ने भएर हो, वा यो देशमा आजसम्म यौटा पनि राजनेताको जन्म नभएर हो -, अथवा 'इमान्दार र सच्चा देशभक्त जन्माउने आमाहरू नजन्मिएर' राजनीतिलाई देशसेवाको विषय नभई जोखिम रहित, विना पूँजीको सबैभन्दा छिटो अकूत-असीमित आर्थिक उपार्जन गर्ने पेशा व्यवसाय ठान्ने - -स्मरण रहोस्, सबै जसो सम्पर्ूण्ा राजनीतिमा लागेका व्यक्तिहरूले आफ्नो पेश व्यवसाय "राजनीति" भनेर व्यक्तिगत विवरण दिने गरी आएको देखिएको छ) - र देशकै अस्तित्व अस्मिता बेचेर भए पनि आफ्ना सातपुस्ताका लागि उपार्जन गर्ने दर्ुमति बोकेका कपूतहरू जन्माउने आमाहरूकै कारणबाट हो - या आफ्नो असंलग्नताको अपरिहार्य बाटो र पाटोको परित्याग गर्न पुगेकाहरूले नै आजसम्म यो देशको सत्ता र शक्ति हत्याएको पाप वा दुस्परिणामको फल हो -, नेपाललाई उदारता, निस्कपटता विना प्रतिफलको-अपेक्षा, सधैँ सहयोग र राष्ट्रिय सुरक्षा संरक्षणको आड भरोसा बन्दै आएको असल छिमेकी विरुद्ध सधैँ अस्थिरता, असुरक्षाका माध्यमबाट छिमेकीहरूमाथि हैकमवाद -ओभर लर्डशीप) थोपार्दै आएको दुस्ट अर्को छिमेकीको अभिष्ट पूरा गरिदिन आफ्नो मुलुकलाई रणक्षेत्र बनाउन दिने काम निरन्तर भए ।
नेपालको - भलै प्रयोजन जेहास् - सर्न्दर्भमा भन्नुपर्दा अंग्रेजी साम्राज्यवादी सेनासँग गोर्खाली सेनाले सन् १८१४-१६ को लर्डाई लडेपछि -१७९४-९६) तिरका चिनिया सम्राट 'चिङ्लुङ्ग'को सेनाबाट गोर्खाली सेना तिब्बेतबाट नेपाल सीमा भित्रसम्म खेदिए पछि, नेपाल युद्ध गर्ने मन स्थितिमा भएन, देखिएन । अंग्रेजसँग सन् १८१६ मा सुगौली सन्धि गरेपछि नेपालको एकिकरणको यात्रा सदाका लागि टुंगियो ।
त्यसपछि एकीकृत केन्द्रीय राज्य सत्ता हत्याउने, टिकाउने र सत्ताच्यूतहरूलाई टाउको वा डाँडा कटाएर, निस्कण्टक रजाईंगर्ने सोच र षडयन्त्र पाण्डे, थापा, चौतारिया शाहहरूबीच चरम रूपमा चल्यो । तिनै आपसी द्वन्दका कापबाट यौटा सामान्य सैनिक सुवेदार "श्री ३ जंगबहादुर राणा" भएर जन्म्यो । सत्ताका लागि षडयन्त्र, विद्वेष, विश्वासघातका खेल विजेता बनेका जंगबहादुरले कायर शाह राजाहरूलाई, जापानका शोगून शाहीले जस्तै आलंकारिक बनाएर राखे । र राज्य सत्ता हत्याएपछि राणा अधिवंशवादी राज्यव्यवस्था स्थापित गर्ने सोच बनाए । त्यसैले उनले भारतको उपनिवेशी राज्यसत्ता आफ्नो हातमा लिएको अंग्रेजलाई विश्वासमा लिनु अनिवार्य ठाने । त्यसै उद्देश्यले जंगबहादुर बेलायत गए । र 'राणा अधिवंश'लाई सत्तामा टिकाई दिने शर्तमा नेपालको र्सार्वभौम स्वतन्त्र, अस्तित्व, अस्मिता साम्राज्यवादी उपनिवेशवादी अंग्रेज सरकारसामु बन्धक राखे ।
