Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 06:13am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
दौरा सुरुवाल, कर्ुता-धोती र र्टाई-सुट
यादब देवकोटा

Monday, 08.25.2008, 07:10pm (GMT+5.5)

कुनै पनि मुलुकको भाषा, भेष र सांस्कृतिक मानचित्र त्यो मुलुकको चिनारी हो । विश्व मानचित्रमा सगरमाथा, गौतम बुद्धलाई छाडेर हर्ेर्ने हो भने नेपालको पहिचानका अन्य चिन्हहरुमा चन्द्रर्सर्ूय अंकित झण्डा, यहाँको राष्ट्रिय पोशाक, विविध जातजातिको एकतावद्ध सम्मिश्रण, धार्मिक-सांस्कृतिक सहिष्णुता र जातीय एकता हो । हाम्रो राष्ट्रिय भाषा, राष्ट्रिय पोशाक, राष्ट्रिय जनावर, राष्ट्रिय चिन्हको हामी सवैले सम्मान गर्नुपर्छ । यो नै नेपाली राष्ट्रियताको पहिलो आधार हो र यसमा राष्ट्रिय भावना पनि समेटिएको हुनर्ुपर्छ ।

नेपालको राष्ट्रिय पोशाक दौरा सुरुवाल, कोट र टोपी हो । यो पोशाकले संवैधानिक मान्यता पाएको छ । संवैधानिक मान्यता त्यो कुराले मात्र पाउँछ, जसलाई अधिक जनताले रुचाएका छन् । यस अर्थमा दौरा, सुरुवाल, नेपालका अधिकांश जनताले प्रयोग गर्छन, त्यसकारण यो नेपालको राष्ट्रिय पोशाक बन्यो । अर्को कुरा यो पोशाक आर्थिक रुपमा पनि महंगो छैन । तर अहिले यही पोशाकको मानमर्दन भैरहेको छ । राज्यका प्रमुख व्यक्तित्वहरुबाटै राष्ट्रिय पोशाकको अपमान गरिएको छ । यस कार्यमा उपराष्ट्रपति परमानन्द झा र प्रधानमन्त्री पुष्पकमल दाहाल अग्रसर हुनुभयो । उहाँहरुले कुन सोच र विचारले राष्ट्रिय पोशाक लगाउनुभएन त्यसको आफ्नै तर्क र कारण भए पनि नेपाली जनताले त्यसलाई रुचिकर मानेका छैनन् । परमानन्द झाले आफ्नो क्षेत्रीय पोशाक लगाएर विदेशी भाषामा शपथ खानुभयो । प्रचण्डले नेपाली भाषामा विदेशी पोशाक लगाएर शपथ खानुभयो । अन्तर यत्ति मात्र हो ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि अनेक दृश्यहरु देख्न पाइएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको शपथ ग्रहण समारोहमा राष्ट्रपति नेपाली राष्ट्रिय पोशाकमा उपस्थित हुनुभयो भने उपराष्ट्रपति धोती र कर्ुतामा उपस्थित हुनुभयो । यति मात्र होइन उहाँले शपथ समेत हिन्दी भाषामा गर्नुभयो । यसको व्यापक विरोध भयो र अन्ततः उहाँले घुमाउरो किमिसबाट क्षमायाचना नै गर्नुपर्‍यो । नेपाली राष्ट्रियताका पक्षमा नेपाली युवाहरुले उपराष्ट्रपतिको घोर विरोध गरे । मुलुकको दोस्रो शर्ीष्ा व्यक्तित्वले विदेशी भाषामा शपथ खाएर नेपाली राष्ट्रियताको मानमर्दन गर्नुभएकोमा कुनै शंका रहेन । उपराष्ट्रपतिले आफू तर्राईबारी भएको हुनाले त्यहाँका जनताले प्रयोग गर्ने लुगा र भाषा शपथग्रहणमा प्रयोग गरेको तर्क दिएर आफूलाई समग्र नेपालको उपराष्ट्रपति बनाउनै सक्नुभएन । यसको विपरीत तर्राईमै जन्मनुभएका, त्यहीको माटोमा हर्ुर्की बढ्नुभएका राष्ट्रपति रामवरण यादवले नेपाली राष्ट्रियताको सम्मान गर्नुभयो । उहाँले आफूलाई तर्राईको मात्र नभएर सिंगो नेपालको राष्ट्रपति बनाउनुभयो । जेजस्तो भए पनि मुलुकको गरिमामय पदमा आसीन व्यक्तिले राष्ट्रियताका सवालमा आफूलाई कमजोर तुल्याउनु हुँदैन । मन लागे पनि नलागे पनि राष्ट्रिय पोशाक, राष्ट्रिय भाषाको सम्मान गर्नैपर्छ । शपथ ग्रहण समारोहमा धोती कर्ुतामा देखिनुभएका उपराष्ट्रपति झाले इन्द्रजात्रामा भने दौरा सुरुवालमा ठाटिएर जानुभयो । उहाँको तर्क थियो शपथ ग्रहण समारोह औपचारिक थियो र इन्द्र जात्रा अनौपचारिक । उहाँका लागि धोती कर्ुता औपचारिक र दौरा सुरुवाल अनौपचारिक पोशाक ठहरियो । यस्ता कर्ुतर्क गरेर गणतन्त्र नेपालको पहिलो उपराष्ट्रपतिले आफ्नो वजन हृवात्तै घटाउनुभएको छ । यी सवै राष्ट्रियताका सवालमा देखाइएको कमजोरीले गर्दा हो । राष्ट्रिय भाषा, राष्ट्रिय पोशाकको सम्मान गर्न नसक्नेले आफ्नै सम्मान गर्न सक्दैनन् । यसै गरी हालैका दिनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि शपथ ग्रहण समारोहमा राष्ट्रिय पोशाक नलगाएर अंग्रेजी पोशाक लगाउनुभयो । उहाँलाई दौरा सुरुवालमा त्यस्तो के गन्ध आयो कुन्नि - विगतदेखि नै सत्तोसराप गरिएको अंग्रेजी साम्राज्यवादको पोशाकमा ठाटिएर आउनुभयो र शपथग्रहण गर्नुभयो ।

