Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 04:39am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
दार्जिलिङको दौरासुरुवाल अभियान र नेपाल
यादब देवकोटा

Tuesday, 09.23.2008, 02:19pm (GMT+5.5)

अघिल्लो हप्ता नेपाली संचारमाध्यममा आएको एउटा समाचारले सम्पर्ूण्ा नेपालीको मन गर्वले ढपक्कै भएको हुनर्ुपर्छ । नेपालभित्र नेपाली राष्ट्रिय पोशाक र भाषाको मानमर्दन भैरहेको बेला भारतीय नेपालीहरुले आफ्नो जातीय पहिचानको खुलेर र्समर्थन गरेका छन् । स्वतन्त्र गोर्खाल्याण्डको माग गर्दै आन्दोलन गरिरहेका दार्जिलिङका नेपाली मुलका भारतीयहरुले दबाब दिनकै लागि नेपाली पोशाक अनिवार्य गरेपछि अहिले त्यहाँको व्यापार उच्च बनेको छ । नेपाली पोशाक सिलाउनेहरु मालामाल भएका छन् ।

दार्जिलिङमा अहिले नेपाली राष्ट्रिय पोशाक दौरा-सुरुवाल सिलाउनेको यति भीड छ कि एकै दिनमा करोडौंको कारोबार हुने गरेको छ । त्यहाँका लाखौं नेपालीहरुले एकसाथ नेपाली पोशाक किन्न थालेपछि बजार नै रित्तिएको अनौठो समाचारहरु प्रकाशित भएका छन् । भारतको राष्ट्रिय पोशाक जेसुकै भए पनि त्यहाँका नेपालीहरुले आफ्नो जातीय पोशाकमा मोह देखाए । नेपाली जातीको एउटै मात्र राष्ट्रिय पोशाक छ त्यो हो- दौरा सुरुवाल । तर नेपालमै यो पोशाकलाई कुनै जात विशेष र क्षेत्र विशेषको पोशाक भनेर हेला गर्ने गरिएको छ । यो पोशाकलाई बाहुन-क्षेत्रीको पोशाक भन्नेहरुले दार्जिलिङका र्राई, लिम्बु, तामाङदेखि नेवार समुदायले समेत दौरा-सुरुवाललाई नेपाली जातिको पोशाक भनेर व्याख्या गरेबाट केही कुरा त सिक्नुपर्ने हो । हरेक जातको एउट पोशाक हुन्छ, एउटा भाषा र संस्कृति तथा रितीरिवाज पनि हुन्छ तर त्यसभन्दा अगाडि उसको एउटा राष्ट्रियता हुन्छ । नेपालको चार वर्ण्र्ाात्तीस जातको आ-आफ्नै भाषा, भेष, संस्कृति छ तापनि उनीहरु सवैको एउटा मूल जात छ त्यो हो- नेपाली । यही नेपालीपनको अहिले व्यापक खोजी भैरहेको छ ।

कस्तो अनौठो छ दार्जिलिङको समाचार । अहिले त्यहाँ दौरा सुरुवाल सिलाउनेको भीड बढेर टेलरहरुले अर्डर नै लिन छाडे रे ! दार्जिलिङमा नभ्याएर सीमावर्ती नेपाली शहरहरुमा समेत अहिले भीडभाड बढेको छ । ढाकाको सारी, दौरा-सुरुवाल र खुकुरी अहिले दार्जिलिङका व्यापारीहरुका लागि मालामाल हुने एउटा चामत्कारिक वस्तु बनेको छ । दार्जिलिङमा उत्पादन भएका ढाका र भादगाउँले टोपीले नपुगेर काठमाडौंदेखि मगाउने गरिएको समाचारले बेहद खुसीको संचार गराएको छ । यसको विपरीत हाम्रा राजनेताहरु आफ्नो राष्ट्रिय पोशाकलाई सामन्तवादको अवशेष भन्दै उपयोग गर्नै रुचाउँदैनन् । नेपाली सामन्तवादको अवशेष छाडेर उनीहरु साम्राज्यवादको पहिरन लगाएर ठाटिने गरेका छन् ।