त्यसरी राणा वंशवादी राज्यसत्ताले उपनिवेशी अंग्रेजसँग गरेको सत्ता र शक्तिसम्बन्धी गुप्त सन्धि, सम्झौता सन् १९४७ मा इण्डिया स्वतन्त्र भएर "गणतन्त्र भारत"मा रुपान्तारित भएपछि, निरंकुश वंशवादी राणाहरूको शक्ति पनि समाप्त भयो । परिणामस्वरुप जंगबहादुरले एक सय चार वर्षपहिले स्थापित गरेको "वंशपरक निरंकुश सामन्ती राज्य शासन प्रणाली"को पनि सन् १९५० मा अन्त्य भयो ।
इण्डियाका "गोरा अंग्रेज" मालिकहरूले आफ्ना दासहरूलाई इण्डियाको मालिक बनाएर गएपछि "काला अंग्रेज" इण्डियनहरू 'भारतीय'को रूपमा सत्तामा आए । तर उनीहरूका मन मस्तिष्कमा रहेको अंग्रेजी उपनिवेशवादी सोच र संस्कार गएन । आफूले भोगेको उपनिवेशको असम्मान जनक पराधीनताको पीडा छिमेकीहरूमाथि थोपर्ने घटिया, मनोवृृत्तिबाट अघिबढे ।
भारतबाट उपनिवेशवादी गोरा शाहीको अत्य र नेपालबाट अधिवंशवादी निरंकुश राणा शाहीको पतन भएपछि, नेपालमा झण्डै आधा दर्जन खाले राज्य शासन प्रणाली प्रयोगमा आए र असफल भए । भारतमा पनि "लोकतन्त्रका 'चोंगाधारी' धेरै दल र नेताहरू सत्तामा आए, गए । त्यसपछि बाग्मती, कोशी र गण्डकीमा धेरै पटक बाढी मात्रै आएन, निकै मान्छेका रगत र टाउका पनि बगे । ती टाउका र रगत लिएर गंगाले समुद्रसम्म पुर्यायो । तर नेपालको आन्तरिक विषयमा हस्तक्षेप गर्ने, अस्तित्व अस्मिता र र्सार्वभौम स्वतन्त्रता माथि 'गृद्धेदृष्टि' राख्ने भारतीय नीति बदलिएन । वरु त्यो झ्याङ्गिदै र मौलाउँदै गयो । र झण्डै डेढ दशकदेखि त्यो क्रम नेपाल भित्रका पूरा तर्राई मधेसका गाउँ घरमा फैलिदै गयो । राजदूत स्वयं नेपालका तर्राई पहाड, हिमालतिर विकास सहायता बाँड्दै वडा स्तरसम्मका प्रभावशाली टाठाबाठा व्यक्तिलाई भारुको भारी बोकाएर भारतीय बिस्तारवादका भरिया बनाउने नयाँ अभियान शुरु भयो ।
त्यसरी 'नेपालको राजनीति र राजनीतिक दललाई खरिद गर्न' यौटा छिमेकीले राजधानीमा राजदूतावासबाट र मोफसलमा वीरगञ्जस्थित महा वाणिज्य दूतावास मार्फ अहिले सम्म झण्डै आधा खर्ब -५० अर्ब करिब) रकम जुन बाडियो, त्यसैको परिणाम स्वरुप लैनचौरको सल्लाघारी भित्रबाट रिमोट द्वारा संविधानसभा, अधिशासक, शासक, प्रशासक, दल र नेता, उप नेताहरूलाई खेलाउने, नचाउने, फुटाउने-टुटाउने र जुटाउने खेल निर्वाध तीव्र बेग साथ अघि बढ्न थाल्यो ।
तिब्बेतलाई नेपालले भारतको आँखाले हर्ेछ ः
नेपालको सत्ता र शक्ति हत्याएर बसेका बेलाका सबै "राजनीतिक पेशा व्यवसायीहरू"ले "नेपाल सधै एक चीनको पक्षमा छ, र तिब्बेत चीनको अभिन्न भाग हो भन्नेमा नेपाल सधैँ अडिग छ रहन्छ" भनेर निकै तटस्थता, स्वतन्त्रता पर्ूवकअडान लिएको नक्कली कुरा गर्दै आए ।