त्यसो त प्रचण्डले दौरा सुरुवाल लगाएको कसैले पनि देखेका छैनन् । घान्द्रुकतिर हो क्यारे उहाँले गुरुङ्गहरुको पोशाकमा सजिएर फोटो खिचाउनुभएको थियो । नत्र भने उहाँ कोट पाइन्टमा सजिएर हिंड्ने गर्नुहुन्छ । उहाँ र्सार्वजनिक भएपछि नेपाली जनताले जुनरुपमा देखिरहेका थिए त्यही रुपमा शपथग्रहणमा गएको भए पनि त्यसले खासै चर्चा पाउने थिएन, तर उहाँलाई र्टाईको मोह लाग्यो र सजिनुभयो पश्चिमा पोशाकमा । धन्न पोशाक मोह, धन्न पश्चिमामोह ।

प्रचण्डको टाइसुट, रामवरणको दौरा सुरुवाल र परमानन्द झाको धोती कर्ुताले नेपाली जनमानसमा कस्तो प्रभाव पार्ला - उनीहरुले कसरी ये विषयमा विचार मन्थन गर्लान - यो विश्लेषणको विषय हुन पनि सक्छ र नहुन पनि सक्छ । तर पनि कतिपय मनोरञ्जन गर्ने शैलीमा के भन्छन् भने पश्चिमीदेखि उत्तरी छिमेकीले र्टाई-सुटको प्रयोग गर्छन्, दक्षिणतिरकालाई धोती कर्ुता भैहाल्यो, अनि नेपालीलाई दौरासुरुवाल । नेपालको सर्वोच्च व्यक्तिले राष्ट्रिय पोशाक लगाएपछि पुगिहाल्यो नि ! अरुले किन लगाउनुपर्‍यो र - यस्ता प्रश्न गर्नेहरु पनि प्रशस्तै छन् । जे होस् मुलुकका शर्ीष्ा तीन व्यक्तित्वहरुले प्रस्तुत गरिरहेको अहिलेको दृश्यले मनोरञ्जन समेत प्रदान गरिरहेको छ, व्यंग्य गर्न रुचाउनेहरुका लागि गतिलो मसला पनि भएको छ । यति हुँदाहुँदै पनि राष्ट्रियता व्यंग्यको विषय होइन, राष्ट्रियतामा सवै एकजुट हुनर्ुपर्छ भन्ने मान्यतालाई भने ख्याल राख्नर्ैपर्छ ।