प्रधानमन्त्री बनिसकेपछि पुष्पकमल दाहाल प्रचण्डले दर्ुइ छिमेकी मुलुक चीन र भारतको भ्रमण सम्पन्न गर्नुभयो । त्यो भ्रमणमा उहाँ राष्ट्रिय पोशाकको साटो अंग्रेजी पोशाकमा सजिनुभयो । उहाँका सहयोगीहरु भने नेपाली राष्ट्रिय पोशाकमा थिए । भारतमा रहँदा विशिष्ट व्यक्तित्वहरुसंगको औपचारिक भेटघाटका क्रममा हाम्रा प्रधानमन्त्री र उहाँका सहयोगीहरुको पोशाक देखेर कुन देशको को हो भन्ने छुट्याउनै गाह्रो भयो । यतिसम्म समाचार आए कि नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को हो भन्ने छुट्याउन कतिपय भारतीयहरुलाई धौ धौ परेछ । यसको एकमात्र कारण भनेको कर्मचारीहरु नेपाली राष्ट्रिय पोशाकमा थिए र प्रधानमन्त्री र्टाई सुटमा ।

विदेशमा रहेका नेपालीहरु जो नेपाली नागरिक होइनन् उनीहरुले मातृभाषा र मातृपोशाकको यतिसारो मोह देखाइरहेको बेला राष्ट्रिय एकता र र्सार्वभौमसत्ता कमजोर रहेको अवस्थामा सवैलाई एकजुट पारेर अघि बढ्नुपर्नेहरु नै राष्ट्रियताका सवालमा यति कमजोर देखिनु पक्कै राम्रो होइन । नेपाली पोशाकले नेपाली हुनुको चिनारी दिन्छ । नेपाली पोशाक विश्वमै चर्चित छ । विश्वको कुनै पनि कुनामा नेपाली राष्ट्रिय पोशाक लगाएर शिरमा ढाका वा भादगाउँले टोपी पहिरिएको छ भने हजारौंको भीडमा नेपाली चिन्न सकिन्छ । यस्तो मौलिक विशेषता भएको आफ्नो पोशाकप्रति किन मोहभंग भएको होला - आफैंमा अनौठो पहेली बनेको छ । हुन त लगाउने र खाने कुरामा हरेक व्यक्तिको आत्मनिर्ण्र्ाागर्ने अधिकार हुन्छ । तर राष्ट्रिय महत्व बेकेका व्यक्तित्वहरुले भने राष्ट्रिय सम्मानका लागि राष्ट्रले निर्धारण गरेको आचार-विचारमा बाँधिनर्ैपर्छ ।

नेपालीपन भनेको के हो - नेपालको चिनारी केमा छ - नेपाली जातिको पहिचान के हो - अहिले यस्ता प्रश्नहरु निकै जोडतोडले उठ्ने गरेका छन् । राष्ट्रवादी आन्दोलन हाँक्नेहरु र क्रान्तिकारी भएको देखाउनेहरुबीच अहिले जुहारी चल्ने गरेको छ । राष्ट्रवाद पोशाक र भाषामा हुँदैन भन्नेहरुका तर्क पनि गलत छैनन् भने आफ्नो राष्ट्रिय पोशाक र भाषाकै सम्मान गर्न नसक्नेले राष्ट्रलाई कसरी सम्मान गर्न सक्छ - कसरी राष्ट्रको उन्नति गर्न सक्छ भन्ने प्रश्न पनि अनुचित होइन । अहिले यस्तै दोहोरो तर्क-वितर्कले पत्रिपत्रिकाका पानाहरु रंगिने गरेका छन् । संस्कृत भाषाको दोहोलो काढ्नेहरु आफ्ना क्रान्तिकारी भाषणमा वाक्यैविच्छे संस्कृत शब्दको प्रयोग गर्छन् । आफ्नो नाम नै संस्कृत शब्दबाट बनेकोमा उनलाई कुनै पछुताव छैन तर भाषाको भने वेपत्तासंग विरोध हुने गरेको छ । संस्कृत पढ्नुको अर्थ र्'कर्मकाण्डी बाहुन' हुनु होइन । संस्कृत पढ्नु भनेको ज्ञानको अथाह भण्डारमा डुबुल्की मार्नु हो । आज पश्चिमा साहित्य पढेका र संस्कृत साहित्य पढेकाहरुबीच संवाद चलाउने हो भने संस्कृत वाङ्मयमा ज्ञानको कति भण्डार छ भन्ने प्रष्ट हुन्छ । तैपनि यसैको विरोध भैरहेको छ । नेपालीपन र नेपालीत्वको कुनै मर्यादा छैन ।