तर अंग्रेजी उपनिवेशका कालखण्डमा नै इण्डियाले तिब्बेतको छुट्टै अस्तित्व छ भनेर मानेको थिएन । स्वतन्त्र भारतका पहिला प्रधानमन्त्री पण्डित श्री जवाहरलाल नेहरूले लेख्नु भएको "ग्लिम्स अफ वर्ल्ड हिस्ट्री"मा छोरी इन्दिरालाई सन् १९३२ तिर लेखिएका ३१, ४७, ६८, ९४ नम्बरका पत्र संख्याहरूबाट उक्त भनाइ स्पष्ट हुन्छ । ती पत्रहरूमा "तिब्बेतमा आठौ शताब्दीमा मात्र बौद्ध धर्मको प्रवेश भएको, त्यसभन्दा धेरै पहिले नै यीशुवादी र इसायतको पर्ूण्ा प्रवेश भइसकेको" उल्लेख छ । त्यसमा तिब्बेत प्रारम्भदेखि बौद्धिक धर्म गुरुको मुलुक देखिन्न । त्यस बाहेक 'चंगेज खाँको मृत्यु भएपछि उनका छोरा 'खान महान्' चीनको सम्राट बने । उनको मृत्यु -सन् १२६० मा) हुनु पर्ूवदेखि कुवलय खानको शासन काल हुँदै मंचूसम्राट 'काङ्दी'का नाती 'चियाङ्लुङ'ले गोर्खाली सेनालाई तिब्बेत माथि आक्रमण गर्न जाँदा त्यहाँबाट धपाउँदै सन् १७९४-९६ तिर नेपालको धेरै भित्रसम्म प्रवेश गरेको, जुन उल्लेख छ, त्यसले तिब्बेत चीनको अभिन्न अंग रहँदै आएको पुष्टि गर्छ । नेपालले नेहरूको त्यहीँ दृष्टिकोणलाई आफ्नो वैदेशिक नीतिको आधार बनायो ।
तर त्यसरी मञ्चू शासनकालदेखि आधा सहस्राब्दीसम्म चीनको अभिन्न अंग भएको तिब्बेतलाई, बेवास्ता गरी केही धर्मान्ध कठमुल्लाहरूलाई अघि लगाएर "स्वतन्त्र तिब्बेत"को गडा मर्ूदा उखेल्ने हो भने, मुगल र अंग्रेजहरूले कब्जा गरेर "ग्रेटर-इण्डिया"मा समावेश गरेका झण्डै ६०० भारतीय ऐतिहासिक राज्यले पुन स्वतन्त्र स्थितिमा किन बाँच्न नपाउने - यस्तो प्रश्न भोली भारतभन्दा बलिया देशबाट उठाइए, कसले उत्तर दिने -
यसै सर्न्दर्भमा उदेकलाग्दो विषयको उल्लेख गरौं । भारत संरक्षित भुटानको वैदेशिक नीति निर्माण र सम्बन्धको विषय दिल्लीका अधीनमा छ । त्यो लिखित सन्धि र सम्झौताबाट अघि व्यवस्थित छ । तर नेपाल- जसले आफूलाई "र्सार्वभौम-प्रभूसत्ता सम्पन्न-राष्ट्र" भन्दै आयो - उसको वैदेशिक र खास गरी उत्तरी छिमेकी मित्रराष्ट्रसँग गर्ने व्यवहारको निर्धारणसमेत दिल्लीबाट तय गरिने क्रम प्रारम्भ गर्यो । र नेपालको "राणा शाही निरंकुश शासन व्यवस्था" देखि 'शाहा राजशाही'को पतन उप्रान्तको गणतन्त्रात्मक शासन व्यावस्थाको कालावधिसम्म निरन्तर कायम रहृयो ।
चीनको नेपाल प्रतिको उपेक्षापर्ूण्ा नीतिः
