Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 02:47am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
विडम्वनाका संकेतहरु
बहुमूल्य लिम्बु

Monday, 09.29.2008, 03:32pm (GMT+5.5)

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेकपा -माओवादी)का अध्यक्ष मात्र हैनन् राज्यको सरकारप्रमुख पनि हुन् । यसकारण उनको प्रस्तुतिले राष्ट्रको प्रतिनिधित्व गर्दछ । राष्ट्रिय पोशाकलाई अवमूल्यन गर्दै गएको चीन भ्रमण र अन्तर्रर्ााट्रय पोशाकमध्येको र्टाईको बेइज्जतिपर्ूण्ा पहिरनसंगै चीनको भ्रमणलाई राजनीतिक भ्रमण नभएको सन्देश राजनीतिक, सांस्कृतिक रुपमै पतन हो । अत्यन्त सफल भनिएको भारत भ्रमणसंगै कोशी क्षेत्रमा भारतीय सेनाको प्रवेश कुनै समयको भारतसंगको सुरुङ युद्धको उपहार हुनसक्छ । दाहाल माओवादी पार्टर्ीी निमित्त उच्च नेता भए पनि नेपालको आधुनिक इतिहासमा प्र.म. दाहालको प्रस्तुत नेपालीले अन्तर्रर्ााट्रयस्तरमा लाजले आँखा छोप्नैपर्ने रहृयो । भारतमा हिन्दी भाषामा दिएको अभिव्यक्ति र अंग्रेजी प्रस्तुतिलाई हर्ेर्ने हो भने नजान्नेले अर्काको भाषा बोल्नुभन्दा दोभाषेको उपयोग नै राम्रो हुन्छ भन्ने प्रष्ट देखियो । युद्धकालमा १० वर्षा ९ वर्षभारतमा त्यहाँको जासुसी संस्था 'रअ'का प्रतिनिधिसंग मात्र भएको हिचमिचले होला प्रधानमन्त्री मनमोहन सिंह र कांग्रेस -आई) अध्यक्ष सोनिया गान्धीसंगको प्रस्तुति आलोक जोशी, अशोक चतर्ुर्वेदी -रअ प्रमुख) शैलीमा देखिनु विडम्वना हो । खुला राजनीतिक अनुभवको कमिले पनि हुनसक्छ प्र.म दाहालले गुप्तचर अधिकारी र राजनीतिक नेतृत्व एउटै मुलुकको भए पनि फरक हो भन्ने छुट्याउन नसक्नु । माओवादको आवरणमा नेहरु डक्टि्रन बोक्नु र एमालेको ०५१ सालको बजेट नीतिमा पुच्छर जोडेर लोकप्रिय बन्न बहुदलीय जनवादलाई नक्कल गरेर एक्काइसौं शताब्दीको जनवाद नामाकरण गर्न १७ हजारको रक्तपात र लाखौं टुहुराको परिणाम नारा हुन सक्दैन । राजनीतिक परिवर्तनको मापन गर्ने ब्यारोमिटर उसको चारित्रिक प्रवृत्ति हो । व्यक्ति परिवर्तन र शक्तिकेन्द्रको फेरवदलले मुलुकले केही पाउन सक्दैन । हजारौंको रगतमाथि होली खेलेर क्रान्तिका नाममा अर्बौको विकास संरचना ध्वस्त गरेर माओवादीले वितेका ३ वर्षा देश र जनतालाई के दियो - यसरी हर्ेर्ने हो भने बन्दुकको नालमा चन्दा उठाएर घरबार जोड्ने र गोरखापत्रदेखि मन्त्रालयसम्म नातापातालाई कमिशन खोज्ने कुरा र्सार्वजनिक भएकै छन् । जेठीसासू र सालीका नाममा सम्पत्ति जोडेर र्सवहारा बन्ने र भाइ भतिजा, साला र छोरी ज्वाइकोमा सम्पत्ति थुपारेर क्रान्तिकारी बन्नेहरु देख्दा क. मोहनविक्रमबाट पाखा लागेकाको क्रान्तिकारीता चित्रबहादुर के.सी.ले अनौठो मान्नु स्वाभाविक हो । क. विप्लवको आर्थिक सुद्धीकरण साला, ज्वाई, जेठानको घेरावन्दीमा परेजस्तै सरकारको 'हाम्रो गाउँ राम्रोबनाउँ'को नारा र बजेट 'किरणपक्ष यता आउ क्रान्ति स्रान्ति छोडी जाउ, पैसा कमाउ साथ देउ'मा परिणत नहोला भन्न सकिंदैन । भारतीय नम्बल प्लेटका गाडीहरुको लावालस्करमा माओवादी नेतृत्वको यात्राको सुद्धीकरण गर्न क. किरणले नयाँ कार्यनीति लिएर अघि बढेनन् भने माओवादीको अर्को यात्रा श्रीलंकाको पारामुना हुनेछ ।

