Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 03:21am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
शपथ ग्रहण
र्सवज्ञ वाग्ले

Monday, 08.25.2008, 07:06pm (GMT+5.5)

संवैधानिक रुपमा उच्चपदभार ग्रहण गर्दा राष्ट्रिय पोशाक लगाएर, राष्ट्रिय भाषामा गरिने प्रतिज्ञा वा धर्म भकाईलाई शपथग्रहण भनिन्छ । जसभित्र आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति वलिदानी भएर लोकहितमा लाग्ने अमर व्यक्तिको सम्मान हुन्छ । त्यो व्यक्ति हो शहीद । जसभित्र कुनै विशिष्ट कुराको सिद्धान्त, तर्क वा सकारात्मक र निस्वार्थ विचारको प्रवाह हुन्छ ।

नेपाल आमाले छोराहरुलाई के भन्छिन् मलाई थाहा छैन, तर आफ्नो राज्य गुमेपछि, राज्य खोस्नेको डरले उल्टै उसको सेवा गरेको बेलामा संजयकी आमा विदुलाले कायर छोरालाई महाभारतमा यसरी भन्छिन्-

"हे आमा ! भनि डाक्तछौ किन वृथा झन् रुन्छ मेरो मन ।

हे बाबू ! कसरी भनी कन गरौं माया तिमी नै भन !!

हिंड्नु लज्जित भै डरेर तिमीले, धिक्कार हो भन्दछु ।

त्रि्रो देह हुँदा पनि मृतक नै ठानी घृणा गर्दछु ।।

जन्मेनौ किन क्लीब भैकन बरु, बन्ने थियौ निस्त्रिmय ।

जो दिन्थ्यो धन-वस्त्र त्यै पुरुषको, वस्थ्यौ चिताई जय ।।

यसरी आफू, आफ्ना सन्तान र आफ्ना बाबा आमाभन्दा पनि राज्य ठूलो रहेछ । कायर छोराहरुले बाँच्नुभन्दा बरु क्लीब भैदिएकोलाई ठूलो मान्ने चलन रहेछ । आफ्ना राज्यभित्रका सवै मानिस आफ्ना सन्तानसरह हुँदारहेछन । उनीहरुलाई सुसज्जित हतियारले नतर्सर्ााे, तर उनीहरुको संरक्षण गर्ने र अर्को राष्ट्रको हेपाहा, पेलाहा, फटाहालाई जति नै बहादुर भए पनि बरु आफैं मेटिने तर राज्यको एउटा कण बराबरको जमीन जान्छ, राष्ट्रियतामा हस्तक्षेप गर्छ भने त्यससंग डटेर मुकाबिला गर्ने महान राष्ट्रसंरक्षक बन्दछ भनेर हाम्रा धर्मशास्त्रले पटकपटक भनेको छ ।

शपथ ग्रहण भनेको पनि यिनै कुराको कसम खानु हो । कसम खाँदा सकेसम्म आफ्ना छोराछोरीको नाममा खाइदैन किनभने आफूले कसम खाएअनुसारको काम नभएमा त्यसको प्रभाव छोराछोरीमा पर्ला र कुनै अनिष्ट होला भनेर । तर हाम्रा प्र.म.ले त जनताको नाममा कसम खाएको कुरोको चुरो चिया पसलमा पनि निकाले, सडकमा, चोकमा, बसमा, जताततै "हाम्रो प्र.मले जनतालाई माया गरेर जनताको नाममा कसम खाएको हो कि - मरे जनतै मरुन् भनेर हो' भन्न थालेका छन् । 'विगार जति आफूले गर्ने, अनि मर्ने चाहिं हामी जनता - पहिला पनि उहाँकै कारणले जनता मरेकै हुन् । अब कतै त्यो कसमले खत्तम बनाउने त होइन -" फेरि जनताको नाममा कसम खाँदा हाम्रा महान नेताका अगाडि महान छिमेकी नेताले भुटाना दोस्रो राष्ट्र भाषा बनाउ भन्न नसकेको बेला नेपाला आएर कसमको सरामा तारै हालेको जस्तो बनाए । त्यसैले त भित्री र्समर्थनमा सुट लाको र अरुलाई झापात बनाको ।