जनसंख्याका दृष्टिले विश्वको सबैभन्दा ठूलो देश चीनको सीमा झण्डै सवादर्जन-१५) देश सँग जोडिएको छ । र ती हरेक देशसँग विशेष कारणले छुट्टाछुट्टै खालको सम्बन्ध बनाउनु उसको बाध्यता होला --) शीतयुद्धको समाप्ति र पर्ूव सोभियतसंघको विखण्डन र पतनपछि चीन "एक धु्रवीकृत" विश्वलाई पुनः गैरपूँजीवादी -समाजवादी) र गैरसाम्राज्यवादी -पूँजीवादी) केन्द्रमा धु्रवीकृत गर्न आर्थिक, सामाजिक शक्तिविकासका निमित्त लागिपरेको राष्ट्रका रूपमा चिनिन्छ । सन् २००८ को ग्रीष्मकालीन ओलम्पिक उसका लागि जीवन मरणको विषय बनेको छ । यसै बेला चीनका विभिन्न क्षेत्र र प्रान्तका धेरै शहर र वस्तीमा भू-कम्प, र असामान्य अविरल भारी वषर्ाले लाखौं जन र अर्वौ डलर बराबरको धनको क्षति भएको छ ।
यस्तो संगीन संकटको स्थितिमा तिब्बेतबाट भागेर धर्मशालामा बसेका 'भगुवा बस्त्रधारी भतुवाहरू'ले - हिजोसम्म जसरी "तिब्बेतमा रेल ल्याउनुलाई भारतको सुरक्षामा थप खतरा उत्पन्न गर्नु हो, तिब्बेतको भू-क्षेत्रमा बग्ने 'त्स्याङ्ग्पो नदी' -ब्रहृमपुत्र)को बहाव बदल्ने गरी "श्री गर्जेज परियोजना" -जसबाट चीनले झण्डै २७००० -सत्ताइ हजार) मेगावाट विद्युत् उत्पादन गर्छ संचालन गर्नु भारत सहितका देशको क्षेत्रको पर्यावरणमा दुष्प्रभाव पार्नु हो" भन्ने गर्थे, "कैलाश, मान सरोबरमा भारतीय तर्ीथयात्रुहरूलाई निर्वाध प्रवेश दिनु पर्ने, चीनले तिब्बेतमा सुरक्षा दृढ गर्ने काम गर्न नहुने", भनेर जेजस्ता अन्तर्रर्ााट्रय स्तरका विरोध कार्यक्रम आयोजना गरेर भारत भक्तिगान गर्थे । -हर्ेर्नुस् इण्डिया, तिब्बेत समान्य केन्द्र, न्यू दिल्ली, वेभसाइट, ९धधध।ष्लमष्बत्ष्दभत।अom।०, आज तिनै मार्फ शान्तिको प्रतीक "चीवरवस्त्रभित्र" हतियार लुकाएर नेपालको सरहद हुँदै व्यापक मात्रामा चीनसीमा पुर्याउने खुला कुचेष्टा गरेको देखियो । त्यसप्रति नेपालका लागि चिनिया राजदूतले कूटनीतिक शब्दमा र्सतर्कता, तर राजनीतिक रूपमा गम्भीर चेतावनीको रूपमा नेपाल सामु आप\mनो देशको चासोे, चिन्ता र धारणा जसरी राख्नु भयो, त्यता थप चर्चा नगरौं ।
मित्रराष्ट्र चीनले ध्यान दिनु पर्ने कुरा ः
माथि उल्लेख गरेझैं र्ससती हर्ेदा चीनका दृष्टिमा नेपाल खासै महत्व र प्राथमिकता दिनुपर्ने राष्ट्र थिएन, भएन होला -, तर विश्वको र्सवशक्तिमान मानिने साम्राज्यावादी मुलुकले हिजोसम्म पाकिस्तान, थाइल्यान्ड, लाओस्, दक्षिण कोरिया, जापानतिरबाट जसरी चीनलाई घेरा हाल्दै थियो, त्यसरी नै अब अफगानिस्तान र नेपाल पनि चीन विरुद्ध प्रयोग गर्न सकिने मुलुकको सूचीमा थपिएको छ । यतिसम्म पनि देखिदै छ कि चीनलाई विश्वकै अति उच्च आर्थिक बृद्धिदर -११-१४%) कायम गरी आजको समृद्ध र र्सवशक्तिमान् राष्ट्र बनाउने पार्टर्ीी महान् संस्थापक अध्यक्ष 'माओ-त्से-तुङ'का विचार र क्रान्तिका पथगामी भनेर चिनिएका ने.