| Yugasambad.Com.Np | ||||
|
सुन्दरताको मान्यता र सुन्दरी प्रतियोगिता यादब देवकोटा Tuesday, 08.19.2008, 09:30am (GMT5.5) व्यक्तिको सुन्दरता र गुणहरुका बारेमा अनेक व्याख्या गरिएका छन् । सुन्दरता व्यक्तिको बाहिरी रुपसंग मात्र होइन उसको मानवीय गुणवत्तासंग पनि सम्बन्धित हुन्छ । अष्टवक्र शारीरिक रुपमा कुरुप भए पनि उनमा सौर्न्दर्यताको कुनै कमी थिएन । ज्ञान र विद्वताको अथाह भण्डार मानिने अष्टवक्रको सुन्दरता उनको ज्ञान र चेतनामा थियो । अहिलेको विश्व पूँजीवादी संरचनामा जकडिएको छ । पूँजीवादले मानवको गुणलाईभन्दा उसको बाहिरी सुन्दरतालाई बढ्ता प्राथमिकता दिन्छ । सुन्दर र सुन्दरी प्रतियोगिताका नाममा बहुराष्ट्रिय कम्पनीका उत्पादनहरुको निःशुल्क विज्ञापन गरिन्छ । नेपालमा विगत डेढ दशकदेखि सुन्दरी प्रतियोगिता भैरहेका छन् । सुन्दरी प्रतियोगितालाई सकारात्मक र नकारात्मक दुवै मान्नेहरु थुप्रै छन् । यसलाई सकारात्मक मान्नेहरुले अहिलेसम्म कतिजना नेपाल सुन्दरीहरुले के के उल्लेखनीय भूमिका निर्वाह गरे, शिक्षा, स्वास्थ्य, राजनीति र आर्थिक सामाजिक क्षेत्रमा उनीहरुको योगदान के रहृयो - त्यसको लेखाजोखा गर्न सक्दैनन् र यो अहिले पनि विश्लेषणकै विषय बनिरहेको छ । तैपनि सुन्दरी प्रतियोगिता भैरहेका छन् र यसको विरोध झन् बढ्दो छ । आगामी साता नेपाल सुन्दरी प्रतियोगिता हुँदैछ । गत साउनको मध्यतिरै सम्पन्न भैसक्नुपर्ने यो प्रतियोगिता यसपटक व्यापक विरोधका कारण केही समय स्थगनमा पर्यो । सुन्दरता के हो र नेपाल सुन्दरी भएपछि के के उपलब्धि हाँसिल भएका छन् - नेपाल सुन्दरीहरुले के त्यस्ता उल्लेखनीय कार्य गरे - अनि सुन्दरी प्रतियोगिताका बहुबिध अर्थ के हो - यो अहिले पनि बहसको विषय बनिरहेको छ । सुन्दरी प्रतियोगिताका पक्षमा रहनेहरु यसले महिलालाई आफ्नो प्रतिभा देखाउने मौका पाउने र महिलाहरुलाई अगाडि बढ्न सघाउ पुर्याउने दावी गर्दछन् भने यसका विरोधीहरु सुन्दरी प्रतियोगितालाई महिलालाई नंग्याएर विज्ञापनको साधन मात्र बनाउने गरेको आरोप लगाउँछन् । जे होस्, पक्ष र विपक्षको यो बीचबाट सुन्दरतालाई सवैले आ-आफ्नै स्वार्थसंग पनि गाँसेर हर्ेर्ने गरेका छन् । सुन्दरतालाई परिभाषा गर्नेहरुको अनेक तर्क छन् । नारीलाई प्रकृतिले नै सुन्दरता प्रदान गरेको छ । उसको सुन्दरतामा बौद्धिकताको जलप लाग्यो भने त्यो अझै सुन्दर हुन्छ र यसको व्यापक खोजी हुनर्ुपर्छ । नेपाल सुन्दरीको छनोट र यसको घोषणा कहिल्यै पनि विवादबाट मुक्त हुन सकेको छैन । राजधानीका धनाढ्य बाबुआमाका छोरीहरुलाई जम्मा पारेर केवल विज्ञापन सुन्दरी बनाउने बाहेक साँच्चै सुन्दरीको खोजी गर्ने प्रयास गरिएको पनि छैन । यसको ज्वलन्त उदाहरण नेपालबाट विश्व सुन्दरी प्रतियोगितामा सहभागी नेपाल सुन्दरीको स्थान र भूमिका नै पर्याप्त छ । नेपाल सुन्दरी केवल पूँजीवादी संरचनाको एउटा कलंक मात्र हो, जसले उत्पादकलाई बाहिरी सुन्दरताले भरिपर्ूण्ा एउटी यौवनालाई दर्ुइ वर्षम्म सित्तैमा विज्ञापनमा मोडलिङ गर्न सम्झौता गराइन्छ । नेपाल सुन्दरीको हविगत त्योभन्दा माथि उठ्न सकेको छैन । सुन्दरीहरुले पनि आफूलाई त्यहाँभन्दा माथि उठाउन सकेका छैनन् । उनीहरुको भूमिका कुनै रुप र कोणबाट पनि समाज रुपान्तरणका लागि सहायकसिद्ध बनिरहेको छैन । मैले यसो गरें, उसो गरे भनेर विगतका नेपाल सुन्दरीहरुले जतिसुकै बखान गरे पनि त्यस्ता काम सुन्दरी घोषित नभएका अनगिन्ती युवतीहरुले गरिरहेका छन् । यहीनेर एउटा प्रसंग जोडन मन लाग्यो- पर्ूव नेपाल सुन्दरी सुगारिका के.सी.ले आफू नेपाल सुन्दरी भएपछि क्यान्सर रोगीहरुको उपचारमा सहयोग गरेको, विभिन्न सामाजिक काममा लागेको, २३ वर्षै उमेरमा आफूमा परिपक्वता आएको, मिडियामा छाएको जस्ता लाचार उत्तर दिएर सुन्दरी प्रतियोगिता हुनुपर्नेमा जोड दिइन । तर उनले के कुरा भन्न सकिनन् भने सुन्दरी प्रतियोगिताबाट आफ्नो जीवनमा आएको तात्विक अन्तर के थियो र आगामी दिनमा आफ्नो भूमिका कस्तो हुन्छ भन्ने । अहिलेका सुन्दरी प्रतियोगिता शहरमा सजाउन राखिएका पुतला जस्ता मात्रै हुन् । सुन्दरताको खोजी पहाडका कुना कन्दराबाट पनि गर्न सकिन्छ । शहर बजारमा प्लाष्टिकले बेरेर राखिएका फूलका गुच्छा 'बुकी' भन्दा पहाडको अनकन्टार ठाउँमा फुलेको सुनाखरी कैयौं गुणा सुन्दर र सुवासयुक्त हुन्छ । लालीगुराँस, सयपत्री, मखमली र सुनकेसरीहरुको तुलनामा डाँठ मात्रैको फूलको केही अर्थ छैन । अहिले यस्तै भैरहेको छ । जसरी हामी कसैलाई शुभकामना दिंदा एउटा बुकीको झुप्पो बोकेर जान्छौं त्यस्तै हो- नेपाल सुन्दरी प्रतियोगिता पनि । त्यसमा न सुन्दरता छ, न सुवास नै । न त फूलको मात्रामा अधिक छ । पात र हाँगालाई फूल भनेर स्वीकार्ने बाध्यता शहरबासीको छ । सुन्दरी प्रतियोगिता पनि त्यस्तै भैरहेको छ । शहरका सीमित व्यक्तिलाई सहभागी गराएर सुन्दरी प्रतियोगिता चलाइन्छ । भागवण्डाले उपाधि दिइन्छ । कसैको कपाल राम्रो, कसैको आँखा राम्रो, कसैको नितम्ब राम्रो, कसैको ओठ राम्रो, कसैको छाला राम्रो, कसैको गोडा राम्रो । आखिर यी सवै भएको एउटै व्यक्तिको खोजी किन हुँदैन त । एउटाको कपाल, अर्कोको आँखा, ओठ फेरि अर्कोको । समग्रमा सुन्दरतालाई टुक्राटुक्रा पारेर विभाजित गरिन्छ । यस्तै छ नेपाल सुन्दरी प्रतियोगिताको दृश्य । यो नेपालको मात्र होइन विश्वमै चलेको चलन हो । सुन्दरी प्रतियोगिता किन गर्ने - यसले नेपाली समाजलाई कस्तो उपलब्धि दिइरहेको छ - अहिलेसम्मका नेपाल सुन्दरीहरुले के कति उपलब्धिमूलक र अनुकरणीय कार्य गरे त - यसको कुनै हिसाब हिताब छैन । न आयोजकले भन्न सक्छन्, न त स्वयं नेपाल सुन्दरीहरुले नै । प्रतियोगितालाई प्रतिस्पर्धाको आधारमा देशव्यापी छनोट गरेर विश्व मञ्चमा नेपालको दह्रो प्रतिनिधित्व गर्नसक्ने सुन्दरीको खोजी गरिएकै छैन । अब कुरा गरौं- सुन्दरी प्रतियोगिता गर्न हुन्छ कि हुँदैन भन्ने बारेमा । सुन्दरी प्रतियोगिता भौतिकवादी संस्कृति, पूँजीवादी अर्थतन्त्र र यसैको ठाडो नक्कल हो । जवसम्म सामाजिक व्यवस्था सद्भावपर्ूण्ा हुँदैन, अर्थव्यवस्था पूँजीपतिहरुको हातमा जान्छ, समाज पनि उनीहरुको निर्देशनमा डोरिन कर लाग्छ- नेपाल जस्तो कमजोर आर्थिक अवस्था भएको मुलुकमा सीमित पूँजीपति र बहुराष्ट्रिय कम्पनीहरुले यहाँको सामाजिक व्यवस्थालाई पर्ूण्ारुपमा आफ्नो नियन्त्रणमा राख्ने छन् । यसैको निरन्तरता हो- सुन्दरी प्रतियोगिता । नेपाल सुन्दरीको ताज पहिरिनेले केही क्षण जति गौरवान्वित भएको नाटक गर्छिन, त्यसपछि उनी एउटा कम्पनीको बधुवा भएर दर्ुइ वर्षबिताउनुपर्ने हुन्छ । त्यो अवधिमा न त विवाह गर्न पाइन्छ, न त आज्ञा विपरीत अरु कुनै काम नै गर्छ पाइन्छ । सुन्दरी भनेका कसैको हातका खेलौना हुन् - जसलाई आफूले चाहे जसरी खेलाउन पाइयोस् - "लालीगुराँसको सौर्न्दर्य र सुगन्धले मन्त्रमुग्ध भएको नेपाली समाज अहिले बनावटी नक्कली फूलहरुको विगविगीले ग्रस्त छ । आधुनिकताको नाममा नग्नता पर््रदर्शन गर्दै मदिराको नशामा लठि्ठएर अनैतिक क्रियाकलाप गर्नेहरुको पनि कुनै कमी छैन । धार्मिक सहिष्णुता, सामाजिक मर्यादा र अनुशासनमा बाँधिएको समाजलाई भताभुंग पारेर आफ्नो अनुकुलको बनाउने अनेक षड्यन्त्रका गन्ध आइरहेका छन् । नेपाली समाजलाई विभाजित गरी आफ्नो स्वार्थपर्ूर्ति गर्ने चालवाजीको निरन्तरता मात्र हो- अहिलेको सुन्दरी प्रतियोगिता । नेपालका युवतीहरुमा रहेको प्रतिभा र उनीहरुको सार्न्दर्यलाई उजागर गर्ने गरी यस्ता प्रतियोगिता आयोजना गरिएका हुन्थे भने अहिलेसम्मका नेपाल सुन्दरीहरुबाट थुप्रै अनुकरणीय कार्य भैसक्थे । तर विडम्वना के रहृयो भने यी सुन्दरीहरु मोडलिङ गर्ने, रेडियो, टेलिभिजनमा कार्यक्रम संचालन गर्ने, ब्यूटिपार्लर खोल्ने बाहेक अरु कुनै काम गर्न सकेका छैनन् । अरुले गुथाइदिएको सद्भावना दूतको पगरी लगाएर विदेश भ्रमण गर्ने सौभाग्य भने उनीहरुले पाउँछन् । यत्ति हो नेपाल सुन्दरीहरुको उपलब्धि - नेपाल सुन्दरीहरुलाई न मदर टेरेसा बन्ने उत्साह छ, न इन्दिरा गान्धी नै । नेपालकै कुरा गर्दा पनि साहना प्रधान, शैलजा आचार्यदेखि अन्य कतिपय त्यागी महिला नेतृहरुको अनुसरण गर्ने चासो र चिन्ता भेटिंदैन । उनीहरुले जतिसुकै समाजप्रति आफ्नो योगदान रहन्छ भने पनि त्यो सवै विज्ञापन हो । मात्र विज्ञापनका लागि उनीहरु मरिमेटेर लागिपरेका छन् । दर्ुइ वर्षो ताज जोगाउन कठपुतली जस्तै जसो भन्यो त्यसै गर्दै विताउँछन् ।" एकजना प्रगतिशील साहित्यकारको यस्तै आरोप छ । उपरोक्त आरोपमा कति सत्यता छ - त्यो वेग्लै बहसको विषय हो । नेपाल सुन्दरी प्रतियोगितामा कति कमीकमजोरी छ - त्यो पनि बहसकै विषय हो । र आगामी दिनमा त्यसमा कस्तो सुधार हुनेछ - त्यो प्रतिक्षाको विषय हो । एउटा निश्चित कुरा के हो भने सुन्दरी प्रतियोगिता हुनर्ुपर्छ । तर यसका लागि निश्चित मापदण्ड तोकिनर्ुपर्छ । सुन्दरताको अथाह व्याख्या र विश्लेषणलाई अध्ययन, तन, मन र ज्ञानले सुन्दर पात्रको खोजी गर्न सकियो भने त्यसले नेपाललाई विश्व रंगमञ्चमा