Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 03:41am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
जूवा
र्सवज्ञ वाग्ले

Monday, 09.08.2008, 05:29pm (GMT+5.5)

जूवा भन्नाले गोरु वा राँगा नार्दा दुवैका काँधमा राखेर जोतारुले बाँधिदिने दर्ुइ वा चारवटा सोइला हालेको काठलाई भनिन्छ । तर यसले अन्न उब्जनी गरेर लाखौं लाख मान्छेलाई बचाउने काम गर्छ । तर्राईतिर हलो जोत्दा वा दाई गर्दा गाइने एक प्रकारको रमाइल्ो वा आनन्द दिने गीतलाई पनि जूवा नै भनिन्छ । अर्कोतिर जूवा वा द्युत भन्नाले पैसा बाजी राखेर दर्ुइ वा दर्ुइभन्दा बढी पक्षकाबीच बाजी हारजीत हुने गरी खेलिने खास खेलहरुलाई भनिन्छ । आजकलको युगमा संसारका धेरै देशले लाइसेन्स दिएर खेल्न लगाइएका अत्याधुनिक जूवाघरलाई 'क्यासिनो' भनिन्छ । क्यासिनोमा विविध द्युत क्रिडाहरु हामी देख्न पाउँछौं । जसको नाम हो- बाक्रा, रुलेट, पोन्टोन, ब्ल्याक ज्याक, पप्लु, पोकर तथा विविध मेसिन तथा इन्टरनेटमा खेलाइने र खेलिने जुवाको लत बसेका जूवाडेले खेलिने ग्याम । र त्यसका लागि घर परिवारै त्यागेर कसैले त दिइरहेका छन् ज्यान !

जूवा खेल्नेलाई जूवाडे भनिन्छ । जूवा खेल्ने जूवाडे, जूवामा जम्ने बाह्रमासेले जूवा खेल्न पाएनन् भने उनीहरु पानीविनाको माछा र नानीविनाको सुत्केरी आमा जस्तै छट्पटाउँछन् । तास जूवामा नभइ नहुने कुरा हो । सुरथ, पाना, चीड र इट्टाका बुट्टा भएको एक्कादेखि तेह्र पत्ती हुने तथा बजिर, मिस्सी, बादशाह आदिको चित्र समेत भएको विभिन्न खेल खेलिने कागजका बाउन्नवटा पत्ती वा चक्कीलाई तास भनिन्छ । तास त चितवनको खाजाको लागि पनि प्रसिद्ध छ भने अर्को तास भन्नाले सुनचाँदीको जरीले कार्चोप भरेको बहुमूल्य कपडालाई पनि भनिन्छ । यसरी एउटा शब्दमा धेरै अर्थ खोले जसरी मान्छेलाई तास वा जूवाको लोभ-आश, नशा र जूवाघरका ब्वाँसाले खेलाइरहन्छन् ।

उहिलेका कुरा गरौं भन्दा विदुरले धृतराष्ट, दूर्योधन र सकुनीलाई सम्झाएर यसरी भनेका थिए-

"जूवा खेल्नु खराब हो, यसमहा देखिन्न क्यै मङ्गल
नष्ट-भ्रष्ट भए यसै व्यसनले ऐर्श्वर्यशाली नल ।

तस्मात्तात् नराख यो हठ तिमी प्रत्यक्ष दुष्कर्मको
होला दुःसह दर्ुर्विपाक पछि ता यो दुःखको हार हो ।"