इन्द्रजात्रामा परम्परागत खर्च रोकेर गर्न खोजेको बाबुरामको सांस्कृतिक क्रान्ति दिल्लीबाट गरेको भारतीय विस्तारवाद विरोधी युद्धको वैचारिक अवशान वी.पी.का र्सर्ूयप्रसादमै भएको छ । मन्त्री त मिर्जा दिलसादवेग, जगत गौचन, सिनेट श्रेष्ठदेखि दीपक बोहरासम्म भएकै हुन् । गणेशराज शर्मा, बाबुराम आचार्य बन्न पो कठिन छ । पाँचपटक प्रधानमन्त्री बनेका गिरिजा १८ महिने प्र.म. वीपीका हवल्दार नै हुन् । इतिहासमा जीवित इमान्दार वैचारिक नेतृत्व मात्र हुन्छ । पुष्पलाल, निर्मल लामा बन्न पुष्पकमल दाहालजस्ताले खोज्नु आफैंमा मर्ुखता हो । हिन्दी भाषामा शपथ गर्नेको र्समर्थन गर्ने मोहनविक्रमको तुलना मोहन वैद्यसंग गर्न खोज्नु विडम्वना हो ।

मोहनचन्द्र अधिकारीको इमान्दारीतालाई कमजोरी ठान्नेहरुको अवशान नारायणकाजी श्रेष्ठमा हुन्छ । महाकालीमा ठगिएको ग्लानी के.पी. ओलीमा होला । आखिर लुेण्डुप पनि १४ वर्षपीडामै बाँचे । छोराछोरी त थिएनन् नै परिवार पनि रहेनन् । जगत गौचनका कराँते चेलासंग चुनवाङ बैठकको लाइनलाई सफल भन्नेहरुसंग तुलना गर्न मिल्दैन किनकि कराँते खेलले नेपालको अन्तर्रर्ााट्रय पहिचान दिएको छ भने चुनवाङ बैठकको धारले दिल्लीमा अवशान गराएको छ । प्र.म. दाहाल इतिहासकै सवैभन्दा राष्ट्रघाती विचारविहीन कलाकारको रुपमा उनको पतन भएको छ । उनको क्रमभंगता नागरिकतादेखि विदेशी सेनाको प्रवेशसम्म छलाङ्ग मारेको छ ।

अबको संर्घष्ा या जनआन्दोलन-३ समग्र राष्ट्रवादी संर्घष्ा हो भन्ने चिन्तनमा मात्र मुलुकले मुक्ति पाउनेछ । अन्यथा गणतन्त्र अफगानिस्तान, इराक, सिक्किम र काश्मिरमा पनि आएकै हो । प्रश्न हरिसिंह, चोग्याल, जाहिर शाहको होइन, न त नेपालमा ज्ञानेन्द्रको नै हो । मुल प्रश्न वैदेशिक हस्तक्षेपमुक्त समाज निर्माण आजको आवश्यकता हो । जसमा यो या उ होइन, समग्र देशभक्त नेतृत्व सहित एकीकृत मोर्चाको निर्माण र स्वाधिन राष्ट्रिय नीति र कार्यक्रम हो ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
'मुटुमाथि ढंुगा राखेर' पनि हाँस्नु पर्ने स्थितितारा सुवेदी (09.29.2008)
बाँदर जम्पर्सवज्ञ वाग्ले (09.29.2008)
दार्जिलिङको दौरासुरुवाल अभियान र नेपालयादब देवकोटा (09.23.2008)
तिब्बत गतिविधि पछाडिका उद्देश्य र यसका संरचनाबहुमूल्य लिम्बु (09.23.2008)
'छलाङ'कान कुरा गर्नुको अब कुनै अर्थ छैन महेश्वर शर्मा (09.23.2008)
जूवाको लतर्सवज्ञ वाग्ले (09.23.2008)
बार बेञ्चको द्वन्द्व ः समाधानको उपाय ?तारा सुवेदी (09.23.2008)
लेखकीय स्वतन्त्रता र नागरिक अधिकार यादब देवकोटा (09.15.2008)
नेपालको सञ्चार र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणतारा सुवेदी (09.15.2008)
गर्र्छौं भन्ने धेरै आए, तर गर्ने कोही आएनमहेश्वर शर्मा (09.15.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]