चिनाउन सक्नेछ । होइन सुविधासम्पन्न शहरका केही युवतीहरुको भीड जम्मा गरेर मात्र सुन्दरी प्रतियोगिता गरिरहने हो भने त्यस्तो सुन्दरी प्रतियोगिताले न समाजलाई, न स्वयं सुन्दरीलाई नै उपलब्धि दिनेछ । अहिलेको मूल प्रश्न यही नै हो । नेपाल सुन्दरीहरुले अहिलेसम्म कसले कति राम्रो काम गर्यो - त्यो पक्कै पनि खोजीको विषय हो । यसको पक्षमा भन्दा विपक्षमा बढी चर्चा र बहस भैरहेका बेला ती सुन्दरीहरुको योगदानको खोजी हुनु प्रतियोगिताका लागि सहायक सिद्ध हुनेछ । नेपाल सुन्दरीहरुले आफूजस्तै सुन्दरी बन्ने सम्भावना रहेका करिब चार लाख नेपाली चेलीहरु भारतको विभिन्न वेश्यालयमा नारकीय जीवन बिताउन बाध्य भएको पक्कै थाहा पाएका होलान् । वर्षोनी १२ हजारभन्दा बढी चेलीको विक्री हुने गरेको पनि थाहा पाएकै होलान् । उनीहरुको जीवन सहज बनाउन, बेचिएका चेलीको उद्दार गर्न, बेच्नबाट रोक्न नेपाल सुन्दरीहरुको प्रयास कस्तो छ - उनीहरुले यस्ता विषयतिर ध्यान दिन सकेका छन् कि छैनन् - अशिक्षा र स्वास्थ्य सुविधाबाट वञ्चित नेपाली युवतीहरु कम उमेरमै आमा बन्नुपर्ने खतराबाट मुक्ति खोजिरहेका छन् - उनीहरुका लागि के काम गरिरहेछन् नेपाल सुन्दरीहरुले - सुदूरपश्चिम लगायत देशका विभिन्न भागमा रहेको छाउपडी प्रथा, नारकीय जीवन बिताउन वाध्य वादी समुदाय, अपहेलनाको शिकार भएका ग्रामीण भेगका, अन्धविश्वास र रुढीवादी सामाजिक व्यवहारको शिकार भएका महिलाहरुको हितका लागि, सामाजिक जागरणका लागि उनीहरुबाट के भैरहेको छ - यो पनि सवैले थाहा पाउनपर्ने विषय होइन - के नेपाल सुन्दरी र सुन्दरी प्रतियोगिताका आयोजकहरुले यस्ता पक्षहरुमा ध्यान दिएका छन् - सामाजिक आवरण ओढेर सुन्दरताको नाममा अर्धनग्न शरीर देखाउँदैमा सुन्दरी भइँदैन भन्ने सामान्य ज्ञान चाहिं सुन्दरीहरुले पनि राख्नर्ैपर्छ । माथि नै भनिसकियो कि अष्टवक्र शारीरिक रुपमा जति कुरुप देखिन्थे उनी त्यत्तिकै बौद्धिक सुन्दरताले भरिपर्ूण्ा थिए । यत्ति मात्र ज्ञान राख्न सके पनि सुन्दरी प्रतियोगिता अर्धनग्नतामा मात्र सीमित हुनेछैन र यसले व्यापकता पाउने छ । अहिले भैरहेको विरोध कसले, कुन वर्गले र कुन सिद्धान्तमा टेकेर गरिएको छ भन्ने पनि बुझ्नु जरुरी छ । सुन्दरी प्रतियोगिताको जुनसुकै रुपमा पनि विरोध गर्ने र त्यसलाई निषेध गर्ने एकप्रकारको सोच विकसित भैरहेको सर्न्दर्भमा आयोजकहरुले आफूलाई परिमार्जित गरी सुधार गर्नु प्रतियोगिताको उपयोगिता सिद्ध गर्ने एकमात्र उपाय हो । नारी सौर्न्दर्यलाई भोगवादी, प्रचारवाजीमा मात्रै सीमित नगरी उनीहरुको व्यक्तित्व र कृतित्व समेत फैलाउने गरी आयोजन गर्न सके नेपालको सुन्दरी प्रतियोगिता विवादको घेराबाट माथि उठेर साँच्चैको अवसरको खोजी गर्ने एउटा स्वच्छ प्रतिस्पर्धाको थलो हुनेछ । पक्ष र विपक्षका अनावश्यक गलफतीको बौद्धिक विलासमा लागेर रमाउनुभन्दा यसको औचित्य र उपादेयताको पुष्टि हुने गरी बहस छेडिनर्ुपर्दछ । अहिलेलाई यत्ति मात्र भन्न सकिन्छ । |
||||