जता गयो, जता बस्यो, मानिसले कुरोको चुरो पनि कति समातेका हुन भन्या । "दौरा न सौराको खल्ती" भन्ने उखान गर्थे । दौरामा खल्ती नभएको । एउटा र्टाईको मूल्यमा दौरा र सुरुवाल आउने । फेरि कर्ुर्चीदेखि सुर्ुर्तीसम्म जनताले नै दिएको पैसाले ऐश देखाउनुपर्ने । किन सस्तो लगाउने भनेर राष्ट्रियताको कसीमा मसी नलगाई नयाँ नेपाल लेख्न र देख्न नपाइने ! राष्ट्रका गोपनीयताका कागजपत्र विदेशीलाई देखाउन जमाकाले होला गोप्य कुरा लुकाउन पनि पाइने । दौरामा खल्ती नभएकाले संसारलाई आँखा लागेको देश कहाँ लुकाउने भनेर घीउ रंगको सुट, निलो र्टाई, सेतो र्सट, कालो टोपी त हमीद कार्जाईले पनि लगाउँछन् । टोपीको त के कुरा भयो र - र कालो जुत्ता लगाएर दश वर्षा युरोपको हाराहारीमा पुर्‍याउँछु भन्ने महान नेताले आफूले लगाएको कपडा जनताको आशर्ीवादले कमसेकम दौरा सुरुवाल लगाउने हिजोका गरिब प्र.म.को तुलनामा उहाँ त युरोप र अमेरिकाको महान नेता बराबर हुनुभएन त - छिमेकी नेता आएर हाम्रो हिन्दी भाषा त्रि्रो देशा दोस्रो हुनर्ुपर्छ भनेको बेलामा अंग्रेजीमै शपथ खाइदिएको भए । "हाँ आप ठीक हें हमलोकका नेता और आपका नेता एक ही हैं भनेर त्यो उनीहरुको भाषाको कुरो ननिकाली लुरुलुरु बाटो लाग्ने थिए कि -" "उपराष्ट्रपति हमारा आदेश से हुवा हैं" भन्न पनि सक्थेनन् कि ! महाभारतमा संजयकी आमा विदुलाले भनेको झैं यहाँ उनीहरुका सेवक कति थिए कुन्नि - सवैलाई चिन्न पाए भनेर रहँदा बस्दा यस्ता कुरा पनि कति सुन्नु परेको हो कुन्नि -

चाणक्यमा भनिएको छ- "जसरी दूध तत्काल फाट्दैन, त्यसरी नै पापको कर्म पनि तत्काल देखिंदैन । त्यो त विस्तारै विस्तारै हुँदैजाने कुरा हो ।" यो नहोस् भनेर देश चलाउने ठेकेदार, प्रशासन चलाउने कर्मचारीले गरिब जनताको रगत र पसिनाको मूल्य खाएर हिंड्ने भएकाले जनतालाई विश्वास दिलाउनु पर्ने संसारमा भएको चलन हो । आफ्नो धर्म, संस्कृति, देश र परिवेश अनुसार गरिनु र गर्नुपर्ने हुन्छ ।

चाणक्यमै भनिएको छ- "पाञ्चालले राज्यको हितको लागि हस्तिनापुरसंग सम्बन्ध जोडे ।" धेरै देशले यसरी सम्बन्ध जोडेका छन् । हाम्रा पर्ूव राजाले पनि बेलाबेलामा भारतकै नारीले सम्बन्धको सारी पहिरिएकै थिए । तर के गर्ने - आखिरमा सकुनीलाई त्यही सम्बन्धले सिध्यायो । हाम्रो पर्ूवराजालाई पनि र्सार्कमा चीन र जापानलाई पार्क बनाउनेभन्दा र चीनबाट तेल ल्याउने भन्दा सेल बनाइदियो । संसारको इतिहासमा जसको बढी चाकडी गरेर घोप्टो परे पनि आखिरमा त्यी त हो नि - लेण्डुप दोर्जे बन्ने यो संसारा कति धन्सारमै पुगे भने कति मूलोछ्यान त कति रछानमा पुगेका हामीले पनि देखेका छौं ।

