Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 04:11am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
राजनीतिक गाइजात्राको क्रम जारी छ
महेश्वर शर्मा

Monday, 08.25.2008, 07:00pm (GMT+5.5)

साउन भदौ नेपालीको गाइजात्रे महिना । यतिबेला अर्थात् यो लेखुन्जेल प्राज्ञविनाको प्रज्ञा प्रतिष्ठानमा गाइजात्रा महोत्सव चालू छ । साउन ८ गते उपराष्ट्रपतिले गाइजात्रे पोशाकमा शपथग्रहण गरेर आरम्भ गरेपछि भदौ २ गते दौरा सुरुवाल वहिष्कार गरेर प्रधानमन्त्रीले पनि गाइजात्रा देखाए । त्यही क्रमलाई निरन्तरता दिंदै भदौ ५ गते फेरि मन्त्रीहरुले शपथग्रहणको अर्को गाइजात्रा देखाइयो । बाहृय प्रभावमा सत्तास्वार्थका लागि जुनखालको गठबन्धन भयो त्यो हर्ेदा र जनताका नजरमा गिरिसकेका अनुहार मन्त्रीमा आएको देखेर माओवादीप्रतिको जनताको विश्व्ाास पनि डगमगाएको छ । देश र जनताप्रतिको आस्था गुमाएर भ्रष्ट अनुहार देखाइसकेकाहरुबाट मूल उद्देश्य हासिल हुन नसक्ने निश्चित नै छ ।

पदबहालीकै दिन प्रधानमन्त्रीले 'म एकदमै एक्सटाइटेड -उत्तेजित) छु, माइन्ड प|mेस हुन दिनोस्, अर्को दिन कुरा गर्नेछु' भनी पत्रकारलाई भन्नु पनि गाईजात्राकै दृश्य थियो । प्रधानमन्त्री भएको मान्छे त्यसरी उत्तेजित हुने, मस्तिष्क नै ताजा नहुने, विचारै नगरी उत्तेजनामा आएर कहिले के र कहिले के भन्ने र पछि भनेकै होइन भनेर बोली फर्ेर्ने जस्ता कुराले राष्ट्रको जीवनमा परसम्म असर पार्ने हुनाले माओवादीबाट कस्तो नयाँ परिवर्तन ल्याउन खोजिएको हो बुझ्न नसकिने भएको छ । प्रधानमन्त्रीको पद पार्टर्ीीे अध्यक्ष जस्तो त होइन नि, त्यस पदको दायित्व पनि बुझ्नुपर्ने हुन्छ ।

सुरक्षा र सेनाको खटनपटनको जिम्मा पार्टर्ीीई दिएर जनवादी व्यवस्थाको ढाँचामा लान पीएलएलाई अघिसारेको स्पष्ट भएपछि व्यापक विरोध हुन थालेको देखेर हाम्रो पार्टर्ीी त्यस्तो निर्ण्र्ाागरेकै छैन भनिदिए पनि व्यवहारले त्यस्तो देखाएको छैन । संसदीय प्रतिस्पर्धामा आइसकेपछि सेनाको संचालन पार्टर्ीीे निर्ण्र्ााअनुसार गर्न खोज्नु र मर्यादाक्रम मिच्न खोज्नु सुहाउँदो व्यवहार होइन । निर्वाचन लडेर आउने, तर बीचैमा बाटो बदल्ने काम गर्न खोजिएको त होइन - जनतालाई भ्रममा पार्ने काम हुनथाल्यो भने त्यसबाट आफैंलाई धोका हुनसक्छ भन्ने पनि बुझ्नर्ुपर्दछ । जनचाहना मुताविक चल्ने कि पार्टर्ीीे चाहना मुताविक - स्पष्ट हुनुपर्‍यो ।

प्रधानमन्त्रीको सुरक्षाको अग्रपंक्तिमा पीएलए राख्ने, उनैले स्कर्टिङ गर्ने, राष्ट्रिय सेना र प्रहरीलाई दोस्रो तेस्रो दर्जामा राखेर मानमर्दन गर्ने हो भने माओवादीप्रतिको विश्वास संकटको घेरामा पर्छ । आज अघि हुतुतु गर्दै हाउडे काम गरे पनि प्रधानमन्त्री भैसकेपछि पार्टर्ीी छँदाजस्तो उत्ताउलो व्यवहार सुहाउँदैन र जनताले पनि निको मान्दैनन् । जिम्मवारी पाएपछि ठीक ठाउँमा उभिनर्ुपर्छ, पदीय दायित्व निर्वाह गरेको क्षमता देखाउनु पर्दछ । तर यहाँ त्यस्तो देख्न पाइएन भन्ने जनगुनासो छ । प्रधानमन्त्री मात्रै होइन, अंगरक्षक पाउने सवैको सुरक्षाको जिम्मा राज्यको हुन्छ, पार्टर्ीीे होइन । अंगरक्षकको मर्यादा राख्न नजान्ने र दुरुपयोग गर्ने काम हुनुहुँदैन । केही समय अघिका वनमन्त्रीले देखाएको जस्तो जंगली व्यवहार हामीले देखेकै हो ।

