Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 06:51am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
राजनीतिक 'वाद'भन्दा माथि हुन्छ धर्म-संस्कृति
यादब देवकोटा

Monday, 09.29.2008, 03:37pm (GMT+5.5)

धर्म, संस्कृति र परम्परा कुनै पनि राजीतिक वाद वा सिद्धान्तभन्दा माथि हुन्छ । सृष्टिको सुरुवातसंगै धर्म, संस्कृति र परम्पराको विकास भयो । त्यसपछि मात्र राजनीतिक वाद वा सिद्धान्तहरु प्रतिपादित भए । संसारमा राजनीतिक सिद्धान्तले जति प्रभाव पारेको छ छ त्योभन्दा कैयौं गुणा बढी धर्म, संस्कृति र परम्पराले प्रभाव जमाएको छ । सदियौंदेखि मान्दै-मनाउँदै आइएको सांस्कृतिक पर्वहरुले नै मानव समाजलाई एकीकृत गर्न मद्दत पुर्‍याइरहेको छ । यस अर्थमा विविध जात, धर्म, संस्कृति र परम्परा भएको नेपालमा सामाजिक मूल्य, मान्यता र यसका आस्थाहरुमा चोट पुर्‍याउने कुनै कार्य गर्नु भनेको आगोमा हात राख्नु जस्तै हो ।

भयो त्यस्तै, अर्थमन्त्री डा. बाबुराम भट्टर्राईले नयाँ बजेट प्रस्तुत गरेपछि काठमाडौंका नेवार समुदायमा एउटा आक्रोश देखियो । सरकार धर्म, संस्कृति र परम्पराविरोधी भएको भन्दै तीन दिनसम्म राजधानी तनावग्रस्त भयो । अर्थमन्त्री डा. भट्टर्राईले इन्द्रजात्रालाई सरकारले व्यवस्थित गर्दैआएको पर्व खर्चमा कटौती गर्ने सोच बनाएको र सोही अनुसार गर्न मातहतका निकायलाई निर्देशन दिएपछि इन्द्रजात्रा मनाउनेहरु आक्रोशित हुनु स्वाभाविक हो । सरकारले आफ्नो धर्म, संस्कृति, परम्परा र चाड पर्वहरुको संरक्षण गर्नुपर्ने र यसमा रहेका विकृति-विसंगतीहरुलाई हटाउँदै अगाडि बढ्नुको साटो परम्पराविरोधी आफ्नो स्वाभाव पर््रदर्शन गर्न खर्च कटौती र मितव्यवी हुने नाममा इन्द्रजात्रा मनाउने रकम निकासा गर्न ढिलाई गर्‍यो । आखिर जे नगर्नु पर्ने थियो त्यही भयो । सरकारले यस विषयमा आफ्नो निर्ण्र्ााा पुनःविचार गर्‍यो र अहिले स्थिति शान्त छ ।

आजैका दिनबाट वडा दशैं सुरु भयो । दशैंका विषयमा विगत ३ वर्षतादेखि विभिन्न प्रश्नहरु उठाउने गरिएको छ । विगतमा नेपालीहरुको राष्ट्रिय पर्वका रुपमा मनाइँदै र मानिंदै आएको दशैंलाई अब हिन्दुहरुको मात्र चाडका रुपमा समेत हर्ेन थालिएको छ । दशैं दैवी शक्तिको विजय र आसुरी शक्तिको पराजय अर्थात् अशल पक्षको विजय र खराब पक्षको पराजय मात्र होइन । यो त वातावरणीयदेखि विविध पक्षसंग सम्बन्धित छ । जहाँसम्म पशुवलीको कुरा छ त्यो नकारात्मक हो तर यसैका आधारमा सिंगो दशैंको धार्मिक, सांस्कृतिक, पर्यावरणीय र जैविक विविधतासंग सम्बन्धित यसको महत्वलाई कुल्चन कदापि सकिंदैन । दशैंमा लगाइने जमराको औषधीय गुणका बारेमा कसले कति बुझेका छन् र यसको प्रचार प्रसार गर्नुपर्ने दायित्व कसले लिएको छ - यो महत्वपर्ूण्ा पक्ष हो । अर्कोतिर सामाजिक विभेदको अन्त्य, शत्रुपर्ूण्ा व्यवहार मित्रतामा परिणत हुने, पारिवारिक भेटघाट लगायत वातावरणलाई नै मनोरम बनाउने अन्य विविध पक्षहरुको हामीले अवमूल्यन गर्नु हुन्न । दशैं मात्र होइन नेपालमा मनाइने कुनै पनि चाड पर्वको वैज्ञानिक आधारहरु छन् र यिनको खोजी गरी वास्तविकता जनसमक्ष ल्याउनु पर्दछ ।

दशैं आगमन अगाडि काठमाडौंमा इन्द्रजात्रा मनाइन्छ । इन्द्रजात्राका विषयमा सरकाले जेजस्तो निर्ण्र्ाागरेर पछुताउनुपर्‍यो दशैंका सवालमा त्यस्तो नहोला भन्ने आशा गर्न सकिन्छ । धार्मिक, सांस्कृतिक पक्षहरुमा आक्रमण गर्दा त्यसले विनाश बाहेक केही पनि निम्त्याउँदैन । यो वास्तविकता सवैले बुझेको हुनर्ुपर्छ । खर्च कटौती गरी मितव्यवी बन्ने सोच राख्नु आफैंमा नराम्रो होइन । तर १६ हजार जात्रा खर्च कटौती गरेर सरकारले के त्यस्तो पहरा थर्काउने योजना बनाउन खोजेको हो त्यो भने बुझ्न सकिएन । हुलका हुल मन्त्री विदेश भ्राणमा जाँदा मितव्यवी बन्ने सोच नराखेको सरकारले १६ हजारको इन्द्रजात्रा पूजा खर्चमा भने र्‍याल काढ्यो । विडम्वना यहिनेर छ । क्रान्तिकारी बन्न परम्परागत मूल्य मान्यताहरुलाई भत्काउनैपर्ने गलत सोच विकास भएकाहरुले कुनै पनि चाड पर्वमाथि धावा बोल्नु कुनै आर्श्चर्यको विषय होइन । तर पनि नेपाली कम्युनिष्ट आन्दोलन विश्वका कुनै पनि आन्दोलनभन्दा पृथक रहेको र यो नेपाली माटो सुहाउँदो हुने वाचा कवुल गर्नेहरुले जनताको मन जित्न थुप्रै कसरत गर्नुपर्नेछ ।