रहँदा बस्दा कतिका कफी गफ सुनिए त कति टफी । जे होस्, एक ठाउँमा चर्चा हुँदा उनीहरु भन्थे "यो त साम्यवादी सरकार हो । सवै बराबर हुने भइयो । जग्गा बराबर, काम बराबर, नाम बराबर, घर बराबर, घर नहुनेलाई घर देखि श्रीमती समेत बराबर । अन्तिम बराबरीको कुरोले पो पोल्यो भन्या । अब कसो हुने हो - कसरी जोगिने हो - सवै बराबर भन्छन् ! घर-जग्गा त दिउँला र बराबरी नै होला रे ! तर श्रीमती - कसरी बराबर हुने - छोराछोरी कसरी बराबर - कसलाई मेरी भन्ने - कसलाई मेरो भन्ने - जो भोट्यो त्यही आफ्नै भैहाल्ने - कस्तो अनौठो ! साम्यवाद भनेकै यस्तै हो । सवै समान हुने भएकैले साम्यवाद अर्थात् समानताको सिद्धान्त ।

बेरोजगार भत्ता, पिउनलाई पनि दश हजार तलब, तलब बढाइदिएपछि भ्रष्टाचार हुँदैन । देश दश वर्षा यूरोप- के को युरोप मात्रै अब साम्यवादीको न त सीमाना हुन्छ, न त राज्य । संसारका साम्यवादी एउटै हुन् । भारतका साम्यवादी, चीनका साम्यवादीदेखि क्यूबा, उत्तर कोरियासम्म हाम्रो सीमाना हुन्छ । यहाँको सानोतिनो कुरा गरेर हुन्छ । अहिले भारतले कति मिच्छ मिचोस् न पछि सीमै हुँदैन के । किन लिने चिन्ता । उसैलाई हामी यतैतिर मिसाइदिन्छौं- साम्यवादी संघीय नेपालमा । त्यतिबेला त भारत एउटा संघ मात्र ! क्या गज्जब ! त्यसैले त नेपालभित्रकालाई हामीले सामन्ती भनेर ठीक गर्‍यौं र गर्दैछौं किनभने हाम्रो विचार मिलने भने सामन्ती हुन्छ । उनीहरु साँघुरो भएर बस्न रुचाउने - आफ्ना पर्ूखाले आर्जेको मुलुक भनेर घमण्ड गर्ने - हामी त यतिजावो सीमामा सन्तुष्ट हुने हौं र - तर हाम्रो विचार मिल्यो भने चाहिं माडेदेखि असनको साँडेसम्मले क्रान्तिकारीमा दारी मिलाउन सक्छ है ! त्यसैले हामीले पुराना भाषा, पुराना भेष, पुराना संस्कृति र पुराना देशलाई परिमार्जन गरेर नयाँ सीमाना, नयाँ देश, नयाँ जनता र नयाँ सोच ल्याउने विचारले अचारको चास्नीमा "भारतको प्रजातन्त्रको मोडल भारतको दृष्टिकोण त्यसै ठीक छ" भन्न गएका थियौं र - भगवान कृष्णले मात्रै लीला देखाउने भन्ने के छ र - हामी पृथ्वीका महान मानवले पनि देखाउन हुन्न र - भन्ने गफ गर्छन् तर मलाई भने विश्वासै लागेन । हाम्रा नेता जस्ता संसारमै कोही छैन जस्तो पो लाग्छ त यो छुट्याउने जिम्मा पाठकवृन्दलाई नै छोडें ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
प्रचण्ड बहुमतबाट विजयी प्रचण्डलाईतारा सुवेदी (08.25.2008)
राजनीतिक गाइजात्राको क्रम जारी छमहेश्वर शर्मा (08.25.2008)
प्रचण्डको चातर्ुयता : बहुमूल्य लिम्बु (08.25.2008)
सुन्दरताको मान्यता र सुन्दरी प्रतियोगितायादब देवकोटा (08.19.2008)
रक्षा मन्त्रालय भन्सारभन्दा पनि मीठो !महेश्वर शर्मा (08.19.2008)
प्रचण्ड यात्राका चुनौतीहरुबहुमूल्य लिम्बु (08.19.2008)
द्युत भवन (जूवा घर)र्सवज्ञ वाग्ले (08.19.2008)
नेपाल चीन सम्बन्ध धमिल्याउने खेल ः सजगताको खाँचो- तारा सुवेदी (08.19.2008)
नयाँ नेपाल बन्छ भनेर कसरी विश्वास गर्ने ?यादब देवकोटा (08.11.2008)
नेताहरु सत्तासंर्घष्ाको बाक्लो हुस्सुभित्रमहेश्वर शर्मा (08.11.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]