Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 02:00pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
प्रचण्ड यात्राका चुनौतीहरु
बहुमूल्य लिम्बु

Tuesday, 08.19.2008, 09:20am (GMT+5.5)

गणितीय जोडघटाउमा अन्ततः पुष्पकमल दाहालको सत्तारोहण भएको छ । २००७ सालदेखिकै इतिहासको यात्रामा आउने र आउँदा प्रयोग गर्ने नारा र एजेण्डा आमूल परिवर्तनका शब्दावली कर्ण्र्ाा्रय हुन्छन् । आफ्नो स्वार्थका आधारमा गरिने व्याख्या र नाराले दिशानिर्देश गर्दैन । कुनै पनि राजनीतिक परिवर्तनलाई मापन गर्ने उसको व्यवहारिक चरित्र हो । यहि परिक्षणमा १७ हजारभन्दा बढीको रगतमाथिबाट पुष्पकमल दाहाल उभिन पुगेका छन् । जनआन्दोलन-२ पछिको अवस्था जनताको लागि उपयोगि नभएको तथ्यहरुले सिद्ध गरेको छ । यस सम्बन्धमा एउटा डाक्टरको राजधानीबाट छोरी अपहरण र फिरौतीलाई कसरी लिने - माओवादीबाट हत्या र विस्थापितहरुको आवाज कसले सुन्ने - माओवादीका कतिपय नेताको आडमा कथित मुद्दा मिलाउने नाममा उनीहरु निकट नातेदार र नजिकका मान्छेहरुबाट भएको आर्थिक अनियमितता र पीडितको आवाज कसले सुन्ने -

सामाजिक संरचना र यसमा आउने परिवर्तन भनेको सामाजिक, आर्थिक पृष्ठभूमि हो । एकातर्फमाओवादी युद्धले सामन्ती संस्कार र पुरानो मान्यता सखाप गर्ने नाममा विपक्षीका निजी सम्पत्ति कब्जा र त्यहाँभित्रको एउटा नेतृत्वको आडमा सम्पत्ति आर्जन गर्ने र क्रान्तिकारी बन्ने प्रवृत्तिले पुरानो सत्ताको मान्यता कति सखाप छ भन्ने देखिन्छ । अर्कोतर्फकतिपय अन्तर्रर्ााट्रय शक्ति राष्ट्रलाई साम्राज्यवाद, विस्तारवाद भन्ने तिनै मुलुकसंग आफ्नो स्वार्थका निमित्त लम्पट पर्ने प्रवृिित्तलाईके भन्ने - राष्ट्रपति निर्वाचनमा कांग्रेस, एमाले, फोरम गठबन्धन अपवित्र हुने र आफूले गर्दा पवित्र, कुन राजनीतिशास्त्रको सिद्धान्त हो - यसबारे मूल्यांकन गर्दा निश्कर्षा भन्न सकिन्छ कि वैचारिक धरातलको जग छैन । २०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई युद्धको औचित्य सिद्ध गर्न दिएका ४० सूत्रीय एजेण्डा त्यही पूरा गर्न मृत्यु भएका १७ हजारको बलिवादी पुष्टि गर्न सक्छन् या सक्दैनन् समय कर्ुर्नै पर्दछ । तर, अब यसको जवाफ अवश्य नेपाली जनताले खोज्नेछन् भन्नुपर्ने हुन्छ । अन्यथा ड्राइभिङ भएको गाडी ड्राइभरले छोडे ढिलै भए पनि अर्कोले गन्तव्यमा पुर्‍याउला ।