केही समय अघिको कुरा हो- विज्ञान, प्रविधि र आर्थिकरुपमा विश्वलाई नै हाँकिरहेको संयुक्त राज्य अमेरिकाका राजनीतिक दलका नेताहरुको एउटा सम्मेलनमा सुनिएका भाषणहरुले मन ज्यादै हलुका बनाइदियो । हाम्रा नेताहरुले धर्म, संस्कृति, परम्परा र राष्ट्रियताप्रति देखाएको उदासिनतालाई अमेरिकी राष्ट्रपतिका उम्मेदवार बाराक ओवामाको एउटा भाषणले धेरै कुरा बुझ्न, स्मरण र अनुसरण गर्नलायक बनाइदियो । डेमोक्रेटिक पार्टर्ीीे महाधिवेशन चलिरहेको स्थानमा कहीं कतै सो पार्टर्ीीे झण्डा देखिएन । हरेकका हातमा अमेरिकाको राष्ट्रिय झण्डा थियो । कार्यक्रमलाई सम्बोधन गरिसकेपछि बाराक ओवामाले 'श्री परमेश्वरले हामी सवैको रक्षा गरुन्' भनेर आफ्नो भाष टुंग्याए । बुझ्नुपर्ने कुरा यहीनेर छ । धर्म, संस्कृति, परम्परा र राष्ट्रियता हृदयमा हुने कुरा हो तापनि यसलाई बेलाबेलामा अभिव्यक्त गर्नैपर्छ । बाराक ओबामा जस्ता नेताले अन्तिममार् इश्वरले तपाई हामीलाई रक्षा गरुन् भनेर किन भने होलान् - अमेरिकी राष्ट्रपतिले किन बाइबल हातमा लिएर शपथ ग्रहण गरेका होलान् - अमेरिका धार्मिक राष्ट्र हो कि धर्म निरपेक्ष राष्ट्र हो । यदि अमेरिका धर्म निरपेक्ष राष्ट्र हो भने त्यहाँका राष्ट्रपतिले बाइबललाई साक्षी मानेर शपथ ग्रहण गर्नुको अर्थ के होला - यस्ता अनेक प्रश्नहरु उठिरहेका छन् । यसको विपरीत नेपालका राजनीतिक नेता र कार्यकर्ताहरु राष्ट्रको झण्डा बोक्नुको साटो पार्टर्ीीे झण्डा बोक्दा आफूलाई गौरवान्वित भएको ठान्दछन् । यहाँ राष्ट्रिय झण्डा बोक्नेको कुनै सम्मान छैन, अवसर छैन तर पार्टर्ीीे झण्डा बोक्नेहरु भने मालामाल भैरहेका हुन्छन् ।