यसरी सम्झाउँदा सम्झाउँदै नमानेका धृतराष्टले पुत्रमोहमा परी जूवा खेलाएरै छाडे ।

युधिष्ठिरले पनि मेरो भाग्यमा रहेछ भने, एक न एकपटक अवश्य नजिती छोड्ने छैन भन्ने विचारले र हार्नाको रिस लज्जा इत्यादिले झन् झन् उत्तेजित हुँदै थपनीको संख्या बढाउन थाले । उनले आफ्ना रथ, हात्ती, घोडा, दासी, रथी र योद्धाहरु समेत एक एक गरी थाप्दै लगे । त्यो सव सकुनीले जिते । अब जूवाले क्रमशः भयंकर रुपधारण गर्दै गयो । युधिष्ठिरको सम्पत्ति पनि प्रायः सारा स्वाहा भइसक्यो । त्यो देखेर महात्मा विदुरको चित्तले पित्त छोड्यो । त्यसैले उनले सहसा सभाको बीचमा धृतराष्टसंग तीतो पोखे- "जस्तो मर्ने रोग लागेको मनुष्यलाई औषधि खान रुच्दैन, त्यस्तै तपाईंलाई पनि मेरो उपदेश नरुचेको होला तथापि म फेरि एकपटक सम्झाउँछु- जुन पापी दुर्योधन जन्मँदा भयंकर अपसकुनहरु भएथे, उही दुर्योधन आज हाम्रो कुरुकुलको विनाशका कारण भएर निस्किरहेछ । मदिराले मदिरावाजको जो दर्ुदशा गराउँछ त्यो त्यसले केही सम्झन सक्दैन । त्यस्तै जूवामा मस्त भएको तपाईंको पुत्र पनि पाण्डवहरुका साथ शत्रुता गर्नाको परिणाम सम्झन सक्दैन । कैयौं राजाहरुले राज्यको काम र आफ्नो रक्षाको निम्ति छोरालाई त्याग गरेका छन् । यसकारण यदि तपाईं पश्चातापमा पर्नु नपरोस् भन्ने इच्छा राख्नुहुन्छ भने अहिले बखत हुँदैमा यस दुरात्मा पुत्रलाई छोडिदिनुहोस् । तपाईं अहिले पाण्डवहरुको धन पाउने लोभमा फँसेर विपत्तिलाई बोलाउन जूवामा रमाउन लाग्नुभएको छ ।" भनेर सम्झाउँदा पनि उनको केही लागेन ।

त्यसपछि के भयो - पाठकहरुले महाभारतका घटनाहरु पुस्तकमा, टेलिभिजन पढ्नु-हर्ेर्नु भएकै छ । जूवा यस्तो हुन्छ- जसले जसलाई जे पनि गरिदिन्छ । पहिला हाम्रो पुनर्स्थापित संसद जस्तै- त्यतिबेला एकजना माओवादी नेताले भनेका थिए नि- 'यो संसदले आइमाईलाई लोग्नेमान्छे र लोग्नेमान्छेलाई आइमाई पनि बनाउन सक्छ' । हो त्यस्तै हो । तर फरक के भने जूवाले धनीलाई कंगाल बनाएर जंगलको बास पनि गरायो र जित्नेको पनि चौध वर्षछि यमलोकको बास गरायो ।

उहिलेको कुरा खुइले । भनेर बुढापाकाले भन्थे तर 'जूवा कि खेल्छ अमिरले कि खेल्छ फकिरले' त्यसो मात्र कहाँ छ र ... - दिनभरि पान बेच्ने, खाली सिसी खोज्ने, कवाडी काम गर्ने र स्कूल, प्लस २ पढ्ने भरखरका केटाकेटीले खेल्न थालेपछि के भन्ने त - कसैको घराँ केटाकेटीले 'बाबाले चामल, दाल र कापी किताब ल्याउलान् भनेर कर्ुर्नेको पैसा क्यासिनोमा पर्ुर्ने ! छोराछोरी भोकले धुरुधुरु आँसुले रुझ्दै सुत्ने !

आफ्नै देशाँ लाइसेन्सका जूवाघर ! अहिले नेपालाँ च्याउ उम्य्राझैं उम्रेका र चोकचोकमा कुनै न कुनै रुपमा नाइटा नाभी नसुक्यादेखि खुम्रा बुढासम्मले खेल्ने, लुँडो, तास, क्यारेमबोर्डदेखि हरेक कुराको बाजी राखेर खेल्नेको संख्या त सामन्ती राज्यसत्ताको मलिलो उपज नै भयो । ठूला-ठूला र गोप्य तवरमा काठमाडौंमै ठूलाबडाको टाइमपासमा मर्ुगा साफ पार्ने कुरा त सवैको कानमा मात्रै गुञ्जने हो । यहाँ ठूलाबडालाई चैन र सानालाई ऐन त छँदैछ ।

हाम्रो देशको सामन्ती राज्यसत्ता र सत्तामा जूवाका पत्ता ! खेल खेलाडीका प्रायः प्रजातान्त्रिक र अप्रजातान्त्रिक सरकारसंगै नोटका बिटा बेरेर सिगरेटका धुवाँ रंगमगाएझैं त मग्मगाएका होइनन् - त्यसैले सामन्ती सोच नै जूवामा, भूवामा, जाँडमा, उपद्रोको भाँडोमा मात्रै कहाँ हो र - सुन्दरीसंगै सामन्तीको राज्यको कुन्तरी सुरु गरेपछि दुनियाँलाई डुबाएको डुबायै । आफूचाहिं सत्ता र भत्ताको खेलमा आकाश र पातालका नियम तथा कुरोको चुरोमा, अरुलाई कुवाएको कुवायै राज्यसत्ताको चास्नीमा सुवास्नी र उनका आफन्तलाई स्वास्नीका इशारामा र मर्ुख छोराका कोर्रर्ाा सुम्ठ्याउनु सुम्ठ्याए ।