सांस्कृतिक परम्पराहरुसंग जनताको भावना मात्र समेटिएको हुँदैन, यो राष्ट्रको सम्पत्ति पनि हो । राष्ट्रको सम्पत्ति राष्ट्रले रक्षा नगरे अरु कसले गर्ने - तर विडम्वना मितव्यवी बन्ने नाममा जे गर्ने प्रयास गरियो यो ज्यादै अनुचित कदम हो । विगत १४ सय वर्षेखि निरन्तर मनाइँदै आएको इन्द्रजात्रामा यसपटक व्यवधान खडा भयो । प्रहरी प्रयोग गरेर इन्द्रजात्राको लिङ्गो ढालियो । सहकालका देवता भनेर पूजिने इन्द्रको जात्रा यस्तो समयमा मनाइन्छ जुन समय नेपालमा मनसुन समाप्त हुन्छ र खेती बालीको काम सकिएर चाड पर्वहरुको मौसम सुरु हुन्छ । इन्द्रजात्राले किसानहरुको भावना पनि समेटेको हुन्छ । यो इन्द्रजात्राको विशेषता हो ।

नेपालमा मनाइने कुनै पनि चाड पर्वले कुनै न कुनै विशेषता बोकेको छ । यस्तै अपार विशेषताहरु समेटिएको दशैं सुरु भयो । आज घटस्थापनापछि विजया दशमी सुरु हुन्छ । खराब पक्षमाथि अशल पक्षको विजयको प्रतीकका रुपमा मनाइने दशैंले नेपालीहरुमा अगाध स्नेह, भाइचारा, आपसी मेलमिलाप र पारिवारिक भेटघाटको अनुकुल वातावरण तयार गर्दछ ।

मुलुक यतिबेला अभूतपर्ूव राजनीतिक परिवर्तनको माहोलमा छ । गणतन्त्र स्थापनाको यो महान उपलिब्धको रक्षा गर्दै यसैको माध्यमबाट नयाँ नेपाल निर्माणमा हामी सवै एकजुट भएर आपसी बन्धुत्वको विकास गर्न सके मात्र यो अभियानमा सफलता मिल्ने कटुसत्य हामी सवैले मनन् गर्नुपर्दछ । चाड पर्वलाई जातीय र धार्मिक संकर्ीण्ाताको घेराभन्दा माथि उठेर हर्ेर्नुपर्छ । हरेक चाड पर्वको सामाजिक जीवनसंग कुनै न कुनै रुपमा सम्बन्ध रहेको हुनाले यो र त्यो जात र धर्मको आधारमा विभेद गर्ने र परम्परा मास्ने काम कहीं कतैबाट हुनु भनेको दर्ुभाग्यलाई निम्त्याउनु हो । विश्वमा धार्मिक सांस्कृतिक विद्वेषका कारण हिंसाले जन्म लिएको उदाहरण प्रशस्त छ । छिमेकी मुलुक भारतकै उदाहरण लिने हो भने अघिल्लो हप्ता मात्र उडिसामा हिन्दु र्रर् इर्साई धर्मावलम्बीबीचको भिडन्तले यस्तै संकेत गर्दछ । आजसम्म धार्मिक-सांस्कृतिक सद्भाव कायम रहेको मुलुक नेपालमा यसको गुणलाई अक्षुण राख्न हामी सवैको समान प्रयत्न र दायित्व आवश्यक छ । दर्ुगा भवानीले हामी सवैमा आपसी भाइचारा र नयाँ नेपाल निर्माणमा निस्वार्थ रुपमा लागिपर्ने प्रेरणा प्रदान गरुन् । विजया दशमीको यही शुभकामना !


Comments (0)        Print        Tell friend        Top


Other Articles:
विडम्वनाका संकेतहरुबहुमूल्य लिम्बु (09.29.2008)
'मुटुमाथि ढंुगा राखेर' पनि हाँस्नु पर्ने स्थितितारा सुवेदी (09.29.2008)
बाँदर जम्पर्सवज्ञ वाग्ले (09.29.2008)
दार्जिलिङको दौरासुरुवाल अभियान र नेपालयादब देवकोटा (09.23.2008)
तिब्बत गतिविधि पछाडिका उद्देश्य र यसका संरचनाबहुमूल्य लिम्बु (09.23.2008)
'छलाङ'कान कुरा गर्नुको अब कुनै अर्थ छैन महेश्वर शर्मा (09.23.2008)
जूवाको लतर्सवज्ञ वाग्ले (09.23.2008)
बार बेञ्चको द्वन्द्व ः समाधानको उपाय ?तारा सुवेदी (09.23.2008)
लेखकीय स्वतन्त्रता र नागरिक अधिकार यादब देवकोटा (09.15.2008)
नेपालको सञ्चार र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणतारा सुवेदी (09.15.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]