केही समयपर्ूव आफूलाई 'रअ'को एजेण्ट भनेकोमा दुःख मानेका डा. भट्टर्राईले जे.एन.यु.मा एसडी मुनीलाई बुझाएको पीएचडी शोधपत्रलाई देशभक्तिको प्रमाण दिएका छन् र त्यागको मूल्यांकन नभएको दुःख व्यक्त गरेका छन् । यसलाई हर्ेर्ने हो भने ०५२ सालमा ४० सूत्रीय एजेण्डा बोकेर र जे.एन.यु.को शोधपत्रले देशभक्तिको मूल्यांकन नगर्दो रहेछ । त्यस्तै २०६४ चैत्र २० गते टुँडिखेलको खुलामञ्चमा भारत र अमेरिकासंग चुनाव लड्दैछौं भन्ने पुष्पकमल दाहालको मूल्यांकन पनि व्यवहारले नै गर्नेछ । पञ्चहरुले जतिसुकै राष्ट्रवादको नारा दिए पनि वी.पी.ले लिएको अडानसंग र्सर्ूयबहादुर, बाबुराम, प्रचण्डको तुलना गर्नु इतिहासकै अपव्याख्या हुन्छ । बाबुरामको सिक्किमीकरणको खतराको अभिव्यक्ति र राष्ट्रवाद, र्सर्ूयप्रसाद उपाध्याय, र्सर्ूयबहादुर थापा, के.पी. ओलीकै जस्तै राष्ट्रियता खतरामा रहेको अभिव्यक्तिकै निरन्तरता हो भन्दा फरक पर्दैन । साउथ ब्लकदेखि दिल्लीका चर्च र गोरखपुरको गोलघरमा बसेर भारतीय विस्तारवादको विरोध गर्नु र यता प्रकाशचन्द्र लोहनीदेखि पशुपति शमशेर र कमल थापा हुँदै र्सर्ूयबहादुरसम्मको चिन्ताको परमधाममा फरक छैन ।

आफूलाई बौद्धिक राष्ट्रवादी सिद्ध गर्ने आधार विद्यावारिधीको शोधपत्र हुने तर बर्ुर्जुवा शिक्षा बहिष्कार गर्न जनवादी शिक्षा आर्जन गर्नेले कार्यनीति, रणनीति, साम्राज्यवाद, विस्तारवाद, सामन्तवाद, महान, अग्रगामी, छलाङ शब्दले मात्र समाज परिवर्तनको आधार निर्माण गर्दैन । यस्तो विपरीत चिन्तनले यात्रा तय गर्दैन ।

१७ हजारको मृत आत्माले पुष्पकमल दाहाललाई हेरेका होलान् । हुन त त्योभन्दा बढी र्सर्ूयबहादुर सेन ओलीजस्ता राष्ट्रवादी सडकका व्यापारी रातारात माओवादी बनेका नव क्रान्तिकारीको आँखाले ढपक्कै ढाक्न सक्छ ।

फरक कहाँ छ -

कांग्रेसलाई प्रतिक्रियावादी भन्दै २००७ सालको दिल्ली सम्झौताको विरोध गर्ने र कांग्रेससंगै युद्धको विसौनी दिल्लीमै गरेका वामपन्थीहरु भारतीय स्वार्थमा कांग्रेसभन्दा फरक कहाँ छ - गिरिजाप्रसाद कहिल्यै राजदूत भेट्न स्वाभिमान गुमाएर दूतावास जाँदैनन्, त्यो मात्र होइन सुशिल, रामशरण, शैलजा र शेरबहादुरकै आफ्नै स्ट्याण्ड होला । तर, आफूलाई विश्व साम्राज्यवाद विरोधी भन्नेहरु दूतावास धाउनु र राती लुकेर काउन्सिलरलाई रिपोर्ट बुझाउनेले चर्का नारा बोक्दैमा स्वाधिनता रहँदैन । समग्र परिणाम जतिसुकै परिवर्तनको व्याख्या गरे पनि नेपालको मूल जड वैदेशिक हस्तक्षेप यसको चर्को विरोध गर्ने माओवादी र एमालेकै काँधमा चढेर प्रभावशाली बनेको भन्दा फरक पर्दैन । आफूलाई माओको उत्तराधिकारी भन्नेहरुका छोराछोरी माओका जस्तै युद्धमा कतिले गुमाए - उत्तर दिन सक्छन् - अहँ सक्दैनन् । त्यतिबेला उनीहरुले लेनिनको उदाहरण दिनेछन्, उनी जर्मनमा बसेर युद्ध गरेजस्तै दिल्ली, नोएडा र कानपुरमाबसेर साम्राज्यवाद र विस्तारवाद विरुद्ध युद्ध गर्‍यौं । सुजाता कोइरालाको विरोध गर्नेले माओवादी नेतृत्वका लण्डन, देहरादुन, दिल्ली र काठमाडौंका उच्च बोर्डिङमा पढाउने खर्च सम्पर्ूण्ा सम्पत्ति पार्टर्ीीई बुझाएका र्सवहारा नेताको हिसाब कसले मापन गर्ने -