जमीनदारले पहलमान पालेजस्तो हो भने वेग्लै कुरा हो, नत्र वैधानिकता पाइनसकेका पीएलएलाई प्रधानमन्त्रीले नै सुरक्षाका अन्तरंग अंग बनाउने प्रसंगले राष्ट्रिय सेनाप्रति दूराग्रह र पर्ूवाग्रहको संकेत गर्दछ, यो कसैलाई पनि पचेको छैन । अरुको कुरै छोडौं, सरकारमा जान गबठन्धन गरेका एमाले र फोरमले समेत विरोध गरिसकेका छन् । यस्ता सम्वेदनशील विषयमा बलात आफ्नै निर्ण्र्ाालाद्न खोज्ने हो भने त्यसले निश्चय नै प्रतिकूल प्रभाव पार्नेछ ।

राज्य संचालन कूटनीतिक क्षमतामा भर्रपर्दछ, धम्की र मुड्कीले चल्दैन । राज्य संचालनमा बाहृय सर्म्पर्कको पनि ठूलो महत्व हुन्छ । त्इो सम्बन्ध भनेको देशभित्र खेल्ने गरेको पार्टर्ीीबीचको बेइमानीको खेलजस्तो होइन । आन्तरिक राजनीतिक परिचालनको असर बाहृय सम्बन्धमा समेत पर्ने हुनाले आन्तरिक रुपमा सकेसम्म सवैलाई समाल्नु प्रधानमन्त्रीको सफलता मानिन्छ । तर यहाँ भने आज गठबन्धन गरिन्छ, भोलि नै त्यो संकटमा पर्छ । अहिले एमाले-फोरमसितको माओवादीको गबठन्धन पनि धरापमै छ । दौरा सुरुवालमा शपथग्रहण गर्न गएका एमाले नेताहरु त्यसै फर्किए । गठबन्धन संकटमा पर्नुमा एउटा त रसिला मन्त्रालय हत्याउने र कमाउने दाउ हो भने अर्को मर्यादाको संकट । मर्यादाको उल्लंघन हो । यहाँनेर एमालेको अडानलाई बेमुनासिव भन्न मिल्दैन ।

सत्तामा पुग्नेले गरेका राम्रा नराम्रा कामको प्रभाव आमजनतामा पर्ने हुनाले सत्तामा जानेहरु सधैं सजग रहनर्ुपर्दछ । आफैं सासु भएपछि डाडू पनियो बजाउँदै आगनमा निस्केर गाइजात्रा देखाउने काम सुहाउँदैन । आफ्ना काम नहर्ेर्ने र अरुकै दोष मात्र देख्ने गर्नाले आफैंलाई बेफाइदा हुन्छ । राम्रो कमाई हुने मन्त्रालय हात पारेर आफैं मात्र सन्तुष्ट हुने होइन, जनताका सन्तुष्टि-असन्तुष्टि पनि हर्ेर्नुपर्ने हुन्छ । जनताको उपेक्षा गर्नु भनेको आफ्नै आयुरेखा छोट्याउनु हो ।

गर्भैबाट सवै कुरा जानेर कोही आएको हुँदैन । अरुले केही जान्दैनन् भन्ठान्नु गलत हुन्छ । त्यसैले सवैतिर सोचेर, अरुको राय पनि लिएर सकेसम्म सवैको र नभए अधिकांशको चित्त बुझ्ने काम गर्नसके मात्र अघि बढ्न सकिन्छ । नत्र आफू त विग्रिन्छ नै, देश र जनतालाईै समेत डुबाउने काम हुन्छ । आशा गरौं- त्यस्तो नहोस् ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
प्रचण्डको चातर्ुयता : बहुमूल्य लिम्बु (08.25.2008)
सुन्दरताको मान्यता र सुन्दरी प्रतियोगितायादब देवकोटा (08.19.2008)
रक्षा मन्त्रालय भन्सारभन्दा पनि मीठो !महेश्वर शर्मा (08.19.2008)
प्रचण्ड यात्राका चुनौतीहरुबहुमूल्य लिम्बु (08.19.2008)
द्युत भवन (जूवा घर)र्सवज्ञ वाग्ले (08.19.2008)
नेपाल चीन सम्बन्ध धमिल्याउने खेल ः सजगताको खाँचो- तारा सुवेदी (08.19.2008)
नयाँ नेपाल बन्छ भनेर कसरी विश्वास गर्ने ?यादब देवकोटा (08.11.2008)
नेताहरु सत्तासंर्घष्ाको बाक्लो हुस्सुभित्रमहेश्वर शर्मा (08.11.2008)
अगष्त नौ ः आदिवासी मुक्तिको दिन नेपोलियन चेपाङ (08.11.2008)
घटिया नग्नता कुन ?तारा सुवेदी (08.11.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]