क.पा.माओवादीलाई समेत घेराबन्दी गर्दै, माओले निर्माण गरेको गौरवशाली महान् राष्ट्र चीनका विरुद्ध साम्राज्यवादी र विस्तारवादीको पथगामीका रूपमा उभ्याउने षडयन्त्र गर्दै रहेको देखिएको छ । आप\mना 'भतुवा'हरूका काँधमा बन्दुक बोकाई तिब्बत सीमामा थुपारेर नेपाललाई ठूलो सैन्य अखडा बनाउन कुचेष्टापर्ूण्ा षडयन्त्र भइरहेछ - अझ सारसुत्रमा भन्नुपर्दा विश्वको एकमात्र परम शक्तिशाली साम्राज्यवादी पूँजीवादी विश्वको भन्नुपर्दा विश्वको एक मात्र परमशक्तिशाली तिब्बेतीहरुलाई हतियार बाहेक मतियार बनाएर हिमालबारे पार नेपाल र संसारको छाना तिब्बेतम आफ्नो सैन्य अखडा बनाउन जुन लागिपरेको छ, त्यसलाई कुन रुपमा हर्ेछ - चासोको विषय भएको छ ।
नेपालको बाहृय स्थिति यस्तो छ भने, नेपालकै राज्य सत्ता र शक्तिका नियन्ता बनेका "गरीब देशका हरीब नेताहरू" सत्ता र शक्तिका लागि 'क्वीज लिङ्ग' र 'लेण्डुपदोर्जे' बन्न लाप्पा खेल्दै गरेका देखिन्छन् । नीतिमा भनिएको पनि छ "बुभुक्षितः कि न करोति पापं, क्षीणा नरा निष्करुणा भवन्ति" -भोका मान्छेले जे पाप पनि गर्न सक्छन्, नाड्गा वुङ्गाहरू साह्रै निष्ठूर र कठोर हुन्छन् ।)
यसरी साम्राज्यवादी र उसको भरिया विस्तारवादी "भारुको भारी" र "डोकाभरि डलर बोकेर" नेपाल पसेका बेला छिमेकी चीनले भने उही पुराना म्याद, सकिएका सत्ताका दास भाटहरू, नेपाली जनताको नजरमा सीमान्त्त रूपमा गिरेकाहरू र आज पनि चीनको लकेट -ब्याच) भिरेर निकै राष्ट्रवादीको रूपमा अघि सरेकाहरूलाई नै धाप दिइरहेको देखिएको छ । त्यसैले होला --) "चीन विरुद्ध साम्राज्यवादीका लागि खुफियागिरी गर्नेहरू नै चिनियाहरूका मित्र बन्न सफल छन्" भन्ने आम नेपाली धारणा बन्यो ।
यस्तो संगीन स्थितिमा त्यस्ता घृणीत व्यक्तिहरूका माध्यमबाट केही ठाउँमा "चीन अध्ययन केन्द्र" खोल्ने, राष्ट्रिय दिवसमा दूतावासले आयोजना गर्ने भोजमा भ्रष्ट, दुष्ट, निकृष्ट र खुराफाती, विस्तारवादीका खुफियाहरूलाई बोलाएर "नेपालसँग राम्रो सम्बन्ध छ" भन्ने भ्रमले नेपाललाई त धोका दिन्छ नै, चीन स्वयंका लागि पनि घातक वा अहितकर हुन सक्छ । चेतना भया !
-यस सम्बन्धमा थप विस्तृत विश्लेषण युग सम्वाद -साप्ताहिक) वर्ष२०- अंक ३५ मिति २०६४ चैत्र १२ गतेको मत विमत स्तम्भको "तिब्बेतको विषयमा नेपाल कसरी फस्यो" शर्ीष्ाक लेखमा हर्ेर्नुहोस् ।
-श्री 'सुवेदी' विभिन्न पत्रिकामा विगत १२ वर्षेखि स्तम्भ लेख्दै हाल युगसम्वाद -साप्ताहिक) को 'मत-विमत' स्तम्भकार हुनुहुन्छ ।)