मानेनन् धृतराष्टले हित हुने शिक्षा थियो तापनि ।
जूवा खेल्न बनाउनु भवन त्यो, ठूलो र राम्रो भनी ।।
आज्ञा यी धृतराष्टको विदूरजीलाई सुनाए जब,
पारे द्युत सभा तयार, सहसा, आर्श्चर्य लाग्ने तब ।।
'आफ्नो देशभित्र जूवाघर बनाएर खेल्नु र खेलाउनु राजाको कर्तव्य होइन, किनभने आफ्ना छोरा र जनता एउटै हुन् । उनीहरु व्रि्रे भने देश पनि व्रि्रन्छ । देश विग्रियो भने हामी सारा व्रि्रन्छौं । त्यसैले जुन अंग व्रि्रन्छ, त्यस अंगलाई काटेर फाल्नर्ुपर्छ । महाराज ! तपाईंले पुत्र दूर्योधनलाई त्यागिदिनुहोस् । किनभने त्यो जन्मँदै नराम्रा संकेतहरु जसरी देखिएका थिए त्यसरी नै उसका बानीहरु पनि जूवा खेल्ने, अर्कोलाई दुःख दिने, झगडा गर्ने आदि आदि खालको छ । त्यसैले यो द्युत भवन नबनाउनुहोस् र तपाईंको पुत्रमोह त्याग्नुहोस् ।' भनेर विदुरजीले धृतराष्टलाई सम्झाए पनि उनले मानेनन् । आखिरमा विदुरले भनेजस्तै त्यही जूवा घर निर्माणका कारणले धृतराष्टका सयभाइ छोराको तेह्र वर्षछि र्सवनास भयो । बूढेसकालमा निःसन्तानको पीडा दियो । हस्तिनापुरका हजारौं, लाखौं छोरी बुहारी विदुरले भनेजस्तै विधुवा र विदुर भए ।
यो कुरा थियो महाभारतकालीन हस्तिनापुरको । हस्तिनापुरको एउटा द्युत भवनले लाखौंको ज्यान लियो । लाखौं नारीको ज्ञान गुम्यो । लाखौं बालक बबुरो टुहुरो हुन पुगे । तर हाम्रो नेपालमा जावो एक दर्जन पुग्न लागेका द्युत भवनभित्र सुत्त पस्नुस त ! र्स्वर्गको आनन्द, महाभारतको द्युत भवन, इन्द्रप्रस्थ आदिका विषयमा हामीले जे जति सुनेका मात्रै छौं ती सवै देख्न पाइन्छ, भोग्न पाइन्छ- नेपालको द्युत भवनभित्र । त्यहाँ देखिने दृश्यले हामीलाई सोच्न बाध्य बनाउँछ कसरी केही व्यक्तिको स्वार्थका लागि हामीले कुरुक्षेत्र निम्त्याइरहेका छौं - कसरी बन्धुयुद्धको घोषणा गर्ने तयारी गरिरहेका छौं भनेर । एउटा द्युत भवनले त्यत्रो विनाश गरेको थियो भने झण्डै एक दर्जन द्युत भवनले के पो नगर्ला र - सोचनीय कुरा छैन त - फेरि त्यहाँको दृश्यावलोकनको के कुरा गर्ने - महाभारतको द्युत भवनमा एउटी द्रौपदीको वस्त्रहरणको प्रयास भएको थियो । तर त्यहाँ वस्त्रहरण नै गर्न नपर्ने द्रौपदीहरु तपाईंको सेवामा हाजिर हुन्छिन् । फरक यत्ति हो कि उतिबेला दुशासनले वस्त्रहरण गरेको थियो अहिले स्वयं द्रौपदीहरु आफैं वस्त्रहरणमा उपस्थित हुन्छन् । छैन त द्युत भवनभित्र आनन्द -
द्युत भवनभित्र पस्नोस् दूतको अडर गर्नोस्, तर कुत तिर्नोस् । त्यहाँ बाक्रा, पोन्टोन, किट्टी, पप्लु, ब्ल्याक ज्याक, रुलेट खेल्नुहोस् या त पोकर खेलेर लास्टमा जोकर भएर बाहिर निस्कनुस् । तपाईंको कहाँ जाने विचार छ - तपाईंलाई त्यहींसम्म पुर्याइदिन्छ । तपाईंको के खाने विचार छ - तपाईलाई तुरुन्तै ल्याइदिन्छ । तपाईंले 'जादुको छडी', 'मनचिन्ते झोला'को कथा बच्चामा सुन्नुभएको होला नि - हो त्यस्तै 'मनचिन्ते घर' अब तपाईंले यसलाई जे नामले चिन्न चाहनुहुन्छ - तर तपाईंसंग दाम चाहिं अवश्य हुनर्ुपर्छ । बाँकी कुरामा तपाईंले चाहेको चीज ! तपाईंको अगाडि तुरुन्तै रोवोट जस्ता त्यहाँका स्टाफहरुले फोकटमा ! डेरै जमाएर बस्दा पनि बेरा लगाउँदैनन्, पैसा भउन्जेल तपाईंलाई आँटैमा राख्लान्, पैसा सकिनासाथ बारीको फाँटैमा होला नि !