राणाहरुले पनि तिहारमा रमाइल्ो गर्न भनेर जूवा फुकाउँथे रे । त्यो भनेको निश्चित समय र निश्चित दिनमा जूवाको घोषणा गरिन्थ्यो । प्र.म. निवासदेखि सिंगो टुँडीखेलभरि मानिसहरुको जूवा खेल्ने धुइरो लागेर विकास र प्रगतिमा कुइरो लगाइन्थ्यो । 'हाइयर लेवल'का राणाहरु भने प्रमको प|mाई र ड्राइमा रक्सीको चुस्कीसंगै जूवाको कुस्तीमा देश चलाउने जुक्ति बनाउँथे । यो जुवा दशैं, तिहार, इन्द्रजात्रा र वसन्त पञ्चमीमा सवैजसो जम्मा भएर खेल्थे, डुल्थे र खान्थे । अन्य दिनमा रातीमा कफर््र्यू लगाइन्थ्यो र जनतालाई डर र थरका आधारमा शासन चलाउँथे भन्या । जूवाका फुकुवामा रातैभरिको आवत जावत र घुमफिरले जनतालाई पिरैपिर राणालाई खिरै खिर । त्यसैबेला राणाहरुका विरुद्धमा जूवा फुक्दा प्रचण्ड गोर्खाको मैना बहादुर, उमेशविक्रम शाह, खण्डमान सिंह, खड्गबहादुर सिंहले पशुपतिको गुफामा गोप्य गर्दा जूवामा प्रम लगायतका सवै राणाको वम पड्काएर सत्ता हडकाउने विचार गरेछन् भन्ने शंकामा लंका ठटाएर क्रान्तिवीरले त्यसको आरोपमा ज्यानलाई वारुद बनाउन पर्‍यो । त्यसैले त जूवाकै सिलसिलाको प्रचण्ड गोर्खा काण्ड वीरहरुको अन्त्यसंगै दन्त्य कथा बन्यो । त्यतिबेला घण्टाघरको घडीले हरेक रात कफर््र्यू लगाउँथ्यो । तर जूवा फुकेपछि कफर््र्यू पनि तर्केर जूवाको भुवा अन्त्यसंगै घण्टाघरको घडीले पुनः कफर््र्यूको दन्त्य सुरु गथ्र्यो ।

यसरी नै देशभरिका हाटबजार, मठ-मन्दिरमा आ-आफ्ना स्थानीय तवरबाट जूवाका फुकुवा त्यहाँका जनता ढुकुवाले गराउँथे । ताकि जनता दोहोरी, नाचगान, बजान, रक्सी, दारुपानी जसले सक्छ त्यसले खानी ! कि त जूवा कि त नाचगान नभए खाने मीठा मीठा पुवा ! जसले सक्छ त्यसले रमाइलोसंग खेल्ने जुवा ! जनताले रमाइल्ो गरोस्, तर नगरोस् सुशासन र प्रजातन्त्रका कुरा ! बोल्यो त पोल्यो । बाँच्ने भए खेल्नै पर्ने प्रशस्त जूवा । सारा जनता यसरी नै राणाहरुले भुल्या आफू शासन सत्तामा र देशको भत्तामा, जनता तासको पत्तीमा ! भोक, अभाव, गरिबी र अन्यासको पिसिन्थे चक्कीमा !


Comments (0)        Print        Tell friend        Top


Other Articles:
राजनीतिक हस्तक्षेपले कक्रिएको प्रशासनमहेश्वर शर्मा (09.08.2008)
भारत र माओवादबहुमूल्य लिम्बु (09.08.2008)
"नयाँ नेपाल"का लागि नयाँ राजधानीको खाँचोतारा सुवेदी (09.08.2008)
जनतामा पलाएको उत्साहलाई यसरी मारियोयादब देवकोटा (09.01.2008)
कोशी सम्झौताका शर्त र बाढी नियन्त्रणमहेश्वर शर्मा (09.01.2008)
मेरो सपना र अर्को महाभारतर्र्सवज्ञ वाग्ले (09.01.2008)
बदलिंदो शक्तिकेन्द्रबहुमूल्य लिम्बु (09.01.2008)
किन कठिन भयो कम्युनिष्ट सरकार बन्न ?तारा सुवेदी (09.01.2008)
दौरा सुरुवाल, कर्ुता-धोती र र्टाई-सुटयादब देवकोटा (08.25.2008)
शपथ ग्रहणर्सवज्ञ वाग्ले (08.25.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]