बसुन्धरामा कुखुरा र बाख्रा पालेका मरिचमान र महाराजगञ्जमा गाई पालेर दूध बेच्ने राजेश्वरलाई प्रतिगामी सामन्त भन्ने र्सवहारा स्कुलिङका विचरा चेतनाशून्य कार्यकर्तालाईके थाहा नेतृत्वको खर्च कति छ भन्ने - आजसम्म राजा र कांग्रेसमाथि दोष थोपरेर राजनीति गर्दैआएका दर्ुइ वाम पार्टर्ीी आफ्नो यथार्थ मुुकण्डो र्सार्वजनिक गर्नु पर्नेछ । बहुमतमा रहेका वामपन्थीहरुले अरुलाई दोष दिएर उम्कन पाउने छैनन् । २०५२ साल फागुन ५ गतेसम्म ४० सूत्रीय एजेण्डा पूरा गर्ने अल्टिमेटम दिएर १ कै गते युद्धको घोषणाले ती एजेण्डा बहाना भएको सिद्ध गर्छ । तर, त्यसबाट माओवादी उम्कन पाउने छैन । २०४७ सालमा एमाले बाहेकका वामपन्थीलाई धरहराको टुप्पोबाट हर्ेर्नुपर्ने मदन भण्डारीको अभिव्यक्ति आज एमालेलाई हर्ेर्नुपर्ने भएको छ । झापा आन्दोलनका मोहनचन्द्रको गेरु वस्त्र नरहत्याको पापमोचनभन्दा फरक नपर्ला । क. प्रचण्ड पनि स्वामी कमलनयनचार्य र बाबा नरनारायणसम्म पुग्नुमा खास भिन्नता नहोला । विद्यावारिधि गरेका बाबुरामको जस्तो त्याग लेण्डुप, महेन्द्र चौधरीले पनि गरेकै हुन् र प्रचण्डको जस्तो क्रान्ति निकारागुवा र इण्डोनेसियामा पनि भएकै हो । यसरी प्रधानमन्त्रीसंगै क. प्रचण्डले हारजंग घटनादेखि बाँदरमूढे हुँदै काजोल खातुन र अर्घर्ााँचीका राममणि ज्ञवालीदेखि लमजुङका मुक्तिनाथ अधिकारीसम्मको मृत आत्माको चत्त बुझाउनुपर्ने छ । हुन त इतिहास जित्नेहरुको लेखिन्छ । माओले जितेको हुनाले क्रान्तिकारी बने चारुमजुमदारले नसक्दा उग्रवामपन्थी । २०४७ सालमा 'गो याङ्की गो होम र्डर्टर्ीीाङ्की गो पेरुमा हाम्रो रातो झण्डा फरफराउँदैछ' भन्दै उग्रवामपन्थी भनियो । हुन त माओवादीलाई जितेको लागेको होला तर यो न जित हो न हार हो । वास्तविक जित हारको लर्डाई त बल्ल सुरु भएको छ । यहाँतिर माथिकै गो याङ्की गीत र गोन्जालोलाई सम्झँदा हुन्छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
द्युत भवन (जूवा घर)र्सवज्ञ वाग्ले (08.19.2008)
नेपाल चीन सम्बन्ध धमिल्याउने खेल ः सजगताको खाँचो- तारा सुवेदी (08.19.2008)
नयाँ नेपाल बन्छ भनेर कसरी विश्वास गर्ने ?यादब देवकोटा (08.11.2008)
नेताहरु सत्तासंर्घष्ाको बाक्लो हुस्सुभित्रमहेश्वर शर्मा (08.11.2008)
अगष्त नौ ः आदिवासी मुक्तिको दिन नेपोलियन चेपाङ (08.11.2008)
घटिया नग्नता कुन ?तारा सुवेदी (08.11.2008)
घायलै पार्‍यो दक्षिणबाट आएको 'लू'लेबहुमूल्य लिम्बु (08.11.2008)
जाग, चम्क, लम्क हे ः नौजवान होयादब देवकोटा (08.04.2008)
वापन्थीहरूको पन्था कुन - सत्ता र शक्ति वा राष्ट्रियता ?तारा सुवेदी (08.04.2008)
नेपाललाई चरनक्षेत्र बनाउने नेताहरुमहेश्वर शर्मा (08.04.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]