नेपाललाई प्रजातन्त्र, मानवअधिकार, धार्मिक, सांस्कृतिक र अभिव्यक्ति स्वतन्त्रता दिन बल प्रदान गर्ने मुलुक आफैं धर्मप्रति किन आस्थावान - यो पनि तर्क गर्नलायक प्रश्न हो । हामी आफ्नोपनको हत्या गरेर अरुकै नक्कल गदर्ैर्ैैैं । कुनै पनि मुलुकलाई तहसनहस पार्नुछ भने र्सवप्रथम त्यो मुलुकको धार्मिक-सांस्कृतिक पक्षलाई तहसनहस पार्नुपर्छ भन्ने मान्यता राखेर अभियान छेडिरहेकाहरुको अभीष्टलाई पूरा गराउने काम गरियो । राष्ट्रिय पोशाक, राष्ट्रिय भाषा, राष्ट्रिय धर्म-संस्कृतिलाई यसै गरी प्रहार भैरहेका छन् । नेपालीपनको अहिले कहीं कतै गुञ्जायस छैन । स्वयं प्रधानमन्त्री प्रचण्डलाई बहुसंख्यक भारतीय भारतीय जनताले नेपालका प्रधानमन्त्री हुन भनेर चिन्दै चिनेनन् । यो बडो महत्वपर्ूण्ा पक्ष हो । किनभने प्रचण्डको पहिरनले उनी नेपाली हुन् कि अरु नै देशका भन्ने छुट्याउन मुस्किल पथ्र्यो । भाषा र पोशाकको कति महत्व छ यसको ज्वलन्त उदाहरण त भारत आफैं पनि छ । त्यस्तै भाषाका सवालमा प|mान्स, जर्मनी, चीन लगायतका मुलुकका शर्ीष्ा नेताहरुले जहिले पनि आफ्नो भाषा मात्र प्रयोग गर्दछन् । उनीहरु दोभाषेलाई उपयोग गरेर आपसी सर्म्पर्क गरिरहेका हुन्छन् । चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई अंग्रेजी बोल्न नआउने होइन, तर यसमा उनीहरुको राष्ट्रिय स्वार्थ कायम छ । त्यसैले दोभाषेको उपयोग हुने गरेको छ । राष्ट्रियताका सवालमा यस्ता पक्षहरुबाट पनि केही सिक्नुपर्ने हो । तर सिक्नुपर्नेले सिक्नै नचाहेपछि कसको के लाग्छ - यदि यस्तै अवस्था रहने हो भने भोलि हाम्रो भाषा, भेषभूषा र संस्कृति सवै लोप भएर जानेछ । अनि दार्जिलिङ, सिक्किम वा देहरादुनतिर नेपालीपनको खोजी गर्न जानुपर्ने अवस्था सिर्जना हुनेछ । किनभने अहिले सरकारमा रहेकाहरुको नौटंकी देखेर यस्तो दिन आउन अब धेरै समय लाग्ला जस्तो पनि छैन । किनभने परिवर्तनको अनुभूति दिलाउने र क्रान्तिकारीको भूत सवार भएका मन्त्रीहरु सवै एकैठाउँमा भेला भए भने त्यहाँ कुनै चटक देखाउन लागिएको जस्तो अनुभूति हुन्छ ।

दार्जिलिङका नेपाली मूलका भारतीयहरुले अहिले नेपाललाई ठूलो व्यंग्य गरेका छन् र संगसंगै पाठ पनि दिएका छन् । आफ्नो जातीय पहिचान लोप हुन नदिन उनीहरुले चालेको अभियानको पक्कै पनि नेपालीले पनि अनुसरण गर्नेछन् । शासनसत्तामा रहेकाहरुले पनि क्षणिक न्यानोका लागि राष्ट्रियताको सवाललाई शब्दमा मात्र उनेर महत्वहीन ठान्नुको साटो नेपालीहरुमा राष्ट्रियताको भावना जागृत गराउने क्रियाकलाप गर्नेछन् ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
तिब्बत गतिविधि पछाडिका उद्देश्य र यसका संरचनाबहुमूल्य लिम्बु (09.23.2008)
'छलाङ'कान कुरा गर्नुको अब कुनै अर्थ छैन महेश्वर शर्मा (09.23.2008)
जूवाको लतर्सवज्ञ वाग्ले (09.23.2008)
बार बेञ्चको द्वन्द्व ः समाधानको उपाय ?तारा सुवेदी (09.23.2008)
लेखकीय स्वतन्त्रता र नागरिक अधिकार यादब देवकोटा (09.15.2008)
नेपालको सञ्चार र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणतारा सुवेदी (09.15.2008)
गर्र्छौं भन्ने धेरै आए, तर गर्ने कोही आएनमहेश्वर शर्मा (09.15.2008)
नयाँ आधारको नयाँ एकताबहुमूल्य लिम्बु (09.15.2008)
आवश्यकता ः अर्को एउटा क्रमभंगताकोर्सवज्ञ वाग्ले (09.15.2008)
नयाँ नेपाल : सुरुवात गर्नुछ नयाँ परम्पराकोयादब देवकोटा (09.08.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]