पोशाक, भाषा र रहनसहनमा राष्ट्रियता हुन्छ कि हुन्न - प्रधानमन्त्री प्रचण्डको शपथग्रहण समारोहपछि यस्ता प्रश्नहरु उठ्ने गरेका छन् । प्रचण्डका नजिकका मानिनेहरु उहाँले जे गर्नुभयो त्यो ठीक गरेको ठान्दछन् । प्रचण्ड समग्र नेपालको प्रधानमन्त्री हुनुभएकाले उहाँले पहाडी राष्ट्रवादको प्रतीक बनेको दौरा सुरुवाल नलगाएर र्टाई-सुट लगाउनुभयो । दौरा सुरुवालभन्दा अन्तर्रर्ााट्रय पोशाक नै उपयुक्त हुन्छ । फेरि अर्कोतिर माओवादीले अन्तरिम संविधानमा लेखिएका राष्ट्रिय भाषा, पोशाक आदिलाई मान्यता दिएको छैन । लौ ठीकै छ- उहाँले त्यसलाई मान्यता नदिएको भए आफूहरुले प्रस्ताव गरेको पोशाक त लगाउन सक्नुहुन्थ्यो नि - किन त्यसो नगरेको - कि र्टाई-सुट नै माओवादीको राष्ट्रिय पोशाक हो - नेपाली जनताले जान्न चाहेका छन् । अहिले र्सवाधिक चासो, चिन्ता र विवादको विषय नै पोशाक र भाषा भएको छ । राष्ट्रियता, राष्ट्रिय एकता र अनेकतामा एकतावद्ध रहेको नेपाली समाजमा देखिएका यस्ता अनौठो दृश्यहरुले मुलुकको भविष्यमाथि चिन्ता गर्नेहरु थप चिन्तित भएका छन् भने यसलाई अभूतपर्ूव उपलब्धि मान्दै विखवण्डनको बीउ खोज्नेेहरु खुसी देखिएका छन् । आ-आफ्नो स्वार्थ अनुकूलको परिस्थिति सिर्जना गर्ने र त्यो नै सवैभन्दा उपयुक्त बनाउन खोज्नेहरुले पनि यस्ता दृश्यलाई सहज रुपमा लिनुपर्ने बताइरहेका छन् ।

प्रधानमन्त्री प्रचण्डको देश बनाउने प्रचण्ड उर्जा र तीब्र आकांक्षामाथि कुनै शंका छैन । उहाँले केही न केही त पक्कै गर्नुहुन्छ । उहाँको लगनशीलता, राजनीतिक दृढता, इच्छाशक्ति र नेतृत्व गर्नसक्ने अपार शक्ति र खुबीकै कारण दश वर्षो जनयुद्धको बलमा टेकेर मुलुकमा शान्तिपर्ूण्ा जनआन्दोलनलाई निष्कर्षा पुर्‍याउनुभयो । अन्ततः नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रमा परिणत गरेर आफू त्यसको शक्तिशाली प्रधानमन्त्रीमा समेत निर्वाचित हुनुभयो । प्रचण्डको राजनीतिक आकांक्षा र दूरदृष्टि यसबाट प्रष्टिन्छ । तर उहाँका सामु देखिएका चुनौतीहरु कम छैनन् । एकपछि अर्को गर्दै राष्ट्रियतामाथि प्रहार भैरहेको क्षेप्यास्त्रहरु रोक्ने अचूक निशाना उहाँमा हुनर्ुपर्छ । राष्ट्रिय कमजोर भैरहेको बेलामा राष्ट्रिय पोशाककै उपयोग गर्न हच्किएपछि त्यसलाई नेपाली जनताले कसरी लेलान् - हुन त राष्ट्रियता पोशाक र भाषामा हुँदैन । विगतमा राष्ट्रिय भाषा र राष्ट्रिय पोशाकमा ठाटिनेहरुबाटै राष्ट्रघात भएको नेपाली जनताले नदेखेका पनि होइनन् । तर पनि यसको सम्मान भने गर्नैपर्छ ।