के नाम भन्ने - अब भन्नोस् ! द्युत भवन - मनचिन्ते घर - वा आचकलको नयाँ नाम क्यासिनो । क्यास इन ! नो आउट ! पैसा भित्र लान पाइने तर बाहिर भनेपछि फिटिक्कै ननिस्कने घर ! या द्युत घर - या धर्ूत घर - जुन घर कपटपर्ूण्ा चलाकी गर्नसक्ने, छट्टु वा छलछाम गर्नसक्ने छली घर ! या अर्कोलाई ठगेर स्वार्थ पूरा गर्ने वञ्चक घर ! त्यसै तपाईंको घरको सेफको, दराजको, बैंकको पैसा चिनेर त्यो पैसा गुरुत्वाकर्षाको नियम लगाएर वा अजिंगरले आहारा खाँदाझैं बसीबसी तपाईंको घर, पैसा, पारिवारिक शान्ति र सामाजिक इज्जत समेत क्वापै निल्छ । नपत्याए त्यही गएर सिनित्तै म जस्तै निलिनुस् त ! अनि 'निहुँ खोज्दो, आँखा घोच्दो' नभए मलाई भन्नोला । एउटा विद्वानले भन्थे 'राजनीति एउटा जूवा हो, यस्तो जूवा अर्को कुनै हुँदैन ।' तर राजनीतिको घर भने देश हो नि ! त्यसैले त हाम्रा राम्रा राम्रा नेताहरु सुरा-सुन्दरी, जूवा, पैसा, कर्ुर्ची र सत्ताभन्दा पनि राष्ट्र र राष्ट्रियताको कर्ुर्सर्ीी नयाँ नेपालको मसी घस्ने दौडमा, गोधुली साँझमा गोठालाले जंगलबाट ल्याएका बस्तुलाई हौडा गरेर दौडाएका हुन् ! दर्ुइ चारवटा वर्तेका साँढी र बाह्र पन्ध्रवटा बहर ! आहा कुरकुरे बैंसका छँडुली गोठालालाई झन् हर्ेन कति रहर ! सयौंको बथानमा साँडेको जुधाई बाच्छाको मिचाई ।
पहिला त युधिष्ठिरको पनि जूवा खेल्ने विचार कहाँ थियो र - जव उनी द्युत भवनभित्र पसे त्यहाँको लठ्याउने वातावरणले आखिरमा उल्लुको पठ्ठा बनाएर बेइज्ज्तको चटनी चटायो । त्यहाँको चमत्कारी मोहनी भवनले जूवा खेलुँ खेलुँ बनायो । भित्र जो पस्यो जान- त्यो फस्यो !