बहुजातीय, बहुसांस्कृतिक, बहु धार्मिक समाज नेपालमा कुनै एक जातीले प्रयोग गर्ने भाषा र पोशाकलाई राष्ट्रिय मान्यता दिनु हुँदैन भन्ने विखण्डनकारी आवाज पनि नउठेका होइनन् । तर मुलुकमा अधिक जनताले कुन भाषा प्रयोग गर्छन्, कुन पोशाक पहिरिन्छन र कुन धर्म तथा संस्कृतिको बाहुल्यता छ त्यो भने पक्कै विचार गर्नुपर्ने पक्ष हो । थोरैलाई सन्तुष्ट पार्ने नाममा धेरैलाई असन्तुष्ट पारियो भने त्यसले अर्को ववण्डर खडा गर्छ । अहिले भाषा र पोशाकको विषय पनि यस्तै भैरहेको छ । कतिपयले यसलाई राजनीतिक रंग पनि दिने प्रयास गरेका होलान् र कतिपयले यसलाई सामान्य रुपमा लिएका होलान् । यी सबैको बीचबाट निकाल्नुपर्ने निष्कर्षचाहिं के हो भने हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रो भेषभूषा हामी नेपालीको आफ्नै हो र यसले नै विश्वमा नेपालीको पहिचान दिइराखेको छ । पेरिसको व्यस्त सडकमा टाइ-सुटमा सजिएको एउटा नेपाली चिन्न जति गाह्रो पर्छ दौरा सुरुवाल र टोपीमा सजिएको नेपालीलाई टाढैबाट चिन्न सकिन्छ - यही हो- नेपाली राष्ट्रिय पोशाकको विशेषता । यस्तो विशेषता र नेपालीको पहिचानबोधक चिन्हलाई किन वेवास्ता गरिएको होला - कतैबाट चित्तबुझ्दो उत्तर आउँछ कि ?


Comments (0)        Print        Tell friend        Top


Other Articles:
शपथ ग्रहणर्सवज्ञ वाग्ले (08.25.2008)
प्रचण्ड बहुमतबाट विजयी प्रचण्डलाईतारा सुवेदी (08.25.2008)
राजनीतिक गाइजात्राको क्रम जारी छमहेश्वर शर्मा (08.25.2008)
प्रचण्डको चातर्ुयता : बहुमूल्य लिम्बु (08.25.2008)
सुन्दरताको मान्यता र सुन्दरी प्रतियोगितायादब देवकोटा (08.19.2008)
रक्षा मन्त्रालय भन्सारभन्दा पनि मीठो !महेश्वर शर्मा (08.19.2008)
प्रचण्ड यात्राका चुनौतीहरुबहुमूल्य लिम्बु (08.19.2008)
द्युत भवन (जूवा घर)र्सवज्ञ वाग्ले (08.19.2008)
नेपाल चीन सम्बन्ध धमिल्याउने खेल ः सजगताको खाँचो- तारा सुवेदी (08.19.2008)
नयाँ नेपाल बन्छ भनेर कसरी विश्वास गर्ने ?यादब देवकोटा (08.11.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]