आजकलको नव जूवाघरमा झ्यालै नभए नि सास फर्ेदा शान्ति ! पैसा हार्दा भ्रान्ति ! पकेटा पैसा भए कान्ति-शान्ति ! बाहिर साइनबोर्ड भित्र नेपालीको भोज ! मान्नोस् नमान्नोस् विचरा ठूलाबडालाई कति झोष कति सोच ! विनासित्तिमा भन्न हुन्न नि यिनले गरेका हुन् भोज .... ।र्
धर्मराज युधिष्ठिरले त र्सवश्व हारे । द्रौपदी, चारै भाइ राजा तथा सम्पर्ूण्ा धन दौलत खेल्न हुन्थ्यो त - त्यसरी अर्काको अधिकारलाई जूवामा बाजी थाप्न पाइन्छ - त्यस्ता राजा प्रजावत्सल रे - त्यस्ता पनि धर्मका राजा रे - फेरि द्युत घरमा आफ्नै अगाडि श्रीमतीको सारी खोलेको त्यत्रा पाँच भाइले टुलुटुलु हेरेर बस्नुपर्ने - आफ्ना पतिलाई नामर्द सम्झेर द्युत घरमै बेइज्जती कमाएकी द्रौपदीले आफ्ना पतिका अगाडि श्रीकृष्णलाई सम्झनुपर्ने - ल त हाम्रो देशलाई कसैले नांगो बनाउन खोजोस् त - हाम्रा नेताहरुले ती विदेशीलाई कुन हविगत बनाउँछन् ! थोडी आफू मिल्न छोडेर विदेशीलाई गुहार्छन् त - तव न बहादुर ! हामी पो बहादुर पाण्डव के बहादुर -
पाण्डवभन्दा त हाम्रो दर्ुइ करोड पचास लाख मान्छे बहादुर ! त्यो द्युत भवनभन्दा त हाम्रो घर र्स्वर्ग ! तीभन्दा त हाम्रा पुलीस बहादुर ! न्यायालय धर्मात्मा ! हाम्रा नेता धर्मात्मा ! हाम्रो देशमा कसैले जूवा खेल्छन् त - कहिल्यै श्रीमती हार्छन् त - तपाईं हाम्रो देशका ठूलावडाको घर के जूवा घर जत्रो छ त - ल होला अरे त्यस्तै चमत्कारी छ त - छैन, उहाँहरुलाई आफ्नो घरको, परिवारको र आफन्तको बारेमा चिन्तै छैन र - उहाँहरुका लागि त राज्य र राज्यका गरिब, दुःखी तथा पीडित जनता भनेकै आफ्नो घर हो, आफ्नो परिवार हो । विचरा उहाँहरुले कतिलाई हर्ेर्ने - देश र देशभरिका घर - बाटोघाटो, स्कूल, खानेपानी, स्वास्थ्य, शिक्षा अथवा विदेशीलाई मात्रै खेलाएर 'नेपालीलाई प्रवेश निषेध' लेखिएको महान जूवा घरमा, महान मानव र महान देशको आम्दानी गराएर महान् देशवासीले मात्रै उपयोग गर्ने र विदेश नजाने पैसाको सदुपयोग गर्ने -
यी महान् राष्ट्रसेवकहरुलाई देश चलाउने भवन बनाउन परेन । द्युत भवनले दूत पठाओस् । क्यासिनोले पैसा बासी नराखोस् ! अब देश विकासको मूल फुटाओस् । त्रि्रो जस्तो जूवा घर नभए पनि कुच्या घर र कुच्या स्वास्नी हाम्लाई पनि जुटाओस् । यो जूवाघर कहाँको घर, साधारण घर मात्रै उहाँहरुको घर ! साधारण रहन-सहन, साधारण पहिरन उहाँहरुको कइरन । ठूलो सोचाइ, ठूलो विकास उहाँहरुको निकास । त्यसैले जूवा घर गन्दा नौ, उम्रेका जौभन्दा बढी प्रत्येक टोलमा पाइने म कहुँकी नकहुँ । उहाँहरुल्यै कहुन... । पापै पापको कमाइ त विचरा दर्रि्रीले नगरे कस्ले गरुन र - विदुरले भन्याजस्तै सवै मर्न न नमरुन् । देशै क्यासिनोमय भए विचरा जनताले के गरुन् -